मर्ने कसैलाई रहर छैन, कोरोना नपसेको सहर छैन

चन्द्रबहादुर क्षत्री
एउटा चर्चित नेपाली गीत थियो ‘मर्ने कसैलाई रहर हुँदैन, मान्छे नमर्ने सहर हुँदैन ।’ अहिले यहि गीतलाई ‘मर्ने कसैलाई रहर छैन, कोरोना नपसेको सहर छैन’ भन्दा ठ्याक्कै मिल्ने गएको छ । २०१९को डिसेम्वर महिनामा एकाएक चिनको हुवान प्रान्तबाट फैलिएको कोरोना भाइरस संक्रमण आज सम्म विश्वका १९८ देशहरुमा पुगि सकेको छ । यो लेख लेख्ने बेला सम्म विश्वमा चार लाख भन्दा बढि मानिसलाई कोरोना संक्रमण भइसकेको छ । १ लाख भन्दा बढि स्वास्थ्य लाभ अर्थात कोरोना नियन्त्रण भै निको भैसकेका छन् । झण्डै २१ हजार भन्दा बढिको ज्यान गइसकेको छ । हजारौको अवस्था चिन्ताजनक छ ।

कोरोना जैविक युद्ध की प्राकृतिक प्रकोप ?
विश्वमा समय समयमा विभिन्न किसिमका प्राकृतिक प्रकोपहरु नआएका होइनन् । ठुलो मानविय क्षती पनि नभएका होइन । यस पालीको प्रकोपले महामारीको रुप लिइसकेको छ । कोरोनाले सर्बसाधारण नागरिक मात्र होइन डाक्टर, खेलाडी, नेता, राजनेता कसैलाई पनि छोडेको छैन । उपचार गर्ने डाक्टर मरेको, बृद्धा नागरिक र बालबालिका पहिलो सिकार बनेको विभिन्न समाचर स्रोतहरुले पुष्टि गरिसकेका छन् । हाल सम्म आइ पुग्दा चिनमा कोरोना नियन्त्रणको नजिक पुगेको खबरहरु पनि प्रकाशित भएका छन् । युरोप र अमेरिका तिर अझै आक्रमक रुपमा कोरोना फैलिएको छ । झट्ट हेर्दा विकसित देशहरु चिन, अमेरिका, इटाली, स्पेन, इरान, दक्षिण कोरिया जस्ता देशहरुमा नै कोरोना संक्रमण बढि रहेको छ । शक्ति राष्ट्रहरु प्रत्यक्ष या अप्रत्यक्ष रुपमा महामारीको दोषा रोपण पनि गरिरहेको अनुभुति हुन्छ । यो प्राकृतिक प्रकोपलाई जैविक युद्ध भनेर पनि भन्न थालिएको छ । चाहे जैविक यद्ध होस्, चाहे प्राकृतिक प्रकोप किन नहोस् सारा विश्वले महासंकटको रुपमा यसलाई लिइसकेको छ र प्रकोप न्युनिकरणका लागि आफ्नो प्रयास थालिसकेका छन् ।

