– सन्ध्या आचार्य
‘भनिन्छ चरित्र एउटा सेतो कागज हो, जसमा दाग लागेपछि मेट्न गाह्रो हुन्छ’ । इज्जत कमाउन सयौ दिन लाग्छ, तर जान एकै क्षण । पूर्ब सभामुख कृष्णबहादुर महरा त्यसै सभामुख भएका पक्कै होईनन् । र हामीले पहिल्यै चिनेका पनि होइनौ । जब उनले धेरै संघर्ष गरेर यहाँसम्म आईपुगेका हुन् । अनि हामीले चिन्ने मौका पायौं र उनले चिनिने मौका ।
गएको दशैंमा घटस्थापनाको राति तत्कालिन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार गरेको घटना बाहिर आएपछि यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई बलात्कार उद्योगको मुद्दामा कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो । बलात्कार गरेको कसुर नठहरेको भन्दै त्यही अदालतले ५ महिना पछि फागुन ५ गते महरालाई सफाइ दियो ।
माया प्रेम विबाहइतर सम्बन्ध यौनका कारण महराले आँफु को हुँ, के गर्दै छु भन्ने कुरा नै बिर्सनु महराको कमजोर पक्ष थियो । अघिका दिनमा जे जस्तो सम्बन्ध रहेपनि त्यो दिनको सन्र्दभमा उनको शुरुको भनाई अनुुसार रोशनी शाही पीडित नै हुन् । किनकी बर्तमान कानुनमा उल्लेख गरिए अनुसार, श्रीमानले श्रीमतीको ईच्छा विपरित जर्वजस्त गर्छ भने पनि त्यो बलात्कार नै हुन्छ । त्यो अनुसार पनि उनी बलात्कारी हुन् । रोशनीले त्यस दिन महराले बलात्कार गरेको भनि प्रहरीलाई फोन गरिन् । प्रहरी समक्ष कुरा पुग्यो,उजुरी पुगेपछि कुरा अगाडि बढ्नु स्वाभाविक थियो । उता रोशनी शाहीको मन फर्किसकेछ या कसैको दबाबमा उनले कुरा फेरिन् । आँफुलाई पागल हुँ भनेर भए पनि महरालाई जोगाउदै गईन् ।
कानुनलाई अप्ठ्यारो अवस्था सिर्जना भयो । बलात्कार अभियोग लागेका मान्छेलाई कानुन सम्मत कार्वाही गर्नु कि छोड्नु ? छोड्नु त एकपटक उजुरी परेको छ । महरा सामान्य सर्वसाधारण व्यक्ति थिएनन् र कानुनमा अरुलाई भन्दा बढि कानुन लाग्ने कुरा उल्लेख गरिएको छ । कानुन सम्मत कार्बाही गर्न पीडित भनेर उजुरी दिएकै व्यक्तिले निर्दाेष भनिरहन्छ । यो अवस्थाले न्यायलाई नै चुनौती दियो । यस्तै अवस्थामा रहँदा–रहँदै सोमबार सफाई पाएर महरा फर्किएका छन् । यसै विषयलाई लिएर सामाजिक सञ्जाल फेसवुकमा अनेक टिका टिप्पणी आएका छन् । यति ठूलो सार्वजनिक पदमा बसेको व्यक्ति माथि बलात्कारको आरोप लागेको यो घटना नेपालको इतिहासमै पहिलो थियो । यो घटनाले नेपालकै बदनाम गराएको छ । यति शिक्षा पनि दिएको छ, महिलाको मात्रै इज्जत जाने आउने हुन्छ भन्ने सोचले ग्रसित नेपाली समाजलाई ईज्जतको साना, ठूला महिला, पुरुष दुवैले ख्याल गर्नुपर्छ भन्ने गतिलो पाठ पनि सिकाएको छ ।
कृष्णबहादुर महरा त समाजका एक प्रतिनिधि पात्र मात्र हुन् । समाजमा कयौ महराहरु छन्, जो खुल्लेआम शिर ठाडो गरेर हिडिरहेका छन् । उनीहरुको विषयमा कसैले उजुरी गरेको छैन । त्यसको तुलनामा महराले धेरै नै सजाय भोगेका छन् । तर, नेपालको कानुनमा उल्लेख भए अनुसार अक्षरसः पालना गर्ने सन्दर्भमा उनलाई कानुनले ढाकछोप ग¥र्यो र उनी निर्दाेष सावित भए । जसले जसरी लचकता अपनाए पनि के महरा पूर्व महरा हुन सक्लान् ? दोषीलाई कागजमा निर्दाेष सावित गर्दैमा गुमेको ईज्जत फर्र्केर पुनः त्यही ठाउँमा आउँला र ?