आदर्श सञ्चार, म्याग्दी
म्याग्दीको जनप्रिय माध्यमिक विद्यालयको पूर्व विद्यार्थी संघले आयोजना गरेको दोश्रो जोपीसी कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा दोस्रो जेपीसी कप फुटबल प्रतियोगिताको फाइनलमा दुखुबेशी टिमलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि हात पारेको हो ।
जनप्रिय माविको भूतपुर्व विद्यार्थी क्लवले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा दुखुबेशीलाइ पराजित गर्दै आयोजक जेपीसीले एक लाख पचास हजार रुपैयाँ पुरस्कार सहित उपाधि हात पार्न सफल भएको हो ।
बिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित एक लाख ५० हजार र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित ८० हजार प्रदान गरिएको क्लवका अध्यक्ष कुशल घर्तीले जानकारी दिनुभयो ।
मालिका गाउँपालिका ६ का वडा अध्यक्ष पथबहादुर रोका, कार्यपालिका सदस्य दलबहादुर खड्काथोकी, क्लवका संस्थापक अध्यक्ष एवम् ए डिभिजन क्लब जाउलाखेल युथका पूर्व खेलाडी दोरण शेरचनलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । वैशाख २ देखि शनिबारसम्म दरवाङमा सञ्चालन भएको प्रतियोगितामा २५ टिमको सहभागिता थियो ।
प्रतियोगितामा अनुशासित टिम बिकु फ्यामिली, सेमीफाइनलबाट बाहिरिएका निस्कोट बेशी र एभरग्रिन युवा क्लवले १०÷१० हजार नगद प्राप्त गरेका थिए । उत्कृष्ट खेलाडी घोषित दुखुका दिपेश जुग्जालीले छ हजार पाउनुभयो । जेपीसीका अन्जन खत्री उत्कृष्ट गोलरक्षक, डिफेन्डर क्षितिज जिटी बन्नु भएको थियो भने सर्वाधिक गोलकर्ता निस्कोटका भुवन घर्तीलाई पाँच÷पाँच हजार पुरस्कार प्रदान गरिएको थियो ।