कृषिता अधिकारी निशा ।
साँच्चै नै आवाज विहिनहरुको आवाज र एक प्रकारको विद्युतिय ध्वनी तरङ्गबाट चल्ने सञ्चार माध्यमलाई नै रेडियो भन्ने गर्छाैं । कुनै समयमा मानिसहरुले आ–आफ्नो घर–घरमा बजाउने गर्दथे । तर अहिलेको समयमा बिलकुलै फरक भइरहेको छ । रेडियो माध्यम र प्राविधिक दुनियाँ जहाँ उकाली चढ्दा होस् या ओराली झर्दा, मेलापात गर्दा होस् वा पाखाबारी गर्दा हरेक मानिसको मनमुटुमा बस्ने गर्दथ्यो ।
यसको शुरुवात कहाँबाट भयो, कस्ले ग¥यो ? भन्ने सन्दर्भमा आधुनिक परिवेशमा ढलेका विद्यार्थी वर्गहरु सायदै अनविज्ञ छन् होला । समय परिस्थिति र आधुनिक प्रविधिसंगै विद्यालयको पाठ्यपुस्तक पनि फेरिदै गएका छन् । सम्भवतः विद्यालयको पाठ्यपुस्तकमा पनि कतै राखिएको हुनुपर्छ तर पनि कतिपय हाम्रो गाउँघरमा, समाजमा अझै पनि यसबारे अनविज्ञ नै छन् । किनकी बदलिँदो समय अनुसार रेडियो सुस्ताउदै जाँदा रेडियोको शुरुवात कस्ले र कहिले ग¥यो त ? फेरि एकपटक इतिहासका ती पन्ना स्मरण गर्ने की ? सर्वप्रथम त रेडियोको जन्मदाता मार्काेनि अर्थात् मार्शिस गुग्लिएल्मो मार्काेनि हुन् , उनी इटलिको बोलोग्नामा जन्मेका थिए ।
सानै उमेर देखि नै जिज्ञासु भावनाका उनी घरको एउटा कोठाबाट अर्को कोठासम्म कुनै तार बिना नै सन्देश पठाउन थालिसकेका थिए र विस्तारै उनी माइलौ टाढासम्म यो सन्देशलाई तार बिना नै परिक्षण गर्न थाले पछि उनले अमेरिका गएर बाँस र रेशमको एउटा चंगाको प्रयोग गरे । तर तेज हावाले यो चंगाको प्रयोग गरे त्यसै बेला अचानक एक हल्का आवाज सुनियो । फेरि अर्को आवाज, अनि फेरि अर्को आवाज, अनि फेरि अर्को आवाज यो तीन बिन्दुको पूर्व निर्धारित संकेत र व्यवहारिक रेडियो सिग्नल सिस्टमका आविष्कार केवल २७ वर्षको उमेरमा सन् १८९५ को सेप्टेम्बरमा गरेका थिए ।
नेपालमा पनि वि.सं. २००७ साल चैत्र २० गतेका दिन रेडियो नेपालको स्थापना गरियो । जसको स्थापक तारिणीप्रसाद कोइराला हुन् । उनले नेपाली तथा हिन्दी कार्यक्रमका साथै हिन्दीमा समेत समाचार प्रसारण गर्न थालेका थिए । त्यस्तै रेडियो नेपाल ऐन २०१४ मा मात्र जारि भएसंगै प्रारम्भिक अवस्थामा २५० वाटको ट्रान्समिटरबाट दैनिक ४ घण्टा प्रसारण हँुदै आएको रेडियो विं.सं.२०२५ सालमा १२ घण्टा प्रसारण समय बढाइयो र परिवर्तित समयसंगै वि.सं. २०४१ सालबाट साढे १३ घण्टा प्रसारण हुन थालेको थियोे ।
साच्चै दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोको रुपमा रेडियो सगरमाथाले वि.सं.२०५४ सालमा सञ्चालनको अनुमति पाएको थियो । पछिल्लो पटकमा विराटनगर, सुनसरी, रुपन्देही, नेपालगञ्ज, कैलाली, झापा, चितवन, धनगढी, सुर्खेत जिल्लामा रेडियोको संङ्ख्यामा वृद्धि भएको पाइन्छ । त्यसैगरी एउटा पनि रेडियो सञ्चालन नभएको हिमालपारिको जिल्ला मनाङमा रेडियो सञ्चालनका निम्ति इजाजत भने लिएसंगै वि.सं. २०७३ भदौ १ देखि २४ सै घण्टा प्रसारण हुन थाल्यो । जहाँ करिब ६५ वर्षको इतिहासमा रेडियोले दिने सन्देश अति महत्त्वपूर्ण भएको छ ।
