सिगानामा बागलुङ नगरपालिकाको सार्वजनिक सुनुवाई

आदर्श सञ्चार, बागलुङ
बागलुङ नगरपालिका–८ सिगानामा बागलुङ नगरपालिका स्तरीय दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । स्थानीय पालिकाको सुुशासन, पारदर्शीता र जवाफदेहिताका लागि बागलुङ नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ बागलुङको सहजीकरणमा सार्वजनिक सुनुवाईका कार्यक्रम आयोजना गरिएको छ ।

सिगानामा आयोजना गरेको सार्वजनिक सुनुवाईमा अधिकांश नागरिकले खानेपानी, सडक र शिक्षा क्षेत्रलाई केन्द्रमा राखेर प्रश्न राख्नुभएको थियो । उहाँहरुले सिगानामा विद्यार्थी घट्दै गएको, बन्द सडक खोल्न ध्यान नदिएको जस्ता प्रश्न राखेका थिए ।

सार्वजनिक सुनुवाईमा दोस्रो चौमासिक सम्म सम्पन्न भएको योजना, कार्यप्रगतिको विषयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले जानकारी दिनुभयो । सार्वजनिक सुनुवाईमा पोखरेलले नगरका ८१९ योजनामध्ये २२० योजना सम्पन्न भइसकेको बताउदै अन्य योजना समेत सम्झौता भएर सम्पन्नताको चरणमा रहेको बताउनुभयो ।

No description available.

कार्यक्रममा बसाइँसराइले गाउँ रित्तिदै गएको, कालोपत्र सडक गाउँ आउँदा समेत बसाईसराई नरोकिएको, लिफ्ट खानेपानी आयोजना अलपत्र परेको, सुन्तलाका लागि अनुदान कटौती भएको, सित भण्डारण गृह बन्द भएको लगायतका प्रश्न राखेका थिए ।

No description available.

बालमैत्री नगरपालिका घोषणा भएपनि दीगोपनामा ध्यान नदिएको, वडाकार्यालय सायँकोट सडक ओझेलमा परेको डिलिङ खानेपानी आयोजनाबाट एक घर एक धारा निर्माण गर्न आवश्यक रहेको बताएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गोबिन्द प्रसाद गौतम, तेज बहादुर खत्री, कर्ण बहादुर कार्की, राम बहादुर खड्का, यज्ञराज गौतम, सुसिला पन्त, खिम बहादुर खड्का, झपिन्द्र घर्ती, बुद्धि बिनायक कार्की, टिका थापा, इन्द्र बहादुर कार्की र उपेन्द्र जिसी लगायतले नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण लगायतका विषयमा प्रश्न, गुनासो र सुझाव राखेका थिए ।

उनिहरुले सिगाना पुग्ने सडक कालोपत्र भएपछि राहत भएको बताउदै सिगानाको दलित बस्तीमा पानीको व्यवस्थापन भएकोमा खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा जनताको गुनासो, चासो तथा सुझावहरुका विषयमा नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, नगर उपप्रमुख राजु खड्का, वडा नम्बर ८ का अध्यक्ष छम बहादुर कार्कीले जवाफ दिनुभएको थियो ।

No description available.

जनताको प्रश्नको जवाफ दिँदै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले गरेका कामकारबाहीका बारेमा जानकारी दिन, नागरिकको गुनासो र सुझाव लिनका लागि सार्वजनिक सुनुवाई गरेको बताउनुभयो ।

जनताको प्रश्नक र गुनासो लिन वडा तहमै आएको बताउदै सिगानामा खानेपानी र सडकले विकासको ढोका खोलेको बताउनुभयो । उहाँले सडक यहाँको विकासको मुख्य प्राथमिकतामा राखेर कालोपत्र भएको बताउनुभयो । उहाँले नागरिकहरुले सकरात्मक हिसाबले सोच्दै पालिकालाई सुझाव दिन आग्रह गर्नुभयो ।

No description available.

कार्यक्रममा जनताका हरेक समस्यालाई आफूहरुले नजिकबाट बुझ्ने र सल्लाह सुझाव अनुसार आगामी दिनमा काम गर्ने नगरउपप्रमुख राजु खड्काले बताउनुभयो । नगरपालिकाप्रति उठेका प्रश्नले नगरपालिकालाई कामप्रति थप जिम्मेवार बनाउने उपप्रमुख खड्काको भनाई थियो । उहाँले कर्मचारी र जनप्रतिनिधिले कार्यसम्पादनलाई बढाउदै लगेको बताउनुभयो ।

No description available.

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले टिप्पणी गर्नुभएको थियो भने सचिव नारायण रिजालले नागरिक सर्वेक्षण सन्तुष्टि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यकमको आचार संहिता कोषाध्यक्ष खेमराज गौतम सुवासले प्रस्तुत गर्नुभएको थियो ।

No description available.

कार्यक्रम बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षता, वडा अध्यक्ष छम बहादुर कार्कीको स्वागत तथा पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यको सहजीकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्