जैमिनीमा तीन दिने धुप निर्माण सम्बन्धी तालिम

आदर्श सञ्चार, बागलुङ
जिल्लाको जैमिनी नगरपालिकामा रहेको छितिज सामुदायिक सिकाई केन्द्रको आयोजनामा तीन दिने धुप निर्माण सम्बन्धी तालिम बिहीबारदेखि शुरु भएको छ । जैमिनी नगरपालिका–१ कुश्मिसेरा स्थित महिला आय आर्जन समूहका लागि आयोजित तालिमको उद्घाटनपछि बोल्दै नगर शिक्षा अधिकारी खेम प्रसाद आचार्यले महिलाहरुको आर्य आर्जनमा धुप निर्माण तालिमले सघाउने बताउनुभयो ।

उहाँले तालिम लिएर मात्र नभई व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । उहाँले महिलाहरुको क्षमता अभिवृद्धि र आयआर्जनमा क्षितिज सामुदायिक सिकाई केन्द्रले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

तालिममा १ नम्बर वडाअध्यक्ष विष्णु प्रसाद आचार्य, सिकाई केन्द्रका पूर्व अध्यक्ष हरी प्रसाद शर्मा र चित्र प्रसाद चापागाईले मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिमकाे जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष तथा आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)ले सहजीकरण गरि रहनुभएको छ ।

कार्यक्रम अध्यक्ष मति प्रसाद शर्माको अध्यक्षता, खगेश्वरी शर्माको स्वागत तथा सरस्वती देवि शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा १७ जना महिला सहभागी रहेका छन् ।

यो पनि पढ्नुहोस्