अन्धालाई हात्ति सावित भएको छ, कोरोनाको उपचार ?
महामारी फैलिसके पछि नियन्त्रण गर्न लाग्नु र महामारी फैलिन नदिनु कुन श्रेयस्कर हुन्छ ? किन विश्वमा यस्ता महामारी समय समयमा आइरहन्छन् ? कोरोना भाइरसको प्रकोप किन फैलियो ? कसरी फैलियो ? के बाट यस्तो ज्यानमारा भाइरस उत्पत्ति भयो ? कसरी तिव्र गतिमा विश्वभर फैलियो ? सो को वारेमा विश्व स्वास्थ्य संगठनले पनि यकिन गरि भन्न सकिरहेको छैन । केवल अन्धाले हात्ति छामेर हात्ति कस्तो हुन्छ भने जस्तो केबल सम्भाव्य कारण, माध्यम र उपचारका प्रयासहरु मात्रै भैरहेका छन् । आज सम्म रोग चिनियो तर औषधी चिनिएको छैन । कोरोना फैलियो तर ओषधी पहिलिएन । आज सम्मको अनुभवले कोरोना बाट मुक्ति भनेको मानिसको रोग प्रतिरोधात्मक क्षमताको बृद्धि नै हो भनेर पुष्टी गरेको छ । रोग लागि सके पछि पछुताउनु भन्दा रोगको को रोकथामनै सर्वोत्तम उपाए हो । अहिले हामी नेपालीहरु कोरोना रोकथामका लागि देशनै लकडाउन गरि घरमै क्वारन्टाइनमा बसि रोकथामको प्रयास गरिरहेका छौ । आशा छ कोरोना संक्रमण देखिएका एक तीन संक्रमित पनि छिटै निको हुन सकुन, अरुलाई थप संक्रमण नहोस् , हामी कोरोनाको प्रकोपलाई परास्त गर्न सकौं । चिन, भारत, अमेरिका इटाली, इरान लगायतका देशले पनि छिट्टै कोरोना मुक्त देश घोषण सकुन ।

कोरोना फैलिनुमा मानिसहरु जिम्मेवार ?
विश्वमा यस्ता महामारी फैलिनुमा मानविय रहन सहन, आहार विहार र लापरवाही नै मुख्य कारण हुन यसमा दुइ मत छैन् । हामी हिजो आज जति सचेत बनेका छौ यति मात्र सचेत सधै बन्ने हो भने पनि कतिपय रोगहरुलाई परास्त पार्न सक्छौ भलै कोरोनाको लागि अझै प्रयाप्त सजकता नपुगेको होला ? हाम्रो रहन सहन , आहार विहार शैलिमा सुधार ल्याऔं । स्वास्थ्यमा कुनै खेलवाड नगरौ । हरेक जसो रोगहरुको कारण मानवीय क्रियाकलाप र लापरवाहीनै हुन । अधिकांस रोगका कारण मानवीय क्रियाकलाप र बायु प्रदुषणनै हुन । कोरोना भाइरस मान्छे मान्छे संगको सम्पर्कबाट मात्र सरयो की बायुप्रदुषणका कारण र जलवायु परिवर्तनका कारण यति छिटो विश्वव्यापी बन्यो ? यसको कारण बढि मानव मानव विचको सम्पर्कबाट फैलिएको हुन सक्छ जसको पुष्टी नेपालमा बाहिरी मुलुकबाट आएका व्यक्तिमा कोरोना देखिनुले स्पष्ट भैसकेको छ । भाइरसको उत्पत्ति जसरी भएको भए पनि यसको विस्तारमा मानविय लापरवाही र तिब्र विकासमा बायु प्रदुषण र जलवायु परिवर्तन नै हुन यसमा दुई मत हुन सक्दैन । हामी समयमै सचेत हुन सकेनौ भने आजको हजारौको मृत्युको तथ्याङक निकट भविस्यमा लाखौमा नपुग्ला भन्न सकिदैन ।

के लकडाउनले हात मुख सटडाउन नहोला ?
अहिले नेपाल , भारत लगायता देशमा आह्वान गरिएको लकडाउन तत्कालिन समाधानको एउटा उपाय मात्रै हो । यो पनि कति उपयोगि हुन सक्छ भोलिका दिनले बताउला । हाम्रो देश र समाजमा यस्ता समुदाय हरु पनि छन जो दैनिक हात मुख जोडन दैनिक ज्यालादारी या मजदुरी गर्नु पर्छ । घरमा अन्न लगायत अत्यावस्यक चिजको जोहो गर्न नसक्ने उनिहरु कति दिन क्वारन्टाइनमा बस्ने । कतिपय निम्न मध्ययम बर्गिय परिवारहरु पनि एक दुइ हप्ता काम नगरे पेट पाल्न पनि सकस हुन्छ । अहिले बजारमा भएको खाद्यान्नले कति समय थेग्ला ? पैसा हुनेले त किन्लान तर आम्दानी नहुने ले के गर्लान । के जहिले सुकै , जोसुकैलाई भाग्य न्यौपाने जस्ता एक दुइ हजार दान दिने दान विर निक्ललान ? के केही स्थानिय निकायका प्रमुखहरुले जस्तै खाद्यान्न वितरण गर्न सबै ठाउमा सम्भव छ । कति पय ठाउमा त कोरोनाको नाम मा राजनिति नहोला भन्न पनि सकिन्न । कोरोनाको नाममा करप्सन यानेकी भ्रष्टाचार नहोला भन्न पनि सकिन्न । मास्कको कालो बजारी त भोगियो । देशमा भएको खाद्यान्नले कति समय थेग्ला ? के फेरी नाकाबन्दी नहोला । भोली यो अवस्था नआउला भन्न सकिन्न । हो जनतालाई गास र वास को प्रबन्ध गर्नु सरकारको प्रमुख दायित्व हो । खाद्यान्न भए त वितरण गर्ने नभए के गर्ने ?यसरी नै घर घरमा बस्ने हो भने , मोवाइल इन्टरनेट र टिभिमा भुल्ने हो भने कति बालबालिका मानसिक रोगको सिकार बन्ने हुन ? यसले फेरि अर्को महामारी न ल्याउला भन्न सकिन्न । हो कोरोनाको कहर कम छैन तर मानिसलाई कोठामा कैदि जस्तो भएर बस्नु कुनै रहर पनि छैन तर यो एउटा वाध्यता बनेको छ हामी सबै लाई । लकडाउन नभएर सकडाउन या हातमुख सटडाउन बनेको छ घरवाहिर ननिस्कि दिन चर्या नचल्लेहरुलाई ?सबै तिर चर्चा छ कोरोनाको कहर , बाध्यता की रहर ?

कोरानाले सिकाएको पाठ :
हरेक विपत्ति ले केही न केही सन्देश दिएर जाने गरेको छ जस्तोकी २०७२ को भुकम्पले सबैमा सचेत रहन र संरचना बलिया र राम्रा बनाउन सन्देश दियो त्यस्तै कोरोनाले सिकाएको अतिनै महत्वपुर्ण पाठ भनेको मान्छेको र जनावरको अनावस्यक र असुरक्षित सम्पर्कमा नआउनु, अंकमाल नगर्नु, हात भाँचिने गरि हात नमिलाउनु, हात जोडेर नमस्कार गर्नु, व्यक्तिगत स्वास्थ्य र सरसफाइको विशेष ध्यान दिनु , मांसहारी आहार नखानु किनकी जनावरको सम्पर्कमा नआइ मासु आहार बन्न सक्दैन अनि मासु खाने त कुरै भएन । बजारिया जंक फुड नखाएर किटाणु र विषादि नभएका खाने कुरा खाने । जुन कुरा हिन्दु धार्मिक चाल चलन संग बढि मेल खान्छ । अन्त्यमा मानिस भगवान भरोसा भन्नु पर्ने स्थितिमा पुगेको छ । यदि भारत र नेपाल लगायतका देशमा कोरोना प्रकोप थप फैलिएन भने यो पनि सत्य हुन सक्छ हिन्दु धर्मसंस्कार आफैमा उत्कृष्ट संस्कार हो । याद रहोस हिन्दु धर्मले नमस्कार गरि अभिवादन गर्ने कुरालाई अनुसरण गर्नुका साथै माछा मासु सेवनलाई बर्जित गरेको छ । कोरोनाको उपचार औषधी नभएर आचरण हो । नियन्त्रण नभएर रोकथाम हो । जुन कुरा दिनको घाम झै छर्लङङ भइसकेको छ । सबैले आचरण सुधारौ, कोरोना भगाऔ । सबैलाई चेतना होस् । धन्यवाद ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *