क्रोध, अचेतन मन, स्वास्थ्य र योग

जिवन शाक्य
न्यायसंगत सामाजिक उत्पादन र वितरणका कार्य ब्यवस्थापन गर्ने गराउन नियम कानुन अनुशासन पनि अनिवार्य बनाउनु जरुरी छ । यस्तो गर्न सक्यौं भने मात्र क्रोध, रिस लगायत अन्य मानविय अवगुण वा कमजोरीहरु उठ्नु अघि सचेत हुने, थाहा पाउने र यसवाट हुने मानविय, आर्थिक क्षति, रोगभोग, भ्रष्टाचार, ब्यभिचार आदिवाट बचेर सिर्जनात्मक, सकारात्मक उत्पादनमूलक जीवनको उत्थान, प्रगति गर्न सकिन्छ जस्तो लाग्छ ।

भगवान गौतम बुद्व भन्नु हुन्छ–‘मान्छेको सबै भन्दा ठुलो शत्रु ऊ आँफै हो र मित्र पनि ऊ आँफै हो । मान्छेको आप्mनो सुख,दुःखको लेखक ऊ आँफै हो ।’ क्रोध मान्छेको सबभन्दा कमजोरीहरु मध्ये मुख्य शत्रु हो । कसैकसैले यसलाई शक्तिको रुपमा लिन्छन् । यो शक्ति पनि हो तब मात्र जब यसलाई मान्छेले थाहा पाउँछन्, सचेत रुपमा प्रयोग गर्न गर्छन् । अधिकांश ब्यक्तिहरुले क्रोध उठेको थाहानै पाउँदैनन् । थाहा पाए पनि नियन्त्रणमा राख्न सक्दैनन् । फलस्वरुप आप्नै बुवा, आमा पत्नी पति दाजुभाई साथीभाई छिमेकी, अरु मान्छेहरु सवै एकले अर्काेसँग झगडा गर्ने, मर्ने मार्ने, पित्ने, हत्या गर्ने, जस्ता अनेकौ घटना भएर परिवार, समाज, राज्य अशान्त बिकृत बनाउने कार्य गरिराखेका पाउछौं । यसको प्रतिक्रिया स्वरुप दोस्रो, तेस्रो ब्यक्तिहरुले पनि बदलामा यस्तै कार्यहरु गरिरहेको देखिन्छ । क्रोधको रुप एकदम ठूलो हुन्छ । यसले ठुला–ठुला बिरोधका प्रर्दशन, जुलुस, घर आगजनी देखि लिएर युद्व समेत निम्त्याउने कार्य गरेको इतिहास धेरै छ ।

एकजना पाकिस्तानी प्रौढ विवाहित मान्छेले आफना छोरी ज्वाई, श्रीमति, अन्य छोरीहरु राखेर एउटा छोरीको विवाह सम्वन्धमा छलफल गर्न बसेको बेलामा श्रीमति, ज्वाई छोरीहरु सँग मतभेद भए पछि भित्तामा गोली लोड गरेको बन्दुक उठाएर आफनो श्रीमति, छोरी ज्वाईहरुलाई गोली हानेर, अन्तिममा आफूलाई पनि गोली हानी मारेको सत्य घटना १२÷१५ वर्ष भयो पत्रिकामा पढेको । भारतमा जातजाती, धर्म सँस्कृतिको कुरालाई लिएर हिन्दु मुस्लिम झगडा लडाई आगजनीले धेरै मान्छे मर्ने गरेको, दाइजो, अशंको कुरालाई लिएर आफनै दाजुभाई, आमा, बुवालाई तथा बुहारीहरुलाई मार्ने जलाउने गरिएको धेरै घटनाहरु सुनिन्छ । एक महिना पनि पुगेको छैन, अमेरिकामा एक जना गोरा प्रहरीले सडकमा आप्mनो घुँडाले एक जना काला जातिको जंखु पहलमान जस्तो मान्छेलाई घाँटीमा लामो समय सम्म थिचेर मारे पछि अमेरिकाभर विरोधमा ठूलो प्रर्दशनहरु भयो । यो अन्य युरोपमा पनि फैलियो, धेरै गाडी तोडफोड भयो, कतिलाई कोरोना संक्रमण फैलियो, थप कति मान्छे मरे । अस्ति भर्खर जाजरकोट नेपालमा ठूला जात र साना जातको बीचमा भएको प्रेम सम्वन्धलाई लिएर साना जातका धेरै युवाहरुलाई कुटपिट गरी मारेर खोला फाल्ने बगाउने निन्दनिय घटना भयो ।

एक जना गरिब घरको महिलाले बल्लबल्ल पैसा जोरजार गरेर साना प्राइमरी स्कूल पढ्ने छोरीलाई एउटा किताव किनिदिन्छन् । केही दिन पछि किताव तीनले स्कूलमा हराउँछिन्, धेरै रुन्छिन् तर किताव फेला पार्दैनन् । घर आएर आमालाई बताउँछिन्, आमालाई धेरै रिस उठेर फलामको चुच्चो भएको सुइरोले छोरीको तिघ्रामा रोप्छिन्, छोरीलाई असह्य पीडा हुन्छ, ज्वरो आउँछ, पछि अस्पताल पु¥याउनु पर्ने हुन्छ । मेरो आफ्नै १६ माहिनाको नातिनीले केही चिज भुँइमा फाल्ने पोख्ने गर्छिन् । यो देखेर तिनको आमाले गाली गर्छिन् । तीनलाई रिस उठेर आमाको कोठामा गएर टेवुलमा भएको सवै सामग्रीहरु भुँइमा यताउता फाल्छिन्, त्यसपछि ओछ्यानमा टाँउको राखेर बस्ने गर्छिन्, धेरै समय सम्म आमा बुवाको नजिक जाँदैनन्, बुवाले अघिपछि फकाउँदा मान्ने छोरी बुवाले जति फकाउँदा पनि मान्दैनन्, पछि आमाले सरी भनेर कान समातेर माफ मागे पछि खिलखिलेर हाँँस्छिन् र खेल्न थाल्छिन्, घटना सुन्दा अचम्म लाग्यो । माफी मागे पछि हाँस्नु र मिल्नु बच्चाको सकरात्मक पक्ष हो, यही कूरो ठूला व्यक्तिहरुमा पाइदैन ।

क्रोधको, कहानी घटनाहरु हाम्रो आफ्नै घरहरु, छरछिमेक, समुदायमा अनगिन्ती भइरहेको हामी पाउँछौ । यसले गर्दा श्रीमान् श्रीमति, सासु बुहारी, ससुरो, साथीभाई, छिमेकी, पति पत्नि बीच झगडा हुने सम्वन्धमा दरार आई नबोल्ने, मार्ने, पिट्ने, आत्महत्या गर्ने घटना प्रायजसो हुने गरेको पाइन्छ । कसैको प्रतिकूल स्वभावका कारणलाई बुझेर यसलाई स्वीकार गरी सकरात्मक दिशा तर्फ परिस्थितिलाई लैजाने गरि सम्झौता पनि गर्न जान्नु पर्दछ । एक्कासी रिसाएर प्रतिक्रिया गरिहाल्ने प्रवृत्तिले व्यक्ति परिवार समाज राज्य,पार्टी संघ संस्थाहरु स्वस्थ ढंगले चल्दैन । दैनिक, जीवन अशान्त, रोगी, विकृतिले ग्रस्ट देखिन्छ । क्रोधका कारण मान्छेको असिमित चाहना, कामना तृष्णा हो र जसले भ्रष्टाचार, यौन ब्यभिचार, हत्या, दुर्घटना, द्धन्द, युद्ध सवै निम्त्याईरहेको छ ।

क्रोध,अहंकार सबै भन्दा धेरै ठूलो वेहोसी सैतान वा राक्षस हो मान्छेको । जसलाई धेरैले ख्याल ठट्टा र हलुका रुपमा लिएका हुन्छन् । तर, यसको समाधान सम्वोधन गर्ने तर्फ, प्रायः व्यक्ति, परिवार, समाज र राज्यको सोँच, धारणा एकदम कम छ ध्यान । यसको लागि आवश्यक सजग, सचेत रहने योग ध्यान, सुरक्षित खानपान स्वच्छ दैनिक ब्यवसायमा लागेर जीवनमा स्वास्थ्य सफलता समृद्धि हासिल गरेका ब्यक्तिहरु धेरै कम वा नगण्य पाईन्छ । रिस उठ्ने व्यक्तिलाई यति सम्म घात हुन्छ कि रक्तचाप एकदम बढेर हर्ट एट्याक, दिमागमा रिसको झड्काले रगतको नली फुटेर मान्छे मर्ने देखि लिएर पक्षघात हुने, जिन्दगीभर अर्काको सहारामा अपांगता जीवन जिउन बाध्य पर्ने सम्म हुन्छ । सम्बन्धमा कटुतता आएर दैनिक काम कुरो बर्बाद भइरहेको हुन्छ, भोकै बस्ने गरेका पनि देखिन्छ । रोगसँग लड्ने क्षमता पश्चाताप र उदास, चिन्ताका कारण, घटेर कोरोना र अन्य रोगहरु पनि लागिरहेको छ ।

रिस, क्रोधको परिणाम रिस उठेको बेलामा स्वीकारपुर्वक हेर्ने निरिक्षण गर्दा श्वासको गति ढुकढुकी एकदम बढेको हुन्छ । झगडा गर्ने रुखो र ठूलो स्वरले बोली बचन गर्ने, पिट्ने, मार्नेको भाव ज्वालामुखीको रुपमा उठिरहेको हुन्छ । राती सुतेको समयमा या केही शान्त अवस्थामा नियाल्ने हो भने पनि मुटुमा ढुकढुकीको गति चाप लहर, कम्पन उठिरहेको हुन्छ । लहरको गति चाप यति बढेको हुन्छ कि यसको असरले निद नआउने, सुताई बदलिरहनु पर्ने, पश्चातापले आत्महत्या सम्म गर्र्ने, मर्ने मार्ने सोँच उठेको हुन्छ । यसको चाप हृदय, दिमागमा, मृगौला र शरिरको धेरै भागमा धेरै समय सम्म रहन्छ, मान्छेलाई पक्षघात, एक्कासी मृत्यु पनि गराईरहेको छ । यसैले क्रोध ठूलो गल्ती वा पाप हो ।

क्रोधको गहिरो सम्बन्ध हाम्रो नमिल्दो, खर्चिलो, न्यायसंगत नभएको सामाजिक धार्मिक,राजनीतिक, आर्थिक गतिविधी, राज्य ब्यवस्थाको संरचना ढाँचा, संस्कार, परम्परा समाज, परिवार, राज्य, ब्यवस्था सँग एकदम बढी हुन्छ । मान्छेको सामान्य इच्छा चाहना पुरा नहुने, शोषण, दमन अन्याय, अत्याचार ब्यभिचार जस्ता वातावरण, घटनाहरु आइपर्दा क्रोध सामान्य देखि चरम सिमा सम्म उठेको हुन्छ । गर्भ देखि लिएर जन्मेर ठुलो भएको अवस्था सम्म क्रोधको स्वभाव विकास गर्ने कार्य हामीले गरेका छौ । हाम्रो अचेतन मनमा रिस खचाखच भरिएको अवस्था छ, सामान्य प्रतिकूल घटना परिस्थिति देखिने वित्तिकै हामी आगो हुने गरेका छौं । सचेत स्वीकार भाव लिएर प्रतिकूल अवस्थामा सहेर बस्ने एकदम कम छ । क्रोधको बम बारुद हतियार लिएर हामी हिडिरहेका हुन्छौ, कहिले यसको राग, ज्वालामूखीको रुपमा उठ्छ, थाहानै हुँदैन ।

समाधानको तरिका :
दीर्घ रुपमा समाधानको लागि हामीले हाम्रो सामाजिक धार्मिक, राजनीतिक, आर्थिक गतिविधि, संस्कार, जीवनयापनको तरिका, राज्य ब्यवस्थाको ढाँचा सकरात्मक सिर्जनात्मक, उत्पादनमूलक विश्वासिलो र इमान्दार बनाउनु अति जरुरी देखिन्छ । यसको लागि समाजको सवै प्रवुद्ध वर्ग, स्थानीय सरकार, संघ संस्था, परिवार समाजले सचेत, सजग र सका.रात्मक भएर शिक्षा, स्वास्थ्य, रोजगार, जीवनयापनका विविध तरिकाको योजना, ब्यवस्थापनका संरचनाहरु बनाउनु, सञ्चालन गर्नुपर्छ । आधारभूत उपाय भनेको योग, ध्यान, सुरक्षित खानपान, इमान्दार सहयोगी ब्यवहार, रोजगार, ब्यवसायका शिक्षा, चेतना फैलिने गरी स्थानीय सरकार, समुदाय, समाज, परिवार र ब्यक्तिले समेत न्यायसंगत सामाजिक उत्पादन र वितरणका कार्य ब्यवस्थापन गर्ने गराउन नियम कानुन अनुशासन पनि अनिवार्य र बलियो बनाउनु जरुरी छ । यस्तो गर्न सक्यौं भने मात्र क्रोध, रिस लगायत अन्य मानविय अवगुण वा कमजोरीहरु उठ्नु अघि सचेत हुने, थाहा पाउने र यसवाट हुने मानविय, आर्थिक क्षति, रोगभोग, भ्रष्टाचार, ब्यभिचार आदिवाट बचेर सिर्जनात्मक, सकारात्मक उत्पादनमूलक जीवनको उत्थान, प्रगति गर्न सकिन्छ जस्तो लाग्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *