शहिद भुमिराजलाई श्रदा सुमन !

सन्दर्भ ३० औं स्मृति दिवस

सागर कुवँर

वैशाख ३० अर्थात सहिद भुमिराज सापकोटा स्मृति दिवस हो । पञ्च्यायती व्यवस्थाको विरुद्धमा बागलुङको बुर्तिबाङ क्षेत्रमा आफ्ना गतिविधि बढाएको भन्दै, जनतालाई दुख दिने प्रशासनका विरुद्ध नारावाजी गर्दा गोली लागेर भुमिराज सापकोटा शहिद हुनुभएको थियो ।

उत्तरगंगा उच्च माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी सापकोटालाई, २०४७ साल बैशाख ३० गतेका दिन बुर्तिबाङ स्थित ईलाका प्रशरी कार्यालयमा तत्कालीन अवस्थामा कार्यरत एक जना प्रहरी सहायक निरिक्षकको आदेशमा गोली हानी हत्या गरिएको थियो ।

बागलुङ जिल्ला नेपाल क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको उर्बराभुमी भनेर चिनिन्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा बागलुङको योगदान नवीन खालको छ । नेपालको प्रजातान्त्रिक तथा वाम आन्दोलनमा बागलुङले धेरै नेता कार्यकर्ता जन्मायो । त्यो मध्य देशको लागि वलिदान गर्ने शहिदहरु हुनुहुन्छ । त्यही शहिदहरु मध्ये एक हुन भुमिराज सापकोटा । भुमिराज सापकोटा बागलुङ जिल्लाको प्रथम विद्यार्थी सहिद हुनुहुन्छ ।

२०४६ सालको सिमित प्रजातान्त्रिक अधिकार प्राप्ति पश्चात जनतामा आएका उत्साह र जनतालाई पूर्ण रुपमा सार्वभौमसत्ता सम्पन्न बनाउनस पर्छ भन्दै संविधानसभाको निर्वाचनको पक्षमा आवाज उठिरहेको थियो । त्यसका साथै, नेपाली जनताको रगतमा होली खेलिरहेको पञ्च–घुसखोरी जनविरोधी अपराधी तत्वहरुलाई कारबाहीको श्रृङखला सचेत युवा विद्यार्थीहरु र राजनीतिक पार्टीको नेतृत्वमा अगाडि बढेको थियो ।

देशमा भर्खर बहुदलीय व्यवस्था सुरुभएको अवस्था, जहाँ पञ्चायत विरुद्धको गतिविधिमा संग्लग्न भएकालाई अनावश्यक मुद्दा लगाउने, दमन गर्ने, महिलामाथि अभद्र व्यवहार गर्ने तत्कालीन प्रहरी सहायक निरिक्षकका विरुद्ध निसी भुजी क्षेत्रमा अभिभावक तथा उत्तरगंगा उच्च माध्यमिक विद्यालयका अध्ययनरत विद्यार्थीहरुले नारावजी गर्दै जुलुस प्रदर्शन भएको थियो ।

त्यसप्रकारको जनविरोधी तत्वहरुलाई कारवाही गर्ने काम बागलुङ जिल्लाको विभिन्न ठाउहरुमा चलेको थियो । साथै गाँउ–गाँउमा राजा, कांग्रेु र वाममोर्चाको बिचमा भएको त्रिपक्षिय सम्झौताको विराध गर्दै सार्वभौमसत्ता जनतामा हस्तानतरणको लागि संविधानसभाको निर्वाचनको नारा धन्करिहेको थियो । यही क्रममा २०४७ साल वैशाख ३० गते वुर्तिवाङ इलाका प्रहरी कार्यालका इन्चार्ज धर्म बहादुर गुरुङको विदाइको दिन थियो ।

जालि पटाहाहरु उसको विदाइको तयारी गरिरहेका थिए भने सचेत क्रान्तिकारी युवा विद्याथीहरु र न्यायप्रेमी जनसमुदायहरु पञ्चायतकालमा लगातार निर्दोस जनता र विद्यर्थीहरुको झुट्टा मुद्दामा फसाउने, यातना दिने, घुस खाने भ्रष्ट अपराधीलाई कारवाही गर्नुपर्छ भनेर सई गुरुङलाई कालोमोसो दलेर बजार परिक्रमा गराउने तयारी थियो ।

सोही अनुसार अखिल(छैठौ) र स्थानीय जनताको अग्रसरतामा सई धर्मबहादुर गुङलाई कालो मोसो दलेर भ्रष्ट अपराधीलाई कारवाही गर, घुस खाएको पैसा फिर्ता दे भन्ने नारा लगाउदै बजार परिक्रमा गरि चौकी नेर आएर छोडि दिदा भ्रष्ट होस गुम अपराधी सईले गोली ठोक्न आदेश गरि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा २०४७ साल वैसाख ३० गते कमरेड भुमिराज सापकोटाको छातीमा गोली लागि घटना स्थलमा नै सहादत प्राप्त गर्नुभयो । जिल्लाको साविक अधिकारीचौर गाउँ विकास समिति वडा नं. ८ मा जन्मेका शहिद सापकोटा अध्ययनका शिललीलामा पनि मेहनेती, कर्तव्यनिष्ठ, ईमान्दार र मिलनसार एवं धैर्य स्वभावका भएको उहाँका सहकर्मीहरुले बताउछन ।

राजनीतिमा त्याग र वलिदानको भावना हराउदै गएको वर्तमान अवस्थामा सहिद क. भुमिराजले देखाएको त्यो साहसको महत्त्व आज झन बढेर गएको छ र त्यो कलिलो उमेरको सहिद क. भुमिराजबाट हामीले धेरै सिक्नुपर्नेछ ।

एउटा कलिलो उमेरको विद्यार्थी जसले अन्याय, अत्याचारका विरुद्व आफ्नो वलिदानलाई सहर्ष स्विकार र्गयो, त्यो महान सिपाही आज हाम्रो माझमा भौतिक रुपमा नभए पनि सहिद क. भुमिराजले देखाएको बाटोमा हाम्रो यात्रा नरिकिकन निरन्तर अगाडि बढ्नुपर्छ । त्यो सहिद क.भुमिराजप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ ।

अन्याय नसहने तर न्याय र समानताका लागि आफूलाई अग्रसर बनाउने सापकोटाको ३०औं स्मृृति दिवसका अवसरमा उनी प्रति सबैले श्रद्धा सुमन अर्पण गरौं । न्यायका खातिर ज्यानको आहुति दिने वीर विरंगाना सबैका साझा हुन भन्ने भावनाको विकास गरौं ।

कामरेड भुमिराजप्रति उहाँको ३० औं स्मृती दिवसमा हार्दिक श्रदा सुमन !

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *