म्याग्दीको बेनीमा श्रीमानले गरे श्रीमतीको हत्या

आदर्श सञ्चार, बेनी
म्याग्दीको बेनीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

मंगलबार विहान दाउराले प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले पर्वतको जलजला गाउँपालिका १ का राजु विकलाई पक्राउ गरेको छ ।

बेनी नगरपालिका ७ मंगलाघाटमा बस्दै आएका राजुले २७ वर्षीया श्रीमती भगवती विकलाई मंगलबार विहान ६ः३० बजे हत्या गरेर भागेका थिए ।

प्रहरीले राजुलाई बेनी नगरपालिका २ ज्यामरुककोटको जंगलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक(इन्सपेक्टर) सागर पौडेलले जानकारी दिनुभयो ।  मृतकको सव पोष्टमार्टमका लागि प्रादेशीक अस्पताल बेनीको सवगृहमा राखिएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्