बढ्दो सवारी दुर्घटना र न्यूनिकरणमा जोड

कृषिता अधिकारी निशा

साँच्चै नै जन्मत्रिया देखी नै आफ्नो उद्देश्य पूरा गर्न हरेक मानिस गन्तव्यलाई पछ्याउदै अघि बढ्छ । त्यसरी नै मानिसको जीवनमा सवारी साधन एक महत्वपूर्ण मानिन्छ । मानिस एक ठाउँबाट अर्को ठाउँमा जानका लागि साधन स्रोत प्रयोग गर्दछ । किनकी परिवर्तित समयसंगै मानिसलाई यो अति आवश्यक विषय पनि हो । तर, परिवर्तित समयसंगै जति नै विज्ञान र प्रविधिले उच्च स्थान ओगटेको छ, त्यति नै समाजमा विभिन्न क्रियाकलाप पनि भइरहेको छ । मानिस लोभ, मोह, वितृष्णाबाट कुण्ठित हँुदै गएको छ भने अर्को तर्फ अत्यधिक मात्रामा सवारी साधन पनि बढ्दो अवस्थामा छ । नेपालमा बसे पनि दुर्घटनाको कारण करिब दुई हजार भन्दा बढीको ज्यान जाने गरेको छ । चालकको लापरवाही, क्षमता भन्दा बढि यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानी जस्ता मानवीय क्रुटी नै दुर्घटनाको प्रमुख कारण मानिन्छ । किनकी यि र यस्ता दुर्घटनाले ज्यान गुमाउनुका साथै अंगभंग समेत भएको हामीले दिन प्रतिदिन दुखद समाचार सुन्दै र देख्दै आएका पनि छौं । अव्यवस्थित तरिकाले सडक निर्माण गर्नाले, पहिरोको जोखिम त कहिले क्षमता भन्दा बढि यात्रु बोक्नाले यस्ता घटना दोहोरिरहेका हुन्छ ।

यस सन्दर्भमा काठमाडौ उपत्यका सवारी साधनकै विषयलाई पनि जोड्नु पर्दा रातको समयमा दैनिक ५ भन्दा बढि सवारी दुर्घटना हुने गरेको तथ्यांक छ । दैनिक सरदर २३ वटा सम्म दुर्घटना हुने गरेको छ । कारण अधिकाशं सडक त्यसको आधारमा उज्यालो हुन्छ र कतिपय सवारी दुर्घटना त बत्तिको कारणले हुने गर्दछ भने बाटो काट्दै गरेको सर्वसाधारण चाही सडकमा बत्ति नभएको कारणले पनि दुर्घटना पर्ने गरेको छ । आफैले देखे भोगे अनुसार पनि काठमाण्डौ उपत्यकामा जनसंख्याका हिसाबले त्यसै त ठूलो छ, अर्काेतिर सवारी साधनहरुमा ज्यानै जोखिम हुने गरि सवार गर्दा पनि यस्ता घटना भइरहेका छन् ।

काठमाडौ उपत्यकामा मात्र होइन, नेपालका हरेक जिल्लामा यस्ता घटना भइरहेको छ । गाउँ–गाउँमा अव्यवस्थित तरिकाले सडक निर्माण भइरहदा वर्खायाममा पहिरो जाने सम्भावना अधिक हुन्छ । मानिस भौतिक सुविधामुखी भएकाले गर्दा जहाँ कुनै सडकको अपरिहार्यता छैन, त्यहाँ पनि सडक निर्माण गर्ने होड छ । यसले दुर्घटना निम्त्याउने सम्भावना हुन्छ । अस्ति भर्खर कोहलपुरको घटनाले झन् निशब्द बनायो । आफ्नै बाबुले विद्यालय पु¥याउने क्रममा ट्रक दुर्घटना परि घाइते भएकी कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृती चन्द गम्भीर अवस्थामा पुगेकी छिन् । हिजो सम्म हिड्डुल गर्न सक्ने प्रकृति आज हिड्न नसक्ने अवस्था भएको छ । साँच्चै जिन्दगी पनि एकै खालको हुँदैन किनकी मानिसले न त चाहेर नै रोक्न सकिन्छ, विधिको विधान तर यस्ता खालका दुर्घटना भने न्युनिकरण गर्न असम्भव छैन ।

तर, पछिल्लो समयमा हाम्रो देश निकै अशान्त बन्दै गएको छ । पीडितले न्याय पाउन गाह्रो भएको छ । यस्ता खालका गतिविधि धेरै भएका छन् । यहाँ एउटा विद्यार्थीलाई ट्रकले ठक्कर दिएको विषय प्रसंगमा विद्यार्थी तथा स्थानीय बासिन्दाले विरोधमा उत्रनु स्वभाविक नै हो किनकी आज अकल्पनीय घटना भएको छ । आज विद्यार्थी घायल अवस्थामा पुगेको छ त्यसैमाथि घटनालाई संयमित बनाउन तिर भन्दा पनि देशको रक्षा गर्ने निकायका व्यक्ति पछिल्लो समयमा भक्षक भएका छन् । आजभोलि प्रहरीको ज्यादति बढेको छ । कोहलपुरको घटना देख्दा अत्यन्तै दयनीय लाग्यो । स–साना कलिला नानिहरु माथि नै लाठी बर्साउने यो कहाँको न्याय हो ? कति निन्दनीय व्यवहार ? यस्ता किसिमका दुव्र्यवहार रोक्न खै राज्यका निकाय गम्भिर र संवेदनशिल देखिएको ? हो, यसका कतिपय सवाल र अवस्थामा नागरिक पनि गम्भीर हुनुपर्छ ।

पीडित पक्षले न्याय कस्तो तरिकाले पायो, त्यसको बारेमा विस्तृत ढंगबाट बुझ्नु पर्छ । हुन त शिक्षा दिक्षा सम्पूर्ण खर्च बेहोरेता पनि दुर्घटनाले दिएको पीडाको खत के सजिलै निको होला ? अब यो घाउले आजिवन पोल्ने अवस्था भए कति सराप लाउला ? अब आशा गरौ, यस्तो दुखद घटनाको नियति भोली बेहोर्न नपरोस् । सवारी चालक पनि जिम्मेवार बनुन् । पैदल यात्रा गर्ने बिद्यार्थी सर्वसाधारण पनि सचेत रहुन् । हुन त दुर्घटना जानाजान हुने विषय कदापी होइन । तर, संयमता, जिम्मेवारीबोध स सबैमा हुनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *