लागूऔषध र समाजमा यसको नकरात्मक असर

– कृषिता अधिकारी (निशा)
हाम्रो समाजमा लागूऔषध दुव्र्यसनी निकै बढेको अवस्था छ । अहिलेका युवावर्ग यस तर्फ होमिएका छन् । वास्तवमा के हो त लागूऔषध ? किन यसलाई हाम्रो समाजमा नकारात्मक अथवा नराम्रो लत भनिएको होला ? बदलिँदो समयसंगै आजका यी हाम्रा १६÷१७ वर्षका अधिकांश युवाहरु लागूऔषधको शिकार भएका छन् । यो समस्या अहिलेको परिस्थितिमा जटिल समस्या वा विकराल बन्दै गएको छ ।

अर्कोतर्फ यसले हाम्रो घरपरिवार, समाज तथा सिंगो देश मै खलबलि मच्चाएको छ किनकि यी र यस्ता कूलतका कारण आफ्नो जिन्दगीमा बिगारिरहेका छन कतिपयलाई थाहै छैन कि यस्ता प्रदार्थले आफुलाइ मात्र होइन परिवारलाई समेत पीडा दिएका छन् । यसले हामी र हाम्रो समाजमा नकारात्मक असर पारेको छ । सामान्य अर्थमा लागूपदार्थ भनेको मानिसको स्नायु र मस्तिष्कलाई प्रत्यक्ष प्रभाव पारि शरिरका अंगहरुलाई शिथिल एवं उत्तेजित बनाउने पदार्थलाई लागूपदार्थ भनिन्छ भने गाँजा, भाङ, चरेस, हिरोइन, कोकिन, रम्याक आदि लागूपदार्थ हुन् । यिनको सेवनबाट मानिसको त्रियाकलापमा परिवर्तन आउछ र हाम्रो शरीर शिथिल बनाउने, उत्तेजना पैदा गर्ने एवं मति भ्रम गर्ने गर्दछ ।

यस्तो समस्या युवाहरुमा बढि पाइन्छ किनकि विभिन्न कारणबाट युवावर्ग यस कार्यमा अधिक मात्रामा लाग्ने गर्दछन् यस्तो समस्यामा जानि वा अञ्जानमा फसिरहेका हुन्छन् भने साथिको लहैलहैमा लागेर त आफ्नो परिवारको देखासिकी अथवा कस्तो हुन्छ होला भन्ने उत्सुकताकाका कारणले पनि यस्ता समस्याको शिकार भएका छन् । जब यसको शिकार हुन्छन् तब कतिपय युवाहरु बौलाएको, मरेको, जेल परेको, गरिब भएको, पारिवारिक वातावरण तहसनहस भएको र समाजबाट बहिष्कृत भएको पाइन्छ भने कतिपयले त घरपरिवार नै सखाप पारेका छन् । अर्कोतर्फ लागूपदार्थ सेवन गर्ने युवाहरुमा विभिन्न किसिमका तत्कालिन र दिर्घकालिन असरहरु देखिन्छन् ।

जस्तो कि मुख गन्हाउने, आँखा रातो हुने, मनस्थिति अस्वभाविक हुने, वाकवाकी लाग्ने आदि तत्कालिन असरहरु देखिन्छन् भन्ने दिर्घकालिन असरहरुमा मस्तिष्क, स्नायु, फोक्सो, मुटु, कलेजो, मृगौला आदिमा प्रतिकुल असर पर्न गई मानिसको मृत्यु समेत हुन्छ । हेरौ त एकातिर आफ्नो जीवन अन्धकार अर्काेतिर न त धन, सम्पत्ति रहने आफ्ना आफन्तलाई समेत दुःख दिने यस्ता खालका परिस्थिति सिर्जना हुन्छन् र भइरहेका समेत छन् । जसले गर्दा कतिपय सपनाहरु वा भनौ भविष्यहरु मासिएका छन् । त्यसैगरी मानिसहरु अनावश्यक चिन्ताबाट मुक्त हुन लागूपदार्थ प्रयोग गर्छन् भन्ने विशेषज्ञको पनि भनाई छ । र सामाजिक हिसाबले पनि आनन्दित हुनको लागि प्रायः जसो युवावर्ग नै बढि कूलत तर्फ बढेका छन् । अर्को तर्फ पश्चिमी शैलीको नक्कलले पनि लागूपदार्थ सेवनमा वृद्धि भएको पाइन्छ ।

किनकी आफ्नो संस्कृति चटक्कै विर्सिएर हामी अर्काको सिको गर्छाै के सही के गलत छुट्याउन नसक्ने अवस्थामा पुगिसकेका हुन्छौ । जसले हाम्रो भविष्य माथि आघात पुग्दछ अनि हामी विभिन्न नकारात्मक असरहरु, हिंसात्मक क्रियाकलापहरुको शिकार बन्न सक्छौ । जब यसको दलदलमा पूर्णतया फसेको हुन्छ । त्यसपछि उसले केही सोँच्नै सक्दैन एकातिर शारीरिक अवस्था जिर्ण भइराखेको हुन्छ । अर्कोतिर मानसिक अवस्था समेत कमजोर बनेको हुन्छ यस्तो अवस्थामा मात्र लागूपदार्थ बाहेक केही पनि सोच्न सकिरहेको हुँदैन, दिनप्रतिदिन ग्रसित हुनुका साथै शारीरिक तथा मानसिक क्षमता समेत बिग्रेर जान्छ अन्त जिन्दगी नै सकिन्छ ।

अहिलेका युवा वर्गहरु यसरी अन्धकार तर्फ धकेलिदा भोलिका पुस्ताहरुलाई कस्तो असर पर्ला त ? आज भोलि हाम्रो समाजमा विकृति बढ्दो क्रममा छ, जहाँतही नकारात्मक प्रभावले गर्दा अहिलेका केटाकेटी समेत खराब बाटोतर्फ गइरहेका छन् । साँच्चै नै कहाँ कतिखेर दुर्घटना हुन्छ, त्यो कसैलाई थाहा छैन । यी र यस्ता कुलत बाटोले अधिकांश घर परिवार बिग्रेको छ र कतिपयको ज्यान समेत गुमिसकेको छ । त्यसैले आजका युवा वर्ग सचेत हुन जरुरी छ । गलत संगत र गलत बाटोले जीवन कहिले पनि उज्यालो मार्गतिर जाँदैन । सदैव सकारात्मक बाटो रोजौ, जीवन असल र सफल बनाउ बाध्यता विवशतालाई त्यागौं । आजै देखि सोचौ त, कतै हाम्रा नानीबाबु गलत संगतमा फसेका त छैन ? अहिले र आजैदेखि हामीले हाम्रा नानी बाबुको ख्याल गरौ किनकी गलत संगतले जीवन बर्बाद हुन्छ । यो सबै जानाजान पनि कतिपय त यस दलदलमा फसेका र फसाइएका हुन्छन् ।

विभिन्न जिल्लामा सुधार गृह छ, तर पनि यो समस्या दिन प्रतिदिन जटिल बन्दै गएको छ । कतिपय यस्ता परिस्थिति पनि देखेका छौ कि जति सुधार गृहमा राखे पनि बाहिर निस्के नसुध्रिने समस्या छ । कयौं अभिभावकले आफ्ना छोराछोरीलाई जतिसुकै सुधार्ने प्रयत्न गर्दा पनि सुधार गर्न सकिरहेका हुदैनन् । जसले गर्दा पारिवारिक अवस्था समेत नाजुक बनेको छ । हरेक आम नागरिक सञ्चार माध्यमबाट होस् गाउँ गाउँमा यस बारे जनचेतना जगाउनु आवश्यक छ । लागूपदार्थ के हो, के कारणले यसको शिकार बनेका हुन्छन् । यस सम्बन्धि अभियान पुगेको छ तर समग्र जिल्ला ठाउँमा अझै पुग्न सकेको छैन । हामीले सुनेका र देखेका कुरा सबैलाई बुझाउनु पर्छ । यदि तपाई हाम्रो छिमेकमा त्यस्तो देखेका छौ भने पनि सम्झाउन र बुझाउन सकिन्छ । लागूपदार्थको सेवनबाट त्यसको आदत पर्न गई शारीरिक दुर्बलता हुन्छ र त्यसले गर्दा मृत्युु समेत हुन्छ यसको सेवनले प्रजनन् स्वास्थ्यमा असर पु¥याउँछ भनी छोड्न सल्लाह दिने, लागूपदार्थको दुव्र्यसनमा लाग्दा पारिवारिक सम्बन्ध बिग्रने, घरमा अनावश्यक झै–झगडा हुन सक्ने भएकोले त्यसबाट बच्न र भावी जीवनमा नपु¥याउन यस्ता दुव्र्यसनमा नलाग्न र दुव्र्यसन छोडेर खेलकुद, मनोरञ्जनात्मक कार्यक्रममा लाग्न सल्लाह हरेक व्यक्तिको दायित्व पनि हो ।

तसर्थ व्यक्ति आफू स्वयं सचेत हुने, लागूपदार्थ सेवन नगर्ने, लागूपदार्थ सम्बन्धि शिक्षा प्रदान गर्ने, लागूपदार्थको खरिदबिक्री,ओसारपसारमा नियन्त्रण गर्ने, पारिवारिक सम्बन्ध राम्रो बनाउने, सहयोगी भावना राख्ने , दुव्र्यसनीलाई त्यस्ता क्रियाकलाप त्याग्न सल्लाह दिने, फुर्सदको समयमा खेलकुद, मनोरञ्जन, भेटघाट जस्ता कार्यमा लाग्नुपर्छ र राज्यले पनि यस विषयमा गम्भिरता पूर्वक लिनुपर्छ र यदि त्यस्ता क्रियाकलापमा सम्लग्न भएका र गराइएका व्यक्तिलाई कडाइका साथ कारवाही गरी आम नागरिकमा सचेत गराउनु पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *