अमेरिकाको भर्जिनियामा नेपाली नयाँ वर्षको शुभकामना कार्यक्रम

आदर्श सञ्चार, बागलुङ
बागलुङबाट अमेरिकाको भर्जिनिया राज्यमा विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीहरुले नेपाली नयाँ वर्ष तथा चैते दशैको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् । १३ अप्रिलका दिन वनभोज सहित अमेरिकामा बस्ने नेपालीहरुले भर्जिनियाको मार्सल पार्कमा नेपाली भजन, पञ्चेवाजा, गित संगित, कथा कविता सहित खुशी साटेर शुभकामना आदान प्रदान गरेका थिए ।

बागलुङ समाज भर्जिनियाले आयोजना गरेको नयाँ वर्ष २०८२, चैते दशै २०८१ को शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रममा न्यूयोर्क, बाल्टिमोर, न्यूजर्सी लगायतका प्रान्तबाट समेत बागलुङहरु सहभागी भएका थिए ।

हामी विदेशमा छौ, हामी जहाँ भए पनि नेपाली संस्कार, संस्कृति र नेपालीपनलाई जोगाउन, संरक्षण गर्न तथा प्रवद्र्धन गर्न निरन्तर क्रियाशिल छौ, बागलुङ समाज भर्जिनियाका अध्यक्ष लाल बहादुर कुँवरले भन्नुभयो,–‘नेपाली विशेषता भनेकै यही हो, जो जहाँ भए पनि आफ्नो कला संस्कृति जोगाउन सक्दो पहल गर्नु पर्छ ।’

बागलुङेहरु यसै पनि कला संस्कृतिको जगेर्नाका लागि अग्रस्थानमा छौ, हामी कुन ठाउँमा छौ भन्ने भन्दा पनि हाम्रो संस्कृतिको संरक्षण कसरी हुन्छ भन्नेमा हाम्रो ध्यान हुन्छ, त्यसैले अमेरिकाका विभिन्न प्रान्तहरुमा बागलुङ समाज गठन गर्ने, सुखदुखमा साथ सहयोग दिने, सहकार्य गर्नुका साथै मेला पर्वहरुमा जम्मा भएर कार्यक्रमहरु गर्दै आएका छौ, अध्यक्ष कुँवरले भन्नुभयो ।

No description available.

करिव ७३५ जना नेपालीहरूको सहभागिता रहेको कार्यक्रमको बागलुङ समाज भर्जिनियाका सल्लाहकार डा.प्रेम प्रसाद शर्माले कविता वाचन गरेर शुभारम्भ गर्नु भएको थियो । बागलुङ समाज भर्जिनियाका अध्यक्ष लाल कुंवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भजन, पञ्चे बाजा, कविता सहित लोक गायक सिन्धु मल्ल लगायतले प्रस्तुती गर्नु भएको थियो ।

कार्यक्रम सफल पार्न सहयोग गर्ने सहयोगीहरुलाई समाजका अध्यक्ष लाल कुंवर, सल्लाहकार हरि प्रसाद पौडेल, मुक्तिनाथ पन्त, डा.प्रेम प्रसाद शर्माले मायाको चिनो सहित धन्यवाद ज्ञापन गर्नु भएको थिो । कार्यक्रममा छेलो प्रतियोगिता, वच्चाहरूको चम्चा दौड़, डिजे सोल कृष्ण (कृष्ण दाहाल)को सङ्गीत (म्यूजिक) आकर्षणका रुपमा रहेका थिए ।

कार्यक्रममा स्वागत समाजका सल्लाहकार मुक्तिनाथ पन्त र सञ्चालन आदर्श सञ्चार डटकमका पूर्व सम्वाददाता साधना पन्त र भुवन रेग्मीले गर्नु भएको थियो ।

 

यो पनि पढ्नुहोस्