ब्यूटी पार्लर एसोसिएसनद्वारा रामानुज आश्रममा खाद्यान्न हस्तान्तरण

मन कुमारी केसी, बागलुङ
ब्यूटी पार्लर एसोसिएसन बागलुङले रामानुज आश्रममा सहयोग गरेको छ ।

मातातीर्थ औँसीको अवसरमा बागलुङ नगरपालिका १ निरयघाटमा रहेको आश्रममा रहेका आमाहरुको लागि एसोसिएसनले १० हजार रुपैयाँ बराबरको खाद्यन्न सामग्री सहयोग गरेको हो ।

आश्रममा चामल, तेल, आटा, मसला, आलु, सावन र फलफूल हस्तान्तरण गरिएको एसोसिएसनका अध्यक्ष सुशीला केसीले जानकारी दिनुभयो ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै ब्यूटी पार्लर एसोसिएसन गण्डकी प्रदेशका उपाध्यक्ष सुमना शाक्यले सेवाभावले आश्रमका आमाहरुलाई गरेको सहयोग पुण्यकर्म भएको बताउनु भएको थियो ।

सामग्री हस्तान्तरण कार्यक्रममा एसोसिएसनका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सचिव मन्जु खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

यो पनि पढ्नुहोस्