कोरोना कहरमा रिर्पोटिङ अनुभव

घनश्याम गौतम

विश्वब्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै थियो । सावधानिका सूचना सम्प्रेषण र सचेत बन्दै रिपोर्टिङको जिम्मेवारीलाई प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी बढ्दै आएको थियो । सामुदायिक रेडियो गलकोट बागलुङ जिल्लाको मध्ये भाग ऐतिहासिक गलकोट राज्यबाट सञ्चालनमा रहेको र अन्य सञ्चारका बिद्युतिय माध्यम नभएको क्षेत्रबाट प्रसारणमा रहेको हुदाँ आममानिसलाई कोरोनाबारे सचेत बनाउने र साबधानी अपनाउने बिषयलाई रेडियोले प्राथमिकता दिइरहेको अवस्थामा नेपालमा समेत कोरोनाको सक्रमण देखिए पछि रेडियो बिषय र प्रसारण सामाग्रीको सबै भन्दा प्रभाबकारी सञ्चारको माध्यम रेडियोले थप जिम्मेवारी निभाउने अबस्थाको सिर्जना भएको थियो ।

दिन बित्दै थियो, आम मानिसमा कोरोना भाइरस कोभिड १९ को त्रास बढ्दै थियो । हामी सञ्चारकर्मी सञ्चार माध्मयबाट स्थलगत रुपमा जोखिमका बीच समाचारका कच्चा सामाग्रीको खोजी गरि रिर्पाेटिङ गर्ने र प्रसारणमा निरन्तर लागिरहेका थियौ । नेपालमै सबैभन्दा बढि रेमिट्यान्स आउने क्षेत्रको रुपमा परिचित गलकोटमा कोरोना पनि छिट्टै आउने भन्दै सचेत बन्नुपर्ने स्थानीयको आवाजका बीच कोरोना संक्रमितको पाचौ र छैठौ बिरामी जिल्ला सदरमुकाम नजिक देखिए पछि रिपोर्टिङको बिषय बढि संघर्ष पुर्ण बन्दै आएको थियो ।

जिल्लामा कोरोना संक्रमित देखिए पछि गलकोट नगरपालिकाका जनप्रतिनिधी सँग गलकोटका सबै स्वास्थ्य सस्थाको अबस्था माक्स सेनिटाईजर र पिपिई जस्ता सामाग्रीबारे जानकारी र रिपोर्टिङमा खटिदा भोली पर्सिनै कोरोनाका बिरामी गलकोटमा देखिने जस्तै गरि मनमा त्रास बढेको थियो । हामी आफु कोरोनाबारे सचेत बनाउन निकै संघर्षका साथ गलकोटका ११ वटा वडा र ताराखोला गाँउपालिकाका ३ ओटा वडामा स्थलगत जानकारी लिदैं गलकोट क्षेत्रका दुई स्थानीय सरकार ताराखोला गाँउपालिका र गलकोट नगरपालिकासँग सहकार्य गरेको अबस्था थियो । जिल्लामा संक्रमित देखिए पछि साबधानी अपनाउने र रिर्पोटिङका बिषयलाई प्रभाबकारी बनाउने क्रममा माक्स सेनिटाईजर जस्ता सामाग्रीको अभाबका बीच पनि सञ्चारको जिम्मेवारी पुरा गर्ने अवसरलाई सदुपयोग गरियो ।

मजदुरसँगको भेटघाटले झस्कायो
कोरोनाका दुई संक्रमित निको भएपछि गलकोटका सबै नाकामा कडाई गरेपछि स्थानीय सरकारले नगर तथा गाँउ क्षेत्रमा साबधानी अपनाउदै सामान्य खुकुलो बनाए पछि अब कोरोनाबाट बच्न सहज हुने अबस्था देखिएकाले रिपोर्टिङ सरल बन्दै गएको थियो । चैत्र महिनामा गरिएको आरडिटि परीक्षणले समेत गलकोटमा कोरोना संक्रमित नभएको जानकारीले बजार सामान्य बन्दै गएको अबस्थामा रिपोर्टिङ सहज बन्यो । निर्माण तथा औपचारिक बैठकहरु समेत सामाजिक दुरी कायम गरि गरिने गरेको सन्दर्भमा बैशाख अन्तिम तिर एकाएक पर्साको छिपरमाई गाँउपालिकाका १४ जना मजदुर गलकोटबाट फर्केको १७ दिनमा कोरोना संक्रमण देखिए पछि निकै त्रास बढेको थियो । रेडियोमा समय विभाजन गरि फिल्ड रिपोर्टिङको जिम्मेवारी बहन गर्दा मजदुरसँग पटक–पटक भेटघाट भएको थियो । उनिहरुको निर्माण स्थल देखी घर फर्किने बेलामा सवारी पास बनाउदाको समयमा भएको भेटघाटले उनिहरुमा कोरोना भएपछि आफुमा पनि भएको हुन सक्ने त्रास बढ्यो ।
लगत्तै पिसिआर परीक्षण गर्नुपर्ने आवाज सहित स्थानीय सरकारलाई जानकारी गराउँदै पिसिआर परीक्षणको तयारी गरियो ।

हल्ला र सन्त्रास
जब मजदुरमा कोरोना देखिए पछि गलकोटमा लकडाउन कडा बनाइयो । म स्वयम् कोरोना आशंकाले साबधानीबारे सचेत बन्दा बन्दै गलकोटमा सरेको भए ? सबैलाई सरेको भन्दै स्थानीयमा त्रास बढ्दै थियो । अब गलकोटमा भयावह हुने भयो भन्ने कुराले निद्रा बिथोलियो । मजदुरलाई पर्साको क्वारेन्टाइनमै सरेको हो भन्ने जमातले मनमनै कतै त्रास त कतै उर्जा पनि मिल्थ्यो । आफुमा कुनै लक्षण नभएकोले मन डगमगाएको भने थिएन ।

स्वाब संकलन पछि चिन्ता
जब गलकोटमा १०९ जनाको स्वाब संकलनको काम भयो । ३९ औं नम्बरमा स्वाब दिदै गर्दा मुखबाट संकलित स्वाबमा कुनै असहज नभए पनि नाकबाट लिने स्वाबमा भने निकै फरक अनुभुति गर्ने मौका पनि मिल्यो । जुन कुरा अभिब्यक्त गर्न सकिदैन् कतै पिसो, कतै खस्खस्, कतै अमिलो, असहज वा एकसाथ एकै पटक दुबै आँखामा निस्केको आँशु पनि ।

रोग प्रतिरोधात्मक शक्ति कडा भएका ब्यक्तिले कोरोना जितेको उदाहरण हरेक लेखमा पढेको भए पनि कन्ट्याक्ट ट्रेसिङका आधारमा जब स्वाब दिए, त्यस पछिको समय बिताउदा निकै प्रेसर बढ्यो । कतै स्वाब नदिएको भए पनि हुने भन्ने देखि कोरोना पोजेटिभ देखिए आइसोलेसनमा बिताउने समयमा के गर्ने लगायतका प्रश्नले निद्रा बिथोलियो । दिमाग रन्थनिएकै हो । स्वाब दिएपछि रिपोर्ट कहिले आउला भन्ने चिन्ता लागिरहेको अबस्थामा स्थानीय सरकारले भनेको होम क्वारेन्टिनको बर्खिलाप म नियमित काममा नै ब्यस्त भए । ब्यस्तताले गर्दा समय पनि बित्दै गयो । रातको समयमा केही निद्रा नलाग्दा कोरोना जित्नेहरुको आत्मकथा पढ्ने देखी, बिभिन्न चर्चाका बिषयको गहिरो अध्ययन गर्ने गरेको अबस्था थियो । यदि पोजेटिभ भए अरुको दृष्टि बारे केही सोच बनेन । तर, आइसोलेसनको समयमा समेत आफ्ना नियमित काम गर्ने सामाग्रीको ब्यबस्थापन गर्नुपर्ने कु्रामा ध्यान पुगेको थियो ।

परिवार र कार्यालय पनि भयग्रस्त
कोरोनाको स्वाब संकलन पछि परिवार र कार्यालयमा नियमित साबधानी अपनाउन र सचेत बन्ने बाहेकका कुनै गतिबिधी भएनन् । किनकी म संक्रक्रित भए परिवार र कार्यालयका सहकर्मी कोही पनि संक्रमणबाट बच्ने अवस्था सायदै थियो । त्यसपछि मात्रै साबधानी अपनाउने काम भयो । चिन्ता नगरि नियमति कामलाई प्रभाबकारी बनाउन हौसला दिदै कोरोना जितिने कुराहरुले कोरोना परीक्षणबारे ध्यान जान समेत पाएन । सहज बाताबरणले चिन्ता हटाउन सहयोग पुग्यो ।

रिपोर्टले दिएको खुसी र सावधानी
पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारीले आफैमा खुशी बढ्यो चौतर्फी बधाई आयो । बधाई सँगै गलकोटमा कोरोनोको संक्रमित नभएको र आगामी दिनमा थप सचेत हुनुपर्ने अवस्था रहेको रिपोर्टले प्रस्टाए पछि साबधानी अपनाउन सबैलाई सचेत बनाउने जिम्मेवारी थप बढेको महुशुस भयो । नेगेटिभ रिपोर्टले कार्यालय र घर परिवारमा एक हिसाबले कोरोना जितेको जस्तै खुशियाली दिएको थियो ।

कोरोना क्वारेन्टाइन
पिसिआर परीक्षण पछि अबस्था सामान्य बन्दै आएको छ । तर, देश तथा विदेशका बिभिन्न ठाउँबाट आफ्नो घरमा फर्किने दाजुभाई तथा दिदिबहिनीको संख्या बढेकाले साबधानी अपनाउने, तोकिएको क्वारेन्टिनमा बस्ने, स्वास्थ्यकर्मीले निगरानी गरिराख्ने, गर्नुपर्ने अवस्था छ । पिसिआर परीक्षण पछि अब फेरी परिक्षण नपाइने तर बाहिरबाट आएका मानिसको आसपासमा पुग्दा सर्न सक्ने जोखिम रहेकोले साबधानी अपनाउन स्थानीय सरकारले ब्यबस्थित क्वारेन्टिन बनाउने र बाहिरबाट आएका मानिस बस्ने हामिले फोन मार्फत जानकारी लिई रिपोटिङ गर्नुपर्ने अबस्था छ । अन्यथा माहामारी फैलिने जोखिम छ ।

अन्त्यमा, सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम गर्न देश लकडाउन गरिरहेको छ । यो माहामारीको अबस्थामा लकडाउनलाई प्रभाबकारी बनाउने सेनिटाईजर, माक्स तथा सामाजिक दुरी कायम गर्ने बिषयमा निकै सचेत बनेर ब्यबहारमा कार्यान्वयन गर्नुपर्दछ । रिपोर्टिङ गर्दा निकै सचेत बन्ने एकान्तबासबाट सञ्चारका माध्यमका अन्य साधनहरु इमेल, टेलिफोन, सामाजिक सञ्जाल जस्ता माध्ययमबाट बढि सामाग्रीको खोजी गरि रिपोर्टिङ गर्ने, कोरोनाको आजको मिति सम्म औषधी नभएकाले सचेत बनेर साबधानी अपनाउने नै कोरोना औषधी रहेकोले साबधानी अपनाउन संकोच मान्नु हुँदैन । यदि कसैमा कोरोनाका समान्य लक्षण देखिएमा स्वास्थ्य संस्थामा जाने गर्नुपर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *