धर्म संस्कृति र विकृती

–कृषिता अधिकारी (निशा)

नेपाल एक वहुधार्मिक, वहुजातिय वहुसंस्कृती देश हो । यहाँ विभिन्न धर्म , जात, र संस्कृति भएका मानिसहरु बसोबास गर्दछन् हिमाल,पहाड र तराई भौगोलिक विविधतासँगै धार्मिक र संस्कृति विविधता अनि त्यस विविधताभित्र एकताको मालामा गाँसिएका नेपालीहरुको देश अनि गौतम बुद्ध जन्मेको, शान्तिको प्रतिक मानिने देश नेपाल विश्व कै दोस्रो जलस्रोतको धनी नेपाल ।

यहाँ विभिन्न क्षेत्र र जातजातिका आ–आफ्नै मूल्य मान्यता र संस्कृतिहरु छन् । जहाँ हिन्दु धर्म , बौद्ध धर्म , इस्लाम धर्म, क्रिश्चियन धर्म, किराँत धर्म आदि जस्ता धेरै धर्मावलम्बीहरु नेपालमा बसोबास गर्दछन । त्यसैगरी धर्म अनुसार उनिहरुले मनाउने चाडपर्वहरु पनि फरक छन । जात अनुसारका विभिन्न मातृभाषा बोल्ने समुदायहरु छन् । उनिहरुको रहनसहन , भेष भुषामा प्रशस्त विविधता पाइन्छ किनकि हामी मानव जन्म देखी मृत्युसम्म गरिने संस्कारहरु न्वारान, पास्नि, व्रतबन्द, क्षवर , विवाह, काजकिरिया आदि धार्मिक र जातीय विविधता अनुसार फरक फरक छन् । यस्ता धेरै विविधता भएको समाजभित्र एकआपसमा एकता र मैत्रीपुर्ण वातावरण हुनुका साथै नेपालीपन पनि तर यी उल्लेखित शब्दहरु त सामान्य कुरा भयो तर हाम्रो समाजमा बसेर गर्ने व्यक्तिको व्यवहार आचरणलाई राम्रो वा नराम्रो भनेर मुल्यांकन गर्छाैं र तिनै मूल्य मान्यताहरु धर्म ,संस्कृति बाटै ग्रहण गर्दै आएका छौ । प्रायजसो हाम्रो गाउँघरमा धर्मको विषय लिएर अनौठो शब्दहरु प्रयोग गरिन्छ जस्तो कि धर्म राख, धर्म नछाड, सेवा गर धर्म मिल्छ, धर्मले खान बस्न मिल्छ यावत् कुराहरु हामीले सुन्ने गरेका छौ । सोहि विषय सन्दर्भलाई लिएर चाडपर्व नजिकै गर्दा स्वयंम समाजशास्त्रको विद्यार्थी भएको हुँदा आफ्ना मनमा होत प्रोत भएका भावनाहरु र धर्मसम्बन्धि हाम्रो समाजमा भइरहेका विकृति र विसंगति बारे आफ्ना लेख्ने कौतुहलता जाग्यो ।

वास्तवमा धर्म एक अनुष्ठान हो, आस्था हो जुन प्रकृति , तत्वहरु, शत्तिहरु, स्थानहरु अथवा आत्मासँग सम्बन्धित विश्वासहरु र आचरणहरुको एक संगठित व्यवस्था हो किनकि मानिसका उत्तम शक्तिहरुको सन्तुष्टि अथवा आराधानासँग हुन्छ त्यस्तै मानिसहरुलाई यो विश्वास हुन्छ कि ती शक्तिहरुले प्रकृति र मानविय जिवनलाई नियन्त्रण गरि केवल पुजा आराधाना मात्र गर्दैन कि यसअन्तर्गत अनेक व्यवहारहरु पनि त समावेश गरेको हुन्छ । अर्कोतिर धर्मको सम्बन्ध केवल पूजा अथवा आराधानाको एउटा पद्धति सँग मात्र होइन कि अलौकिक जिवनसंग पनि सम्बन्ध गाँसिएको हुन्छ जहाँ फलस्वरूप समाजमा विभिन्न सम्प्रदायहरु र सामाजिक समुहहरु बिचको संघर्षको समस्या उत्पन्न भएको प्रशस्त देख्न सकिन्छ । धर्मले व्यक्तिलाई वर्तमान जीवन भन्दा पनि सत्कर्मद्वारा जीवन पस्चात् फल मिल्ने आश्वासन दिलाउने हुनाले मानिसहरु वास्तविक जिवनका खुशियालिहरुको प्राति भन्दा पनि भ्रमपूर्ण खुसियाली सिर्जना गर्दछ ।

