– जीवन शाक्य
हाम्रो मनमा जतिखेर पनि एउटा न एउटा इच्छा चाहना उठ्छ, कूनै वस्तु ब्यक्ति परिस्थिती प्रति आकर्षण पैदा हुन्छ, त्यसैमा टाँसिएर दौडिन्छौं । धेरैजसो आईपर्ने वा कसैको दबाबमा पाईला चालिरहेका हुन्छौं । हाम्रो तत्कालिन इच्छा चाहनामा कसैलाई बाधा अड्चन पैदा गरे रिस उठ्छ ।
क्रोधले वसिभुत भएर झगडा मारपिट गर्छौं, मर्छौं पनि । इच्छा चाहना पुरा गर्ने बाटो कति उपलब्धिमुलक छ र ? कतिको खतरा छ र ? कति पैसा, समय, श्रम लाग्छ ? कति बाधा अड्चन आइपर्छ, हिसाव किताव गर्दैनौ, त्यसै लागि परेका छौं । इच्छा, चाहना पुरा भएन, भने जस्तो भएन वा चाहना पुरा गर्न अन्धभक्त भएर लाग्दा धेरै विकराल समस्या आईप¥यो । पैसाको नाश भयो ।
कसैलाई मुख देखाउने सम्म स्थिती भएन । तब झोक्राउछौं, उदास हुन्छौं, आत्महत्या गर्छौं, पागल बन्छौं । दुनियाँ संसारको रितिथिती, संस्कार, परम्परा प्रायः यस्तै छ । दिमागमा आकर्षण र तृष्णाको संस्कार बसिसकेपछि अर्धचेतन मनले नकारात्मक विचार र भावहरु ओकलिराखेको हुन्छ र यसको प्रभावमा चेतन मन जुन धेरै कम र अचेतन मनको तुलनामा ज्यादै कमजोर छ धर्मराउन पुग्छ । परिस्थतीको गुलाम बन्ने सोँच मात्रै उठ्ने हुन्छ, र गल्ती गर्न पुग्छौं । बेहोशीमा दौडिरहेका हुन्छौं । सायद यसैको कारण होला केही ब्यक्तिहरु मात्रै संसारमा सफल जीवन जिईरहेका छन् ।
योग, ध्यानमा लागेर वा अब त केही गर्नै पर्छ भनेर मनमा संकल्प उठेर केही समय, घण्टा सचेत भएर काम गरे पनि पछि अचेतन संस्कारित मनले गर्दा हार खान पुग्छ फेरी संसारिक बन्धनमा जकडिन पुग्छौं । प्रायको नियति यस्तै भईरहेको देखिन्छ । होला कोही केही कुनै काममा दखलता वा उन्नति गरेर धनिमानी उच्च पद प्राप्त गर्न सकेको देखिए पनि पूर्णता प्राप्त गर्न सकेको नभएर स्वास्थ्य सन्तोष सुखको श्वास लिईरहेको देखिदैन । जिन्दगी खाली–खाली भएको महशुस हुन्छ । तर, जीवनको नाम स्वास्थ्य हो, दृढ इच्छा शक्तिमा लागेर सफल सन्तोष, परोपकार सेवामा लाग्न सक्नु र सजिलो मरण मर्न सक्नु जीवन हो । यसको लागि दृढ संकल्पित मन र सकरात्मक सचेत बनी संस्कारले अचेतन अर्धचेतन मनलाई सच्याउनै पर्ने भएको छ ।
भगवान गौतम बुद्ध एउटा राजाको छोरा राजकुमार, सबै बैभव छ, भोग विलासको सबै साधन सम्पन्न छ । तर, विरामी हुनुपर्ने, दुख कष्ट भोग्नुपर्ने, भनेको, चाहेको जस्तो नहुने, बुढो भएर दुःख कष्टले मर्नुपर्ने देखे पछि छोरा, राम्री श्रीमती राजदरबार, बैभवता सबै छोेडेर एक्लै वन जंगलमा विचरण गर्छन् । अनेक गुरुको दिशानिर्देशमा अनेक दुःख कष्ट सहेर खाना नखाएर ६ वर्ष तपस्या गर्छन्, मात्र हाड छालाको शरिर बन्न पुग्छ, चक्कर लागेर वेहोश हुन पुग्छन् । तर, केही पाउदैनन् तर पछि एक जना श्रद्धालु मायालु उपासिका, साधिकाको दया प्रेमले दिएको खिर खाएर दृढ इच्छा संकल्पले ध्यान तपश्या गर्दै गर्दा बोधिसत्व वा वुद्धत्व प्राप्त गर्छन् र शुद्ध वुद्ध, भगवान बन्न सफल हुन्छन् । बुद्धत्व प्राप्त गरेपछि संसारका सबै दुखी जनताको दुःख कष्ट निवारण गर्न, मुक्त गराउन ४५ वर्ष सम्म नांगो खुट्टा वनजंगल नदि नाला, भोको प्यास वसेर पनि दुनियाले जे भाडोमा राखिदियो, त्यही खाएर सकरात्मक मानवीय प्रेमपूर्ण, सचेत, हिंसामूक्त, शुद्ध सन्देश दिएर गाउँ शहर पहाड चार्हाछन् । उनको पालामा उनले दिएको पञ्चशिल, अस्टशिल, सदाचार अहिंसाको माध्यम मार्गको बाटो पछ्याएर धेरैले आश्रम, विहार, वन जंगलमा तपश्या, ध्यान गरेर निर्वाण मुक्ति प्राप्त गरे ।
वुद्धलाई एसियाको तारा भनेर उपमा दिइयो संसारले नयाँ दर्शनको रुपमा उनका तत्कालिन अनुयायीहरु, राजा महाराजाहरुले सहि बाटो भनेर अनुशरण गरे, र आल्हादित हृदयले धेरै विहार, गुम्ब्वाहरु मूर्तिहरु निमार्ण गरे । तर पछि भारतमा उदियमान मुसलमान राजाहरु, हिन्दु धर्मका शंकराचार्यहरुले वुद्धको दर्शनको प्रभाव आफनो स्वार्थ अनुकूल नदेखेर बुद्ध धर्मालम्बीहरु, अनुयायीहरुलाई भारतमा मात्र नभएर कपिलबस्तु, लुम्विनीमा पनि सखाप पारे, उनीहरुका घर, परिवार विहार मन्दिरहरु सबै तोडफोड गरेर ध्वस्त पारे । हिन्दु देवी देवताको धर्मको प्रचार–प्रसार गरे तर, जीवनलाई सुख सुविधा भौतिक सम्पन्नताका लागि मात्र उपयोग गर्ने उनीहरुको सोँच व्यवहारले शारीरिक मानसिक शान्ति सफलता, शक्ति सबै गुमाएर, सम्बन्धहरु टुक्राएर स्वार्थको खेल र षड्यन्त्रमा सिमित भए, त्यही संस्कार परम्परा हामीले राज्य सत्ताबाट पनि भोग्यौ, त्यही संस्कारले हाम्रो दिल दिमाग अहिले संकुचित भएर हामी नितान्त ब्यक्ति मात्र बन्न पुगेका छौं । सामाजिक धर्म सम्बन्ध, सेवा सहयोग बिश्वास सबै मूल्यहिन भएको अवस्था छ ।
महान दार्शनिक माक्र्सले आँफ्नो महत्वपूर्ण समयमा कतै जाँदै गर्दा बाटोमा हिलोमा छटपटाईरहेको बदलेको छाउरो देखेर आफ्नो साथीलाई कुराएर बदेलको छाउरोलाई दलदलबाट बाहिर निकालेको र आँफ्नो काममा लागेको इतिहास पढेको थिए । जिन्दगीमा धेरै अटल संघर्ष गरे, छोराछोरी गुमाउन पुगे, अभावको जीवन जिएर पनि शोषणरहित समाजको निर्माणको दर्शन तयार गरे । त्यस्तै अमेरिका राष्ट्रपति अव्राहम लिंकनको पनि यस्तै महान दयालु कर्मको बारेमा पढेको थिए । महाकवी लक्ष्मीप्रसाद देवकोटाले आफ्नो मन्त्री हुँदाको तलव बाटोमा भिखारीहरुलाई बाँडेर सिध्याउथे, तर महाकवी बने ।
बुद्धकालिन समयमा एक जना सुख सुविधा र भोग विलासमा जीवन ब्यतित गरेका राजकुमार आँफ्नो जीवनदेखि आजित भएर भगवान गौतम बुद्धको देशना सुनेर भिक्षु बन्छन्, आश्रममा बसेर ध्यान योग गर्छन् । तर, उनको मन चञ्चलताले दुखित ब्यथित भैरहेका हन्छ । भगवान गौतम बुद्धले यो थाहा पाएर उनलाई भेट्न पुग्छन् र हाल खवर सोध्छन्, साहै्र दुखित भएर आफ्नो हाल बताएपछि उनी सितार वादकमा निपुर्णता प्राप्त गरेको कुरा सुनाएर सोध्नु हुन्छ –“राजकुमार भन त सितारबाट संगीत निस्कन तार कस्तो हुनुपर्छ रु राजकुमारले तार मध्यम स्तरमा कस्नुपर्ने, धोल्लो वा ज्यादै कसिएको अवस्थामा संगीत ननिस्कने वा धेरै कस्दा चुडिने कुरो बताएपछि हाम्रो जिन्दगी पनि संगीत हो, विना संगीत निस्सार बन्छ दुःख कष्टले भरिन्छ । संगीत निकाल्न सबैले हरतरहले प्रयास गर्नैपर्छ र यसको लागि पनि आवश्यक विभिन्न सम्बन्धित क्षत्रको तारहरु अनुशासित मध्यम गतिमा कस्नुपर्ने कूनै धोल्लो छोड्ने कुनै कस्ने गर्दा पनि जीवन संगीत ननिस्कने वा व्यवस्थित नहुने कुरो सिकाउनु भएको थियो ।
हाम्रो जिन्दगीका तारहरु पनि यस्तै धोल्लो र ज्यादै कसिएको छ । मुख्य तार खानपान असुरक्षित, धेरै वा थोरै, रक्सी चुरोट मादक पदार्थ, मासु चिल्लो बढी भएको सागपात फलफुल कम भएको ढोल्लो छ, विधी नियम, अनुशासनका तारहरु ज्यादै ढोल्लो छ, तर बिहावारी, मर्दा किरिया संस्कार ज्यादै कसिएको बढी पैसा खर्च हुने खालको छ । वस्तुभाउ, बिजुली खानेपानी, रोजगार आदिको तार पनि अब्यवस्थित योजना विहिन धोल्लो छ । खानपान, शिक्षा, स्वास्थ्यको तारहरु पनि यस्तै छ ।
सत्ता पदमा बसेका नेता कार्यकर्ताले देश सञ्चालनलाई आफ्नै जिविका, सुविधाको स्वार्थको रुपमा बढी उपयोग गरेको, दक्षिणको दबावमा लागेर नदीनाला, सिमाना, राजनितीक, आर्थिक, योजना ब्यवस्थापन देशजनताको हीतमा उपयोग गर्न नसकेको अझै सुध्रिन सकेको अवस्था छ, सबै तिर अब्यवस्थित धोल्लो तार छ, संगीत निकाल्न ज्यादै कठिन स्थिति देखिन्छ । हामी आफै छट्पटाईरहेका छौं, समयको उपयोग गर्न सक्दैनौ, समय, मान्छे परिस्थिति देखेर वितृष्णा जाग्छ, टिभि हेर्छौं, फिल्म हेर्छौं, मोवाईल हेछौं मोवाईलमा पनि चाहिने नचाहिने के के हेंर्छांैं, तास जुवा खेल्छौं, कमजोर, एकलो केटीहरु, बालिकाहरुलाई बलात्कार गर्छौंं, आफ्नो सुख सुविधाको लागि अप्रत्यक्ष प्रत्यक्ष भ्रस्टाचार गछौंं, ब्यभिचार गर्छौं, कसैको दवावमा देशलाई घात गर्ने काम पनि गरिरहेका छौं । उद्योगी ब्यापारीहरु आफनो उत्पाडित वस्तुको भाउ मनपरि बढाएर बढी सम्पत्ति थुपारिरहेका छन्, आफूले तिर्नुपर्ने कर, विजुली पैसा तिर्दैनन, लुकाउँछन, कर्मचारीलाई घुस खुवाएर कम कर तिर्छन, मजदुरहरुको श्रमको शोसन गरिरहेका छन् ।
निर्माण व्यवसायी, ठेकदारहरु ठेक्का निर्माणको काममा कमसल वा काममा ढिलाई गरेर फाईदा मात्रा लुटेर देशलाइ कंगाल पारिरहेका छन् । डाक्टर, इन्जिनियर, वकिल, यातायातमा लागेका सबै व्यवसायीलाई फाइदा नाफाको मात्र चिन्ता छ, गुणस्तरिय सेवा, सदभाव छैन । मन्त्री, उच्च ओहदाका कर्मचारीहरु, न्यायाधिशहरुलाई पनि गाडी, सुविधा र विदेश यात्रा, सुख सयलको चिन्ता भएको पत्रपत्रिका रेडियोमा समाचार आउँछ । उत्पादन बढाउने, बाटो घाटो, पुल पुलेसाको समयमा निर्माण गर्ने, सिर्जनात्मक व्यवसायीक, जनताको भर टेवा दिने, स्वास्थ्य प्रर्वधन गर्ने खालका शिक्षा स्वास्थ्यको विकास गर्ने संरचना, योजना, ब्यवस्थापन, परिचालन गर्ने भन्दा भ्रष्टाचार ब्यभिचार, सुविधामा लागेको उपचारको लागि देशमा भएको सुविधा छोडेर विदेश मोह बढाएको, घात प्रतिघातको समाचार, पत्रपत्रिका पढनु पर्ने, सुन्नुपर्ने भएको छ । आम जनताको जीवन रोगी विरामी अस्वस्थ, अभाव, दुख कष्टमा छन् ।
जीवनलाई स्वस्थ तन्दुरुस्त ब्यवस्थित वनाउन शिल सदाचारको नीति नियम कानुन बनाउने र अनुशासनमा रहनु पर्ने होइन रु नियम काननु, अनुशासनलाई ढोल्लो बनाएर उपलब्धी, संगीत खोजेर पाईन्छ रु ब्यक्तिवादी स्वार्थी राज सत्ता चल्यो, पैसा मुखि समाज परम्परा भयो, भ्रष्टाचार ब्यभिचार वढ्यो भनेर प्रजातन्त्र प्राप्त कालदेखि समाजवाद, देश र जनतालाई माथि उकास्न पर्छ भन्ने उदेश्य लक्ष लिएर दल पार्टी खोल्नेहरुले आफनै र परिवारको लागि मात्र स्वार्थी संगीत खोज्ने रु
देश विकास, शान्ति, स्वतन्त्रता, विश्वास सहयोग आस्थाको संगीत निकाल्ने संरचनाहरु, योजना ब्यवस्थापनका पाईलाहरु परिचालन नगर्ने रु वहुजन हिताय, बहुजन सुखायको संगीतको तारहरु कहिले ब्यवस्थित गर्ने रु कहिले जीवनको संगीत जनतालाई सुनाउने हो रु कहि कतै केहि क्षत्रमा विकास निमार्णको गति देखाएर मात्र धेरै क्षत्र अपांंग, अब्यवस्थित राखेर के संगीत निस्कन्छ ?