सिंगामा बीमा सचेतना

आदर्श सञ्चार, म्याग्दी
बेनी नगरपालिका–४ सिंगामा बीमा सम्बन्धी सचेतना सम्पन्न भएको हो । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशको र सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड गण्डकी प्रदेशको आयोजनामा भएको छ सचेतना कार्यक्र भएको हो ।

कार्यक्रममा बेनी नगरपालिका–४ का जनप्रतिनिधि तथा आमा समूह एवम् टोल सुधार समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त अवसरमा बीमाको बारेमा जानकारी छलफल तथा दावी भुक्तानीका बारेमा सहजीकरण गरिएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका बेनी शाखा प्रमुख मुक्ति पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रमा वडा अध्यक्ष अणवहादुर खड्का लगायले बोल्नु भएको थियो ।

यो पनि पढ्नुहोस्