कृषिता अधिकारी (निशा)
साँच्चै एउटा मानविय हिसावले भन्नुपर्दा शिक्षा मानिसको अभिन्न अ® हो । किनकी शिक्षा बिनाको जीवन अपूरो र अधुरो छ बास्तवमा भन्ने हो शिक्षा हरेक व्यक्तिका लागि अपरिहार्य छ । यसलाई अझ संक्षेपमा भन्ने हो भने त विश्वभरमा जे जति विकास भएका छन्, नयाँ- नयाँ विकास र प्रविधिहरुको विकास भइरहेका छन् । त्यो सबै शिक्षाकै कारण हो । साँच्चिकै शिक्षा नहुँदो हो त आज विकासका मुहानहरु फुट्ने थिएनन् होला । शिक्षा बिना महान वैज्ञानिक, डाक्टर, इञ्जिनियर, पाइलट लगायत बन्न सम्भव थिएन । शिक्षा भनेको यस्तो रहेछ कि जति ज्ञान बाँड्यो, उति बढ्दै जाने । बरु पैसा बाँडे घटेर जान्छ तर ज्ञान कहिल्यै पनि सकिदैन,रित्तिदैन र मासिदैन पनि । वास्तवमा शिक्षाले अन्धकारलाई हटाइ उज्यालो बाटो तर्फ अघि बढ्न मार्गदर्शन गराउँदछ ।
त्यसैले त शिक्षित व्यक्ति सचेत र सक्षम र महान बन्दछन् पनि । हामीले कयौं विद्वानहरुको बारेमा सुनेका छौ, उनीहरुको ज्ञानगुनका बारेमा चर्चा परिचर्चा गरेका छौ । शिक्षा भन्ने शव्द नै अनौठो छ । जसले एउटा खराब व्यक्तिलाई पनि महान बनाइदिन्छ हामीले सुनेका र पढेका पनि छौ डाँकु रत्नाकर जस्तो व्यक्ति पनि त्यहि शिक्षाले वाल्मिकी भए, शिक्षाले महान वैज्ञानिक अल्वर्ट आइस्टान, न्युटन,हेलन केलर जस्ता प्रसिद्ध व्यक्तिहरु जो महान भए । उनीहरु आज यस संसारमा नरहे पनि युगौ युग बाँचिरहेका छन् र उनीहरुले निर्माण गरेका कार्यहरुको प्रशंसा गरिन्छ ।
यसैगरी नेपालको सन्दर्भमा भन्ने हो भने शिक्षा हिजोको तुलनामा केही हदसम्म प्रभावकारी बन्दै गरेको छ । तर, पूणर् रूपमा भने अझै सुधार भएको छैन । वास्तवमा शिक्षा दिइन्छ र शिक्षा लिइन्छ । सबैले भन्ने गर्छन् कि शिक्षा बिनाको मानिस पशुसरह मानिन्छ । आखिर के हो त शिक्षा भनेको ? शिक्षाको अर्थ कहाँबाट आयो र कसरी शुरुआत भयो त ? हामीले शिक्षा लिनु मात्र विद्यालय गएर गुरुहरुबाट शिक्षा आर्जन गर्छौं । खासमा शिक्षा सँस्कृतको शिक्षा धातुबाट आएको हो । जसलाई अर्थ दिनु वा आफ्ना अनुभवहरु बटुल्नु भन्ने बुझिन्छ छ भने अग्रजहरुको भनाई अनुसार आफ्ना सन्ततिहरुलाई आँफुले जानेको ज्ञान,सीप आफ्ना चेलाहरुलाई प्रदान गर्नु हो भन्ने उल्लेख गरेका पनि छन् । त्यसैगरी मानिस जन्मदेखि मृत्यु पर्यन्त प्राप्त गरिने सम्पूणर् अनुभवलाई शिक्षा भनिन्छ । साँच्चिकै यस पृथ्वीमा ज्ञान भन्दा शुद्ध अरु केहि पनि छैन किन त ? किनकी ज्ञान भन्ने कुरा न त बाँडेर नै सकिन्छ न त रित्तिन्छ । प्रत्येक मानिसको मस्तिष्कमा अदृश्य तवरले विद्यमान विचार र भावनालाई प्रकाश पारि मानिस जन्मिनुको सार बुझाउँछ । ऊ के गर्दैछ र के गर्छ ? ऊ कुन बाटो तर्फ मोडिन्छ ? उसका पाइला कता लम्किन्छ ? यी यावत कुराहरु शिक्षाले नै निर्धारण गर्दछ ।
त्यसैले त ज्ञान सिकाउने तथा विद्यार्थीलाई पढ्न सघाउने आमाबुवा, गुरुहरु हुनुहुन्छ नि होइन र ! तर, हिजोको गुरुकुल आरम्भ भएको शिक्षा विस्तारै विस्तारै परिवर्तन भइरहेको छ । जुन प्रकारको शिक्षा हिजो प्रदान गरिन्थ्यो, त्यसले विद्यार्थीहरुलाई व्यवहारिक दिने खालको भन्दा पनि सिद्धान्तमा मात्र आधारित हुन्थ्यो किनकी आजको विज्ञान प्रविधिको तुलनामा हिजो विभिन्न सामाग्री उपलब्ध थिएन । त्यस्तै इतिहास, भुगोल, राजनीति,गणित जस्ता विषयहरुलाई मान्यता दिइन्थ्यो भने आज विज्ञान र प्रविधिलाई विशेष महत्व दिइन्छ । जसले गर्दा विद्यार्थीहरु व्यवहारिक बनिसकेका छन् । अब जुनसुकै विषय रोज्दा पनि प्राविधिक शिक्षा नै रोज्न थाले । जागिरको सन्दर्भ कुरा गर्दा प्राविधिक शिक्षा प्राप्त गरेको खोज्न थाले, जसले गर्दा मानविकी विषयदेखि इतिहास राजनीति जस्ता विषयहरु हराउदै गए । अब शिक्षा दिने र लिने कुराहरुमा पनि फरकपन आइसकेको छ ।
यसैगरी शिक्षा हासिल गर्नकै लागि भए पनि विद्यार्थी वर्ग विदेशिन थालेका छन् । नेपालको शिक्षा प्रभावकारी भएन वा यहाँको शिक्षाले विद्यार्थीको व्यवहारिक शिक्षामा फितलो आएकै कारणले गर्दा पनि आजभोलिको शिक्षा त्यति प्रभावकारी छैन । पछिल्लो समयमा विश्वभर नै कोरोनाको महामारीका कारण विद्यार्थीको शैक्षिक क्षेत्र खस्किदै गएको अवस्था छ भने अर्कोतिर विद्यार्थीको भविष्य के होला त भन्ने चिन्ता र चासोको विषय पनि बनेको छ ।
कतिपय विद्यालयहरुले अनलाइन कक्षा समेत लिन थालेको अवस्था छ । यहाँ सवाल अनलाइन कक्षा कतिको प्रभावकारी होला त ? हुन त अहिलेको परिस्थितिलाई हेर्दा अनलाइन कक्षा लिनु सिवाय अरु विकल्प छैन किनकी सरकारले विभिन्न सरकारी कार्यालय देखि लिएर भीडभाड हुने ठाउँहरु सञ्चालन नगर्न आदेश दिएको छ । त्यसकारणले पनि अहिले हामी आम नागरिक यतिबेला लकडाउनको कारणले घर भित्रै रहिरहेका छौ । जसले घरमै बसेर पनि आफ्ना कार्य गरिरहेका छौ । तर, अनलाइन कक्षा लिइरहदा सरकारले नीजि विद्यालयहरुलाई हेर्ने नजर र गर्ने व्यवहार सकरात्मक छैन ।
अनलाइन शिक्षाको अहिले तिव्र चर्चा छ । र यो पनि आवश्यक पनि छ । तर, के सबैको घरघरमा इन्टरनेटको सुविधा होला ? त्यसैले पनि कतिपय विद्यार्थी गाउँ-गाउँमा गएको अवस्था पनि हुन्छ । जहाँ गाउँघरमा इन्टरनेटको सुविधा नहुन पनि सक्छ । टेलिभिजन, रेडियोको माध्यमबाट पनि शिक्षा प्रदान गर्न सकिन्छ । यसमा पनि समस्या नहोला तर, यहाँ पनि प्रश्न खडा हुन्छ कि के विद्यार्थीहरु अनलाइन कक्षा भनौ या टेलिभिजन, रेडियोसँग जोडिएका छन् त ? या प्रभावकारी उपलब्धि हासिल गर्ने गरी जोडिने छन् ? शिक्षक र अभिभावकले अनलाइन, टिभी या रेडियोमा पढ भन्दैमा यसमा रुची राख्नेछन् ? निश्चय पनि यो सोचनीय बिषय बनेको छ ।
तसर्थ शिक्षा भनेको जिवनको सार हो । शिक्षाले मानिसलाई एक असल व्यक्ति बनाउँछ हामी र हाम्रो परिवारलाई शिक्षित बनाउन हामीले गर्नु पर्ने भुमिका के त ? हामी साक्षर र शिक्षित भयौ भने परिवार, समाज तथा सिंगो देश विकासमा कुुनै न कुनै किसिमको योगदान र भुमिका हुन सक्छ । अहिलेको समयमा शिक्षाको निरन्तरतामा स्वभाविक समस्या छ । तर, यो समय र संकटमा बिद्यार्थीका लागि नयाँ नयाँ काम कुरा सिकाउने, सँस्कार, समाजसँग परिचित र जिम्मेवारीबारे जानकारी गराउने बिषय महत्वपूणर् हुन्छन् । अब हाम्रो शिक्षालाई गुणस्तरीय बनाउनुपर्छ । गुणस्तरियसँगै व्यवहारिक पनि बनाउन उत्तिकै जरुरी छ । ताकी अब भोलिका पुस्ताहरु विदेश जान नपरोस् र रोजगारका विकल्पटाहरु पनि स्वदेशमै मिलोस् ।