बागलुङमा एमालेको विचार गोष्ठी

मन कुमारी केसी, बागलुङ

नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मनकुमारी केसीले इतिहासबाट शिक्षा लिएर वर्तमानमा समाजवादको आधार निर्माण गर्न जुट्नु पर्ने बताउनु भएको छ । नेकपा एमाले बागलुङले आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवशको सन्दर्भमा पार्टी स्थापनाको ७६ वर्ष विषयक विचार गोष्ठीको उद्घाटन गर्दै केसीले यस्तो बताउनु भएको हो ।

केसीले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावाद अन्त्य गरेर जनताको बहुदलीय जनवादको आधारमा समाजवादको आधार निर्माण गर्नु आजको आवश्यकता भएको बताउनु भएको हो । उहाँले पार्टीको नेतृत्व, नितीलाई विश्वास गरेर संगठन निर्माणमा एकजुट हुनु पर्नेमा जोड् दिनुभयो । कार्यक्रमको विषयवस्तु माथी नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले प्रकाश पार्नु भएको थियो ।

गोष्ठीमा नेकपा एमालेका केन्द्रीय सदस्य सुर्य पाठक, इन्द्रलाल सापकोटा, नेकपा एमाले गण्डकी प्रदेशका प्रमुख सचेतक गोविन्द नेपाली, नेपाली काँग्रेसका जिल्ला कमिटी सदस्य मिलन केसी, राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य थानेश्वर सुवेदी र नेकपा एमालेका बागलुङका पूर्व अध्यक्ष श्रीप्रसाद शर्मा लगाएतले बोल्नु भएको थियो । कार्यक्रम नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता, उपसचिव धनबहादुर परियारको स्वागत तथा सचिव गणेश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्