अभिभावकले आफ्ना नानिबाबुहरुलाई यो लकडाउनमा बरु घर परिवार, खानपान, चालचलन, पारिवारिक सँस्कार सिकाउनेमा बढि ध्यान र समयको अधिकतप उपयोग गर्ने अवसर छ ।
–कृषिता अधिकारी (निशा)
भनिन्छ–कुनै पनि विपत्ति, संकट बाजा बजाएर आउदैन । साँच्चै नै भन्नुपर्दा त प्रकृति यति बलियो छ । न मानिसले त्यसलाई रोक्न सक्छ, न त छेक्न नै । यो कति अनमोल छ, मनमोहक र सौन्दर्य पनि । त्यसैले त प्रकृतिले सिर्जिएको अथवा निम्त्याएको हरेक कलात्मक शैली, विपत्ति कसैले पनि रोक्नै सक्दैन । प्राकृतिक सन्तुलन बनाइ राख्नका लागि यी र यस्ता परिस्थिति सिर्जना भइरहन्छन् बेलाबेलामा सन्दर्भलाई चिरफार गर्दा आज हामी जनमानस विषम परिस्थिति सँग जुधिरहेका छौ । यतिबेला हामी (कोभिड १९) अर्थात् कोरोना भाइरसको माहामारीसँग संघर्ष गरिरहेको अवस्था छ ।
आज विश्वभर नै यसको प्रकोपले करिब २ लाख ८७ हजार भन्दा बढिको मृत्यु भइरहेको छ भने संक्रमित संख्या पनि ८५ लाख बढि पुगिसकेको छ । जसले गर्दा मानव सभ्यतामा ठूलो भयावह उत्पन्न हुनुका साथै विश्व अर्थतन्त्र नै धरासायी बन्ने जोखिमको अवस्था सिर्जना भएको छ । कतै भोकमरी त कतै रोजगारको अभाव व्याप्त देखिन थालेको छ । अर्को तिर आँफु र आफ्ना नागरिकको सुरक्षाको लागि सरकारले देशभर नै लकडाउनको घोषणा गरेको पनि आज दुई महिना पुग्न थालेको छ । तर, अहिलेसम्म यो भाइरस न त निराकरण भएको छ न त घटेको नै । झन् भन्दा झन् स्थिति भयावह बन्दै गइरहेको छ । भोकमरिमा परिने पो हो कि भन्ने समस्याले सताउन थालेको छ । विश्वका करिब दुई सय भन्दा बढि राष्ट्रहरुमा फैलिसकेको छ भने नेपालमा पनि संक्रमितको संख्या बढ्दै गइरहदा कतिपय अवस्थामा भने स्वास्थ्य सुरक्षा सामाग्रीको अभाव भएको छ ।
कति स्थानमा दिर्घरोगिका बिरामीहरु पनि समस्यामा परेका छन् । विस्तारै विस्तारै खाद्यान्नको अभाव पनि बढ्दो छ । विहान वेलुका छाक टार्ने मजदुर वर्गलाई समेत खाद्यान्नको अभाव भैइरहेको छ भने अर्को तिर अहिलेको परिस्थितिमा मानसिक रोगको संख्या पनि बढ्दै गएको अवस्था छ । कारण सरकारको नियम पालना गर्नको लागि घरमै बस्नुपर्ने अवस्था छ । कतै बाहिर जाउ कारवाहीमा परिने हो कि कतै संक्रमित भइने पो कि भन्ने त्रास घरमा बसौ खाद्यान्नको अभाव, रोजगार छैन समाचार सुनौ भने पनि दुखद र भयग्रस्त समाचार मात्र सुन्नुपर्दा घर परिवारमा द्वन्द सृजना हुने गर्दछ । जसले गर्दा तनावग्रस्त दैनिकीका कारण मानिस रोगी हुने सम्भावना पनि अधिक छ ।
यसैगरी अहिलेको विषम परिस्थितिले गर्दा निजी क्षेत्रमा काम गर्नेहरुलाइ पनि निकै समस्या भइरहेको अवस्था छ । व्यापार व्यवसाय गर्नेहरु ऋण धन गरेर स–साना उद्योग कलकारखाना सञ्चालन गर्नेहरु पनि मारमा परेका छन् । त्यस्तै शैक्षिक क्षेत्रकै कुरा गर्ने हो भने विद्यार्थीहरुको भविष्य के होला त ?
सरकारले विद्यार्थीको लागि अनलाइन कक्षा चलाउने तयारी चर्चा गरे पनि त्यति प्रभावकारी हुने देखिएको छैन । कारण सबै परिवारमा इन्टरनेटको सुविधा छैन । कतिपय विद्यार्थीहरु कोरोनाकै कारणले गाउँ गाउँ पुगिसकेका छन् भने इन्टरनेट भए पनि आजकालका बच्चाहरु पढाइमा भन्दा मोवाइल, इन्टरनेट,गेम्सहरुमा विशेष रुची हुने कारणले पनि न्यून मात्रामा विद्यार्थीहरुले अनलाइन कक्षा लिने गरेका छन् । तर कतिपय अवस्थामा भन्ने हो भने टेलिभिजन समेत नभएको परिवारहरु छन् । जसले गर्दा विद्यार्थीलाई धेरै नै समस्या सृजना भएको छ ।
अहिलेको विकराल परिस्थितिमा सम्पूर्ण अभिभावकले आफ्ना नानिबाबुहरुलाइ महत्वपूर्ण समय दिनु आवश्यक छ । कोरोना भाइरसबारे राम्रोसँग बुझाउनुपर्छ । यो समयमा बालबालिकामा पर्न सक्ने नकरात्मक प्रभाव असरका बारेमा सचेत बन्नुपर्छ । यो लकडाउनको समय बरु घर परिवार, खानपान, चालचलन, पारिवारिक सँस्कार सिकाउनेमा बढि ध्यान र समय उपयोग गर्ने अवसर छ । अधिकांश समय विद्यालयमा विताउने गर्नाले पनि केटाकेटीहरु घरयासी कामकाज जानेको हँुदैनन् । केटाकेटीलाई नयाँ नयाँ ज्ञान हौसला र उनीहरुले जानेका चाखलाग्दो विषय प्रसंगहरु सुन्नुपर्दछ । आमा बुबा अभिभावकत्वका साथै साथी पनि बन्दिनु पर्दछ । ताकी उनीहरु कुनै मानसिक रोगको शिकारमा नपरुन् । यसैगरी लकडाउनको समयलाई सदुपयोग गर्दै हरेक क्रियाकलाप रोचक प्रसंग तथा सकरात्मक विषयहरूमा ध्यान दियौ भने हामी घोकन्ते विद्या मात्र सिमित हुने छैनौं ।
तसर्थ, अहिलेको परिस्थितिलाई हामी र हाम्रो परिवार सुरक्षित बस्न जरुरी छ । लकडाउनको समयलाई सदुपयोग गर्दै सकरात्मक सोँचौ । र सकरात्मक कुराहरु जसले आँफुलाइ हौसला प्रेरणा दिने खालको किताबहरु ज्ञानगुनका कुराहरू पढेर होस् वा योग अभ्यास गरेर आँफुलाई व्यस्त बनाउ र सुरक्षित साथ रहौ ।