–कृषिता अधिकारी (निशा)
साँच्चै यथार्थतामा भन्नुपर्दा मानव विकास उपागमनका अनुसार सबै प्रकारका विकासको केन्द्र भनेको नै मानिस हो । किनकी हरेक व्यक्तिले आफ्नो जीवनमा विभिन्न विकल्प वा छनोटहरुमा सहज पहुँच प्राप्त गर्न पाउनु पर्दछ । त्यसपछि मानिसका सबै प्रकारका सम्भावनाहरुको विकास गरेर मात्रै गुणात्मक विकासलाई वास्तविक रुपबाट प्रत्याभूत गर्न सकिन्छ ।
त्यसैगरी आफु र आफ्नो परिवार धान्नका लागि मानिसले भौतिक साधनहरु प्रयोग गरेको हुन्छ । त्यसैक्रममा आफ्ना आवश्यकता अनुरुपका वस्तुहरु निर्यात आयात गर्दछ । सामाजिक, आर्थिक तथा साँस्कृतिक कारणले गर्दा मानिस त्यसै परिवेशमा आफुलाई ढाल्न पुग्दछ । यी र यस्ता परम्परागत साधन स्रोत मानिसका प्रमुख स्रोत हुन् । यसै सन्दर्भमा रहेर पछिल्लो परिस्थितिलाई हेर्ने हो भने उत्पादन उपभोग्य सामानहरुमा परिवर्तन आएको अवस्था छ भने अर्काेतिर कालोबजारीले उच्च स्थान पाइरहेको अवस्था छ । पछिल्लो समयमा गरिब जनताहरु समस्याको चपेटामा पर्नु परेको छ । वास्तवमा खुल्ला बजारले समाज परिवर्तन गर्न महत्वपूर्ण भुमिका खेलिरहेको छ किन त ? किनकी बजार समाजको एक अभिन्न अङ्गको रुपमा हेर्ने गरेको छ, जहाँ मानवको जीवन पद्दति विनिमय सम्बन्धमा आधारित रहेर आर्थिक व्यवस्थाको सुधार तथा समाजको संरचना गर्ने गर्दछ ।
यसले जाती, वर्ग धर्म, लिङ्ग, उमेर, प्रजाती, भाषा क्षेत्र आदि जस्ता सामाजिक सांस्कृतिक विशेषताहरुले बजार व्यवस्थालाई निकै नै असर पु¥याइरहेको छ भने यसले अर्थाेपार्जन व्यवस्थामा समेत नकारात्मक प्रभाव परेको छ । कारण विश्वव्यापी रुपमा उत्पादित वस्तुहरुको उपभोग गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ । किनकी, मानिसले उपभोग र प्रयोग गर्ने वस्तुहरु अन्तरनिर्भरता र अन्तर सम्बन्धमा वृद्धि हुँदै वस्तुहरुको उत्पादन र संयोजनमा विश्वका विभिन्न क्षेत्रमा औद्योगिक निकायहरु सम्लग्न रहन्छन् । एउटै उपभोग्य वस्तुका भिन्न–भिन्न खण्डहरु विश्वभर फैलिरहेको छ ।
जसले गर्दा कुनै पनि वस्तु उपभोक्ताले रुचाएनन् वा बढि उत्पादन भयो भने त्यसको मूल्यमा गिरावट त अवश्य आउँछ । तर, उनीहरुले रुचाएको कुनै पनि वस्तु र आपुर्ति कम भएको वस्तुको मूल्यमा वृद्धि हुने हो भने यसैबाट उत्पादकले बढि आम्दानी गर्ने सक्दछ । अहिलेको प्रतिस्पर्धात्मक समयलाई हेर्ने हो भने पनि उत्पादन व्यवसायमा कहाँ के कति वस्तु उत्पादन गर्ने, कति उत्पादन गर्दा त्यसको मूल्य वृद्धि गर्ने भन्ने विषयमा चासो भइरहेको अवस्था छ । किनकी उत्पादकले मूल्य वृद्धि हँुदा उत्पादन बढाउने तथा मूल्यमा गिरावट आउँदा आपूर्तिमा कटौती गर्ने गर्छन् । जसले गर्दा उत्पादकले बजारमा रहिरहने इच्छा गर्छ भने अर्काेतिर उपभोक्ताको इच्छा अनुसार चन्न सक्नुपर्छ र कहिलेकाँही चल्न बाध्य पनि हुनुपर्ने अवस्था छ । तर, त्यसो हुनुको प्रमुख कारण आम जनता मजदुर किसानले आफ्ना उत्पादनहरु पहिले–पहिले भविश्यका लागि संग्रह गर्दथे तर अहिलेको परिस्थितीलाई हेर्ने हो भने केही मात्रमा उत्पादन बजारमा फरकपन र परिवर्तन आएको छ कारण उनिहरुले अब आफुले गर्ने उत्पादन संग्रह गर्नुको सट्टा बेच्न थाले तर आफुले बेच्दा कम मूल्यमा बेच्नुपर्ने र यदि किन्नु परेमा महँगो वस्तुहरु उपभोग गर्नुपर्ने भएको कारणले गरिब किसानहरु चरम मारमा परेको अवस्था छ ।
जसले गर्दा उनिहरु ऋणको मारमा पर्दै जाने र अन्त आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भएको हुन्छ । यो समस्या अझ पनि हाम्रो समाजमा भइरहेको हामीले प्रत्यक्ष देख्दै र सुन्दै पनि आएका छौ । त्यसैगरी ऐतिहासिक विकासक्रमलाई पनि थोरै जोड्न चाहे बढ्दो विश्व व्यापारिकरणले संसारलाई बाँधेर राखेको छ । जसले देशको अर्थतन्त्रमा समेत नियन्त्रण राख्न असफल भएको छ भने विकसित राष्ट्रहरु दिनानुदिन शक्तिशाली बन्दै गएको छ । गरिब राष्ट्रहरु दिनानुदिन अर्थतन्त्रको सवालमा कमजोर बन्दै गइरहेको छ । कारण आर्थिक पक्ष, भौगोलिक पक्ष, सामाजिक पक्ष तथा वातावरणिय प्रभावका कारणले पनि हाम्रो जस्तो गरिब देश भौतिक साधनस्रोत तथा उत्पादक जन्य वस्तुहरु भइकन पनि आर्थीक रुपले सक्षम छैन ।
अर्काेतिर कृषि प्रधान देश भएर पनि कृषि क्षेत्रमा सकारात्मक प्रभाव भने देखिएको छैन । कारण आधुनिक शैली, बसाइँ सराइ, बढ्दो शहरिकरण तथा वैदेशिक रोजगारका कारण पनि प्रमुख मानिन्छ । आजभोलि केही सिमित मानिसले मात्र वस्तुहरु उत्पादन गर्ने थाले अधिकांश मानिसहरूले खेती किसानी गर्ने छाडिसकेको अवस्था छ । वर्तमान परिस्थितिमा रेमिट्यान्सले पनि अहम भुमिका खेलिरहेको छ । जसले गर्दा उत्पादनका साधन स्रोतमा असर परिरहेको अवस्था छ । तर, विकसित राष्ट्रहरुले जहाँ लगानी गर्दा पनि फाइदा जनक हुने हुनाले सस्तो ज्यालादर, सस्तो भाडादर तथा न्यून मजदुर युनियन जस्ता ठाउँहरुलाई बढि मात्रमा रोज्ने गर्दछन् । यसका साथै देशका विभिन्न स्थानमा लगानी भित्र्याउने प्रतिस्पर्धा नै भइसकेको छ । जसले गर्दा बजारमा गुणस्तरीय वस्तुको उपस्थिति नहुँदा त्यसले मूल्य वृद्धिलाई समेत प्रोत्साहन गरेको छ । अर्काेतिर क्रयशक्ति कम हुने उपभोक्ताहरुका लागि अरु विकल्प नै छैन । महंगो वस्तु खरिद गरेर भएपनि उपभोग गर्नुपर्ने बाध्यता छ । तसर्थ, सर्वप्रथम खुल्ला बजार व्यवस्थापन सहि मात्रामा हुनुपर्छ र उपभोत्ताको आर्थिक पक्षहरुमा गुणस्तरीय उत्पादन वस्तुहरुको पनि सुधार हुनु जरुरी छ ।