लायन्स क्लव अफ बागलुङ प्रोफेसनलको अध्यक्षमा अधिकारी

आदर्श सञ्चार, बागलुङ 
पछिल्लो समय अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्समा आवद्ध हुने युवाहरुको संख्या बढ्दै गएको छ । बागलुङमा मात्रै करिब ३ दर्जन लायन्स क्लवहरु क्रियाशील रहेका छन् ।

लायन्स क्लव अफ अन्तर्राष्ट्रिय ३२५ के र लायन्स क्लव अफ अन्तर्राष्ट्रिय ३२५ जे अन्तरगत विभिन्न लायन्स क्लवहरु क्रियाशील रहेको जनाइएको छ । लायन्स क्लवहरुले वार्षिक रुपमा नेतृत्व चयन गर्नुका साथै सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको लायन्समा आवद्धहरुले बताउँदै आएका छन् ।

यसैक्रममा लायन्स क्लव अफ अन्तर्राष्ट्रिय ३२५ के अन्तरगत क्रियाशली लायन्स क्लब अफ बागलुङ प्रोफेसनल अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लायन्स वर्ष २०२५/०२६ का लागि दिनेश अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

लायन्स क्लव अफ बागलुङ प्रोफेसनलको प्रथम उपाध्यक्षमा विक्रम शर्मा, द्वितीय उपाध्यक्षमा चन्द्र खड्का, तृतीय उपाध्यक्षमा भुमिराज शर्मा, सचिवमा शिव भण्डारी र कोषाध्यक्षमा डिलबहादुर कार्की चयन हुनु भएको छ ।

निर्वाचित कार्यसमितिलाई डिष्ट्रिक कोडिनेटर दुर्गा कुँवर, रिजन चियर पर्सन नारायण आचार्य, जोन चियर पर्सन प्रेम केसी, लायन्स क्लब अफ बागलुङ प्रोफेसनलका अध्यक्ष बालकृष्ण सापकोटा लगायतले बधाई, शुभकामना व्यक्त गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्