सरोजराज पन्त
मगर भाषा अनुसार लमको अर्थ ठूलो लामा वा अग्लो र जुङको अर्थ पहाड, पर्वत हुन्छ । लमजुङको भौगोलिक संरचना अनुसार अग्ला ठूला पहाडले घेरिएको हुँदा यो जिल्लाको नामाकरण मगर भाषाबाटै भएको प्रष्ट हुन्छ । मगर भाषामा (दि)को अर्थ पानी हो, लमजुङ जिल्लामा बग्ने मस्र्याङ्दी, मादी, ङदी, पाउँदी, रुदी नामका नदीहरुले मगर जातिको बाहुल्यता रहेको स्पष्ट हुन्छ । लमजुङ जिल्लाको उत्तरी भागमा गुरुङ, घले र मगर जाति र दक्षिणी भागमा ब्राह्मण, क्षेत्री, दमै, कामी, सार्की, नेवार अल्पसंख्यक दुरा जातजातिहरु बसोबास गर्दै आएका छन् । लमजुङ जिल्ला ऐतिहासिक, पुरातात्विक, संस्कृति पर्यटन र धार्मिक स्थलका रुपमा प्रख्यात रहेको छ । शाहबंशी राजाहरु यशोवर्मा शाह, नरभुपाल शाह, द्रव्य शाहले शासन गरेको लमजुङ दरवार, पुरानो कोट, सिन्दुरे ढुंगा, जिताकोट, कुुन्छागढी, राईनासकोट, भुजुङ घले गाउँ इलमपोखरी आदिका कारण यो जिल्ला पर्यटकीय धार्मिक, सांस्कृतिक , धार्मिक पर्यटन, पर्यापर्यटन, एक्सपिडिसन, प्याराग्लाइडिङ, ¥याफ्टिङ, हनि हण्टिङ, बन्जी जम्पिङ, टे«किङ माउण्टेनिङ लगायतका प्रसस्त सम्भावनाहरु रहेका छन । भुजुङमा आदिम कालदेखि मानिसहरु वसोवास गर्दै आएको पाइन्छ । भुजुङलाई गुरुङ भाषामा फोजोनासा भनिन्छ । भुजुङमा रहेको मानववस्तीको पश्चिमतिर खुमेरुडाँडा र पूर्वमा उइजाडाँडाको विचमा रहेको छ । यी दुई डाँडाले जुँगाको आकार लिने र विचमा मानव वस्तीको भु–भाग भएकाले भु वा जमिन र जुँगा संश्लेषण भई त्यसको अप्रभंशबाट भुजुङ नाम रहेको पाइन्छ । भिरालो जमिन जहाँ लटरम्म लाईन मिलेका एकैनासका दुई तले ढुंगाले छाएका घरहरु रहेका छन् । घर वरीपरि फूलका रुखहरु, स–साना गोठ ढुंगाले छापेको बाटो झट्ट हेर्दा शहरकौ चौबाटोमा हराउने जस्ता भित्रि बाटोको संरचना तयार भएको छ ।
भुजुङ गाउँको पूर्वमा घनपोखरा पश्चिममा पसगाउँ उत्तरमा कास्कीको नार्माजुङ गाउँ, उत्तरमा लमजुङ हिमाल र दक्षिणमा घनपोखरा गाउँ रहेका छन् । यो गाउँको माथिल्लो भिरालो ठाउँमा मानव वस्ती र भिरालो रहेको छ । तल्लो मिदिम खोलाको किनारमा खेतीपातीका लागि खेत उर्वर जमिन रहेको छ । यहाँ समशितोष्ण र शितोष्ण लेकाली हावापानी पाइन्छ । यस गाउँमा त्रिभुवन विद्याश्रम, वालकन्या र कन्या प्रा.विहरु र बाल विकास केन्द्रबाट शिक्षा र एक स्वास्थ्य चौकी, खोपकेन्द्र, एक निजी मेडिकल महिला स्वास्थ्य स्वयमसेविकाबाट स्वास्थ्य सुविधा उपलब्ध गराउदै आएका छन् । सञ्चारमा कटुवाल प्रथा देखि आधुनिक इन्टरनेट, टेलिफोन, मोबाईल, इमेल, कुरियर सेवा, रेडियो, एफ.एम.सम्मको सुविधा रहेको छ । जिल्ला र केन्द्रबाट प्रकाशन हुने पत्रपत्रिका, एकदिन पछि प्राप्त हुने गरेको पाइन्छ । यहाँ वेसी शहरदेखि ३६ कि.मि.को दुरी रहेको कच्ची सडकको सुविधा रहेको छ । भिरालो चट्टानले भरिएको भू–संरचनाका कारण संचालन सहज रुपमा हुन सकेको छैन । हिउँदको समयमा साना बस, जिप, मोटरसाइलबाट यात्रा गर्न सक्ने अवस्था रहेपनि बर्षात्को समयमा यातायात संचालन गर्न कठिन हुने गरेको पाइन्छ । सौर्य उर्जा, सुधारिएको चुल्हो आदिबाट पनि यस गाउँका मानिसहरु लाभान्वित भएका छन् । खानेपानी सिंचाई तथा सरसफाई यस गाउँमा रहेका मिदिम खोला, नायसुखोला जुन उत्तर लमजुङबाट अविरल बगिरहेका छन् । यिनै खोलाबाट सबै घरधुरीमा खानेपानीका धाराहरु पुगेका छन् । गाउँको बेसीमा अवस्थित फाँटमा सिंचाई सुविधा उपलब्ध रहेको छ । पानीघट्टहरु संचालन गरेर सस्तो, सुलभ (मुल्यमा) ढंगले खाद्य सामग्री पिस्ने सुविधा रहेको छ । यस गाउँमा शौचालय , घर, बाटोमा विच्छाएका ढुंगाले गाउँको सरसफाईमा मद्दत पुगेको छ । चिसो स्थान भएकाले प्रदुषणको समस्या कम रहेको छ यद्यपि इन्धनको रुपमा दाउराको प्रयोग हुँदा धुँवा हुने, चिसो स्थान भएकाले घरको तला होँचो गराउने भएकोले धुवाँले गर्दा स्वास्थ्य समस्या देखिन्छ । ग्रामिण सडक अन्तर्गत कच्चीबाटो भएकाले धुलो उड्ने समस्या रहेको छ । कुखुरा, गाई, भैंसी, भेडा आदिको सही व्यवस्थापन गरेर गोठ नबनाइएकोले वातावरणीय समस्या रहेको पाइन्छ ।
गुरुङ , दमाई, कामी र सार्की जातिहरु रहेको गाउँमा वालीघरे प्रथा दमाईले बाजा बजाउन,े कामीले आरानको काम हातहतियार बनाउने, मर्मत गर्ने, सार्की जातिले जुत्ता बनाउने, मर्मत गर्ने परम्परा रहँदै आएता पनि हाल आएर सार्की जातिका मानिसले जुत्ता बनाउने पेशा छाड्दै आएका छन् । कामी जातिका मानिसले आरानको काम छाड्दै गई रहेका छन् । गाउँमा हली प्रथा नभएकोले हलो आफैँ जोत्ने गरेको पाइन्छ । यस गाउँका प्रमुख चाडपर्व, धर्म र सांस्कृतिक क्रियाकलापहरु हिन्दु, धर्म, संस्कृति र बौद्ध धर्म संस्कृति अनुसारका सांस्कृतिक क्रियाकलापहरु सञ्चालन हुने गरेका छन । यद्ययि केहीले क्रिश्चियन धर्म मान्ने गरेका छन । धार्मिक रुपमा कुनै झैझगडा नभए पनि छोईछिटो बार्ने प्रचलन रहेको छ । चाडपर्व मनाउँदा, विवाह, व्रतवन्ध जस्ता कार्यमा आफन्तलाई बोलाउने भोज भतेर गर्ने समयमा समेत छोईछिटो गर्ने चलन रहेको छ । महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् भनिए पनि समूदायमा महिला र पुरुषको हैसियत समान नरहेको तर क्षमता अनुसार काम गर्ने घरको मुलिको रुपमा महिलाको भूमिका पनि स्विकार गर्न सम्पत्ति माथि पुरुष र महिलाको समान अधिकार हुने धर्म पुत्र÷पुत्री राख्न पाउने भएका कारण लैङ्गिक विभेद बढी नभए पनि छोराको चाहना भएर छोरी बढी पाउने गरेको अवस्था छ ।
पुरानो संस्कार र लवाइखुवाईमा अहिले परिवर्तन आएको छ । पहिले कछाड, गुनिउ लगाउने चलन रहे पनि अहिले पुरुषले कोट पाईन्ट, सर्ट, जुत्ता, टोपी, घडी लगाउने र महिलाले लुङ्गि, टिसर्ट, पाइन्ट, कुर्था, सुरुवाल, घडी, लुर्का, टुकी, औंठी आदिसगँै बख्खु र ढोचा लगाउने चलन रहेको छ । यस समूदायमा वृद्ध, पाका, केटाकेटी सबैले गुरुङ भाषा राम्रोसँग बोल्न जाने पनि लेख्न भने सबै सदस्यहरुले जान्दैनन् । गुरुङ भाषाको लिपी नरहेको कारण लेख्न गाह्रो भएको पाइन्छ । गुरुङ संस्कृतिको जर्गेना गर्न वि.संं.२०६८ सालमा तत्कालीन गा.वि.स., आमा समूह, अन्नपूर्ण संरक्षण कोष, राष्ट्रिय संरक्षण कोषको आर्थिक प्राविधि सहयोग र स्थानीय जनसमूदायको पहलमा दुई तले घरमा संग्रहालय स्थापना गरिएको छ । गुरुङ संस्कृतिलाई जर्गेना गर्न, प्रचार प्रसार गर्न र पुराना सम्पदाको संरक्षण, प्रवद्र्धन गर्नका लागि गुरुङ संग्रहालयले सघाएको छ । यहाँ टुकी, ठेकाठेकी, पुन्द्रु (माछा मारेर राख्ने भाडो), ख्रु(भैंसीको सिङ्ग), हुक्का चिलिम, पेरा झ्याउरेमा भाडो केवा (तवेला), पुड्की(घ्यू राख्ने भाडो), पु (रक्सी राख्ने भाडो) , पिरिङ (सामान राख्ने भाडो), पेराङ्गो(मासु राख्ने भाडो), मदुस(मधुस), वाडा (रक्सी पार्ने भाडो), भारा(धान सुकाउने मान्द्रो) खाजा( जाँड राखेर पूजा गर्ने भाडो), घु (स्याखु, सेउ लगायत पूजा गर्ने भाँडाहरु) यस संग्रहालयमा राखिएको छ ।
आम्दानीका प्रमुख स्रोतहरुमा कृषिमा धान, मकै, कोदो, गहुँ, उवा, फापर, आलु ,अलैची, हलेदो, अदुवा, लसुन, प्याज, मरिच, टिमुर ,तोरी, रायो, बदाम, तील, नरिवल ,स्ुन्तला, केरा, आप, लिचि, च्याउ, मह, उखु, तरुल, चिया आदि रहेका छन् । पशुपालनमा गाई, गोरु, भैंसी, राँगो, बाख्रा, बोका, च्याङ्ग्रा, थुमा, घोडा, खच्चड, सुँगुर, बंगुर र दुधको लागि भैंसी, मासु र अण्डाको लागि कुखुरा, ऊन र मासुको लागि भेडा, च्याङ्ग्रा पाल्ने गरिएको छ । पशुपालनबाट आय आर्जन गर्न, कृषिका लागि मल प्राप्त गर्न भेडाको ऊन वा यस क्षेत्रमा अनिवार्य मानिएको बख्खु निर्माण गर्न दैनिक जीविको पार्जन गर्न र रोजगारका सृजना भएको छ । यहाँको जङ्गलमा उत्तिस, लौठसल्ला, रक्तचन्दन, कालिकाठ, चिलाउनी, कटुस, चाँप, फलेदो आदि रहेका छन् । लौठसल्ला, रक्तचन्दन आय आर्जनका लागि महत्वपूर्ण वनस्पतिहरु हुन् । यस्तै यहाँ डाँफे, मुनाल, सुगा, काला सेता बाँझ, कोक्ले, चराचुरुङ्गी पाइन्छन् । जुन पर्यटकीय गन्तव्यका लागि महत्वपूर्ण रहेका छन् । जङ्गली जनावरमा बाघ, भालु, चितुवा, मृग, घोरल, झारल, रातोबाँदर र लोपोन्मुख हिमचितुवा पनि यहाँको जंगलमा पाइन्छ । भुजुङ कुरिलो, टुसा, पाँचऔली, सतुवा, चिराइतो, जटामसी, यार्सागुम्बा, पिपल, वन लसुन, निरमसी, टिमुर, कुट्की, वायूजरी, सुनगाभा, गुजरगानो, तेजपत्ता, पाखनवेद, दालचिनी, कुरीलो, गुर्जी, सिलाजित, पदमचाल जस्ता जडिबुटीका लागि प्रख्यात रहेको छ ।
