कुनै ठाउँमा ढुङ्गा माथि बसेर वा ठूलो ढुङ्गाले छेकिएर दिशा गर्थे । बाटामा हिँड्नेहरुले समेत नदेखे जस्तो गरेर खुरुखुरु हिँड्थे । स्कुले विद्यार्थीहरुले नजिकैको चौरमा वा खोल्सामा रुखले र ढिकले छेकिएर दिशा पिसाब गर्थे । वसपार्क र राम रमिता हुने ठाउँहमा सिधै दिसाका थुप्रा हुन्थे । मानिसहरुले शुभ कामका लागि हिँड्दा ‘गुहुँ’ देखेमा साइत पर्दछ भन्दथे । तराईको कुनै–कुनै समुदायमा अझै पनि ‘गुहुँ’ नदेखे साइत नपर्ने विश्वासले बच्चालाई बाटामा हगाएर नजिकैबाट हिँड्छन् ।
तुलसीराम पाण्डे
नेपालले स्वास्थ्यको क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । बाल मृत्यु र मातृ मृत्युदर घटेको छ । औसत आयु बढेको छ । २०४८ सालमा नेपालीको औसत आयु ५४ वर्ष थियो । मानिसहरु स्वस्थ र सरसफाइ प्रति सचेत बनेका छन् । घरमा र विद्यालयमा चर्पी बनेका छन् । नेपाल खुला दिशामुक्त राष्ट्र घोषणा भएको छ ।
कास्की जिल्ला पहिरो खुला दिशामुक्त जिल्ला घोषणा भयो । यो दक्षिण एशियाकै पहिलो खुला दिशामुक्त जिल्ला बनिसक्यो । नेपाल समेत सार्क राष्ट्रहरुमा पहिलो बन्यो । राज्यले सफाईमा गरेको लगानी, जनतामा जागेको स्वास्थ्य प्रतिको चेतना सामाजिक संस्थाहरुको समेत सहभागिताले यो कुरा संभव भएको हो । पहिलै केहि मानिसहरुले आफ्नो विवेकले र सोखले चर्पी बनाए पनि धेरैले सिको गर्दैनथे ।
घर नजिकैको उपयुक्त ठाउँमा खुला रुपमै दिशा गर्थे । २०५५ सालपछि मात्र राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढायो । शिक्षाको लगानीले पौढ शिक्षा चलाएर सबैलाई साक्षर बनाउने अभियान चल्यो । स्वास्थ्यको लगानी सफा खानेपानी, स्वास्थ्य, शिक्षा र शौचालयमा खर्च भयो । १८÷२० वर्षको मेहनतले नेपाल खुला दिशामुक्त घोषणा भएको हो । खुला दिशामुक्त हुनु भन्दा अघि र पछि फरक–फरक प्रभाव देखिएको छ । त्यसको केही जानकारी प्रस्तुत गर्दछु ।
पहिले मानिसहरुले बाटामा अध्यारोमै गएर दिशा गर्दथे । धेरैजसोले आँफ्नै बाँसघारीलाई चर्पी बनाउँथे । कुनै ठाउँमा ढुङ्गा माथि बसेर वा ठूलो ढुङ्गाले छेकिएर दिशा गर्थे । बाटामा हिँड्नेहरुले समेत नदेखे जस्तो गरेर खुरुखुरु हिँड्थे । स्कुले विद्यार्थीहरुले नजिकैको चौरमा वा खोल्सामा रुखले र ढिकले छेकिएर दिशा पिसाव गर्थे । बसपार्क र राम रमिता हुने ठाउँहरुमा सधै दिशाका थुप्राहरु हुन्थे । मानिसहरुले शुभ कामका लागि हिँड्दा ‘गुहुँ’ देखेमा साईत पर्दछ भन्दथे । तराईको कुनै कुनै समुदायमा अझै पनि ‘गुहुँ’ नदेखे साइत नपर्ने विश्वासले बच्चालाई बाटामा हगाएर नजिकैबाट हिँड्छन् ।
खुला ठाउँमा छरिएको दिशा पिसावको मलले गर्दा बाँस र सिस्नो फैलाउने, घाँस वेस्सरी पलाउने र रुखलाई समेत मलको काम गर्दथ्यो । गाई बस्तुहरुले बाटोमै चरेर अघाउँथे । महिलाहरुले अध्यारोमै गाग्री लिएर पँधेरोमा जाने उतै दिशा गर्ने र साझ पानी लिएर घरमा आउँथे । परम्परागत रुपमा सुँगुर पाल्ने वस्तीहरुमा ‘गुहुँ’ खान पाउने सुँगुरलाई अरु दाना दिन पर्दैनथ्यो । नपाउनेलाई मात्र सिस्नो र खोले पकाएर दाना दिन्थे । नयाँ मानिसले जगमा पानी लिएर हिँडेमा सुगुरहरु पछि लाग्दथे ।
नयाँ मानिसहरु रातमा र दिउँसो नचिनेको गाउँमा जाँदा ‘गुहुँ’को गन्ध आएमा बस्तीमा पुगेको अनुमान हुन्थ्यो । बाटोमा र खुला ठाउँमा छरिएको दिशा कुकुर, मुसा, कौवा र गाईले समेत खान्थे । त्यसैलाई लिएर केही उखान समेत बनेका छन् । हग्नेलाई भन्दा देख्नेलाई लाज । पाडो लाटो भएर दुध खान्छ, कौवा बाठो भएर गुहुँ खान्छ । धन्य १ कलियुग ‘गाई गए टट्टीमा बाहुन गए भट्टीमा ।’ केटाकेटीले समेत लडाई हार्ने र डराउने साथीलाई हगुवा, गुहे, छेरे, छेरुवा भन्दथे ।
प्रत्येक वर्ष कतै न कतै झाडापखाला र कुनै वर्ष हैजा समेत फैलिन्थ्यो । नयाँ बाली भित्राएर तत्कालै खाँदा बढी फोहोर देखिन्थ्यो । पचाउन गाह्रो हुनाले पेट दुख्ने र ग्याँस भरिने हुन्थ्यो । प्रभावले ‘मुला खाई बन पस, अदुवा खाइ सभा बस’ । ‘आयो पाद गयो पाद ,पादको के बात’ भनेर अरुलाई टुक्का सुनाउथे । तराई मुलका मानिसहरुमा एउटै ठाउँमा दिशा गरेमा मान्यजनको अपमान हुने अन्धविश्वास पाईन्छ । बनाएको चर्पी समेत प्रयोग नगर्ने पूजा गरेर उद्घाटन गरे पछि मात्र प्रयोग गर्दछन् । घाँस दाउरा गर्ने मानिसहरुले उतै दिशा गर्नु प¥यो भने घाँस वा पातले पुछेर घरमा आउँथे र पानीले धुन्थे ।
कुनै मान्छे छिटो हुर्केको र राम्रो जिउडाल भएमा ‘गुहुँको मुला’ जस्तो हुर्केछ भन्थे । कसैले बाटोको माझमा दिसा गरेमा त्यसैमा चिप्लेर घाइते हुन्थे । राती र झरी लागेको समयमा दिशा लागेमा कोपारा, टपरी र पातमा दिशा गर्ने र अर्काे दिन फाल्ने गर्दथे । राणाकालिन पुराना दरवारहरुमा समेत शौचालय हुँदैन्थ्यो । एक पटक सभा बसेको समयमा श्री ३ महाराजलाई पिसाव लागेछ । उनले नजिकै रहेकी आफ्नी सुसारेलाई सूची कोपारा ल्याउन पठाएछन् र पिसाब गरेछन् ।
नेपालमा बाटो, पुल बनाउन आएका चिनियाँहरुले ५० को दशकमा भुस्याहा कुकुरहरु खाएका थिए । त्यो थाहा पाउँदा यहाँका मानिसहरुले कम्युनिष्टहरुले कुकुर खान्छन् भन्दथे । पवर्तको ग्यादीमा एउटा विदेशी मानिसले दिशाबाट ग्याँस निकालेका थिए । आँफु छउन्जेल खाना पकाउने र वत्ती बाल्ने गरेछन् । गाउँलेलाई समेत प्रयोग गर्ने तरिका सिकाएछन् । ऊ गए पछि त्यहाँका मानिसहरुले संरक्षण नगरेर त्यत्तिकै बिग्रेछ ।
खुल्ला दिशामुक्त घोषणा भइसके पछि स्कुल र क्याम्पसका भवनको नक्सा बनाउँदानै ट्वाईलेट राखिन्छ । एट्याच सहितका होटल र घरहरु बनेका छन् । हुर्कदै गरेका बच्चाहरुले शौचालय, चर्पी, हल्गौडी, पाइखाना, आची जस्ता शब्दहरु बुझ्दैनन् । मल नभएको कारणले सिस्नो र घाँस पलाउन छोड्यो । बाँसका गाँजहरु ओइलाउन र मर्न थाले । बाटोमा प्लाष्टिकले ढाक्दै गएका छन् । बनमुसाहरु समेत घरमा अन्न खान आउँछन् । फोहोर गरेको कारणले केही गाउँमा धेरै कुकुरहरु मारियो । भारतमा ट्वाइलेट भन्ने सिनेमानै बन्यो । त्यसलाई राम्रो मानिएपछि ‘प्याड म्यान’ बन्यो । अहिले कसैको घरमा चर्पी प्रयोग नभएमा स्थानीय निकायले सरकारी सेवा रोक्न सक्छ । गुहुँ र मुतबाट अर्गानिक मल बन्छ । रासायानिक मल किन्ने, पैसा बच्ने । नेपालमा अर्गानिक खेतिबाट आत्मनिर्भर हुने शहरमा सामूहिक गोबर ग्याँस बनाउन सकिने जस्ता छलफलहरु चलेका छन् । चर्पी सहितका आधुनिक बस भित्रिएका छन् । कृषि बैज्ञानिक मदन राइले सरकारले आफुलाई कृषिको जिम्मा दिएमा नेपाललाई जैविक खेतीबाट आत्मनिर्भर गराउन सक्ने बताएका छन् ।