हात्तीपाईले रोग निवारण र बागलुङ जिल्ला

– राजेशचन्द्र राजभण्डारी

नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय स्वास्थ सेवा बिभागले नेपालबाट राष्ट्रिय हात्तीपाइले ९फाईलेरिया० रोग निवारण गर्ने उद्देश्य साथ यस बर्ष पनि अभियान शुरू गरियो । १० बर्ष देखि सञ्चालन भएको अभियान अहिलेसम्म पनि पुरा नभएपछि त्यसलाई निरन्तरता दिइएको छ ।

स्वास्थ कार्यालय बागलुङले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम पत्रकार अन्तरक्रिया कार्यक्रम गरेर अहिलेसम्म बागलुङ जिल्लामा हात्तीपाइले रोग निवारण नभएको कारणले गर्दा अझै औषधी खुवाउनु परेको अन्तरक्रिया कार्यक्रममा भेक्टर कन्ट्रोल निरिक्षक याम बरालले जानकारी गराउँनुभएको थियो । बागलुङ जिल्लामा बिगत १० बर्ष देखि हात्तीपाइले रोगको औषधी खुवाउने गरिए पनि बागलुङ नगरपालिका नारायणस्थानमा अझैसम्म संक्रमित देखिएको कारणले जिल्ला भरिका सबैलाई औषधी खुवाउनु परेको बरालको तर्क छ । लामखुट्टेको टोकाईका कारणले एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने सरूवा रोग हो ।

यो एक प्रकारको मसिनो धागो आकारको उच्चेरेरिया बाँन्क्रोप्टी नामको परजीवी बाट लाग्दछ । अहिलेसम्म बागलुङ नगरपालिका भित्रै हात्तीपाइले रोग निवारण नभएको तथ्यांक र त्यहाँ गरिएको रक्त परिक्षणले रोगको संक्रमण बाँकी देखिएपछि जिल्लामा १० औं चरणको अभियान गर्नुपर्ने भएको हो ।

नेपालको ७७ जिल्ला मध्ये ६३ जिल्लामा अझै पनि हात्तीपाइले रोगका रोगी बाँकी रहेको तथ्यांकले देखाएको हुनाले पनि औषधी खुवाउनु परेको हो । बागलुङ जिल्लामा अहिलेसम्म १ प्रतिशत रोगको संक्रमण देखिरहेको कारणले पनि बागलुङ जिल्लाले तोकेको मापदण्ड पूरा गर्न सकेको छैन । सरकारले १३ जिल्लामा हात्तीपाइले रोगको औषधी खुलाउने कार्यक्रम मध्ये बागलुङ जिल्ला २ लाख ६३ हजार जनालाइ औषधी खुवाउने कार्यक्रम बनाएको छ ।

हात्तीपाइले फाइलेरिया रोग बिश्वका ७० भन्दा बढी मुलुकमा पाइएको तथ्यांक छ । यी देशमा बसोबास गर्ने एक अरब चालीस करोड भन्दा बढी मानिसहरू यो रोगको संक्रमणको जोखिममा रहेका छन् । हालसम्म १२ करोड मानिसहरू यो रोगबाट संक्रमित भइसकेको अनुमान गरिएको छ । यी मध्ये १।५ करोड मानिसहरूमा हात्तीपाइले र २।५ करोड मानिसहरूमा अण्डकोष तथा यौनाङ्ग सुन्निने गरेको पाइएको समेत तथ्यांकबाट थाहा हुन आएको छ । बाँकी दुई तिहाइ ८ करोड मानिसहरू साधारण लक्षण देखिएको वा नदेखिएको अबस्थामा छन् ।

हात्तीपाइले रोगबाट अफ्रिका, दक्षिण अमेरिका, दक्षिण पुर्वी एशिया तथा पश्चिमी प्रशान्त एशियाका मुलुकहरू प्रभावित छन् । सरसफाइको कमी र गरिबीको रेखामुनि छन् । चीन, जापान, दक्षिण, कोरिया, ताइवान, श्रीलंका, थाइल्यान्ड र माल्दिप्स लगायतका देशहरूले यस रोगको निवारण गरिसकेका छन् भने बंगलादेश, यमन लगायत देशहरूले आम औषधी सेवनका चरण पूरा गरि निवारणको घोषणा गर्ने चरणमा पुगेका छन् । बागलुङ जिल्लामा सरदर ८० प्रतिशत जनसंख्यालाई औषधी खुवाइएको यस बर्ष सत प्रतिशतलाई हात्तीपाइले रोगको औषधी खुवाउने कार्यक्रम रहेको छ । जिल्लाको ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा माघ २५ गतेदेखि २७ गतेसम्म स्वास्थकर्मीहरू घर घरमै पुगेर खुवाउने कार्यक्रम बनाएको छ ।

बागलुङ नगरपालिका नारायणस्थान त एउटा प्रतिनिधि घटना मात्रै हो । सरकारले जुन लक्ष्य साथ यसमा लागिपरेको छ त्यो अनुसारको परिणाम भने अहिले सम्म निकाल्न नसक्नुको पछाडिको कारण पनि खोज्न जरुरी छ । हात्तीपाइले रोगलाई निवारण गर्नु हामी सबैको दायित्व हो । यो बर्ष यसको औषधी सबै खुवाउनु पर्ने बागलुङ बासिलाइ खुवाएर अर्को साल देखि बागलुङ जिल्लामा हात्तीपाइले रोगको औषधी खान नपर्ने वातावरण बनाउन जरुरी छ । गाउँ गाउँमा रहेका जनप्रतिनिधी, राजनीतिकदल, नागरिक समाज, आमा समूह, सहकारी संघ संस्था, शिक्षक, बिद्यार्थी सबै–सबै सरोकार राख्नेहरूले यसलाई सहयोग गरेर सफल बनाउन जरुरी देखिन्छ । समृद्ध नेपाल सुखी नेपाली हुनको लागि सबैभन्दा पहिले मान्छे स्वस्थ हुन जरुरी छ जबसम्म मान्छे स्वस्थ हँुदैन तबसम्म सम्वृद्धिका कुरा धेरै परको कुरा हुने रहेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *