मेरो वेस्ट फ्रेन्ड

सविना परियार
जिवनमा बाबा आमा पछिको नाता सवै भन्दा प्यारो साथीको हुने गर्दछ हामीले कतिपय कुराहरु जो आफ्नो साथी संग भन्ने गर्दछौ । मुख्यतया साथी चार प्रकार का हुन्छन । हेलो साथी, चलो साथी, भलो साथी र जीवन साथी गरी चार भागमा विभाजित साथीको बर्गलाइ मानिसहरु आफ्नो ईच्छा अन्ुसार छनोट गर्ने गर्दछन् । जन्मने बेलामा आमा बाबाले आफ्नो सन्तानको लागि धेरै दुख कष्ट गरेर हुर्काउने साथमा बच्चाको तोते वोलि पनि उनीहरु सजिलै वुझ्ने गर्दछन । आफ्नो सन्तानको खुसीको लागि हर कदममा जस्तो सुकै अवस्थामा पनि उनीहरु खडा पर्दछन् । जब एउटा बच्चाले आफ्नो त्यो बाल्याबस्थामा आफ्नो आमालाई साथी जस्तै मानेर हरेक कुराहरु भन्ने गर्दछन ।

जब तिनी हरु हुर्किदै जान्छन नि तव आफु संङ खेल्ने अनि धेरै मिल्ने साथी खोज्न थाल्दछन् । अन्तर आत्माको भाषा बुझने भनेकै एउटा साथी हो जस्ले आफ्नो साथीको बारेमा हरेक कुरामा सहमत साथै सहि गलतको मार्गदर्शन गर्ने गर्छ । सफलतामा हासि दिने अनि आपत विपतमा साथ र सहयोगी हात फैलाउने निष्टपुर्वक आफुलाई साथीको बफदार हु भन्ने ठान्ने व्यक्ति नै सच्चा साथीको रुपमा मान्न सकिन्छ । जहाँ गएपनि जस्तो सुकै अवस्थामा पनि पाउन सकिने नाता भनेकै साथी हो । पहिलाका बुढापाकाहरुले भन्ने गर्थे आमा बाबा जहाँ गए पनि खोजेर पाउन सकिन्न तर साथी भाई भनेको जहाँ पनि पाउन सकिन्छ । हो आज मलाई पनि यहि उखानले राम्रो काम गरेको छ ।
म प्रत्येक क्षणमा सम्झने गर्दछु मेरो एउटा साथीलाई । उनी अलि लजालु अनि चन्चल छन् तर मलाइ धेरै माया गर्ने र मेरो मनको कुरा बुभ्mने छन् । फेरी बहकिन मन लाग्यो आफ्नै ति अतितका पलहरुमा अनि मेरो साथीको हरेक व्यवहार र आनिबानीमा । म सानै छदाँ मेरो आमा बित्नु भयो । मैले बाल्यावस्थामा नै आमा भन्ने शव्द गुमाइ सकेको थिए । आमाको मृत्यु पश्चात बाबाले अर्को विहे गर्नु भएन । ताकी म कहिल्यै पनि दोस्रो आमाको घृणाको पात्र बन्न नसकु । आमा बाबा दुवैको माया दिएर मलाई बाबाले आखाको नानीमा राख्नु भएको थियो । बाबाको धेरै माया पाएर पनि मलाई कता कता एक्लोपन भएको महुुसुस भएको थियो ।

आमाको झल्को मेट्नको लागि म एकान्त मा बस्ने गर्थे र आमाको वियोगान्तमा गित गाएर बस्ने गर्थे । मलाई मेरो बुबाले पढ्नको लागि स्कुल भर्ना गरिदिनु भयो । मलाइ सधै बाबाले स्कुल ल्याउने अनि छोड्ने गर्नु हुन्थ्यो । मैले पढ्ने कक्षामा मेरो एउटा साथी भेटियो । मलाई धेरै माया गर्ने अनि मेरो हरेक कुरामा साथ दिने । उ जहिले पनि मेरो साथमा खेल्ने गथ्र्यो ।. हामी कहिले साईकल रेस खेल्ने त कहिले लुकामारी खेल्ने गथ्र्यौ । हाम्रो मित्रताको डोरी निकै प्रगाढ बनेको थियो । म स्कुलमा कक्षामा एक्लै हुनु पर्यो । धेरै साथी भएर पनि मलाई उसकै साथको कमि भएको थियो । मलाई त्यो दिनमा निकै गाह्रो भएको थियो । मलाई पढ्नै मन लागेन । मेरो निराशपन देखेर शिक्षकले के भयो भन्दै बाबालाई बोलाईदिनु भयो । बाबा म पढ्ने स्कुलमा आउनु भयो । उहाँ निकै डराउनु भएको थियो । कतै मलाई केहि त भएन भन्दै रुन थाल्नु भयो । मैले भने बाबा मलाई केहि पनि भएको छैन । मेरो मिल्ने साथी नआएको कारण म निराश भएको हु । बाबा मलाई मेरो साथी कहाँ छ त्यही भए तर्फ लग्दिनुन्छु । साथी नभएको कारण पनि यसरी रुन्छन त । धत लाटा म त डराएको धेरै ।

अनि बाबाले मलाई मेरो साथीको घरमा लग्दीनु भयो । तर बिडम्बना उनीहरु यो सहर नै छोडेर अन्तै बस्ने गरि जान थाल्नु भएको रहेछ । मलाई देख्ने वितिकै मेरो साथी म भए तर्फ आएर अङ्कमाल गर्दै रुन थाल्यो । उसको बाबाले उसलाई धेरै टाडा लगेर राम्रो स्कुलमा पढाउने रे । उनी हरु सधैको लागि जाने रे यो कुराले मलाइ धेरै चिन्ता लाग्न थाल्यो । मैले उसको बाबा सङ अनुरोध गरे मलाई मेरो साथी देखि टाडा नबनाउनु न भनेर । उसको बाबाले भन्नु भयो ।यसको करियरको लागि मैले राम्रो बिद्यालयमा पढाउन खोजेको । अनि हामी केहि समय पछि त आई हाल्छौ नि । उहाँको कुरा सुनेर झन् रुन थाले अन्कल म मेरो साथी सङ टाडा भएर रहन सक्दिन पिलिज हामी लाई सँगै रहन दिनुहोस न । मेरो कुरालाई उसको बुबाले टेर्नु भएन र आफ्नो गन्तव्य तर्फ लाग्न थाले । उसको र मेरो हात निकै कसिलो तरिकाले कसिएको थियो । हामीलाई एकअर्कादेखि छुटन गाह्रो भइरहेको थियो । सायद त्यो दिन नै मेरो लागि कालो दिन थियो होला ।

उसको र मेरो सम्वन्धका तार हरु चुडिए जस्तो लाग्यो । म उ नहुदा एक्लै जस्तै भए । न त भोक लाग्थ्यो । न त निर्दा नै जीवन नै कता कता शुन्य लाग्न थाल्यो । मलाई उसको अभाव असहय हुन थाल्यो र म पनि उसको नयाँ ठेगाना तर्फ जाने भनेर बुबा सङ निकै अनुरोध गरे । मेरो हरेक कुरालाई मेरो बुबाले नाइ भन्न पनि कसरी सक्नु हुन्थ्यो र ।

बाबाले मलाइ पनि उ सङै लग्दिनु भयो । जव उस्ले मलाइ देख्यो उसको खुसीको सिमानै रहेन । मेरो साथी त्यो दिन सबै भन्दा धेरै खुसी भएको जस्तो लाग्यो । हाम्रो मित्रतालाई हामी दुवैको परिवारले स्कीकार्नु भयो । मैले पनि मेरो साथीको साथ र माया पाएको कारण कहिल्यै पनि आमाको याद आउन दिएन । साथीको जति बयान गरे पनि अपुग नै हुन्छ । म गलत बाटो मा हिड्न खोज्दा सहि बाटो मा हिड्न सिकाउने एक मात्र मेरो असल साथी हो । जीबनमा जो कोहीलाई पनि साथीको आवश्यकता पर्दछन् । त्यसैले साथीलाई सहि ठाउँमा प्रयोग गर्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *