बैगुनी मान्छे

तुल्सीराम पाण्डे
मानिस सामाजिक प्राणी हो । मानिसकै सामाजिक र संगठित गतिविधिबाट भौतिक निर्माण र राज्यका संरचनाहरु बनेका छन् । मानवशास्त्री वैज्ञानिकहरुका अनुसार मानिसको जीवनमानै प्रतिस्पर्धा गर्ने र अरुलाई उछिनेर अगाडि जाने गुण हुन्छ । एउटा व्यक्ति अगाडी जाँदा अरु मानिस पछाडी पर्दछन् । एक जनाले एउटा विचार राख्दा धेरैलाई फाइदा हुने भएमा त्यो सामूहिक वा समाजको विचार बन्दछ । व्यक्तिलाई मात्र फाइदा हुने देखिएमा स्वार्थ बन्दछ । स्वार्थी विचार समेत सामाजिक विचारको रुपमा आउँदा सामान्य मानिसहरुले त्यसलाई समर्थन गर्दछन् । परिणाम भोगे पछि मात्र त्यसको दोष थाहा हुन्छ । केहि विचारहरु सामाजिक भए पनि लागु गर्ने व्यक्तिले आफ्नो मात्र स्वार्थमा काम गर्दा अन्य मानिसहरुलाई दिक्क लागेको पाइन्छ ।

असल र इमान्दार व्यक्तिले सामाजिक विचारको नेतृत्व गर्न पाएमा समाजको प्रगति तीव्र रुपमा अगाडि बन्दछ । नेतृत्व गर्ने व्यक्ति इमान्दार नभएमा अन्य व्यक्तिहरुले साथ दिदैनन् । वर्तमान समयमा धेरै ठाउँमा नेतृत्वमा इमान्दारिता नभएको हुनाले साथ दिनुपर्ने समाजमा वितृष्णा आइसकेको छ । त्यसकारण धेरै मानिसहरुले आ–आफ्नो स्वार्थमा मात्र काम गरेको पाइन्छ । अरुको कुरा सुन्न समस्यामा साथ दिन, सामाजिक काम गर्न मानिसहरुले चाहँदैनन् । सबैले अगाडीबाट हुँदैन म यो काम गर्दिन यसले फाइदा गर्दैन भन्दैनन् । हुन्छ, गरौंला, दिन्छु, ओहो त्यो त नगरी हुँदैन जस्ता कुराहरु गरेर मख्ख पार्दछन् । अन्त्यमा धोका दिदाँ मात्र भित्री मनसाय थाह हुन्छ । ूमुखमा रामराम, बगलीमा छुराू भन्ने उखान त्यसैबेला चरितार्थ बन्दछ ।

सबै मानिसहरु मिलेर राज्यका संरचनालाई बलियो बनाउन सकेमा मात्र देशको प्रगति हुन्छ । देशले प्रगति गर्न नसकेमा व्यक्तिगत प्रगति धेरै भएपनि विदेशीले गरिब भनेर नै चिन्दछन् । राज्यलाई बलियो बनाउनका लागि व्यक्तिहरुको प्रगति हुनु पर्दछ । त्यो एक्ला एक्लै सम्भव छैन । असल र इमान्दार व्यक्तिलाई धेरैले साथ दिदैनन् । इमान्दार व्यक्तिले असल कुरा गर्दा पहिल्यै धोका पाइसकेको हुनाले ूअगुल्टोले हानेको कुकुर विजुली देख्दा तर्सन्छू भने जस्तै असन्तुष्टीहरु व्यक्त गर्न थाल्दछन् । त्यस्ता असन्तुष्टीहरुमा राजनैतिक आन्दोलन, जनजाती आन्दोलन, महिला आन्दोलन, मजदुर आन्दोलन र अन्य अधिकारका आन्दोलनमा साथ दिन आउ भन्दा घाममा चिच्याउन किन जाने ? कसैको पछि लागिदैन, खुरुखुरु आफ्नो काम गर्ने हो भनेर जवाफ दिने गर्दछन् । कोरोना रोग लागेको समयमा घर भित्रै सुरक्षित बस्न अनुरोध गर्दा केही हँुदैन, कसले के गर्छ ? मलाई केही हुँदैन भन्दै प्रहरीको आँखा छलेर लखर लखर हिँड्छन् । १६,१८ घण्टा लोडसेडिङ हुँदा लोडसेडिङको रुटिङ भित्तामा टाँसेर काम गर्ने । लोडसेडिङ मुक्त भएपछि प्राविधिक गडबडीले विजुली जाँदा (थोरै समय) कति काटेको हो ? के गरेको रैछ भनेर फोन गरिरहने प्रवृत्ति छ । नाकाबन्दीको समयमा आधा सिलिन्डर ग्याँसलाई त्।राईबाट ७ हजारमा ल्याउने । पेट्रोललाई लिटरको ५र६ सय रुपैयाँमा किन्ने । रु.१५० भारीको दाउरालाई ४र५ सयमा किन्ने । सहज भएको समयमा ग्याँसको भाडा मागेमा र पेट्रोल पम्पमा खुद्रा छैन भनेमा उजुरी दिन्छु, भन्दै थर्काउने । दाउरा ल्याएको देखेमा बनमुद्धा लगाइदिन्छु भन्ने । आँफुलाई चाहिने घरको सामान समेत नलगेर पसलेलाई बोकाउने । पेट्रोल डिजेलमा ५र१० रुपैयाँ बढ्दा विद्यार्थी संगठनहरुले जुलुस निकाल्ने । सुत्केरीले दाउरा बालेर भात पकाउँदा मेरो घरमा बस्न दिन्न भनेर खाली गर्न लगाउने । खाली जग्गामा दाउरा बालेर भात पकाउँदा समेत भाडा माग्ने ।

बोर्डिङमा पढाउनेहरुले शुल्क बढाए भनेर घर बसेर गाली गर्ने । एक अर्कासँग गनगन र कचकच गर्ने सम्बन्धित स्कुल र व्यक्तिसंग छलफल नगर्ने । आफ्ना विद्यार्थीलाई सरकारी स्कुलमा भर्ना गर्न, त्यहाँको पढाइ बुझ््न, गुणस्तर बढाउन पहल गर्न खोज्दा कसैले साथ नदिने । सरकारी अस्पतालमा उपचार हुनुपर्छ । मेडिकल कलेजमा सस्तोमा सबैले पढ्न पाउनुपर्छ । महँगो फिस तिर्न सकिदैंन भनेमा समेत त्यहाँ पढाउने र पैसा खर्च गर्न सक्नेहरुले पछि कमाइन्छ तँ संग भए पो खर्च गर्छस् । म सँग छ, पढाउँछु । तैले सिकाउनु पर्दैन भनेर प्रतिवाद गर्दछन् । चेतना नहुनेहरुले त्यसको प्रभाव नबुझ््ने हुनाले साथ दिँदैनन् । कसैको छोराछोरी कुलतमा लागेको जानकारी गराउँदा समेत उल्टै मेरो छोरालाई रिस गर्ने, नभएको कुरा भन्ने भनेर उल्टै आफ्नो उमेरमा मोज गर्छ । तिम्रो छोराछोरीलाई तह लगाउ भनेर प्रतिवाद गर्ने । आफ्नोलाई लुकाएर राख्ने र अरुको कुरा काट्दै हिँड्ने प्रवृत्ति छ ।

यहाँका केही व्यापारी र समाज सेवा गर्नेहरुले आफ्ना छोराछोरीलाई विदेशमा पठाएर उतैको पिआर लिन र उतै बस्न सल्लाह दिने । यहाँ नेता राम्रो छैन । देशमा बस्ने वातावरण छैन, अवसर छैन । यो नरकमा आउनु पर्दैन भनेर रोक्ने । आपत परेको समयमा देशको नागरिक ल्याउनुपर्छ । देश बनाउनु पर्छ । कसैले गरेनन् भनेर अरुलाई दोष दिने । भर्खरका मानिसहरुलाई घरको काममा सघाउन, राम्रो सँग पढ्न, सीप सिक्न देशको सेवा पनि गर्नुपर्छ भनेर हामीलाई सिकाउनु पर्दैन । यहाँ श्रमको मूल्य छैन, यो देशको सेवा पनि गर्नुपर्छ भन्ने हामीलाई सिकाउनु पर्दैन । यहाँ श्रमको मूल्य छैन, यो देशले हामीलाई केही दिएको छैन, यो कुकुर बस्ने ठाँउ हो यहाँ काम गरेर कसैको प्रगति भएको छैन भनेर अरुको कुरा काटेर नेतालाई गाली गरेर र हल्लेर जिन्दगी पचाउने समयको सदुपयोग गरेर र सस्तोमा सीप सिकेर प्रगति गर्न नखोज्ने ।

राजनैतिक दलका कार्यकर्तालाई बेथिति, अन्याय र भ्रष्टाचारको विरोधमा आवाज उठाउन अनुरोध गरेमा सत्ता पक्षले हाम्रो पार्टी सरकारमा छ । मह काढ्नेले हात चाट्छ, सक्नेले खान्छ । आफ्नो दलको विरोध गर्नु हुँदैन भन्दछन् । प्रतिपक्षीले समेत त्यस्तो कुरा गरेमा आफ्नो पूरानो पोल खुल्ने, अर्को पटक सत्तामा जान नपाइने,नेताले हप्काउने, आफ्नो व्यक्तित्व विकासमा वाधा पुग्ने डरले तै चुप मै चुप हुन्छन् । अर्कोलाई अन्याय पर्दा कसैले साथ दिदैनन् । आँफुलाई परेमा कसैले केही गरेन भनेर रुँदै हिँड्दछन् ।

केही शिक्षित र लगानी गर्न सक्नेहरुले व्यापार गरेर नाफा लिन । धेरै कमाइ हुने जागिर खान । घरभाडा बढाउन । छोराछोरी विदेश पठाउन । भ्रष्टाचार, तस्करी र कालोबजारी गर्ने राज्यलाई छलेर फाइदा लिन भर मजदुर प्रयास गर्ने । मानवीय सेवा गर्न, राज्यलाई योगदान दिन वुद्धि विवेकको प्रयोग गर्नु परेमा यो राज्यको काम हो भनेर तर्कने । सामाजिक न्यायको सम्बन्धमा समेत कसलाई कति र कसरी न्याय गर्ने भन्ने कुरा पहिल्यै टुङ्गो भइसकेको हुने । अन्याय गर्ने सँग घुस खाएर अन्यायमा पर्नेलाई अझै अन्याय गर्ने । कसैको गोरु, भैसी र जग्गाको भाउ पञ्चले गरिदिनुपर्ने कसैले नाजायज गर्भ बोकेमा समेत अर्कालाई मतेरेर पार्ने र दोषीलाई उम्काउने । ठुला ठालुले पहिल्लै चिच्याएर यही हो दोषी र यस्तो सजाय हुनुपर्छ भने निर्देषलाई पारेमा समेत थाहा भए पनि अरुलाई बोल्ने मौका नदिने । सबैले त्यसैमा सही मात्र थाप्ने । कुटपिट गरेमा पनि प्रहारमा जान नदिने त्यस्तो न्यायलाई समाजको न्याय मानिने ।

चुनावको समयमा व्यक्तिगत रुपमा इमान्दार खर्च नगर्ने नीति र सिद्धान्त राम्रो भएको व्यक्ति र दललाई भोट नदिने । पटक–पटक धोका दिएको, रक्सी र मासु खुवाउने धेरै पैसा खर्च गर्ने र आफुले चिनेको ठाउँमा वा पहिल्लै जहाँ दिएको हो त्यही दिने गर्छन् । अरु बेला तिव्र गुनासो, आलोचना गरे पनि पहिलेको बानी बदल्दैनन् । व्यापारको हकमा एउटाको घरमा व्यापार गर्न बसेको मान्छेलाई निकाल्न लगाएर अर्काेले धेरै भाडा दिने । दिनमा कालोबजारीको विरोध गर्ने, रातीमा मलाई माल देउ अरुले भन्दा धेरै दिन्छु भनेर किन्ने । राष्ट्रियताको चर्काे नारा लगाउने, विदेशी सामान तस्करी गर्ने । राज्य सञ्चालकहरुले समेत देशको कृषि उद्योग जडिबुटी खानी बन्द गराउने । सबै कुरा विदेशबाट ल्याएर चलाउने । यहाँ सस्तो रुपमा गरिने सुडेल्नी, आयुर्वेद र वैद्यका सेवाहरुलाई उकास्न नदिने । कसैले समाजका लागि राम्रो काम गरेमा ठिक छ । राम्रो हो गर्नु पर्छ भनेर कमेन्ट र स्याबासी दिने गर्दछन् । कुलमान घिसिङ, चित्रबहादुर केसी, रवि लामिछानेलाई स्याबासी दिन्छन्, भोट दिनु परेमा के गर्छन् । त्यतिबेलै थाहा होला । सरकारी सेवाका उच्च पदस्थ कर्मचारीहरुले समेत आफ्नो तजविजी अधिकार प्रयोग गरेर मनैबाट सेवा गरेको पाइएको छैन । माओवादीले चलाएको जनयुद्धको कारणले महिला जनजाती पिछडिएको समुदायले राज्यबाट अधिकार पाएका छन् । तर युद्धमा सहभागी नहुनेहरुले अरुलाई भन्दा माओवादीलाई धेरै गाली गर्दछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *