-यामबहादुर थापा मगर
लकडाउनको समय बिताउन कति गाह्रो हुँदो रहेछ भन्ने अनुभुति ग्रामिण बस्तीमा भन्दा शहर बजारमा अनुभुति भएको छ । गधालाई जर्बजस्ती घोर्के ठ्याक लगाए जस्तै भएको छ । फेरी सुचना प्रविधिको पहुँचले गर्दा सहज भएपनि दैनिक उत्पादनका सामाग्रीहरुको अभावले स्वास्थ्यमुलक खानाको अभावले पिरलिरहने गर्दछ । वैज्ञानिकहरु कोरोना विरुद्धको औषधी पत्ता लगाउन रात दिन खटिरहेका छन् । महामारीले विगतमा गरिब,असहायलाई ग्रस्त पारेको हुन्थ्यो भने कोरोना भाइरसले लोकतान्त्रिक विधि मार्फत सम्पन्न धनी देशका नागरिकहरु गोला बारुदले भन्दा खतरनाक तरिकाले आक्रमण गरिरहेको छ ।
लकडाउनको समयमा सिकेका शिक्षामुलक सामाग्रीलाई श्रृङखलाबद्ध तरिकाले लेख्ने शिलशिलामा आज प्रस्तुत भएको छु । अब शिक्षा प्रणालीलाई अनलाइन मार्फत पढाउनु पर्ने आवश्यकता बढ्दो क्रममा जर्बजस्त स्थापित हुने भएको छ । प्रत्येक विद्यार्थी,शिक्षक,कर्मचारी लगायत सबैले Google Meet, Google Classroom, Zoom Cloud Meeting,Skype, Office 365 को प्रयोजन सिकाइ गरी सुचना प्रविधिमैत्री शिक्षा विधिलाई व्यवस्थापन गर्नका लागि स्रोत साधनको प्रयोग ल्याउनु अनिवार्य भएको छ । म्याग्दीका महाविर पुनले नागी गाउँ म्याग्दीको विद्यालयमा शुरुवात गरेको विकटको शिक्षा र स्वास्थ्यको पुर्वाधार विकासलाई नेपाल भरीका ग्रामिण बस्ती बस्तीमा पु¥याउनु प¥यो । नेपाल सरकारले थप अनुदान र सहयोग गरी राष्ट्रिय आविष्कार केन्द्रको भिजनमा साथ र सहयोग गर्नु पर्ने आवश्यकता महशुस भएको छ । यदि म्यागासेसे पुरस्कार लिलामीमा राखेर विक्री गरी राष्ट्रिय आविष्कार केन्द्रलाई स्रोत साधन जम्मा गर्ने कार्र्यबाट जोगाउनु पर्दछ ।
गाउँघरको बसाइ विस्थापित गरी बाँझो खेतबारीलाई उब्जाउ भुमिमा रुपान्तरण गराउने अवसर भने दिएको छ । महाविपतिको समयमा नेपालमा विदेशबाट बेरोजगार भई नेपाल आएमा बाँझो खेतले सरापेको हुनाले मातृभुमिलाई उब्जनी बनाउनु छ । जन्मभुमि,कर्मभुमिले सरापको आँशु रोकेर नेपालको पर्यटनको अथाह सम्भावनालाई डलर उत्पादनको उद्योगमा रुपान्तरण गर्नमा ढिला गरेर पुर्वाधार विकास हुदै गरेकामा कोरोना विपत पछिको अर्थतन्त्रमा समावेश गर्न सोच विकास गरिरहनु पर्दछ । राज्यले स्वास्थ्य क्षेत्रमा प्राथमिकतामा राखी डाक्टर गोविन्द केसीले उठाएका ज्वलन्त मुद्धाहरुलाई विना हिच्किचाहट सर्वसाधारणको पहुँच हुने गरी स्वास्थ्य सेवा उपलब्ध गराउने दायित्व थपिएको छ । नेपाली सँस्कारमा छिमेकी भनेको पर्दाको जन्ती, मर्दाको मलामी भन्थे तर मृत्युवरणका समयमा आफन्त नपाउने मानव शास्त्र र समाजशास्त्रको सिद्धान्तलाई फेल खाल दिन हुँदैन । सामाजिक दुरी कायम राख्ने भन्दा पनि भौतिक दुरी कोरोना संक्रमण हुनबाट बच्नका लागि हुनु पर्नेमा अहिले जनमानसमा सामाजिक दुरी बढाउनु पर्ने भ्रम फैलिएको छ ।
गाउँघरमा विष सेवन गरे पनि निको पार्ने जडिबुटी सतुवा हो भन्थे । महामारीको समयमा सतुवा खाने हो भने सञ्चो हुन्छ रे भन्ने भनाइले सतुवाको सेवन गर्नका लागि छिमेकीबाट सल्लाह पाए । लसुन,अदुवा,बोजो खाएमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ भनेर समेत सुन्नमा पाए । सतुवाले हुन्छ रे भनेर खोजी खानु भन्दा कहाँ पाइन्छ भन्नेहरु प्रशस्त पाए । पुर्वी दर्शनमा आधारित योग,विपश्यना,साधना,आर्युवेदको अभ्यास र सोको महत्व बढ्ने विषयमा छलफल भएको छ ।
विश्व जगतको राजनीतिक प्रणाली राजतन्त्र,संसदीय,गणतन्त्र मध्ये चीनको जस्तो राज्य प्रतिको आकषर्ण बढ्दो छ । किनकी महाविपदको समयमा उदारवादी अर्थतन्त्र अँगालेका अमेरिका र युरोप लगायतका राज्यहरु डर र सन्त्रासको छायामा बिताइ रहेका छन् ।
जमघट,भेला,सम्मेलन,बैठक अनिवार्य गर्नुपर्ने मानव विकासका क्रियाकलापमा पर्दछन् तर ती क्रियाकलाप गर्दाको चुनौति कोराना भाइरसमैत्री हुने भएकोले मानव हित प्रतिकुल मानिदै छन् । उत्पादन बढाउनमा कृषि,पशु, उद्योग,व्यापार,रोजगारको ओरालो यात्रा छर्लगं भएको छ । अबका दिनमा ग्रामीण बस्तीमा अस्पताल बनाउने र सामुदायिक विद्यालयको पढाइलाई अब्बल खालको बनाउनको लागि कोरोना कहरले दबाब दिने भएको छ । प्रा.डा. युवराज सग्रौलाले फेसबुकवालमा हामी नेपाली यति धेरै कमजोर भयौ ? भनेर तथ्य सहित विश्लेषण गरेको आलेखबाट मन तरंगित बन्न पुग्यो । कृषिको आधुनिकिकरण नभई औद्योगिक क्रान्ति हुँदैन भने सामान्य कृषिलाई माया गर्ने विज्ञ भन्छन् । तर हाम्रो त विकासको जग कृषि नै ध्वस्त भएछ । हामीसँग एनआरएन छन् । हामीसँग एनजिओ छन् । हामीसँग पार्टी छन् । तर हामीसँग सँस्कार, प्रणाली र अनुशासन रहेनछ । हामीसँग कुण्ठित मनोवृत्तिका विज्ञहरु रहेछन्,हामीसँग भ्रष्टाचार गर्ने अनेक उपाय रहेछन्,हामीसँग नैतिकता रहेनछ, त्यसैले हामीसँग गरिबी रमाउँदो रहेछ । त्यस्तै हामीसँग न विज्ञान छ न उन्नत सँस्कृति । हामीसँग त केबल गफ,ढाटी कला, बेइमानी र देश सराप्दै विदेशिने मति मात्रै रहेछ ।
हामीले विदेशीले लादेका रणनीतिक जोखिम बोक्न बाध्य छ । हाम्रा शासकहरुमा साम्राज्यका चाल बुझ्न पारख छैन । हाम्रो देशभक्ति ओइलाएको छ । हामी भ्रमबाट ग्रसित छौ । हामी आधा मृत्यु जस्तो निन्द्रा निदाइरहेका छौ । अव जागौ र केही गरौ । अझ पनि केही गर्न सकिन्छ भनेर आशाबादी हुन आग्रह गरेका छन् । कोरानाले ग्रसित समयमा फुर्सदिला मानवीय श्रोतले विना आग्रह पुर्वाग्राह देश भक्ति, राष्ट्रवादी चिन्तन कार्यान्वयन गरी प्रतिफल देख्ने हासिल गर्ने टिका टिप्पणी गर्नु छ । समुन्नत समाजको अनुभूति हाम्रो पालामा नगरे कहिले गर्ने विचारलाई राजनैतिक संस्कार र शैलीबाट आशा जगाउनुमा श्रेयस्कर लकडाउनको डायरीमा लेख्न मन लाग्यो है ।
अनलाइनमा पढाउने सरकारको निर्णय लकडाउनका कारण जर्बजस्ती कार्यान्वयनमा आउला जस्तो छ । तर कतिपयले पुर्वाधारको अभाव भनेर अडको थापिरहेका छन् । एनसेलले कोरोना नियन्त्रण नहुदा सम्म स्वास्थ्यकर्मीलागि फ्रि सिम बाँडने रे । जती कुराकानी गरेपनि डाटा र फोनको पैसा नलाग्ने रे । प्रत्येक विद्याथीलाई प्याकेजवाला सिम दिएमा असम्भव होला जस्तो लागेन । किनकी अझै पनि नेपाल टेलिकमको पहुँच नेपालका कुना कन्दरामा नपुगेको अवस्था छ । एनसेल,एनटीसी सँग समन्वय गरेमा असम्भव होला जस्तो लागेन है । किनकी मोबाइल नहुने जनशक्ति पहिचान गरी दुरशिक्षा प्रविधिको प्रयोग ल्याउन समेत सकिन्छ । अहिले नेपाल टेलिभिजनबाट एसईइ, दश जोड दुईको पढाई भैरहेको अवस्था छ ।
शिक्षक र विद्यार्थीको लागि हिन्दी फिल्म Chalk n Duster (2019), Admission open and Rough Book हेर्नका लागि शिक्षा क्षेत्रमा काम गर्ने वालाले सिफारिस गरेको पाए । जेक्की चेनद्धारा अभिनित पुलिस स्टोरी १९८५, रश आर १९८८,ड्रंकन मास्टर टुव १९९४, रंबल इन द ब्रान्कस १९९५, हु एम आइ १९९८ हेर्नका लागि संकलन गरेको छु ।
लकडाउनको समयमा विगतमा भएका थुप्रै सकलित फोटोहरु राख्नेको लहर खुब चल्यो । विगतको समिक्षा गर्ने,आगामी पुस्तामा विज्ञानको वरदान मात्र नभै अभिसापका विषयमा प्रभाव पार्ने गर्ने वा नगर्ने कि भनी छलफल हुन जरुरी भएको छ । लकडाउनको समयमा बढी युटुव च्यानल,टिभी,फिल्म हेरेको खुब चर्चा गरे । तर पुस्तक गहन अध्ययन गरे भन्ने भन्ने नागरिक कम मात्रामा पाएको अनुभव गरे । किताबको अध्ययन गर्ने परिपाटीको विकास गराउनमा लकडाउनले समेत सकारात्मक प्रभाव पार्न सकेन कि भन्ने लाग्दछ ।
लकडाउनमा चर्चा परिचर्चा कोरोना भाइरसका बाहेक अर्थतन्त्र, राजनीति, उद्योग, पर्यटन, पत्रकारिता, स्वास्थ्य,यातायातले प्राथमिकता पाएपनि अध्ययन संस्कृतिले पाउन नसकेको अनुभव लकडाउनको समयमा भयो । मेरा एक जना मित्र मुक्त बहादु थापा भकुण्डे निवासी हुनुहुन्छ । उहाँसग अन्तरमुखी भै छलफल गर्दा राजनीतिक कुतिलता,अध्ययन,युवा जमात,कृषि कर्म रहेका विषयमा हुन्थ्यो । उहाँ युवा अवस्थामा पढ्ने खालको मानिनु हुन्थ्यो । समाज विकास र परिवर्तन गर्नमा कम्मर कसेर लाग्नु भयो । साथीहरुसँग छलफल , बहस गर्दा एकदिन हैन कति सुत्न मात्र मन लागेको हो । निद्रा कति लागेको हो ? अब कति निद्रा लाग्छ ल अब सुत्ने प्रतियोगिता राखौ भनेर सल्लाह साथीसँग सल्लाह गर्नु भएछ । बिहान उठने खाने,फेरी सुत्ने,उठने र खाने फेरी ओछयानमा गै सुती हाल्ने प्रक्रिया दोहोराई रहदा उहाँको अनुभवले दुई दिनसम्म मज्जा आउँछ रे । तेश्रो दिन देखि बैराग लागेर आउँछ । शरिर दुख्छ । निद्रा लाग्दैन । असजिलो महशुस हुन्छ । फेरी सुतीरहुँ भन्ने भावना हुँदैन भन्नुभयो । तर नेपाली शहरी जिवनमा टेलिभिजन,इन्टरनेट उपलब्ध हुँदा समेत लकडाउनका कारण सुतिरहन समेत मन नलागेको अवस्था छ भने ग्रामीण परिवेशमा कृषि कर्म गर्ने फुर्सद छैन । लक डाउनको समयमा सिकेका र अनुभव गरेका सोचलाई डायरीको रुपमा लेख्ने यो श्रृङखला अन्त गर्न चाहान्छु ।
– धवलागिरी अञ्चल अस्पताल,बागलुड