फाइल तस्बिर
अमृत बास्कुने, म्याग्दी
म्याग्दीको छ मध्ये पाँच स्थानीय तहले आफ्नो पालिका भित्रको कक्षा ८ को नतिजा कमजोर देखिएको छ । जिल्लाका एक नगरपालिकासहित चार वटा गाउँपालिकाले नतिजा निकाली सकेको भए पनि मालिका गाउँपालिकाले बिहीबार मात्रै नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
हालसम्म नतिजा आएकाहरु मध्ये बेनी नगरपालिकाको नतिजामा दुई वटा र धवलागिरी गाउँपालिकाको ३ वटा विद्यालयको नतिजा शुन्य आएको छ । बेनी नगरपालिकाबाट आठ सय ८४ जना विद्यार्थी सहभागीताका लागि फारम भरेको भए पनि छ जना अनुपस्थित रहेका थिए । त्यस मध्ये छ सय ४१ जना उत्तिर्ण हुँदा दुई सय ३७ जना अनुत्तिर्ण देखिएका छन् ।
बेनी नगरपालिका १ को भानु माध्यमिक विद्यालय र ३ को बालप्रिय सारदा आधारभुत विद्यालयमा नतिजा शुन्य आएको हो । नगरपालिकाको अनुत्तिर्ण मध्ये एक विषयमा अनुत्तिर्ण हुने एक सय १२ जना, दुई विषयमा ६१ जना, तीन विषयमा २६ जना र चार भन्दा बढी विषयमा ३८ जना अनुत्तिर्ण भएको बेनी नगरपालिकाका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।
धवलागिरी गाउँपालिकामा दुई सय ५६ जना सहभागि हुँदा एक सय २६ जना विद्यार्थी उत्तिर्ण रहेका छन् भने एक सय १९ जनाले ग्रेडबृद्धि गर्नु पर्ने र ११ जना कक्षा दोहो¥याउने देखिएका छन् । धवलागिरी गाउँपालिकाको लुलाङ आधारभुत विद्यालय, लमसुङ माध्यमिक विद्यालय र महेन्द्र आधारभुत विद्यालयको नतिजा शुन्य देखिएको छ ।
त्यस्तै रघुगंगा गाउँपालिकाबाट परीक्षामा सहभागि दुई सय १६ मध्ये एक सय ९५ उत्तीर्ण र २१ जना अनुत्तिर्ण रहेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । अन्नपुर्ण गाउँपालिकामा कक्षा ८ को परीक्षामा सहभागी एक सय ४४ मध्ये ३५ जना फेल भएका छन् । पालिकामा ३० जना एक विषयमा, १ जना दुई विषयमा अनुत्तिर्ण देखिएको छ भने ४ जना दुई भन्दा धेरै विषयमा फेल भएको देखिएको छ ।
मंगला गाउँपालिकाको नतिजा यस वर्षसबै भन्दा कमजोर देखिएको छ । मंगलामाा परीक्षामा सहभागी दुई सय २३ मध्ये एक सय सात जना उत्तिर्ण भएको मंगला गाउँपालिकाको आधारभूत तह उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले सार्वजनिक गरेको नतिजा अनुसार ४७ प्रतिशत मात्रै विद्यार्थीहरु उत्तीर्ण भएको देखिएको हो ।