त्यसैगरी धार्मिक स्वतन्त्रतालाई संवैधानिक अधिकार रुपमा स्थापित गरिएका समाजहरुमा पनि धार्मिक बहुसंख्यकहरुले अल्पसंख्यक धार्मिक समुहहरुमा विभिन्न विभेदहरु रहेको पाईन्छ । शहरको तुलनामा भने ग्रामीण समाजहरुमा आज पनि धर्मको नाममा विकृति विसंगति अन्धविश्वास, कुरिति र असमानताहरु व्याप्त रहेको अवस्था छ । समाजमा अनेकौं विघटनकारी, पृथकतावादि र सामाजिक असमानताका प्रवृतिहरु पनि उत्पन्न गराएको अवस्था छ । वास्तवमा भन्ने हो भने धर्मले हाम्रो समाजमा लाभ दिनुका अतिरिक्त कहिले काही समाजमा विभेदीकरण , असमानता, तनाव र विभिन्न समस्याहरु पछिल्लो समयमा व्याप्त रहेको देख्न सकिन्छ । पछिल्लो समयमा भने धर्म परिवर्तन गर्ने प्रवृति बढ्दो त्रममा रहेको हामीले देख्दै र सुन्दै आएका छौ किनकि अधिकाशं मानिसले धर्म परिवर्तन गरेका छन् ।

हो आ–आफ्नो अधिकारको कुरा पनि हो सबैको आ आफ्नै धर्म संस्कृति अनि आफ्नै पहिचान छ तर धर्मको नाममा समाजमा विभिन्न विकृति फैलिएको छ , जसले गर्दा मानिस मानिसमा हिसांत्मक कृयाकलाप बढिरहेको छ। साच्चै अचम्मको कुरा के लाग्छ भने नि धर्म एक आस्था हो विस्वास हो , धर्म पवित्र आत्मा हो कसैले कसैको धर्मप्रती आक्षप लगाउनु पनि हुदैनन् किनकि नेपालमा विभिन्न धर्म छन् ती धर्मको आ आफ्नै स्थान छन कसैलाई कुन धर्म मन पर्छ त कसैलाई कुन आ आफ्नो आस्थाको कुरा हो तर समाजमा धर्मको नाममा प्रचार प्रसार गरिरहेका छन् जसले गर्दा विकृति दिनहुदिन भित्रीदै गइरहेको छ । आफ्नो धर्म संस्कृति लाई विर्सिएर वाहिरि संस्कृति अंगालि रहेको अवस्था छ । अन्तरिम संविधान २०६३ र नेपाल संविधान २०७२मा नेपाललाई धर्म निरपेक्ष घोषणा गरियो तर धर्म सम्बन्धि अझै पनि हिंसात्मक घटना घटिरहेका छन आफ्नै परिवार भित्र पनि फरक फरक धर्म मान्ने चलन रहेको छ भने कसैले मानेको धर्म अरुले पनि तेहि धर्म मान्नै पर्छ भन्ने पनि छैन र धर्म परिवर्तन गर्दैमा भाग्य परिवर्तन हुन्छ भन्ने पनि छैन

तर पनि आफ्नो ईच्छा भने मार्नु हुदैन किनकि जुनसुकै व्यक्तिले पनि आफ्नो इच्छा अनुसारको धर्म मान्न पाउनु पर्दछ तर समाजमा विकृति र विसंगति भने फैलाउनु हुदैन यस्ता विकृति विसंगतिले समाजको सुव्यवस्था खल्बलाएको त छ नै साथमा हाम्रो धर्म संस्कृति पनि धरापमा पर्ने अवस्था देखिएको छ हामिले हाम्रो संस्कृति जोगाइराखे हाम्रा सन्ततिले समेत यसको महत्तव बुझ्ने छन । तर आजभोलि हामीले मान्ने चाडपर्वहरुमा फरकपन पाउन सकिन्छ कारण बाहिरी संस्कृतिको प्र भावले हामीले मान्दै आइरहेका यी हाम्रा धर्म संस्कृति वदलिदै आएको अवस्था छ । किनकि हिन्दु संस्कार अनुसार चुडाकर्म, विवाह, पास्नि काजकिरिया आदि गरिन्छ । तर आजभोलि कति फरक शैली अप्नाउन पुगेका छौ भने हामीले गर्नु पर्ने कार्जे त्रिया पनि राम्रोसँग गरेको छैनौं । हाम्रो समाजमा काजकिरिया गर्दा कसैसँग छोइनुहुँदैन, चप्पल लगाउनु हुदैन भन्ने गरिन्थ्यो तर आजभोलि त चप्पल लगाउने , गाडिमा सबार गर्ने राम्रोसँग कार्य सम्पन्न नगर्ने उस्तै परे किरिया पनि नगर्ने जस्ता प्रवृतिहरु निकै बढेको छ । यदि हामीले राम्रोसँग हाम्रो कर्तव्य पालना नगर्ने हो भने भोलिका सन्ततिले गर्लान् त ? आज हामीले हाम्रा धर्म संस्कृति प्रती निष्ठावान छैनौं भने भोलि हाम्रा सन्ततिले पक्कै गर्नेछैन् त्यस्तै हामीले मान्ने चाडपर्व कै कुरा गरौं हिन्दु धर्म अनुसार जनैपूणिर्मा का दिन ताको बान्ने गर्छाै तर आजभोलि राखि बान्छौ । यो हाम्रो संस्कृति होइन नि त्यसैगरी तिजपर्वकै कुरा गर्दा विषेश गरि महिलाहरुको चाडपर्व हो तर आजभोलि फेसनको रुपमा लिने गरिन्छ । एकदिन खाने दर एकमहिना देखि खान शुरु हुन् साँच्चै आजभोलि त गाउँमा लाठेपिङ पनि देखिन छाडेका छन् । देउसि भैलो गुन्जिन छाडेको छ । अनेकौं विकृति विसंगतिले समाज छपक्कै छोपेको छ भने अर्को्तिर धर्मको नामामा मानिस मानिस बिच वैमनस्यता को भावना उत्पन्न समेत भएको अवस्था छ ।

यस्ता विकृति विसंगति रोक्न राज्य निकाय आम जतनाले फैलाउनु आवश्यक छ । धर्मले मनुष्यको जिवनको सत्तमार्ग निधार्ण गर्दछ किनकि हाम्रो गाउँघरमा भन्ने गरिन्छ नि धर्म गर पुण्य मिल्छ तिमिले धर्म नछाड है यस्ता कुराहरु वास्तवमा कति मार्मिक छन होनि त परापुर्वदेखि चलिआएको रितीथिती लोक संस्कृति चटक्कै बिर्सनु त भएन नि सबैको धर्म संस्कृति आ आफ्नो ठाउँमा उत्तिकै महत्त्वपूर्ण हुन्छन् हामीले हाम्रो

संस्कृति जोगाउनु पर्दछ यदि हामिले यी हाम्रा धर्म संस्कृति जोगाउन नसके हाम्रो अस्तित्व नै मेटिने छ । तर पनि अहिलेका युवा वर्गले भने उल्लेख्य भुमिका निभाइरहेका छन कारण बालबालिका देखि लिएर युवावर्ग वृद्ध मानिस आध्यात्मिक बनेका छन । जसले गर्द कुलत हत्या हिसां चोरि जस्ता कार्यहरुमा संलग्न भएका छैनन् राम्रो ज्ञानगुनका कुराहरु ग्रहण गरेका छन उनिहरु सकारात्मक बन्दै गएका छन् । तसर्थ हामीले हाम्रो धर्म संस्कृति परम्पराहरुको जगेर्ना गर्नुपर्छ आफ्नो धर्म संस्कृति छोड्नु हुँदैन र जुनसुकै धर्मको पनि कदर र सम्मान गर्नुपर्छ कसैको धर्म विरुद्ध आक्षेप लगाउनु हुदैन धर्मको नाममा भएको विकृति रोक्नु पर्दछ भन्ने यस लेखको प्रमुख उद्देश्य रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *