-शिवशरण ज्ञवाली
उहिल्यैको कुरा कहिल्यै खुइलिदो रहेनछ । पुरानो नैतिक किताब, इतिहास र परम्परा, पूर्वीय जीवनदर्शन, भाषा वा संस्कृति हो र खुइलिने ? यी पो रामधुलाइमा परेर खुइलिए ।
रामधुलाइ ! यो शब्दसँग मेरो गहिरो सम्बन्ध छ । म पढाउन जान थालेको एक महिना पनि भएको थिएन । एक दिन एक फिस्टेले झ्याप प्रश्न सोधिहाल्यो । बाँसको सिप्किनो त्यतिबेला खुब चर्चित थियो । त्यो सिप्किनो कथाको खीर पाक ताउली जस्तै रहेछ । आदेश दिएको त्यही सिप्किनोले काम तमाम गरिदियो । म कुर्सीमा विराजमान भएँ । फिस्टे विचरो त्यसदिन पछि क्रमशः स्कुल आउन छाड्यो । मेरो सफलताले गर्दा ऊ आजकाल कोरियामा खोरिया फाड्दै छ रे ! उसले प्रशस्त पैसा पनि कमाएको छ । उसको प्रगतिमा मेरो हात रहेको कुरा सम्झदा मात्रै पनि म गर्वित हुन्छ ।
केही बर्षपछि काठमाडौं पनि कति बस्नु भनेर म यसो कुनाकन्दरातिर लागें । पैसा पनि आफूले मागेजति पाइने काम पनि थोरै गरे पुग्ने । दिनरात सुते नि हुने । आफू त अल्छी मान्छे परियो। क्याजाति ! त्यहाँ एक मित्रसित भेट भो । उनी पनि म जस्तै दुनियाँका भाग्य निर्माता रहेछन् । ए केटा ! भर्ती हुन् जा । नौ दश कक्षा पढ्न थालेपछि उनले उपदेश दिंदा रहेछन् । केटीहरूलाई पनि उनी बिहेको सूत्र देखाउँदै मस्का लाउन खप्पिस रहेछन् । सकेसम्म दश कक्षाभन्दा बढी पढ्न नदिनुलाई उनले आफ्नो सफलता सम्झदा रहेछन् । उनले भर्ती गराएकाहरू र बिहे गराएकाहरू उनीप्रति नतमस्तक रहेछन् । नहुन पनि किन आफ्नो भाग्य निर्माताप्रति ?
एकदिन यसो कक्षामा छिरेको एकदम ज्याङ्गो ज्यानको केटोले मलाई टेरपुच्छर लगाउँदैन बा । साथीले सूत्र फुराएको थियो, सकेसम्म बोलीले नि काबुमा राख्नुपर्छ । थर्काउन सक्नुपर्छ ऊ पछाडि सरे सक्किगो नभए आफै पछाडि सर्नुपर्छ । उसले अर्को उपाय पनि सुझाएको थियो, ज्याङ्गोलाई नछुनु उसको कोही लुरे साथी हुन सक्छ । उसलाई मौका मिलार रामधुलाइ गर्नुपर्छ । छोरी कुटेर बुहारी तर्साउने उपाय उसैले सुझाएको थियो । मैले यो दोस्रो उपाय अपनाउने जोखना हेरेको थिएँ । बोलीले काम नगरेपछि म लुरेको ज्यान हेर्दै थिएँ । एकदिन कक्षामा जाँदा खुब खित्का छाडेर हाँसेको पो छ । मौका यही हो नछोड भाई नछोड भन्ने लाग्यो । अनि अगाडि बोलाएर रामधुलाई गरे । बजार उचालिएको बेला रामधुलाइ गर्दा ख्याल गर्नुपर्छ भनेर अर्कोले भनेको थियो । खुसुक्क सोधेको थिएँ, ‘कस्तो ख्याल गर्नुपर्ने हो ?’ उसले गोप्य ठाउँ बताएको थियो । मैले पुरानो सिप्किनो सम्झिए । अर्को एकजनालाई सिप्किनो लिन पठाएँ । अनि उसलाई गोप्य ठाउँमा मज्जाले रामधुलाइ गरें । उसलाई रामधुलाइ गर्दा ज्याङगोतिर हेर्छु त मुरमुरिएको छ बाबै । मुठ्ठी कसेको छ मेरो मनमा चिसो पस्यो । तापनि म निडर झैं बन्ने कोसिस गरिरहेँ । भोलि यसको परिणाम हेर्नुपर्छ भन्ने मनमनमा लाग्यो । अलिअलि हप्काईदप्काई नि मसला भइहाल्यो । नभन्दै भोलिबाट त ज्याङ्गो कायम ! सूत्र सफल भएर जागिर जोगिएकोमा म त आफैं दङ्ग थिएँ ।
यसो सम्झेर ल्याउँदा त रामधुलाइ त गुरू प्रेरणा पो रहेछ । नाबालकमै मैले बुद्धले ज्ञानप्राप्त गरेको पीपलको बोटमुनि खाएको सय चोट तिर्न त बाँकी नै रहेछ । कसुर रहेछ, बोलाएकोमा नआएको । विचरा ! गुरूलाई के थाहा, हामी त्यो बेला गुरूसँग कति अँगालो मार्थ्यौ ? त्यो चोटको पीडा त मैले सम्झिन तर पिटाइ खाएको भन्ने थाहा छ । विचित्र क्षमता हुने वरको बोटमुनि अर्का गुरूले मलाई पूर्व र पश्चिमको दिशा देखाइदिएको मैले कहाँ भुलेको छु र ? एउटा विचित्र नामको साथी अहिले कहाँ र के गर्दै होला थाहा छैन, त्यतिबेला हामी प्राणप्रिय थियौँ । उसलाई खुसुक्क कहाँ पुग्यो भनेर सोधेको त गुरूले कहिल्यै नबिर्सने पूर्व र पश्चिम देखाइदिनुभो । दुई भाइमा एकलाई पण्डित र अर्कोलाई हली बनाएको प्रेरणाले आफूजस्तै आफ्ना चेला बनाई ज्ञान हस्तान्तरण गर्न सजिलै भएको छ । होइन, आजकाल त आधुनिक जमाना हो रामधुलाइ त कथा भइसक्यो भन्नु होला । तपाईंलाई थाहा होला नि यो त गुरूहरूको योग्यता पो हो त ।
कम्पनीमा यसो एकाध घन्टा काम गर्दा आउने पैसा पनि कति मनमोहक हो ? ठूलो भई टोपलेपछि आधा काम त गर्नै परेन । चाकरीउकरी उल्टो आफैँ पाइने । उत्सव, मेला, महोत्सवमा म जस्तो आधा घन्टेको के काम ? अर्को्तिर दुनियाँले संसार छल्दा आफूले एकाध घन्टा छलिएको छ भनेर गफ दिन पनि पाइएकै छ ! दुवैतिर आफैं मपाई बन्न भाग्यमा लेखेर नै ल्याउनु पर्दो रहेछ । डाहा गरेर हुन्छ र ? कम्पनीमा मुखियाले एकदिन मलाई कामको मेलो सिकाए । ती अर्का ग्रहवाला रहेछन् । यो व्यापार हो मित्र, यसमा धर्म, संस्कृति, दर्शन, भाषा यताको होइन उताकै सिकाउनुपर्छ । आफ्नो घर त सधैं आफ्नो हो नि पराई पो राम्रो छ त । भोलि हेरे त हामफाल्ने त उही त हो नि । आफ्नो त रामधुलाइ गरे हुन्छ । तिमी कस्तो बुझ्दैनौँ ह्यार कहिलेकाही यसो समस्या परे सम्झने त हो । आखिर तिमी पनि त्यही गरिराछौँ त । एउटा माल राम्रो गराऊ अरू त यसोउसो आफ्नो हात हुन्जेल कक्षा पास गराइदिने न हो । बाँकी जीवनको त न तिमी ठेकदार हौं न म नै ? त्यही एउटाका नाममा अरूलाई बलि चढाउन जान्नुपर्छ बुझ्यौं । बुझिन भनुँ भने त जागिरबाटै रामधुलाइ हुन बेर छैन । कस्तो अचम्म यो रामधुलाइ पनि थरीथरीका हुँदोरच । अनि म नखुइलिएका रामधुलाइका पत्रपत्र केलाउन थालें ।

यो बन्दाबन्दीको समयमा यिनै संस्मरणात्मक लेखमार्फत सकेसम अरुको नभए आफ्नै भएपनि रामधुलाई गर्ने हो, झरे आप नझरे झटारो । लेख मन पर्यो ।