आदर्श सञ्चार, बागलुङ
जिल्ला सहकारी संघ बागलुङको स्थापना दिवसको अवसरमा मानव सेवाआश्रम बागलुङमा एक दिनको भोजन सहयोग गरिएको छ ।
सहकारी संघ स्थापनाको १८ औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा एक दिनको भोजनमा लाग्ने खर्च वरावरको रू. १०हजार रकम प्रदान गरिएको हो ।
भोजन अर्पण कार्यक्रममा बोल्दै जल्ला सहकारी संघका सल्लाहकार तथा बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपकगौतमले संघ युवा अवस्थामा पुगेको बताउनुभयो ।
उहाँले सहकारी संस्थाले सामाजिक तथा मानविय क्षेत्रमा समेत काम गर्दै आएको बताउनुभयो ।
एक दिनको भोजन वरावरको रू. १० हजार सहकारी संघका अध्यक्ष हुमा कुमारी जिसी अन्जुले मानव सेवा आश्रमका अभिभावक निर्मलश्रेष्ठलाई प्रदान गर्नुभएको थियो ।
कार्यक्रम सहकारी संघका अध्यक्ष हुमा कुमारी जिसी (अन्जु)को अध्यक्षता, उपाध्यक्ष पिङ्गला जिसीको स्वागत तथा सचिव तेजप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।