वास्तवमा भन्नु पर्दा नेपालमा एफएम रेडियोको संख्यामा वृद्धि हुँदै गएको छ । हालसम्म ६९७ वडा रेडियो सञ्चालन गर्ने इजाजत पत्र मिलिसकेको अवस्था छ । तर ५६३ चाँहि अहिले सम्म नियमित सञ्चालनमा आइरहेका छन । साच्चै नै रेडियो त्यो माध्यम हो जसमा मानिसका दुख सुखमा हरपल साथी बनेको हुन्छ । किनकि समाजमा घटेका वास्तविक घटनाहरुको उजागर गर्दछ यसले समाजमा जनचेतना जगाउनुका साथै समाज परिवर्तन र
विकासको रुपमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ । रेडियोमा प्रशारण हुने जुनसुकै कार्यक्रमले पनि समाजमा एक किसिमको सन्देश बोकेको हुन्छ र त्यसको उजागर पनि गरेको हुन्छ । कुनै पनि घटनाक्रम जस्ताको तस्तै सत्य तथ्यको खोज गरेको हुन्छ तर यो भन्न खोजेको होइन कि केवल रेडियो माध्यम मात्र सबै कुरामा सक्षम छ ।
बदलिँदो समयसंगै टेलिभिजन, इन्टरनेट माध्यम पनि उत्तिकै सक्षम र सबल छ तर रेडियो त्यस्तो माध्यम हो जहाँ जे काम गर्दा पनि हरपल र हरक्षण साथ दिन्छ । रेडियोमा प्रसारण हुने कार्यक्रम सायदै टेलिभिजन अथवा इन्टरनेटले पनि त्यति सरल मिठासपन दिदैन कारण बच्चादेखि बृद्धा उमेर समुहलाई लक्षित गरि कार्यक्रम प्रसारण गरिन्छ । किनकी रेडियोमा त्यो माधुर्यता छ, जुन श्रोता वर्ग सजिलै रेडियोप्रेमी बन्दछन् ।
आज भोली त साहित्यक रचनाहरु पनि समयसंगै हराउँदै गएको छ । किनकी प्रविधि र इन्टरनेट माध्यमले मानिस पनि परिवर्तित भएको अवस्था छ भने जहाँ इन्टरनेट पहुँच पुगिसकेको छ । त्यहाँ रेडियो माध्यम पनि विस्तारै बिस्तारै सुस्ताउन थालिसकेको छ । किनकी कहिकतै घटना भइहाल्यो भने सबै भन्दा पहिले इन्टरनेटमा आएको हुन्छ, समाचार सम्बन्धित ठाउँमा नपुग्दै आज हरेक मानिसको मन मस्तिष्कमा खबर पुगेको हुन्छ । समय बदलिए संगै समाजमा धेरै किसिमका घटना दिन प्रतिदिन भइरहेको अवस्था छ, जसले गर्दा यी हाम्रा बालबालिका पनि विग्रेको अवस्था छ ।
पढाइमा भन्दा पनि मोवाइल इन्टरनेट माध्यमले उनिहरुमा नकारात्मक विचार लेइदिन्छ । आजभोलि के बच्चा के वृद्धा हरेकले इन्टरनेट प्रयोग गर्न थालिसकेका छन् । हो, समयसंगै परिर्वतित हुनुपर्छ तर हामीलाई जतिबेला रेडियो माध्यमको आवश्यकता थियोे । जसले हामीलाई हरपल हरक्षण साथ दियो । मेलापात गर्दा होस् उकाली ओराली झर्दा जहाँ जतिखेर पनि हितैको साथी बन्यो । आज सुस्ताउदै जाँदा गम्भिर चासोको विषय पनि बनेको छ । तसर्थ हामीले समयसंगै विचार परिवर्तन गरि सञ्चार क्षेत्रका हरेक माध्यमलाई सहर्ष स्वीकार गरि विज्ञान र प्रविधिको सदुपयोग गरौं ।