आम्दानीका लागि राइस मिल ,काठ उद्योग, तोरी पेल्ने मिल, कुखुरा फर्म , मोवाइल पसल ,ओषधी पसल, किराना पसलहरु टोलटोलमा, मासु पसल, कपडा फेन्सी पसल, तुइन आदि रहेका छन् । सडक विस्तारसगँै सामान ढुवानी आवत जावतमा क्रमशः सुधार हुँदै आएको छ । खेतीपाती, पशुपालन भेडीगोठबाट आम्दानी गर्न सहज बन्दै गएको छ । स्वरोजगार र आत्मनिर्भर बन्न सहज भएको छ, । होमस्टे, तुइन, कृषि, पशुपालन, कुखुरापालन, मौरीपालन, ब्यूटी पार्लर आदीबाट रोजगार, आत्मनिर्भर बन्न र व्यवस्थापनमा सहज भएको छ । विद्युत खानेपानीको उपलब्धताले जीवनस्तरमा सहज पहुँच बन्दै गएको छ । लैङ्गिक समानता, श्रम विभाजन निर्णयकारी भूमिकामा परिवर्तन हुँदै आएको छ । यस्तै चिया उद्योग संचालन गरिने सम्भावना रहेको छ । भुजुङमा स–साना हस्तकलाका सामग्रीहरु राडीपाखी, बख्खु, डोका, नाम्ला(चकटी) वेतको लौरो आदिबाट आय आर्जन गर्न सकिन्छ । होमस्टे संचालन, स्वरोजगार, संस्कृतिको जर्गेना गर्न र युवा आकर्षण गर्न , गुरुङ संग्रहालयले संस्कृतिको जर्गेना, ऐतिहासिक वस्तुहरुको प्रचार प्रसार संरक्षण, प्रवद्र्धन गर्न सकिने, मेला पर्व महोत्सव संचालन गरी आय आर्जनमा वृद्धि गर्न सकिन्छ । स्थानीय वातावरण वन पैदावार वातावरणीय सन्तुलन कायम गरी पर्यावरण, सस्तो सुलभ ढंगले वस्तु प्राप्त गर्न सकिन्छ । मनमोहक दृश्य अवलोकन गर्न ,परम्परागत गुरुङ रहन सहन संस्कृति घाटु, कृष्ण चरित्र, सेर्का नाच, असारे रोपाइ आदि मार्फत् विकास गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेका छन् । लमजुङ हिमाल लगायत अन्य स्थानमा माउण्टिङ, वोटिङ, प्याराग्लाइडिङका कार्यक्रमहरु संचालन गर्न सकिन र स्थानीय जडिबुटीहरुको समुचित प्रयोग गरी औषधीमा आत्मनिर्भर बन्न सक्ने र वैदेशीक मुद्रा आर्जन गर्न सक्ने प्रवल सम्भावना रहेका छन् । युवा सशक्तीकरण, रोजगार सिर्जना, आय आर्जनमा वृद्धि गर्न , संस्कृतिको प्रचार प्रसार गर्न, स्वावलम्बी भएर देशको सेवामा लाग्न सकिने भुजुङ आज विश्वका विभिन्न राष्ट्रका पर्यटकहरुको गन्तव्य स्थल बन्न पुगेको छ । हरियो डाँडाको वीचमा अहिले डलरको खेती प्रारम्भ भैसकेको छ र सयौँ मानिसहरुले रोजगार प्राप्त गरिरहेका छन् । चुलो चौकामा सिमित महिलाहरु आज आय आर्जन गर्न समूह क्लवका कार्यक्रमहरुमा व्यस्त रहेका छन् ।
अब बागलुङले भुजुङबाट मिहेनत, परिश्रम गर्न र एकतामा बाँधिएर काम गर्न, मगर संस्कृति, नेवार संस्कृति, भेषभूषा, रहनसहन, भाषाको सम्बद्र्धन र प्रवद्र्धन गर्नका लागि संग्रहालय स्थापना गर्न, रोजगार सिर्जना गरी युवा शक्तिलाई आकर्षण गर्न सिक्नु पर्दछ । बागलुङका भकुण्डे,मालिका, ढोरपाटन, विउँ, पञ्चासे, भैरबस्थान, घुम्टेको लेक, पर्वतको चित्रे, गुप्तेश्वर गुफा, सेतीबेनी सिला, म्याग्दीका गलेश्वर, नागी, मोहरेडाँडा, तातोपानी, मुस्ताङको लोमाङथान, मुक्तिनाथ,कागबेनी, लेते,घासा, मार्फा, टुकुचे लगायतका क्षेत्रलाई जोडेर पर्यापर्यटनको गन्तव्य बनाई १५ दिनको पर्यटकीय गन्तव्यको क्षेत्रका रुपमा विकास गर्न सकिन्छ । बागलुङ, पर्वत, म्याग्दीका भिराला जमिनमा चिया, भुइस्याउ खेती गरी आय आर्जन गर्न र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । चिया, जडिबुटी, कृषि उत्पादनलाई व्यावसायीकरण गर्न, ¥याफ्टीङ, बोटिङ, प्याराग्लाइडिङ, माउण्टिङको माध्यमबाट प्रशस्त आम्दानी गर्न सकिने भएकोले योजना बनाएर लाग्नु पर्ने देखिन्छ । नेपाली कागजबाट रोजगार र स्थानीय आवश्यकता पूर्ति गर्न र होमस्टे संचालन गरी स्थानीय उत्पादनमा वृद्धि गरी रोजगार सिर्जना गर्न अर्थोपार्जन गर्न, संस्कृतिको आदान प्रदान गर्न सकिने प्रवल सम्भावना रहेको छ । मौरीपालन, बाख्रा, कुखुरा, फूल उत्पादन आलु, आँप, भुइकटर कृषिलाई आकर्षित गर्न र प्रतिस्पर्धाको विकास गर्न , अविरल बहने काठेखोला, मोदीखोला, कालीगण्डकी, दरम खोला, उत्तरगंगा नदी आदिको पानी प्रयोग गरी विद्युत उत्पादन गर्न, सिंचाई गर्न , उद्योगधन्दा संचालन गर्न सकिने प्रवल सम्भावना रहेको छ ।
पर्यापर्यटन कृषि, खानी, जडिबुटी, स्याउ, सुन, शालिग्राम, स्लेट ढुंगा, चुनढुंगाको उत्पादन गर्न सकिन्छ । कोरला नाका प्रयोग गरी दैनिक जीवनलाई सरल, सहज बनाउन र सर्वसुलभ ढंगले वस्तु तथा सेवाको आदान प्रदान गर्न र मुस्ताङको थाकखोलामा रहेको नुनखानी संचालन गरी सर्वसुलभ नुनको आपूर्ति गर्न सकिन्छ । पर्यटन विकास र जनताको सुविधा लागि बलेवा र ढोरपाटनमा भएका बिमानस्थलहरु तुरुन्त संचालन गरी आन्तरीक र बाह्य पर्यटक भित्राउन सकिन्छ । धौलागिरि बहुमुखी क्याम्पसको स्तरोन्नति गरी यस क्षेत्रमा नमुना विश्व बिद्यालय बनाउँन कृषि, पर्यटन, फार्मेसी, वन विज्ञान, वाणिज्य लगायत अनुसन्धान क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न र राम्रो शैक्षिक गन्तब्यको रुपमा विकासगर्न सकिन्छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र घरदैलोमा सेवा पु¥याउन धौलागिरि अंचल अस्पताल बागलुङमा ट्रमा सेन्टर, आइ.सि.यू.सेवा, एडभान्स ल्यावमा योग्य जनशक्ति ल्याउनु पर्ने देखिन्छ । यातायातमा कोरलादेखि गुणस्तरीय सडक संचालन र दिगो विकासमा जोड दिँदै आत्मनिर्भर बन्ने रणनिति बनाएर कार्यान्वयन गर्न विश्वासिलो र परिणाममुखी काम, उत्पादनमा जोड्ने र रोजगारमुलक बनाउने तर्फ बिशेष ध्यान दिनसके स्थानीय उत्पादनमा हुक्का नली, बुट्टे नली, बासको काइयो, खुकुरी, तामा, फलामका भाडाकुडा एवम् हात हतियारको उत्पादन प्रचार प्रसार गरी आत्मनिर्भर बन्न सकिन्छ । विकासमा जनसहभागिता बढाई आफ्नो काम आफैं गर्ने अभ्यास तर्फ सबैलाई अभ्यस्त बनाउन र यस क्षेत्रमा व्याप्त समस्या समाधान गर्न आमा शिक्षा कार्यक्रम, घरदैलो कार्यक्रम, शिशु स्वास्थ्य कार्यक्रम, स्वास्थ्य विमा कार्यक्रम, युवा रोजगार कार्यक्रम, युवा सहुलियत कार्यक्रम, कृषिमा राज्यको पूर्ण लगानी र उत्पादनको आधारमा कर लिने व्यवस्था, सस्तो व्याजदरमा राज्यले उत्पादन क्षेत्रमा युवा केन्द्रित लगानी गर्न सकेको खण्डमा गुणस्तरीय जीवनका लागि शिक्षा, शिक्षाका लागि सचेतना र बचत कार्यक्रमहरु संचालन गरी बचत र लगानी तर्फ आकर्षण बढाएर कार्यक्रम संचालन गर्न सकिन्छ ।
मानव जीवन परिवर्तनशील छ । यहीँ परिवर्तनशील मानविय प्रवृत्तिका कारण मानिसले आफूले विकास गरेका नविन प्रविधि, खोज आविष्कारबाट आज जीवनलाई सरल, सहज, आरमदायी बनाउँदै आएको छ । मानव उदवकासको प्रारम्भिक कालदेखि वर्तमान प्रतिस्पर्धी वैज्ञानिक युुगमा आइपुग्दा मानिसले आफ्नो संस्कृतिमा क्रमशःसुधार र परिवर्तन गर्दै आएको छ । बाँच्नको लागि संघर्ष गर्दै आज प्रकृति माथि विजय प्राप्त गर्ने क्रममा रहेको हाम्रो संस्कृति, रहनसहन, परम्परा विश्वव्यापी भइ सकेपछि यसैको फलस्वरुप विश्वका कुनै पनि भू–भागमा, कुनाकन्दरामा रहेको संस्कृति प्रचार प्रसार हुँदै आएको छ । लमजुङको भुजुङमा रहेको संस्कृति आज आन्तरिक र बाह्य पर्यटकका कारण र विद्यमान संचारका विविध माध्यमहरु र गुरुङ संस्कृति, रहनसहन, भाषा, नृत्य, कला, संगितका कारण होमस्टे विश्व सामु परिचित हुँदै गएको छ । प्राकृतिक स्रोत साधन जनशक्ति व्यवस्थापनसँगै राजश्व संकलन गरी पूँजीको समुचित प्रयोग तत्कालिन, अल्पकालीन , मध्यकालीन र दीर्घकालीन योजना बनाएर राम्रो प्रयोग र कार्यान्वयन गर्न सकेको खण्डमा बागलुङमा पर्यटकीय, धार्मिक, सांस्कृतिक,आर्थिक विकास गरी आत्मनिर्भर, स्वरोजगार बन्न सकिन्छ । नेपालले के दियो मलाई भन्न छाडिदेउ, नेपाललाई के दिए मैले भन्न थालि देऊ भन्ने गीतलाई आत्मसाथ गरी सबै नेपालीले आफ्नो कर्तव्य पूरा गरेर मात्र अधिकार खोज्न आजैबाट लाग्न सकेको खण्डमा नेपाल अवश्य छिट्टै विकासशिल राष्ट्रको दाजोमा पुग्नेछ । भुजुङको भौगोलिक विकटता भित्र देखिएका विभिन्न सम्भावनाबाट पाठ सिकेर बागलुङमा पनि पर्यापर्यटन, विद्युत, रोपवे, जडिबुटि व्यवस्थापन, स्थानीय संस्कृतिको प्रयोग गरी बढ्दो वेरोजगारी समस्या, विदेश पलायन, रोग, शोक र भोकको अन्त्य गर्न अब सबै सचेत हुनुपर्छ । जाति, पाटी, साथी, तेरो मेरो भन्ने भावनाको अन्त्य गरी असम्भवलाई सम्भव बनाउन, सरकार, जनता र निजी क्षेत्रको आपसी समन्वयबाट अबको विकास सम्भव हुने भएकोले देशको मुहार फेर्न सबैले आ–आफ्नो क्षेत्रबाट हातेमालो गर्दै जाउँ र देशलाई परनिर्भरताबाट बचाउँ ।
https://www.aadarshasanchar.com/opinions/2020/07/27/11408/