आदर्श सञ्चार, बागलुङ
अनेरास्ववियु धवलागिरि बहुमुखी क्याम्पस बागलुङको १५ औं क्याम्पस सम्मेलन सम्पन्न भएको छ । सम्मलेनबाट कमल पौड्यालको अध्यक्षतामा ५१ सदस्य क्याम्पस कमिटी सर्बसम्मत चयन भएको छ ।
समितिको उपाध्यक्षमा सागर बिक, रानी घर्ती छेत्री, सचिवमा संयोग शर्मा पौडेल, सह–सचिवमा सृष्टि क्षत्री, मोहन रेग्मी, लोकेन्द्र श्रिस, सृजना खड्का चयन हुनुभएको छ ।
यस्तै कोषाध्यक्षमा योगराज कँडेल, महिला विभाग प्रमुखमा दिपिका खड्का चयन हुनुभएको छ ।