राष्ट्र निर्माणमा युवा परिचालनको अपरिहार्यता

शुभेच्छा पन्त

युवाशक्तिबाट समाजमा सकरात्मक र नकरात्मक असर पनि परेको छ । उनीहरु पनि विकृति र विसङ्गतिको शिकार भएका छन् । युवावर्ग अहिले आफ्नो देशको संस्कृति विर्सिएर छाडापन, चेलिबेटी बेचविखन, दुव्यर्सनी, लागु पदार्थ, हत्याहिंसा चोरी जस्ता समाजलाई असर पर्ने गतिविधिमा पनि लागेको पाईन्छ । नेपालका युवाहरुले रोजगार पनि नपाएको अवस्था छ । त्यस कारण पढे लेखेका यूवाहरु पनि खाडीमा गएर आफ्नो पसिना बगाउन बाध्य भएका छन् ।

समय परिवर्तनशिल र गतिशिल छ । परिवर्तनशिल र गतिशिल समयलाई पछ्याउन नसके मानिसको अस्तित्व रहन सक्दैन । मानिसको दैनिक जीवन यापनका लागि समयको पहिचान अनिवार्य हुन्छ किनकी समय खोला जस्तै बगिरहन्छ । यसैगरी उमेर अनुसार मानिसको दायित्व, कर्तव्य र भूमिका पनि फरक– फरक हुन्छ । हाम्रो भूमिका बालपनमा छुट्टै हुन्छ र युवा अवस्थामा सम्पूर्ण राष्ट्र निर्माणको जिम्मा युवाहरुमा नै हुन्छ । युवा देशका कर्णाधार र मेरुदण्ड भएकाले समय सँगसँगै देशको धार्मिक, सामाजिक, साँस्कृतिक, आर्थिक, राजनीतिक क्षेत्रको परिवर्तन युवाको हातमा हुन्छ । उनीहरुको भुमिकाले देशमा सकरात्मक र नकरात्मक असर पार्दछ । हामीले नकरात्मक क्रियाकलापलाई बढ्न नदिनु र सकरात्मक क्रियाकलापका साथ सही मार्गमा हिँड्नु र हिँड्न सघाउनु नै युवाको भूमिका हो ।

सामान्यतया अठार वर्षदेखि चालिस वर्ष सम्मका मानिसलाई युवा भनिन्छ । युवा शक्ति भनेको कुनै पनि राष्ट्रको जल्दोबल्दो शक्ति जुन आफ्नै खुट्टामा उभिन सक्छन् । युवाहरु समझदार र सहनशिल हुन्छन् । विभिन्न संघ संस्था र ब्यक्तिहरुले युवाको परिभाषाका लागि आ–आफ्नै आधार बनाएका छन् । बलिदान, त्याग, नवनिर्माणको भावना भएका युवाहरू राष्ट्रको शक्ति हुन् । सामाजिक रुपान्तरणको अभियानमा युवा वर्गले धेरै भूमिका निर्वाह गरेका हुन्छन् । नेपालको सन्दर्भमा हेर्ने हो भने राष्ट्रको प्रगति, शान्ति, सुरक्षा, विकासका लागि युवाको मुख्य भूमिका रहेको देखिन्छ । नेपालमा युवाहरुले नै राष्ट्रलाई अन्धकारमा पारेको राणा शासन हटाएका थिए । राणा शासनको अन्त्य गरी जनतालाई सर्वाधिकार प्रदान गर्न जीवन दिने युवाहरु दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ आदिको भूमिका अविस्मरणीय छ । २००७, ०४७, २०६२–२०६३ मा पनि युवाहरुले रगत बगाएर देशमा निरङ्कुश शासन तथा राजतन्त्र हटाई, लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था कायम गरेका छन् । तसर्थ युवाहरु सक्रिय भएर अगाडी बढ्ने हो भने देश विकास कठिन हुँदैन । राष्ट्रले पनि युवा शक्तिको सदुपयोग गर्नुपर्छ अनि मात्र देशको उज्वल भविष्य देख्न सकिन्छ । युवाहरुको निः स्वार्थपूर्ण भावनाबाट देशमा ठूलो परिवर्तन गर्न सकिन्छ । समाजमा बस्ने मानिसहरुलाई आवश्यक पर्ने विकासका पूर्वाधार जस्तै शिक्षा, स्वास्थ्य, सडक, विजुली, खानेपानी आदि मानव जीवनका अपरिहार्य बस्तु हुुन यिनीहरुको विकास नभए सम्म व्यक्तिको विकास हुन सक्दैन भने कुनै पनि समाजको मुहार फेरिन सक्दैन । त्यसैले समाजको विकास निर्माणमा यूवाहरुको अहम भूमिका रहन्छ । यूवाको दक्षता, क्षमता, चाहना सबैलाई एकिकृत गरी विकासमा लगाउन सकेमा अवश्य पनि पहाड पनि वेशी हुन सक्दछ । समस्याको पहाड पनि अवसरको खानी बन्न सक्दछ । यूवालाई जोश, जाँगर विकासमा लगाएर अगाडी बढ्न उत्पे्ररित गर्ने कार्य राज्य सरकारले गरोस् वा नगरोस् तर यूवा जमात यो राष्ट्र निर्माणको मूल प्रवाहमा मेरो पनि दायित्व छ भनि अग्रसर हुन आवश्यक छ ।

समाज विकासको काल खण्डलाई हेर्दा विभिन्न मानिसको निस्वार्थ त्याग बलिदान, सेवा आदि छर्लङ्ग देखिन्छन् । यूवाहरुले समाज र राष्ट्रको मुहार फेरेका उदाहरण हामीसँग प्रशस्त छन् । विश्वको सन्दर्भमा हेर्दा मार्टिन लुथर किङ जसको भूमिकाको कारण काला र गोरा मानिस बीचको अत्याचार अन्त्य भयो । मडर तेरेसा, महात्मा गान्धी, नेल्सन मण्डेला, मेडम क्युरी, महाविर पुन, अनुराधा कोइराला, पुष्पा बस्नेत आदि व्यक्तित्वको समाज विकासमा अतुलनिय योगदान रहेको छ । मानिसको जीवनमा गर्भदेखि चितासम्म आइपर्ने सम्पूर्ण समस्याहरु समाधान गर्न, प्राकृतिक प्रकोप जस्तै आगलागी, भूकम्प, बाढी, पहिरोदेखि मानव निर्मित समस्याहरुको समाधानमा समेत यूवावर्गको अतुलनिय भूमिका रहेको छ । यूवाहरुलाई गुणस्तरीय शिक्षाको आवश्यकता हुन्छ । मानव जीवनलाई सही मार्गमा लैजानुमा स्तरिय ब्यवहारिक र गुणस्तरिय शिक्षाको महत्व हुन्छ । शिक्षालाई जनताको पहुँचमा पु¥याएर उनीहरुको आवश्यकता बुझेर राष्ट्रमा गरिबी र निरक्षरता उन्मूलनका लागि पनि शिक्षाको आवश्यकता पर्दछ । शिक्षाले जनताहरुलाई आफ्नो कर्तव्य र दायित्वमा सचेत बनाई राष्ट्रिय विकासमा टेवा पु¥याँउछ । शिक्षालाई आत्मसाथ गर्न सकेमा मात्र आजका बालक भोलीका आदर्श नागरिक बन्न सक्दछन् । २१ आँै शताब्दीमा शिक्षा विहिन मानिसको केहि महत्व हँुदैन । शिक्षाले नै गर्दा मानिस अन्धकार युगदेखि यहाँसम्म आएका छौँ । त्यसकारण राष्ट्र निर्माणमा यूवा शक्तिसँगै शिक्षाको पनि धेरै आवश्यक छ । शिक्षा विनाको यूवाले आफ्नो शक्ति कसरी, कहाँ, किन प्रयोग गर्नुपर्छ भने कुरा थाहा हुँदैन । राष्ट्र निर्माण गर्न शिक्षित यूवा अगाडी बढ्नु पर्छ । युवा देशका महत्वपूर्ण अङ्ग हुन् । उनीहरुले नै देशलाई उज्ज्वल बनाउने काम गर्छन् । उनीहरु विना देश चल्न सक्दैन । बालकहरु परिपक्व हँुदैनन् भने बुढाहरुमा जाँगर हुँदैन । युवाहरुले परिवारदेखि राष्ट्र सम्मको दायित्व बोकेका हुन्छन् । देश निर्माण र समाज परिवर्तनका निम्ती युवाहरुको ठूलो दायित्व रहेको हुन्छ । यसर्थ उनीहरु देश परिवर्तनका सम्वाहक हुन् ।
युवा शक्तिबाट समाजमा सकरात्मक र नकरात्मक असर पनि परेको छ । उनीहरु पनि विकृति र विसङ्गतिको शिकार भएका छन् । यूवा वर्गहरु अहिले आफ्नो देशको सँस्कृति विर्सिएर छाडापन, चेलिबेटी बेचविखन, दुव्यर्सनी लागु पदार्थ, हत्या हिंसा चोरी जस्ता समाजलाई असर पर्ने गतिविधिमा पनि लागेको पाईन्छ । नेपालका यूवाहरुले रोजगार पनि नपाएको अवस्था छ । त्यसकारण पढे लेखेका यूवाहरु पनि खाडीमा गएर आफ्नो पसिना बगाउन बाध्य भएका छन् । आफ्नो रोजगारका लागि उनीहरु आफैँ देशलाई सुधार्ने र देशलाई विकासको बाटोमा लम्काउन पर्छ । इतिहासका विभिन्न कठिन क्षणमा संघर्ष गरेर आफ्नो ज्यान बलिदा नदिन पनि तयार बनेका राष्ट्र निर्माणको अभियानमा लागेका शक्ति, जोश, जाँगर, क्षमताका धनी नेपाली युवाहरूले आज रोजगारी नपाएर पीडासँगै विदेशको भूमिमा बाच्न विवश भएका छन् । नेपालबाट प्रत्येक बर्ष करिब ४ लाख ५० हजार युवावर्गहरु श्रमको लागि विदेश पलायन हुन्छन् । श्रम मन्त्रालयको तथ्यांक अनुसार प्रत्येक दिन बैदेशिक रोजगारका लागि करिव १५०० युवाहरु बिदेसिन्छन् । मुटु माथी ढुंगा राखेर भन्नुपर्छ, नेपाली युवाको प्रत्येक दिन ७–१५ वटा रातो बाकसमा शव भित्रिन्छन् । ८० लाख युवायुवती विदेशी भूमिमा श्रम बेच्न बाध्य भएका छन भने शिक्षित युवाहरु अहिले बेरोजगार छन् ।

अहिले देशमा गुञ्जिरहेको राजनीतिक समस्यालाई सुधार्ने वा यसलाई मिलाएर राजनीतिलाई फरक किसिमले अगाडी बढाउनु नै युवाको कर्तव्य हो । युवाले नयाँ–नयाँ खोज र सकारात्मक सोच गरी नयाँ किसिमले अगाडी बढ्नु आजको आवश्यकता हो । राष्ट्र निर्माणको मूल यात्रा युवाबाट नै चल्नु पर्छ । त्यसले युवावर्गले निःस्वार्थ भावना र चाहनालाई मनन गर्दै देशमा ठूलो परिवर्तन निम्त्याउन सक्छौँ । यस्तै विज्ञान र प्रविधिको युगका कारण विश्वमा परिवर्तन आएता पनि त्यो केवल युवाहरुको जोश जाँगरले मात्र सम्भव भएको हो । युवा शक्तिको प्रयोग गरी देश निर्माण गर्नु नै उज्ज्वल भविष्यको सुनिश्चित गर्नु हो । युवाहरुले आगो बाल्न पनि सक्दछन् र आगो ओकल्न पनि सक्दछन् । उनीहरुको काँधमा नै देश अडिएको हुन्छ । विकासको लागि मात्र नभई देशलाई सुधार्न पनि युवा वर्ग र शिक्षाको धेरै आवश्यक पर्छ । त्यसकारण राष्ट्र निर्माणका लागि शिक्षित युवा हातमा हात काँधमा काँध गरेर देशभर शिक्षाको उज्यालो ज्योति फैलाउनुका साथै नकारात्मक सोच विकृति वसंगति अन्त्य गर्नुपर्छ । राष्ट्र निर्माणमा ‘एकले थुकी सुकी, सयले थुकी नदी ’ भने जसरी अगाडी बढ्नु र राज्यका आधारभूत कर्तव्यको पालना गर्नुनै युवाको मुख्य भूमिका हो । आज विश्व नै कोरोनाले थलिएको बेला, नेपाल पनि जटिल परिस्थितिको सामना गर्दै अगाडी बढेको छ । नेपालीहरु आज पनि विकासका सपना बुनेर समृद्धिको बाटो कुरेर बस्न विवश छन् । अथाह स्रोतसाधन हुँदाहुँदै पनि हाम्रो समृद्धिको सपना पूरा हुन सकेका छैन । युवाका जोश, जाँगर, उत्साह, सिर्जनशिलता, सोच र विचारको कदर हुन सके मात्र हामीले परिकल्पना गरेको सम्बृद्ध राष्ट्र निर्माण हुन्छ । संसार परिवर्तन गर्न चाहनेले सुरुवात पहिले आफैँबाट गर्नुपर्छ । समाजले आजका युवाबाट धेरै अपेक्षा गरेको छ यद्यपी समयमा सही मार्ग निर्देशन हुन नसक्दा अहिले युवा परिचालन गरी विकास निर्माण कार्य अगाडी बढ्न सकेका छैनन् । त्यसैले युवा बिदेसिनु र रेमिट्यान्स भित्राउनुलाई गौरव मान्ने मानसिकता तोड्नु पर्दछ । नेपाललाई के दिन सक्छु भन्ने नविन सोच र चिन्तन गरी आफूले सक्ने कामबाट समाज परिवर्तन गर्न तर्फ सिर्जनशिल, लगनशील, कर्तव्यनिष्ट भएर अगाडी बढ्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *