सकरात्मक सोचसँगै परिवर्तित जीवनशैली

कृषिता अधिकारी (निशा)
यसै क्रममा हाम्रो समाजमा विभिन्न प्रकारका मानिसहरु हुन्छन् र उनिहरुका आ आफ्नै सामाजिक पहिचान हुने गर्दछ ।

त्यहि पहिचानका साथ जिन्दगी जीउने गर्दछन । तर कहिलेकाँही जीन्दगी जिउने क्रममा अनेकौ उताव चढाब आइपर्छन । वास्तममा जीन्दगी त संघर्ष हो । संघर्ष गरेरै बाँच्नुपर्छ । यहाँ मानिसले न त सोचे जस्तो नै हुन्छ न त चाहे जस्तो । यदि हामी र हाम्रो जीन्दगीमा आइपरेका अनेकौ समस्यालाई सामना गर्दै गयौ भने पक्कै पनि दुःखी हुँदा रोइ कराइ गर्ने छैनौ र सुःखी हँुदा मात्ने छैनौ । यदि हामी दुःख होस या सुख हरेक पहरहरुमा एकैनास रह्यौ भने हामीले वास्तविक जीवन जिउन सिक्छौ । जीवनको सार भन्नू नै हामीले गर्ने राम्रा वा नराम्रा पक्षहरु हुन किनकी हामी सकारात्मक बन्यौ भने जस्तो सुकै विपत्ती आइपर्दा कति पनि विचलित नभइकन अगाडी बढ्न सक्दछौ । तर सामाजिक हिसाबले व्याख्या र विश्लेषण गर्नुपर्दा मानिस स्वभाविक रुपले सन्तुष्टि हुनै सक्दैन र इच्छाशक्ति बाट पनि हामी भित्र पनि हरेक इच्छा चाहना हुन्छन् जुन इच्छा चाहनाहरु पूरा गर्नेको लागि संघर्ष गरिरहन्छौ ।

कहिलेकाही त हामी आम मानिस जीवनको वास्तविक सार बुझ््नै सकिरहेका हुँदैनौ कहिले धनको पछाडी त कहिले खुसिको पछाडी दौडिरहन्छौ । आफ्नो खुसी चाहनाको लागि हाम्रो मस्तिष्कमा सकारात्मक तथा नकारात्मक सोचहरु उत्पन्न हुने गर्दछन तर नकारात्मक विचारहरुले मानिसको जीवनमा भयानक रुप लिएर आएको हुन्छ भने सकारात्मक विचरणले जीवन परिवर्तन गरेको हुन्छ । हो हामी आम मानिस स्वभावैले भिन्न हुन्छौं जिन्दगीमा कहाँ कतिखेर के हुन्छ त्यो कसैलाई थाहा हुदैन । कहिले समयको महत्त्व नबुझ््नाले पछाडी परिन्छ त कहिले जीन्दगीमा उचित निर्णय लिन नसक्दा या भनौ कहिले काँही त्यस्तो परिस्थिती आइपुग्छ जुन हामी परिकल्पना पनि गर्न सक्दैनौं । त्यतिबेला आत्तिन्छौ अतालिन्छौ र हाम्रा मनमा अनेक प्ररकारका भावनाहरु खेल्न थाल्छन जसले गर्दा नकारात्मक सोचको विकास हुन्छ ।

हामीले हाम्रो समाजमा विभिन्न किसिमका मानिसहरु देखिरहेका हुन्छौं हामी सोच्छौ कि हामी अरुको जीवन जस्तो मेरो जीवन किन भएन, फलानो त्यो ठाउँ पुग्यो म किन पुगिन, फलानाले ठाउँमा घर बनायो, धनी भयो यि यावत कुराहरु सोच्न थाल्छौ अनि पारिवारिक द्वन्द्व कलह जस्ता परिस्थिति सृजना हुन पुग्छ । कहिले धनको चाहनाले त कहिले सुखको चाहनाको खोजी गछौ । अह पटक्कै भेट्न सक्दैनौं र तिनै इच्छा चाहानाको अभावले अनैतिक कृयाकलाप गछौ कि त मानसिक रोगको सिकार हुन्छौ ।

अर्को कुरा पनि जोड्न चाहे हाम्रो समाजमा अपांगता लंङ्गिक अल्पसंख्यक जति पनि व्यक्ति हुन्छन् र उनिहरुले पनि आम मानिसले जस्तै जीवन यापन गरिरहेका हुन्छौ । समाजमा आफ्नै किसिमको हैसियत कायम गर्दछन् । उनिहरुमा पनि एउटा सामान्य मानिसमा जस्तै इच्छा चाहना हुने गर्दछन तर हामी आम मानिस सोच्ने गछौ कि उनिहरुमा कुनै किसिमको चाहना हुँदैन उनिहरु भन्दा हामी सबल छौ । जसले गर्दा केही नकारात्मक सोचहरु उत्पन्न हुन्छन् र हामी भित्र घृणा तथा तिरस्कारको भावना जाग्ने गर्दछ । जसले गर्दा हामी कोहि मानिस देख्ने वित्तीकै रिसाउछौ क्रोधित हुन्छौं र अन्तमा हामी अनैतिक विचारहरुलाइ स्थान दिन्छौं ।

चाहे त्यो सामान्य मानिस होस वा अपांगता भएको मानिस होस जीवन सबैको लागि अमूल्य हुन्छ । आफुले पाएको यो अमूल्य चोलालाई हामीले खेर नफालौ कुनै एक व्यक्तिले भनेका थिए जीवन संघर्ष हो निरन्तर संघर्ष गरिराख एकदिन अवश्य पनि सफलताको शिखरमा पुगिन्छ चाहे ठिलो होस वा चाडो । भनिन्छ नि लक्ष्य विनाको जीवनको कुनै महत्व नै हुदैन रे । त्यसैले केही गर्नु छ केही बन्नु छ विना लक्ष्यको त्यो मानिसको कुनै पनि अर्थ छैन ।

दुई दिनको यो जिन्दगीमा हामी हासेर जीउनु पर्छ सदैव उच्च विचारका साथ अघि बढ्नुपर्छ चाहे जीन्दगीमा बाधा अवरोध किन नआहोस । जीवन भनेकै कहिले उकाली कहिले ओराली आँधी, हुरी, चट्याङ उताब चढावको संगालो हो । जीवनमा हरेक समस्याले केही न केही पाठ सिकाएको हुन्छ । तसर्थ म एउटा विद्यार्थी भएको नाताले र सामाजिक हिसाबले फरक क्षमता भएको व्यक्ति हुनाले पनि म हरेक जनमानलाई आग्रह पनि गर्छु । सकारात्मक बनौ र स्वच्छ जीवन यापन गरौ । हाम्रो समाजमा केही त्यस्तो विषयहरु पनि उत्पन्न भइरहेका हुन्छन् जुन कुनै समस्या आइपर्दा समस्याको समाधान आत्महत्या नै एउटा विकल्प हो भन्ने सोच्छन र कतिपय अवस्थामा त मानसिक रोगको सिकार पनि बनिसकेका छन् । पछिल्लो समयमा भन्ने हो भने जुन कोभिड १९ को माहामारिले घरभित्रै बस्नुपर्दा एक किसिमको मानसिक रोगिहरु बढिरहेको अवस्था छ र आत्महत्या जस्तो अपराधको गतिविधी पनि बढ्दो क्रममा छ । त्यसैले पनि अहिलेको विषम परिस्थितिमा हामी सकारात्मक बन्नु जरुरी हुन्छ ।

हामीले यो समयको सदुपयोग गर्न सक्छौ घरभित्रै रहेर पनि विभिन्न कार्यहरु गर्न सक्छौ गित संगितमा मन लगाउन सक्छौ हामीले टेलिभिजन हेर्छाै भने राम्रो प्रेरणादायक कार्यक्रमहरु हेर्न सक्छौ । आफ्नो जीवन उपयोगी कुराहरुले हाम्रो जीवन पक्कै पनि परिवर्तन हुन्छ । त्यसैगरी, मोवाइल इन्टरनेट चलाउछौ भने पनि राम्रा सकारात्मक कुराहरू हेर्न सक्छौ जसले हामीलाई आत्मविश्वास बढ्नुका साथै सकारात्मक सोचको विकास हुन्छ र जीवन जिउन सहज हुनेछ । अब हामी फेल हुँदैमा मर्ने पर्ने आवश्यक छैन । किनकि एक पटक फेल भएर के भयो त मेहनत गरे अर्को पटक अवश्य पनि सफलता मिल्नेछ । यदि घर परिवारमा द्वन्द छ भने सहज ढंगले समस्याको समाधान गरौ तर नकारात्मक तरिकाले नसोचौ । यदि नकारात्मक कुराहरु मनमा खेलायौ भने हामी अगाडि बढ्न सक्दैनौ र मानसिक सिकार हुन्छौ र जीवन रिताउनु बाहेक अरु विकल्प हुनेछैन । त्यसैले सकारात्मक बनौ जीवन अवश्य पनि परिवर्तन हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *