राम सुवेदी
संसार सूचना र प्रविधिसँगै अघि बढेको छ । समाजमा जो कोहीले दुनियाँको हालखबर र घटनाक्रमको छिटो, छरितो, विश्वसनीय र भरपर्दो माध्यमको खोजी रहेको छ । त्यसको प्राप्ती आवश्यकताको तिर्खामा छ । एक ठाउँको सूचना अर्को ठाउँमा पु¥याउन खटिएका आमसञ्चारले माध्यमको विश्वसनीय पात्र छनौट गरि राख्छ र उसै मार्फत सूचना सम्प्रेषणको अख्तियारी लेनदेन हुन्छ । जो आज विभिन्न आमसञ्चारको प्रयोजनकर्ताका रुपमा खटिएको माध्यम पात्र छन् । उनलाई पत्रकारिता जगतमा समाजले पत्रकार बताएका छन् ।
पत्रकारिता, त्यसमा जोडिएको पात्र पत्रकार र उसको भूमिकाका विषयमा बेला–बेला समाजमा विभिन्न बहसहरु हुन्छन् । त्यस्तो हुन आवश्यक पनि छ । तर समाजले बुझ्दाको पत्रकार, पत्रकारितामा जोडिएको पत्रकारको जिम्मेवारी र भूमिका कस्तो होला भन्ने सवालमा जीवनको नितान्त निजी अनुभव र समाजले गरेको अपेक्षामा आत्मसमिक्षा आफैबाट गर्नु आवश्यक हुन्छ कि भनेर अलिकति प्रयत्न गरौ ।
आमसञ्चार र पत्रकार
पछिल्लो समय नेपाली आमसञ्चार, सञ्चारकर्मी र आम मिडिया जगतलाई चौथो अंग भन्ने हाम्रो राज्यबीचका रोचक र घोचक तित्तता, आमसञ्चार वहसमा हेर्न र देख्न पाएका छौ । सधै आलोचक भएको भन्ने आरोप लागेका आमसञ्चार र त्यसमा क्रियाशिल पत्रकार अनि हामीले गरेको पत्रकारिता कर्म दोषको भकारी बनेको देखिन्छ । पत्रकारहरु राज्य विरोधी भैदिए भनेर सरकारका मन्त्रीदेखि सांसद, स्थानीय तहका जनप्रतिनिधि समेतले धेरथोर गुनासा, गुञ्जायस र तित्तता समेत पेश गरेको पाईन्छ । यहाँ कति सत्य जस्तो र उति मिथ्या जस्ता दुवै छ । हामीले अध्ययन गरेको, समाज, पत्रकारिता र पत्रकारको भूमिका व्यवहारमा त्यसको प्रयोग र जीवनमा प्राप्त अनुभवले आमसञ्चारमा काम गर्ने वा आवद्धता जनाएर सूचना सम्प्रेषणको भूमिकामा रहेको व्यक्ति को कस्तो भन्ने समेत मुल्यांकन भइरहेको कुरा खासै मनेका छैनौ । हाम्रा बीचमा इन्टरनेट, टेलिभिजन, पत्रपत्रिका र रेडियोहरु जसरी आमसञ्चार माध्यमहरु छन् । ति माध्यम मार्फत सूचना तथा समाचार प्रकाशन वा प्रशारण गर्ने पात्रहरु पत्रकार हौ । यो नितान्त निजी दाबी हो । खासमा हामी पात्रको पत्रकारिता, हाम्रो सूचना सम्प्रेषण शैली, त्यसलाई समाजले ग्रहण गर्ने अवस्था सम्मको मूल्यांकन गर्ने गरेका छौ कि छैनौ रु यदी गरिएको छ भने हामी कहाँ, कसरी, के विधि र विद्यमानमा कस्तो खालको पत्रकारिता गरिरहेका छौ भन्ने राम्ररी बुझ्न र मनन गर्न सहज हुनेछ ।
पत्रकारिता र पत्रकार
अर्को कुरा पत्रकारितामा देखिएका केही सवालहरु यस्ता छन् । समाज परिवर्तनको कवजभित्र गज्जबको मजाक गुजुमुञ्ज परेर थन्थनिएको छ । परिवर्तन भन्ने दृष्टिकोणबाट नाम पारेको समाज र काम, कर्मले फेर्न खाजेको समाजसँग आफै टक्कर गर्ने कतिपय हामीमा वास्तविक पत्रकारिता र त्यसबाट प्राप्त गरेको एकपत्र परिचयपत्रको विघ्न आडम्बर बढ्ता छ । मैले देखेको पत्रकारिता र पत्रकारहरु आफ्नो परिचयमा यो छुट्टाएका हुँदैनन् ।
कोही भन्छन् आफू खानदानी पत्रकार, कोही भन्छ पुरानो पाका पत्रकार, कोही अनुभवी पनि रे, कोही शहरिया पत्रकार, कोही गाउँले, कोही दुरदराजको, कोही जहानीयाँ, हुँदा–हुँदा पत्रकारहरुको परिचय पहरेदारिता, खबरदारिता, देश दुनियाँवाला, घरानावाला, कहरियावाला, रहरियावाला, चाप्लुसीवाला, चाकडीवाला, मुखवाला, डाडवाला, पुच्छरवाला, पुजारीवाला आदि इत्यादी । जो जसको जहाँ–जहाँको पहुँच सम्म छ सबैले बताएको परिचय यहाँनेर छ । अन्ततः यि सबै समाजका खलपात्र हुन् । समाजमा भेटिएका तथानाम पात्रहरुलाई एकथान सञ्चार माध्यमको परिचयपत्र र त्यसको भरमा जङ्ग चलेर पत्रकारितामा हुटहुटि चढेको छ । यो नराम्रो होइन तर राम्रोको लागि हो भने आफु अभ्यस्त व्यवहारिक जीवन जगत उल्ट्याएर पत्रकारितामा समाज बदल्ने अभिलाषा बोकेका सँग समाज फेर्ने ठेक्का पट्टा जिते जस्तो हुनुभएन ।
समाज,पत्रकार र पत्रकारिता
तपाइ हामी रहेको स्थानमा हाम्रो उपस्थितिको औचित्य पुष्टि छ कि छैन भन्ने विषयमा आत्ममुल्याँकन कति गरेका छौ या छैनौ रु गरेका रहेनछौं भने अब गरौ । आफ्नै समाजले कतै यो मान्छे यहाँबाट कतै सरे हुन्थ्यो भनेर तपाई हामीलाई बाटोघाटो, टोल छिमेक र चोक चिया पसलमा भन्दै हिँड्छ । त्यो कुरा तपाइ हाम्रो कान सम्म आइपुग्यो भने उता फर्केर गाली नगरौं । आफ्नो कारण खोजौ र आफुलाई समाजसँग तुलना गरौ । समाजले तपाइ हामीलाई दया, माया, करुणा बाँडेको छ वा घृणाका पात्र परिभाषित गरिदिएको छ, त्यस तर्फ पनि हेरौ बुझौं । हामी आफुलाई खुब समाजसेवी, समाज रुपान्तरणको संवाहक, के–के भनेर हिडिरहेका छौ । यो कुरा ठिक गरिएको हो भने पहिला बुझौं, समाज सकरात्मक र नकरात्मक दुवै पाटोमा छ । आफूले आफैलाई सोधौ हामी कुन बाटोमा छौ रु सायद यत्ति प्रश्नको उत्तरले हाम्रो पत्रकारिता र हामी पात्र पत्रकारको खास परिचय बन्छ । हामी जे खाज्छौ, त्यही भेट्याउँछौ ।
राम्रो खोज्यौं राम्रो र नराम्रो खोज्यौ नराम्रो यही समाजबाट पाउँछौ । पात्रको प्रवृत्ति समेत हामी खोजकर्ताको अभ्यास, अभ्यासको निरन्तरता र निरन्तरताले अँगालेको अभ्यस्त मानसिकताले बोक्छ । सायद पत्रकारितामा मानसिकताले बोलेको लेख्छौ, पढाउँछौ । समाजले समेत सकरात्मक भन्दा नकरात्मक सवालमा बढी रुची देखाएको भएर होला, हामीले लेख्ने र बोल्ने गरेको प्रवृत्ति पत्रकारिताले समाजलाई सिकाएको पनि त्यही हो । आज जनमानसमा पत्रकार, पत्रकारिता भनेको नकरात्मक कुरा लेख्ने, बोल्ने पात्र हुन् र आमसञ्चार माध्यमहरु समाज सचेतनाको नाममा गलत कुरा मात्र औल्याउने र देखाउने थलो हुन् भन्ने परिसकेको छ ।
आज पत्रकारितामा टिकाउ, बिकाउ र सिकाउको अवस्था छ । भन्नको अर्थ आमसञ्चारमा पस्केको सामग्री कति बिक्छ, त्यो सामग्री पस्कने पात्र ‘पत्रकार’ कति समय सञ्चार माध्यममा टिक्छ र उसको कर्मबाट समाजले के सिक्छ भन्ने छ । हामी पत्रकार अरुलाई सिकाइ राखेका हुन्छौ । आफ्नो कर्मबाट स्वयम् आफै के सिक्छौ भन्ने पनि हो । समाजमा देखिने गलत प्रवृत्ति, विकृति विसंगती विरुद्धको आवाज भनेका छौ । त्यसो नभएर विसंगती निवारण अभ्यास भन्न जरुरी छ । कहिलेकाही समाजका हामी पत्रकार पात्रहरु समेत त्यहाँ हुन्छौ, भेटिन्छौ किनकी यही समाजका उत्पादन हौ ।
पत्रकारिता कर्म गर्दैमा दुधले नुहाएको अभिनय गर्नु, त्यस्तो पात्र हो भनेर दम्भ प्रकट हुनु, अन्तरमनको भ्रम पनि हुन सक्छ । पत्रकारिताले समाचार लेखेर धारो सम्म पानी आउँदैन, कु–प्रथा हट्दैन, विभेदको पूर्ण निरुपण हुँदैन । भ्रष्टाचार, अनियमितता घट्दैनन् तर अभ्यास आउने चेतनाको लागि गर्ने हो । नियमनकारी नभए पनि निगरानीको प्रयत्न गर्ने हो तर कहिलेकाँही हाम्रा कलमहरु विग्रह र विद्रोहका लिगमा उभिदै गर्दा, आलोचनात्मक चेत सहितको खबरदारी गर्दै गर्दा स्वयंम्पत्रकार र उसको पत्रकारितामा निजी वा समुहगत स्वार्थका बाछिटाहरु देखिन्छन् । त्यसमा केही राजनैतिक चिन्तन, प्रवृत्ति र आशयहरु समेत मिलावट हुन्छन् । जे गरिरहेका हुन्छौ वा गरेका छौ एक खालले लगाम विनाको काम गरिरहेका छौ । त्यो कलमको कमाल होईन, पात्र मनोवृत्तिको बबाल हो भनेर स्विकारेका छाैँ।