मन कुमारी केसी, बागलुङ
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपाल अन्तरगत लायन्स क्लव अफ पोखरा बागलुङको कुश्मामा सम्पन्न प्रथम अभिवेशनबाट ताराखोला गाउँपालिका वडा नं. ५ का यसिन रोका अध्यक्षमा चयन हुनु भएको छ ।
समितिको प्रथम उपाध्यक्षमा बानपा–१ का उमाकान्त शर्मा पौडेल, द्वितीय उपाध्यक्षमा काठेखोला गाउँपालिका–१ का पवित्रा थापा निर्वाचित हुनु भएको छ । पदाधिकारीहरुको पहिलो वैठकले सदस्य मनोनित गरी जिम्मेवारी प्रदान गरेको अध्यक्ष रोकाले जानकारी दिनुभयो ।
क्लवको सचिवमा जैमिनी नगरपालिका–१० का जयराम आचार्य, सहसचिवमा बानपा–१० का निशाना शाही, कोषाध्यक्षमा जैमिनी–८ का याम शर्मा तथा सह–कोषाध्यक्षमा दरम्बा–५ का ललिता घिसिङ चयन हुनु भएको छ ।
लायन्स क्लव आफ बागलुङ पोखराका सदस्यहरुमा बानपा–८ का कृष्ण बहादुर क्षेत्री, फलेवास–४ का शान्ता अर्याल, जैमिनी–३ का सावित्रा छन्त्याल, बरेङ–२ का खिम छन्त्याल, काठेखोला–३ का धनमाया पुन, कुश्मा–९ का दिवाकर शर्मा पराजुली, जैमिनी–१ का झलकराज आचार्य, बानपा–१ का रेखा श्रीस राना, बानपा–४ का प्रजिना बि.क, बानपा–२ का दुर्गादेवी शर्मा, ताराखोला–१ का हेमन्त निउरे र ताराखोला–५ का दिल कुमारी पुन चयन हुनु भएको छ ।
अधिवेशनको उद्घाटन कार्यक्रम क्लवका चार्टर प्रेसिडेण्ट निल प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । निर्वाचित पदाधिकारीहरुले प्रतिनिधिहरु मनोनित गरी जिम्मेवारी प्रदान गर्नुका साथै लायन वर्ष २०२५–२०२६ लाई नमुना लायन्स क्लवको रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
नयाँ वर्षको शुभकामना सहितको अधिवेशन कार्यक्रमको सञ्चालन क्लवका सेक्रेटरी जयराम आचार्यले गर्नु भएको थियो ।