प्रतिक्रियात्मक हानिकारक खाना

सुरक्षित खानपान गरौ, कम्तीमा चार घण्टाको फरकमा खाजा खाना भरसक सात्विक, टुसा उमारेको पच्ने गेडागुडी हरियो सागपात फलफुल खाने गरौं । चिसो, जंक तयारी पोक वट्टे खाना नखाऔ । चिसो,नशा लाग्ने मद्यपान, धुम्रपान नगरौं । योग, ब्यायाम प्रणायाम विहान गर्ने गरौं । ताकी खाना पनि सस्तो सुलभ,पच्ने खालको होस् । रोग प्रतिरोधात्मक शक्ति बढाऔं ।

जीवनकुमार शाक्य
समाजमा असामयिक निधन भएको हामीले धेरै देखेका छौं । मेरो आफ्नै बुवा, मुमा पनि दीर्घ रोग लागेर धेरै समय सम्म औषधि खाएर पनि दुःख पाएर बित्नु भयो । नसर्ने, सर्ने रोग लागेर, मोटोपन बढी, पेट ठुला भएका, जोर्नी दुखाउने प्रौढहरु पनि धेरै देखिन्छ । खाना भनेको मान्छेको लागि गाडीमा हालिने डिजेल, पेटा्े«ल जस्तै हो, मिसावटी डिजेल, पेट्रोलले गाडी लामो समय सम्म नचल्ने हुन्छ वा गाडी बेला बेलामा बिग्रिने धोका दिने खालको हुन्छ । हामीले स्वास्थ्यको लागि खाना खाँदा पनि यहि कुराको ख्याल गर्नैपर्छ । ताकी स्वास्थ्य दीर्घकाल सम्म स्वस्थ कायम राख्न सकियोस् । खाना छिटो–छिटो नचपाइकन हतारले खानु भनेको नपच्ने, पखाला लाग्ने, पचाउन समय लाग्ने हुन सक्छ । खराब चिल्लो भएको तेल घ्युमा फ्राई गरेको खाना दुई वा दुई भन्दा बढी खानेकुराहरु एकै पटक धेरै खानु, समय नमिलाएर छिटो खानु वा रातीमा खान नहुने खाना खानु भनेको असुरक्षित खानपान शैली हो । यसले खाना आन्द्रामा सड्ने, कुहिने, ग्याँस बन्न, विषजन्य असर पार्ने तत्वहरु शरिरमा निस्कने जम्मा हुने लगायत पेट एक्कासी कडा दुख्ने, ज्वरो टाइफाइड, हैजा या अन्य कुनै रोग लाग्ने वा अप्रेशन नै गराउनु पर्ने एपेन्डिसाइटिस लगायत अन्य धेरै दीर्घ रोग लाग्ने अवस्था ल्याउँछ, ल्याईरहेको छ । असुरक्षित, बासी, सडे गलेको खाना खानु, खाना सँग फोहोर दुषित पानी खानु भनेको विषजन्य खाना खानु हो । जसले झाडापखाला, वान्ता गराउने ज्वरो आउने पनि गराउन सक्छ । साथै एकथरी खाना खाइसके पछि अर्कोथरि प्रतिकारात्मक खानै नहूने खाना खानु भनेको पनि हामी एक्कास्ीि बिरामी पर्ने, अकालमा मृत्यु वा धेरै थरि रोग निम्त्याउने पनि गरिराखेका छौं । यी सबै प्रतिक्रियात्मक शरिरको हानी गर्ने खानाबाट हामी बच्नु पर्छ ।

बढी नुन चिल्लो भएको, भुटेको, टारेको, घरिघरि तताएर खाएको खानेकुरामा भएको धेरै खराब चिल्लोले प्रोटिन पचाउने इन्जाइम, रसहरु निकाल्न कम गर्ने भएकोले आन्द्रामा धेरै समय रहने, सड्ने, शरिर जोगाउने झिल्ली नष्ट गर्ने, शरिरमा ट्रान्सफ्याट, कोलेष्टेरोल, खराब विषजन्य तत्वहरु जम्मा भई बढेर हर्टएट्याक, उच्च रक्तचाप, क्यान्सर, दिमागमा रगत नली जाम, व्रेन स्ट्रोक भएर, रगत नलि फुटेर पक्षघात हुने वा एक्कासी अकालमा मरण हुने समस्या देखि लिएर कलेजो बिग्रिने,जोर्नी दुख्ने, थाइराईड रोग, पत्थर पर्ने, प्रोस्टेट बढ्ने, मृगौला फेल हुने जस्ता सवै नसर्ने रोगहरु युवा अवस्था देखि लाग्ने भएर दीर्घकाल सम्म औषधि खाने, अपरेशनको लागि धेरै पैसा बर्बादद गर्ने गर्नुका साथै अकालमा मृत्युवरण निम्त्याउने सम्म हामी गरिरहेको छा्रंैं । धेरै चिल्लो र शरिर मोटोघाटो बनाउने प्रोटिन खाना एकै पटक धेरै थरिको, त्यसमा पनि घरिघरि तताएर खाने गर्दा राखिएका चिल्लो पदार्थ विषजन्य बढी हुने र पचाउन अवरोध गर्ने तत्वहरु धेरै हुने र शरिर जोगाउने भिटामिन र खनिज तत्वहरु कम गराउने भएकोले नखान भनिएको हो । अझ झन् कलेजो, फोक्सो मृगौला लगायत यौन हर्मोन निकाल्न अवरोध गर्ने मद्यपान, धुम्रपान जसले कलेजो, फोक्सो मृगौला बिगार्न सक्छ । सँगै खाएर रोग छिट्टै निम्त्याउने गरिराखेका छौं ।

यात्रा गर्दा र अरु समयमा बालबालिका सँगै हामीले केटाकेटी बालबालिका भुलाउन वा खुसी पार्न तयारी पोके बढी खराब चिल्लो, गुलियो, अजिनोमोटो राखेको ढिलो विषालु खानाहरु खाने खुवाउने गरिराखेका छौ । जसले माथि भनिएका सवै रोगहरुका साथै रोग प्रतिरोधक शक्ति घटाएर बिरामी बनाउने देखि लिएर अनावश्यक बढी मोटोघाटो, सेक्स हमोर्न असन्तुलन गराउनुका साथै कमी गराउने, बच्चालाई नियन्त्रण नै गर्न नसकिने स्वभाव वा बिर्सिने सम्झिने शक्ति कमजोर बनाएर पढ्नै नसक्ने बनाइरहेका छौ । साथै बिस्कुट, चकलेट, आइसक्रिम खुवाएर घाटी, मुख, दाँत कमजोर पार्ने, मुटुको रोग सम्म लाग्ने बनाइरहेका छौं ।

बच्चालाई बलियो स्वस्थ बनाउने नाममा भैसीको दुध, (गाईको दुध जति बढी ततायो, त्यति धेरै हानिकारक) अण्डा, जंकफुड, हर्लिक्स, वोर्नभिटा, चेवनप्रास पनि सँगै खुवाइरहेका छौ, हामीले पनि खाईरहेका छौं । यसले पाचन शक्ति, खाना दहन गर्ने क्रिया, शरिरको सिस्टम खलबलाउने, अनावश्यक बढि खराब विषजन्य तत्वहरुले माथि भनिएका नसर्ने रोगहरु निम्त्याउन सहयोग गरिरहेको हुन्छ । खाना, दाल, तरकारीहरु घरिघरि तताएर खान दिनु पनि असुरक्षित खाना हो । खाना पाकेको ३ घण्टा भित्र खाई सक्नुपर्छ । तताएको दुधमा चिनी राख्नुु झन शरिरको कोष, तन्तुहरु खराब गर्ने काम गर्न नसक्ने बनाउने हो । चाडवाडमा धेरै चिल्लो, धेरै पकाएको फ्राई गरेको माछा, मासु,अण्डा, गेडागुडीहरु एकै पटक खाने गर्नु एक दुई पटक र स्वस्थ योग गर्ने युवाहरुले सम्म पचाउन सक्ला । तर, प्रौढ अवस्थामा धेरै हानिकारक हुन्छ । रोग लागेकाहरुलाई त विषको काम गरेर चिकित्सककहाँ धाउनै पर्ने गराउँछ ।

दहि अमिलो विशेष गरि साँझमा या बेलुकीको खाना सँगै खान हुँदैन । जसले घाँटी दुख्ने, पिनाश बिग्रिने बनाउन सक्छ । दहिसँगै दुध वा चिया पनि खानु हँुदैन । दुध सँगै केरा र फलफुलहरु खानु पनि एकआपसमा प्रतिक्रिया भई छालाजन्य, रोग प्रतिरोध शक्ति घटाउने, वान्ता आउने, नशा तन्तुहरुको गति क्रिया बिगार्ने कार्य गर्दछ ।

दुध दहिसँग माछा, मासु नखानु राम्रो संस्कार हो । किनभने दुई वटै पचाउन १८,२० घण्टा लाग्ने आन्द्रा सड्ने गराउने, ग्यासँ र संक्रमण बढाउने खाना हुन् । दुध दहि सँग, नुनिलो, अमिलो खानेकुरा खानु एक आपसमा प्रतिक्रिया भएर शरिरलाई हानी नोक्सानी गर्छ ।
कालो चिया ग्रीन टीले मुटु रअन्य ठाउँको रगतको सानो नलीहरुमा जमेको वोसो कम गराउने काम गर्छ । तर दुध हालेर खायो भने त्यो काम गर्न नसक्ने हुन्छ । त्यस्तै चिया कूनै पनि सँग लसुन सेवन गर्नु हुदैन ।

गुलियो आपँ,कटहर सँगै तितेकरेला, हरियो खुर्सानी पनि खानु हुँदैन, एक्कासी स्वास्थ्य समस्या चर्को हुने वा छालाको रोगहरु पनि निम्तिन सक्छ । तताएको मह नखाने, मह र घ्यू बराबर मिसाएर खान नहुने, तातोपानी, चिया खाएर चिसो पानी खाँदा पनि पाचन शक्ति गडवड गर्ने, खाना दहन गर्ने क्रिया गडवडी हुन्छ । फलतः वान्ता आउने, पखाला लाग्ने आदि गराउन सक्छ । चिसो मौसमा चिसो खानेकुरा खानु र गर्मी मौसममा गर्मी खानेकुरा बढी खानु पनि शरिरलाई रोगी बनाउनु हो ।

त्यसैले सुरक्षित खानपान गरौ, कम्तीमा चार घण्टाको फरकमा खाजा खाना भरसक सात्विक, टुसा उमारेको पच्ने गेडागुडी हरियो सागपात फलफुल खाने गरौं । चिसो, जंक तयारी पोक वट्टे खाना नखाऔ । चिसो,नशा लाग्ने मद्यपान, धुम्रपान नगरौं । योग, ब्यायाम प्रणायाम विहान गर्ने गरौं । ताकी खाना पनि सस्तो सुलभ,पच्ने खालको होस् । रोग प्रतिरोधात्मक शक्ति बढाऔं । ताकी कोरोना लगायत अन्य दीर्घरोगहरु पनि कूनै नलागोस्, पहिले बेवास्ता गरेर पछि पैसा र श्रमको नाश नगरौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *