–राम सुवेदी
सार्थक अर्थमा कम्युन भनेको प्रगतिशील समाज निर्माण गर्ने समुह हो । त्यही समुहको अगुवाईमा सामाजिक जीवन शैली र सामाजिक सभ्यताको उद्गमता हासिल गर्नु हो । असमानतामा आधारित समाजलाई समानतातिर लैजाने प्रयत्न हुन्छ । कम्युनिज्म अर्थात साम्यवादका अनुसार उत्पादनशील शक्ति विज्ञान तथा प्रविधिसँग जोडिनुर्छ र विचारधारा द्वन्द्वात्मक भौतिकवादसँग गाँसिनुपर्छ भन्ने मान्यतामा विश्वास राख्दछ । कम्युनिष्ट सत्ताको अर्थ आफ्ना लागि आफैँले निर्धारण गरेर लागू गर्ने प्रत्यक्ष सहभागितामूलक स्वामित्व अघि बढाउँदै समाजवादी चरणमा जाने आधारशीलाको मूल उद्देश्य सहितको बैज्ञानिक व्यवस्था हुनु हो । नागरिकसँग सञ्चारमा जोडिएर काम गर्न रेडियो, स्वास्थ्यसँग जोडिन अस्पताल, आर्थिक गतिविधिसँग जोडिन सहकारी र अध्ययन अनुसन्धानका लागि प्रतिष्ठान बनाइएको कम्युनहरुको मूल आशय सहितको उन्नत व्यवस्थाको व्यवस्थापन हो ।
इतिहासमा कार्ल माक्र्स र एङ्गेल्सले सन् १८७१ मा पेरिसमा लागू गरेके कम्युन अवधारणा आज विश्वका कम्युनिष्ट भनिने पार्टिका खास आदर्श उद्धेश्य हो । कम्युन व्यवस्थाका लागि वर्तमानको व्यवस्था जनअपेक्षा अनुसार एक जीवित राज्य व्यवस्था मुलुकमा छ भन्ने अनुभूत बनाउन सक्नु पर्दछ । यो परिवेशबाट समाजवादहुँदै साम्यवादसम्मको पथ त्यसपछि मात्र प्रवेश गर्दछ । के हामीबीचको कम्युनिष्ट सत्ता कम्युन आचरण, संस्कृति, संस्कार मूल उद्धेश्यको पालक, साझा विचार बोल्छ ? वा हरेक क्रियाकलाप सामूहिक निर्णयमा हुन्छ, गर्छ ? कम्युन विषेशतामा समाजवाद भनेको सम्पत्तिको सामुदायिकिकरणमा जोड दिनु हो । काममा एकत्व र साझेदारी, क्षमता अनुसारको काम, काम अनुसारको दाम हुनु हो । समानतामा आधारित आधारशीला बलियो भएको समाजको निर्माण हो । यो साम्यवादसम्मको एक प्रयत्न र सुनौलो यात्रा पनि हो । के त्यस खालका अभ्यास आजको कम्युनिष्ट पार्टि नेतृत्वको सरकारले गर्न सक्यो वा सकेन । बहश यहाँ केन्द्रित हुनु जरुरी छ । शैद्धान्तिक मुल्य र मान्यतामा बहश हुन्छ र हुन आवश्यक देखिन्छ । आज त्यसको खास अभ्यासहरु नेतृत्वबाट हुने गरेको देखिन्छ वा छैन । त्यसका समर्थकहरुमा यति चेत अवश्य चाहिन्छ । यदी त्यो होइन भने उद्धेश्य र आशय एकातिर थन्क्याएर कम्युनिष्ट लोगोको व्यापारबाट समाजमा नापाm घाटाको सत्ता त बेइमानीहरुको खेति नै हो । सत्यमा दिग्भ्रमित आशयको हिस्सेदार किन हुुनु प¥यो र ? अहिलेको परिपाटि, संस्कृति, चिन्तन, व्यवहार र चरित्रले समाजवादसम्म पुगिंदैन । यो सत्य जस्तो त छ । यही हालतबाट साम्यवादसम्म पुग्न लायक अवस्थाको परिकल्पनाका मुर्ख अनुहारहरु ऐनामा हेरेर दंग पर्नु कति उपयुक्त होला ।
कम्युन सत्ताका धरमराएको आधार
हिजाको अरु कसैले सञ्चालन गरेको राज्य व्यवस्थाको व्यवहार, हैसियत, संस्कार, चिन्तन, सामन्तवादी भयो । पँुजीपतिहरुको साँठगाँठमा गरिब, दुखी, निमुखा, गरिखाने श्रमिक वर्गको हित विपरित भयो । पूँजीवादी चरित्रको राज्य व्यवस्थाले, हाम्रो जस्तो मुलुकमा जनभावना अुसारको विकास, आर्थिक समृद्धि, न्यून आय भएका नागरिकको गास, बास र कपासको ग्यारेन्टी गर्न सकेन । त्यसबाट अलगिएर, सामन्ती चरित्रको राज्य व्यवस्थाबाट जनताको अवस्था फेर्न भएका संघर्ष, आन्दोलन, जनबल र जनताको अभिमतले वर्तमानको कम्युनिष्ट राज्य व्यवस्था सञ्चालित छ । यसको चरित्र, व्यवहार, चिन्तन र संस्कार पनि पुरानै परिपाटिको हुँदै गएको पक्का छ । यो एक प्रकारले कम्युन चरित्र धर्रमराएको अवस्था हो । त्यत्ति मात्र होईन । अहिलेको पद्धति र व्यवहार एक सामाजिक दलाल पुँजीवादी व्यवस्थाको प्रतिकका देखिएको यथार्थता हो । यसको बिम्व आजको अवस्था हो । यो कुनैपनि हालतमा कम्युन चरित्रको भएन र हुन्न भन्ने राजनीतिक संश्लेषण पनि छ । हिजोका जस्ता सत्ताका लागि दलाली गर्ने, सत्तामा बसेर राज्यको पूँजी निजीकरण गर्ने, सत्तालाई ललालीकरण गरेर आफै सत्तासिनहरु दलाल बन्ने परम्परा अझै नमेटिनु अत्यन्त निर्लज्ज सवाल हो । यो परम्पराको सफाया आवश्यक हुनेछ ।
आज राष्ट्रिय पुँजीको विकास र आर्थिक आधार नभएको देशका ‘जनप्रतिनिधि’ अर्थात उम्मेदवारहरूले चुनाव जित्नका लागि जुन मात्रामा माथिदेखि तलसम्म खर्च जे जति गरेका छन् त्यसको परिणाम देशमा भ्रष्टाचार, घुसखोरी, महँगी, कालोबजारी अवश्य हो । यसरी जितेका जनप्रतिनिधिहरुले बनाएको सरकारले स्थिरता, शान्ति र समृद्धिको जुन नारा लगाउँछ वास्तविकतामा भ्रम हो र सत्यतामा तिनै जनप्रतिनिधिहरु देशका दलाल हुन जो आज एकसे एक सावित हुदै गएका छन् भोली अझै प्रदाफास हुँदै जोछन् । यस्तो अवस्थामा कम्युन सरकारको अभ्यास खोज्नु, सामन्ती संस्कार र चरित्रमा सर्वहारावादी साँस्कृति आचरण खोज्नु, चाल्नोमा दुध दुहुनु नै हो । आजको कम्युनिष्ट सरकार व्यवस्थापन पक्ष र यही आचरण चिन्तनले देश समाजवाद उन्मुख उद्धेश्य तर्फ जान्छ भन्नु एकाध वर्षका लागि जनता ढाँट्नु र राज्यमा रजाई चलाउनुको अर्को कुनै औचित्य पुष्ट्याई छैन । यही अवस्थाले जनभावनाको काम गर्ने होइन, विश्वमा कम्युनिष्ट राज्य व्यवस्था भनेको दलाल पुँजीवादी उत्पादन सम्बन्धको कारण हुँदै फासिवादमा बदलिनेछ भन्ने गलत भ्रमको खेति बन्दोवस्त गर्ने अवस्था देखिन्छ । आफ्नो कुर्सी टिकाउनका लागि नै किन नहोस्, सरकारले समाजमा सदासयता पूर्वक सामाजिक विकृतिका विरुद्ध जुन प्रकारका कदमहरू चाल्नेछ, देशको उत्पादन सम्बन्धका कारण त्यो जनताका विरुद्ध परिलक्षित हुनेछ र देशमा लुटखसोट गर्ने एकाधिकार पुँजीवाद तथा त्यसको बफादार नोकर दलाल पुँजीवादको पक्षपोषण गर्ने हुनेछ ।
व्यवस्थाको चित्र फेरियो, चरित्र फेरिएन
आज यो उन्नत, प्रगतिशील र सभ्य व्यवस्थाका रुपमा गणतन्त्रलाई स्वीकार गरेका छौं । आफैले संविधान निर्माण गर्ने अवसरमा पाएका राजनैतिक दल, त्यसका समर्थकहरुबाट गतिलो समर्थन पाएको व्यवस्था । गणतन्त्रको अपनत्व स्वीकार गर्ने कम्युनिष्ट पार्टिको पूर्ण बहुमत सहितको सरकार यो सबै शुखद् पक्ष हुन् । तर हामीले हाम्रो संसदीय प्रणाली हेरौं । त्यहाँका गतिविधि अध्ययन गरौं । संसद्वादको सर्कसभित्र बुर्कुसी मार्ने सबै ‘राजनीतिक पार्टीहरू’ र ती पार्टीका पात्र ‘जनप्रतिनिधिहरू’ जस्लाई भनिएको छ । सबैका उद्धेश्य हिजो चुनावमा गरेका खर्च कसरी उठाउने र भोलीको चुनावमा कसरी खर्च जुटाउने भन्दा अरु छैन । लेखकको आशय र लेखनीय असत्य होस, हामीले खाजेको पनि त्यही हो तर यथार्थमा आजका जनप्रतिनिधिहरु केही एकाध बाहेर सबै नारामा ‘जनसेवा’ र योजनामा ‘मुनाफायुक्त व्यापार’ चलेका चलाएका छरपरष्ट छन् । कसैका उदाँगिएका होलान कसैका अझै डोकोले तोरिएर सुरक्षित जस्ता होलान कसैले पर्दापछि राखेका अनुभूति गरेर बसेका होलान । हेर्दै जाऔं, सबैका कर्तुत छोटै समयमा लम्बितान भएर आउनेछन् । त्यो आचरणले पेश गर्नेछ । कारण राज्य व्यवस्थाको चित्र हामी फेरयौं, व्यवस्थापकहरुको चरित्र फेर्न सकिएन ।
केही समय अघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले संसदमा उद्घोष गरे जस्तै, हिजो गाउँको झुप्रोबाट राजनीतिमा ओलिएका नेताहरु, विना काम धन्दा, सडकमा जिन्दावाद मुर्दावाद गर्दै, लामो समय जेल जीवन विताउँदै, अझ भनौं १२÷१२ वर्षको द्वन्द्वमा जंगल÷जंगल चहारिराख्दा, द्वन्द्वको चपेटामा ज्यान जोखिममा राखेर आन्दोलन गरिरहँदा, जनताको घरदलानमा बसेर मागेर खाने, मागेको लाउनेहरु आज धनाढ्य कसरी भए ? राज्य कोषको भत्ताले जनताको घरदैलोमा पुग्नेहरु काठमाण्डौमा आलिसान महल कसरी जोडिएको होला ? त्यो पनि कम्युनिष्ट पार्टिको नेताको ? यो प्रश्नले जनतामा कस्तो भ्रम परेको होला ? काला चिल्ला कार चढेर जनतामाझ ठूलौ हैसियत राख्ने मन कसरी बन्यो होला ? श्रमिकको पार्टि संगठन भन्ने, पूँजीवादी दलाल प्रवृतिको हैकममा ठाँटिएर देशको उपल्लो आहोदामा जनभावना विपरित दाई खोल्ने यस्तो कनिष्ठ आचरण कहाँबाट सिकाई भयो । पूँजीपतिहरु श्रमिक वर्गाका नेता कसरी हुन्छन् ? शैद्धान्तिक हिसावले पनि यसो हुँदैन, हुन्छौं भन्ने कतै रहेछ भने यो नै दलाल मनोवृत्त हो । प्रश्नले प्रश्न गर्छ र लाल लोलाएर बस्छ । शरम आफै अत्तालिएर बर्रबराउँछ । नपत्याए हेरौं, न्यायको विरासत भत्किएको छ । चित्र निचोरिएर चरित्र विगारिएको छ । थातथलो भुलेर ओदाने परेको छ । संगत अलमलिएर बटारिएको छ । सभ्यता स्खलित भएको छ । संस्कार, संस्कृति विर्कोमुनी कोचिएर गन्ध हराइरहेको छ । अनी यो व्यवस्था कसको गलामा गला मिलाएर संगीत भरिएको छ । सामन्तवादी, पाश्चात्य र पूर्विय संस्कृतीको ध्वजापतकाले पातकी बनेको सर्वहारा साँस्कृतिक धरातलले यो विजोग बजाएको छ । होइन भने तर्कका लागि तर्क होईन सादगी जिन्दगी भएका गरिव दुखी जनताको सेवामा समर्पित, गरिखो वर्गको हितमा तिमीहरु पनि गरिखाने भएर देखाउ, सुकिला मुकिला भएर ठट्टिएर दलाल जस्तो भोट माग्ने ठाँटिला मगन्ते कम्युन राज्य व्यवस्था निर्माण गर्न सक्दैनौ ? यो बोली हिजो वर्ग संघर्ष, जनवाद, समाजवाद र साम्यवादका खुराक पढेकाहरुले मुखमा बुझो लगाएर नबसौं, भलो यसैमा छ ।
होईन भने, माक्र्सवाद पढेकाहरु, कम्युन राज्य कस्तो हुन्छ भन्ने शैद्धान्तिक ज्ञान लिएकाहरु आज के गर्दैछन् होला ? प्रश्न गरौं ? हिजो माओत्सेतुङ र चेग्वेभाराका अनुयायीहरु बताउनेहरु आज, कमाई हुन्छ भनेर बेलगाम सडकभरी रन्थनिएका छन् । माक्र्सवादी, लेनिनवादी र माओवादीहरु सर्वहारा साँस्कृतिक आन्दोलनको उचाईबाट राज्यसत्ताको चुलीमा पुगेर फेरी भुई छुँदैछन् । नयाँ जनवादी क्रान्तिले छोटेराजाको झल्को मेटाइरहेको देखिन्छ । जनताको जनवाद, धनदावदमा खुईचिएको हेरेरै मरिने छाँटकाँट छ । जनताद्वारा, जनताको आधारशीला बनेर हिडेका जनअनुमोदित जनप्रतिनिधिहरु खुल्ला दलाली चक्करमा सकति सुहाएका हुन् । सरकारी बजेटबाट डोजर किनिन्छ र त्यो डोजरले गर्ने कामको ठेक्का आफैं तय गरिन्छ । डोजरमा लाग्ने खर्च इन्धन र गर्ने कामको समय निर्धारण पनि आफैँ तय गरिन्छ । यसले के गरेको छ भने वडाध्यक्षहरूलाई डोजरको मालिक बनाएको छ । खानेपानी योजनाका लागि तीन लाख रुपैयाँ छुट्टयाउँदा चालीस हजार कमिसन लिइएको गाउँ गाउँमा चर्चा सुनिन्छ । आफ्नालाई ठेक्का पट्टा र उपभोक्ता समितिमा राखेर गाउँपालिका अध्यक्ष र नगरका प्रमुखहरुले सिधै पैसा खाएका कुरा उनैले बनाएका उपभोक्ता समिति र रोजेका ठेकेदरहरु बोल्दै हिंड्छन् । कमिशनका लागि मोवाइलमा बार्गेनिङ गरेका कुरा अस्ति मात्र सञ्चार मन्त्री जस्तो ओहोदाबाट हुँदो रहेछ भन्ने फुस्कियो । के यो जनताको कम्युन सरकार हो वा दलाल पूम्जीपतिहरुको दलाली व्यवस्था के होला ? कम्युनिष्ट पार्टिको नेतृत्वमा सरकार बन्दैमा जनताका समस्या समाधान नहुनुमा यो दलाल संसदीय व्यवस्थामा निर्वाचित व्यक्ति हो । जो न पार्टीको प्रतिनिधि हुन्छ न जनताको मान्छे हुन्छ । ऊ सधै दलाल पुँजीवादी लुटेराहरूको प्रतिनिधि र एकाधिकारवादी पुँजीपति वर्गको बफादार नोकर हुने गर्दछ । जो आज देखिएको छ भोली अझै प्रष्ट ढंगले समाजमा उसको रुप उदाँगो हुनेछ ।
जनताले मुल्याँकन गर्न सक्दैन होला ?
देशमा कम्युनिष्ट पार्टिको राज्य व्यवस्था छ । कम्युनिष्टहरुको मुल उदेश्य राष्ट्रिय उत्पादनमा वृद्धि गराउनु हो । त्यसका पार्टि सदस्यहरु स्वयंसेवकीय रुपले देश निर्माण गर्ने अभियान्ता बन्नु हो । राष्ट्र निर्माणको स्वयंसेवकीय भावले सामुहिकीकरण सँगै साझा सामाजिक जीवन शैलीको विकास गर्नु हो । मेरो भन्ने बाट हाम्रो भन्ने संस्कृतिको विकास गर्नु हो । तर कम्युनिष्ट पार्टिका कार्यकर्ता ठेक्कापट्टा खोज्दै हिंडनु, आफैले बनाएका नेता जनप्रतिनिधिको गुलामी गर्नु, आफ्ले काम गरेर उनीहरुलाई कमिशन दिनु, हो यही हो दलाली प्रवृत्ति । आज राष्ट्रिय उत्पादन हुन्थ्यो, देशभित्र नागरिकका लागि रोजगारी हुन्थ्यो र व्यापार सन्तुलन बराबरको अवस्थामा हुन्थ्यो भने सिद्धान्ततः यस प्रकारको बदमासी हुँदैन्थ्यो वा मौलाएर जाँदैन्थ्यो । आज दलाल पुँजीवादी आर्थिक संरचनाको कारण एकातिर जनतामा दैनिक भीषण मार परेको हुन्छ र अर्कोतिर देशबाट ठूलो मात्रामा पुँजीको पलायन भैरहेको छ । के यो जनताले मूल्याँकन नगरी बसेको होला ? आफ्नो मत लिएका मान्छेहरु मतदानको अपमान, अवमूल्यन हुनेगरी भएका गतिविधिहरुलाई आँखा चिम्लेर टाढिएको होला ? त्यस्तो सजिलो अवश्य छैन र हुँदैन ।
यो व्यवस्थाको चरित्र
दलाल पूँजीवादी व्यवस्थाको मुहान भनेको भ्रष्टाचार हो । राज्यका नेताहरू, कर्मचारीहरू, सुरक्षा निकाय, न्याय सम्पादनकर्ताहरूको वास्तविक चाहना विपरीत दलाल पुँजीवादी उत्पादन सम्बन्धका कारण भ्रष्टाचार राज्यको सबैभन्दा माथिल्लो निकायबाट सुरु हुन्छ र त्यो पिरामिड आकारमा तलसम्म फैलिँदै जान्छ । आजको व्यवस्था यही नेर चुकेको छ झुकेको छ । भ्रष्टाचारको शृङ्खला प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रधान सेनापति, प्रधान प्रहरी, प्रधान व्यापारी, प्रधान उद्योगपति र सबै क्षेत्रका प्रधानहरूको टेबुलबाट सुरु हुन्छ र तलका तहगत निकाय हुँदै वडा सदस्य, लेखनदास, जनसम्पर्क सम्ममा पुग्छ । यो व्यवस्थामा जो सुकै त्यो अड्डा समातेर बासोस, त्यो कोही चाखो हुँदैन । कम्युन व्यवस्था यही हो भनेर हो हल्ला गर्ने नैतिक अधिकार कस्लाई छ ?
यसो हुनु हुँदैन्थ्यो, जो भइरहेको छ । रोक्ने भन्दा पनि बढाउने पात्रहरु थपिएका छन् । यो देशका प्रधानमन्त्री केपी ओलीका दुई टुक शब्द मलाई खुव मन पर्दथ्यो । ‘म भ्रष्टाचार गदिनँ र गर्न पनि दिन्नँ ।’ यो भनाइ रूपमा जति सुन्दर र आदर्शपूर्ण लाग्दथ्यो । तर जव बास्कोटा काण्ड छताछुल्ल भयो, प्रधानमन्त्री अझैपनि त्यही कुरुप व्यवहारको निर्लज्ज ढाकछोप पूर्ण अभिव्यत्तिमा व्यस्त हुनुहुन्छ । जव ‘मनपरेको केटो नै जेठाजु प¥यो’ भने, कुनै साधनाले लेपन लगाएर गलत प्रवृत्तिको पक्षलिनु आवश्यक नहुनुपर्ने हो । त्यसो किन भयो भन्नेका र्शका हुनु अव अश्वभाविक छैन, कारण वर्तमान प्रधानमन्त्री पनि पूजीवादी दलाल व्यवस्थाकै प्रधानमन्त्री हो । ढाकछोप गर्नु उहाँको दोष होईन यो त व्यवस्था परिचालन र सञ्चालनको दोष हो । कम्युन चाहना स्वार्थले सजलो छ तर व्यवहारिक सज्जामा आउन अति कठिन र गाह्रो पनि छ । कि आफै परिवर्तन हुन जरुरी छ होइन, यो व्यवस्था नै कम्युनिष्ट हो भनेर अगतिलो प्रचारक र यस्तो व्यवस्था उत्तम हो भनेर भैंडे जोताई गर्नु दिन दहाडै झुठाहरुको जिन्दगी चलाउने बाटो हो । जो पाइला चाल्दैछ, आफै पाइला मेट्दै पनि छ ।