कृषिता अधिकारी निशा
कुनै पनि उद्देश्यले मानिसले मानिसलाई किन्ने बेच्ने कामलाई मानव बेचविखन भनिन्छ । खासगरी अविकसित र अल्पविकसित देशमा यस्तो कृयाकलाप हुने गर्दछ किनकि कलकारखाना, उद्योग धन्दा जस्ता ठाउ“मा काम गराउने , उनिहरुको अंड्ड बेचविखन गर्ने , वेश्यावृति जस्ता कार्यमा संलग्न गराइन्छ । प्रायजसो बेचविखन हुनेमा महिला बालबालिका अधिक मात्रामा
रहन्छन् ।
विश्वमा महिला तथा बालबालिका बेचविखन विकराल समस्या बनेको छ किनकि संसारमा हरेक वर्ष लाखौं महिला तथा बालबालिकाको बेचविखन हुने गरेको पाईन्छ । त्यस्तै गरिविको मारमा परेका कतिपय चेलिबेटीहरुलाई सुखी जीवन र कामको प्रलोभन देखाएर विदेशमा लगेर वेचिन्छन र वेश्यावृति , घरेलुु कामदार, शारिरिक तथा मानसिक एवं अन्य प्रकारका हिसांका सिकार भएका छन । धेरैजसो किशोरी, महिला एवं बालबालिका नाटकिय ढड्डबाट भारतको खुल्ला सिमाना भएका कारण मानव बेचविखन गर्ने दलालहरुलाई सिमा पार गरिन्छ । उनिहरुले खास केही आम्दानी गर्न सक्दैनन् तर उनिहरु प्रयोग गरेर प्राप्त भएको पैसा वेश्यालयका मालिकले प्राप्त गर्छ र एक तथ्यांक अनुसार प्रत्येक वर्ष पा“च हजार जति युवतिहरु विभिन्न हिसाबले वित्रि भएका हुन्छन्, यसरी जानेर वा नजानेर जब चेलिबेटीहरु बेचिन्छन उनिहरुको जीवन एकाएक बर्बमदितिर धकेलिन बाध्य भएका छन् । उनिहरु माथि यौन शोषण हुन्छ ।
अधिकांशमा एचआईभीको सङ्त्रमण हुन्छ त्यसपछि त घरको न घाटको बेचिएका चेलिहरु र बालबालिकालाई हेर्ने हाम्रो सामाजिक धारणा निकै नकारात्मक भएकोले उनिहरूलाई सहानुभूती र संरक्षण पाउन निकै कठिन हुन्छ । उनिहरुको बा“की जीवन तिरस्कार र पीडामा जिउनुपरेको छ । वास्तवमा उनिहरुको जीवन दयनिय छ किनकी अधिकांश ग्रामिण भेगका महिला बढि बेचिएको अवस्था छ कारणः चेतनाको कमि , शिक्षा र सीप विकासको अवसरहरुको अभाव , गरिबी र बेरोजगारी, उपयुुक्त कानुन र तिनको प्रभावकारी कार्यावयनको अभाव, लैङड्डीक विभेद र महिला शोषण, भारतस“गको खुल्ला सिमाना आदि को कारणले गर्दा महिला तथा बालबालिका बेचिएका छन । यसरी बेचिएका महिला तथा बालबालिकाको कथा दर्दनाक हुन्छ । किनकि उनिहरु गाउ“ फर्कदा उनिहरुलाई गर्ने व्यवहार फरक हुन्छ एकचोटि बेचिएका महिला तथा बालबालिकालाई समाजमा पुर्नमिलन गराउन सहज हुदैन । तेस्ता महिलालाई समाजसेवी महिला अनुराधा कोइरालाबाट स्थापित माइती नेपालले उद्धार र संरक्षणका रुपमा काम गरिरहेको छ । त्यसैगरी वेश्यालयमा बेचिएर अनेकन शारीरिक, मानसिक पीडा भोगेका चेलिहरुका लागि माईती नेपालले आश्रयस्थल प्रदान गर्नुका साथै सिपमुलक तालिम प्रदान गरिरहेको छ, तर पनि यो समस्या पूर्णरुपमा निराकरण भएको छैन ।
किनकी यस्तो अपराध आजभोलि झन भन्दा झन बढ्दै गएको छ सामाजिक सन्जालका माध्यम बाट यो समस्या बढिरहेको छ । अपरिचित व्यक्तिको सम्बन्धले गर्दा अपराध बढिरहेको छ । सामाजिक सञ्जाल मार्फत प्राय जसो महिला बेचिएका छन र आत्महत्या जस्ता कृयाकलाप बढिरहेको छ । किनकि धेरै जसो युवायुवती प्रेमसम्बन्धमा फस्ने गर्छन । उनिहरुलाई डराई धम्काइ भएपनि हिंसात्मक क्रियाकलापमा संलग्न हुन्छन् ।
त्यस्तै उनिहरु बाध्य भएर तेस्ता कार्य गर्नुको अलवा कुनै विकल्प ह“ुदैन र अन्त्यमा आत्महत्या जस्तो गलत कदम उठाउन बाध्य हुन्छन् । कति खुलेर विरोध गर्दा पनि न्याय पाउन सकिरहेका ह“ुदैनन् । अपराधी खुलेआम घुमिरहेका छन भने पीडित अझै शोषित भएका छन । पछिल्लो समयमा नेपालमा बलात्कारका घटना घटिरहेको छ । अझसम्म न्याय पाएको छैन । किनकी आजको विज्ञान र प्रविधिको युगमा आईपुग्दा यो समस्या झन् जटिल बन्दै गएको छ र यो समस्या पूर्णरूपमा निराकरण भएको छैन किन ? राज्यले यसप्रति ध्यान नदिएको हो वा स्वयंम पीडितले न्याय नखोजेको कारणले तथा विरोध गर्दा उल्टै लाल्छना लगाउने कारणले पनि यो समस्या प्रमुख बनेको छ । किनकी नेपालमा अझै पनि गरिविको रेखामुनि रहेको स्थानीय निकायहरूको भूमिका दरिलो छैन यसलाई नियन्त्रण गर्न निम्न कदम चाल्नु आवश्यक छ तर व्यवहारमा उतारिएन भने यो समस्या जटिल बन्ने छ ।
तसर्थ, जनचेतनाका कार्यक्रम संन्चालन गर्न व्यक्ति परिवार , समाज मिलेर शुरु गर्नुपर्छ । मानवबेचविखन रोक्न देशको कानुन बलियो भयो भने पक्कै यो समस्या निराकरण हुनेछ । यस्ता कार्यमा अघि बढेका व्यक्तिलाई उचित सम्मान दिई अझ हौसला प्रदान गर्नुपर्छ , किनकि उनिहरु मानसिक तथा शारीरिक रुपमा रोगि हुन सक्ने अवस्था भएकोले उनिहरुलाइ निःशुल्क स्वास्थ्य उपचार गरिनुपर्छ , यसका लागि विद्यालयमा विद्यार्थीलाई समेत यसको ज्ञान दिनुपर्छ र बेचविखनमा परेकालाई समाजले पूर्नमिलन गराउनुपर्छ । यसका साथै यस्ता क्रियाकलाप जघन्य अपराध हो भन्ने कुरामा सबै सचेत भई यसको बारेमा जनचेतना फैलाउनु आवश्यक छ र सामाजिक प्रयोगकर्ता पूर्णतया होसियार हुनुपर्दछ भन्ने यस लेखले प्रमुख भुमिका खेलेको छ ।