सँस्कार, अचेतन मन, स्वास्थ्य र योग

जीवनकुमार शाक्य
मान्छेको जीवन लामो समय सम्म स्वस्थ निरोगी बनाउन सुरक्षित खानपान, योग, व्यायाम, प्रणायाम, ध्यान, साधना, व्यवसायमूलक, रोजगारमूलक र उत्प्रेरणामूलक शिक्षा विकास निर्माणका आधारभूत पिलरहरु हुन् । यसको उपगोगिता र अभ्यासबाट विकास निर्माणमा सिर्जना, गूण, सहयोग, सेवा, सद्भाव, आत्मविश्वास, आदि मूल्यवान चरित्र र सँस्कृतिको जन्म हुन सक्छ । सामन्ती, जमिन्दार, रुखो परम्परा पहिले समाजमा बिद्यमान थियो । तर त्यसको प्रतिकार गर्न नसक्ने, गर्न नजान्नेहरु थिचिए, पिटिए, मारिए, लुटिए । अहिलेको अर्ध पुजिवादी, अर्ध सामन्ती व्यवस्थामा पनि सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक साँस्कृतिक अवस्था गरिबी, किसान र आम जनताका लागि उद्योग धन्दा, कृषि, आवश्यक संरचनाको निर्माण विकास नभएर प्रायः धेरैका लागि अनुकुल नभएको, रोजगारको कमी, महंगो वस्तुभाउ, काम गरेर खाने सवैलार्ई जिउन कठिन छ । शिक्षा स्वास्थ्यका कार्यक्रम गुणस्तरिय, ब्यवसाय रोजगारमूलक छैन । भएका पनि धेरै संख्यामा भएका गरिब मजदुर, किसानका लागि आकाशको फल जस्तै छ । बिजुली, पानी पनि सहज र सस्तो छैन । सामाजिक बिहेवारी क्रिया कर्म समयानुकुल नभएर, कर्म खर्चमा उम्किने खालको छैन ।

गरिबीमा बाँच्नेहरुको ढाड सेक्ने खालकै छ । सबैको जीवनयापन नियाल्दा नहुने, हुने खाने, सबै मिठो स्वादिलो खाना, पहिरन, पेय पदार्थ, यौन, पैसा, सुविधा प्रति अत्यधिक आशक्ति देखिन्छ । योगा, ध्यान साधना, ब्यवसायिक शिक्षा, स्वास्थ्य, व्यवस्थापन गुणस्तरियता र सबैको लागि नभएर होला । विज्ञता, सोँच, शक्ति, दक्षता, इमान्दारिता, इच्छा शक्ति भएका व्यक्तिहरु सरकारमा कम छन् । सरकार गुणतन्त्रात्मक छैन, मनोतन्त्रात्मक छ, जसले गर्दा भ्रष्टाचारले जरो गाडेकै अवस्था छ । विकृति विसंगति, द्धन्द, विरोध, जातिवादी निम्न पुजिवादी सोच, भारतको दुर्योधन सोच प्रवृत्ति हेपाई, भेदभावका साथै सबै तिर भएको हस्तक्षेप विरुद्धको उचित सम्बोधन व्यवस्थापन गर्न नसकेर अरु देशले अन्तरिक्षमा पाइला राख्दा पनि दोका नाम्लो चुलो चौकामै देश रुमल्लिनु पर्ने भएको छ ।
यस्तो अवस्थामा कस्तो विचार भावहरु उठ्छ ? सबैका आ–आफ्नै इच्छा चाहना हुन्छन् । पुरा हुने, गर्ने वातावरण नभए पछि प्रायः सवैलाई तनाव, क्रोध, लोभ, मोह, अहंकार, वासनाको कूनै न कुनै सोच, असफलता, पीडा हुन्छ नै । त्यसमाथि उपेक्षित जातिका गरिब, मजदुर, किसानका सोझो बोली ब्यवहार र कमजोरीको फाइदा श्रम, यौन शोषण उत्पिडन, हेला, भेदभाव गरेर हुने खाने, संघसंस्थाले लिइरहेको अवस्था छ । यसले गर्दा उनीहरुमा बदला लिने, विरोधको भाव, इच्छा चाहना दविएर कुण्ठा, उदास, चिन्ता जस्ता नकारात्मक सोच ब्यवहारहरुले घेरिएको हामी पाउछौ ।
खानपान सुरक्षित पोषिलो खान नजान्ने, नसक्ने, नहुने, चिन्ता, तनाव, उदास, कुण्ठा भावको रागमा तल्लिन सोचले दक्षिण एशियाको भारत, बंगलादेश, पाकिस्तान, आदि देशमा जस्तै पाचन शक्ति कमजोर निद्रा, आराम, विश्राम राम्ररी पाएका छैनन् । परिणाम कुपोषण, पुड्कोपन, ख्याउटे मरणच्यासे, दुब्लो कालो, रोगी हुनु वाध्यता जस्तै भएको छ ।

स्वस्थ पारिवारको जग निर्माण गर्ने गराउने गर्भवती सुत्केरी हुने महिलाहरुले श्रीमान सासुु ससुरा, परिवारका अन्य सदस्यहरुको सकारात्मक सहयोग, सेवा ब्यवहार नपाएर कम तौलको, नरुने, जन्मदै मर्ने, कमजोर सुस्त मनस्थिति वा फरक क्षमताको शिशुहरु जन्मिरहेका छन् । जो बढी पुड्को हुन्छ, फरक क्षमताको हुन्छ, कुपोषित हुन्छ रोगी हुन्छ । अशिक्षित, गरिवी, खानपान सुरक्षित पोषिलो नपाउने, रोजगार ब्यवसायको धेरै कमी भए पनि सकरात्मक सेवा सहयोगी मूलक नभए पछि प्रायः मान्छेको बाल्य अवस्था, किशोर, युवा, देखि शिशु बाल, किशोर, युवा, प्रौढ अवस्थामा पनि सर्ने, नसर्ने रोगहरु लागेर औषधी उपचारमा लाग्नु पर्ने, बढी खर्च गर्नु पर्ने अवस्था छ । समय श्रम सीप, दक्षता सिर्जना सामाजिक, संस्कार परम्पराको कारण अचेतन, अर्धचेतन मन जुन सयमा ९५ प्रतिशत बढी छ । सचेत सकारात्मक, सिर्जनात्मक, संरचना निर्माण, कृषि आदिमा विकास हुन पाएको छैन ।

यस्तो गरिबी, कमजोर अनुत्पादन मूलक सामाजिक अवस्थाले ब्यक्तिहरुमा काम वासना, क्रोध, लोभ, मोह, इष्र्या द्धेष, अहंकार, कुण्ठा, चिन्ता, उदासीपनको रागले प्रायः सबे ग्रसित देखिन्छ । यो पंत्तिकार पनि नकारात्मक संस्कारले दिएको पीडा, हेपाइ, भेदभावको, चोटको व्यवस्थापन अझै गर्न सकेको छैन । दाहिने दिमागको धेरै हिस्सा अचेतन मनमा परेको नकरात्मक असर प्रभावलाई अझै न्युनिकरण गरिरहनु पर्ने अवस्था देखेको छ । मिठो, आराम, विश्राममा अझै कमी भएको महुशुस छ । धड्कन, कम्पन, भाइव्रेसनको गति, दबाब, भाव, धारणा अझै सकरात्मक नभएको महुशुस हुन्छ । यही र यस्तै समाजमा गरिब मजदुर, किसान, हुने खाने नेता कार्यकर्ता सवैमा छ र भएको देख्छु । यसैको कारण अचेत नकरात्मक अचेतन मनको असरले सिर्जनशिलता, बिश्वास, सद्भाव, प्रेम, सेवा, सहयोगको भाव विकास भएको ज्यादै कम देखेको छु । नेता कार्यकर्तामा यही भावको कारण ब्यक्तिगत लाभ, सुविधा लिने प्रवृतिले गर्दा देशमा आर्थिक भ्रष्टाचार, ब्यभिचार विकृति, विसंगतिमा कमी आएको स्थिति छैन । परिणाम उद्योग धन्दा कृषि, संरचनाको निर्माण विकास हुन नसकेर देश थला परेको अवस्थामै छ । शिक्षा, स्वास्थ्य ब्यवसायिक उत्प्रेरणामूलक रोजगारमुलक वा गुणस्तरिय हुन सकेको छैन ।

व्यक्तिगत जीवन, समाज, राज्य स्वस्थ तन्दुरुस्त बनाउन शिल सदाचारका नीति नियम, कानुन, अनुशासन ब्यवस्थित चाहिन्छ । यस्तो बनाउनु पर्ने हो, बनाउन सकेका छैनन् । मान्छेको जीवन लामो समय सम्म स्वस्थ निरोगी बनाउन सुरक्षित खानपान, योग, व्यायाम, प्रणायाम, ध्यान, साधना, व्यवसायमूलक, रोजगारमूलक र उत्प्रेरणामूलक शिक्षा विकास निर्माणका आधारभूत पिलरहरु हुन् । यसको उपगोगिता र अभ्यासबाट विकास निर्माणमा सिर्जना, गूण, सहयोग, सेवा, सद्भाव, आत्मविश्वास, आदि मूल्यवान चरित्र र सँस्कृतिको जन्म हुन सक्छ । तव मात्र मान्छेहरु आप्mना कमिकमजोरी प्रति बढी सचेत, संवेदनशिल हुने सोच, भाव, धारणाको विकास हुन्छ । श्रम, समय, पैसा, शक्ति आधारभूत पिलर निर्माण विकासमा निरन्तर लगाउनु पर्छ । इश्वरको पुजाआजा, आराधना, बलि दिएर केहि हँुदैन, भएन । राम्रो नियम कानुन इमान्दारी, पारदर्शिपन अपनाएर गाई, भैसी, सुँगुर,बंगुर खानेहरुले सुचना संचारमा सगरमाथाको उचाई टेक्यो । साथै चन्द्रमामा यात्रा गरे, हामी खोइ ? इमान्दारिता, पारदर्शिपन, नियम काननु, अनुशासन, ब्यवस्थापनलाई उपेक्षा गरेर स्वास्थ्य, शान्ति, विकास आनन्द खोजेर कहाँ पाइन्छ र ?

यो पनि पढ्नुहोस्