सविना परियार
युगौँयुगसम्म यो मानिसको वंशलाई जोगाई राख्नको लागि दुई विपरित लिङ्गको विकास भयो । दुई विपरित लिङ्ग एक अर्का प्रति आकर्षित भई बिभिन्न जात, धर्म र रितिरिवाज अनुसार केटी पक्ष र केटा पक्षको सहमतिको आधारमा गरिने धार्मिक प्रकियालाइै नै विवाह भन्ने गरिन्छ । अर्को शव्दमा भन्नु पर्दा विवाह एउटा सम्झौता पनि हो । जहाँ दुई फरक–फरक लिङ्गको मेल हुनुका साथै मन पनि मिलिरहेको हुन्छ । कसैले विवाहलाई दुःख सुखको पाटो ठान्छन् भने कसैले यसलाई बंश धान्ने र स्वर्गद्वार पनि मान्ने गर्दछन् । अन्तिम सहाराको रुपमा पति पत्नीलाई लिने गरिन्छ । अग्नीलाई साक्षी राखेर सात फेर घुमेर बाचा कसम खाई विधिवत रुपमा बन्धन बाँध्नुलाई धार्मिक दृष्टिकोणमा विवाह भन्ने गरिन्छ ।
विवाह बिना न त यो सृष्टि नै चल्छ, न त मानिस नै राम्रोसँग जिउन सक्छ । महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् । यिनीहरु दुई शरिर एक मन भई बाँच्न चाहन्छन् । विवाहको लागि सुर्य भगबानले नै तोक्नु पर्छ भन्ने धार्मिक भनाई पनि रहेको छ । पवित्र बन्धनले जीवनलाई लामो समय सम्म टिक्न मद्दत गर्दछ । पति पत्नीको सम्बन्धलाई बलियो बनाउने आधार विश्वास हो । यदि विश्वासनै रहेन भने सम्बन्धनै रहदैन । विवाहका लागि पतिले आफ्नो पत्नीलाई घाटीमा लगाइ दिने मङ्गल सुत्रको धागोले पनि सम्वन्ध बचाउन सहयोग गर्छ भन्ने धार्मिक ग्रन्थमा पनि रहेको छ । जब सम्म त्यो धागो बलियो भई टुट्दैन तब सम्म पतिको आयु लामो रहने बिश्वास छ ।
नेपालमा विवाह धेरै प्रकारका रहेका छन् । र मुख्यतया विवाहलाई तीन भागमा बिभाजन गरिएको छ । मागी विवाह, पे्रम विवाह, भागी विवाह र कानुनी विवाह रहेका छन् । केटी पक्षका परिवार र केटा पक्षका परिवारको सहमति भई बिभिन्न धार्मिक रितिरिवाज अनुसार गरिने विवाहलाई नै मागी विवाह भनिन्छ । यो एक्काइसौ शताव्दीमा युवायुवतीले मागी विवाहलाई प्राथमिकता दिइएको पाइदैन । ढुङ्गे युगको जमानामा मागी विवाह नै हुने गर्दथ्यो । आमा बुवा तथा आँफु भन्दा ठुलाबडाले भनेको कुरालाई स्वीकार गर्दथे । एक अर्कालाइ नदेखि कुरा नै नगरि केटाकेटी आफ्नो कुल खान्दानले भने बमोजिम विवाह गर्ने गर्थे । त्यो समयमा दाइजो प्रथा पनि निकै प्रचलित रहेको पाइन्छ । पहिला त केटीको घरमा गई धन सम्पतिको हिसाब गरेर मात्र केटी लैजाने गर्थे । सोही समस्याको कारण छोरीले मात्र भरिएको घरमा गरिबीको कारणले विवाह नै अपुर्ण हुने तथा रोकिने जस्ता समस्याहरु खेप्नु पर्दथ्योे । जसको कारण निर्दोष छोरीहरुको हत्या हुने तथा आफ्नो पीडा सहन नसकी आत्माहत्या गर्ने गर्दर्थे । मागी विवाहमा दुबै परिवारको सहमति अनुसार बिहे भएता पनि पछि धन सम्पतिको कारणले जिबननै बिग्रिने समस्या अझै पनि बिद्यमान रहेको आम सञ्चार माध्यमबाट पनि थाहा पाइएको छ ।
विवाहको अर्को रुप भनेको प्रेम विवाह हो । प्रेम विवाह भन्नाले केटा र केटीको मन मिली एकअर्कालाई बुझेर सम्बन्धमा रही केही समय पछि विवाह गर्ने पद्दतिलाई जनाउँदछ । आजकालको यो एक्काइसौ शताव्दीमा पे्रम विवाह निकै प्रचलनमा रहेको पाइन्छ । आजकालका केटाकेटीले आफ्नो जीवन साथी आफै खोज्ने तथा आफ्नो जिन्दगीको फैसला आफै लिने गर्दछन् । जब उनीहरुको उमेर बढ्दै जान्छ । तब उनीहरु उमेरको प्रभावको कारणले केटा र केटी एकअर्का प्रति आकर्षित हुने गर्दछन् । पे्रम गर्ने समय करिब १६÷१७ बर्ष देखि नै हुने गर्दछ । पढ्ने लेख्ने बेलामा केटाकेटी साथीको नाता देखि प्रेमी प्रेमिकाको नातामा बाँधिन थाल्दछन् । एक अर्काको बानी व्यबहार र क्रियाकलाप बुझिरहेका हुन्छन् । पे्रममा बाधिएका केटाकेटी समय बित्दै जाँदा बैबाहिक सम्बन्धमा जोडिन चाहान्छन् । प्रेम त्यस्तो चिज हो, जुन मनदेखि नै महशुस हुने गर्दछ । जसले जातभात, धर्म, रितिरिवाज केही पनि हेर्दैन । जिन्दगीलाई सुन्दर फुलबारीको बगान बनाउने भनेर सोचिरहेका नयाँ पे्रमी जोडीहरुको जीबनमा कहिलेकाही बाबा आमा तथा यो समाज पनि भिलेन भई प्रस्तुत हुने गर्दछन् । आफ्नो छोरा छोरीलाई आफुले चाहेको मान्छे सँग विवाह गरिदिने सोचिरहेका हुन्छन् । अध्ययनका लागि बाहिर बसेका छोराछोरी प्रेमको भुमरीमा परेको बेला घर तथा समाजमा समस्या परिरहेको हुन्छ । आफ्नो पे्रममा बिफल भए पछि कोही कसैले बाबा आमा र आफन्तलाई त्यागेर नयाँ घर बनाएका छन् त कतिपयले गलत कदम पनि चालेको पाइन्छ । सबै परिवार, समाज र आफन्तलाई आफ्नो पक्षमा लिई विवाह गरेमा मात्र प्रेम विवाह सफल हने गर्दछ । आजभोलीको समयमा प्रेम विवाह नै रोज्ने गर्दछन् ।
कानुनी विवाह पनि विवाहको प्रकार अन्र्तगत पर्ने गर्दछ । कानुनका नियमहरु पालना गरि पक्का उमेरमा कानुनी प्रकिया अनुसार विवाह गर्नुनै कानुनी विवाह हो । कानुनी विवाह गर्दा केटा र केटीको उमेर पुगेकै हुनुपर्दछ । उमेर बिना कानुनी विवाह सम्भब हुन सक्दैन । कानुनी विवाह गर्नका लागि लिखित दस्तावेज साथमा साक्षी बस्ने दुई व्यक्तिको आवश्यक पर्दछ । कानुनी विवाह त्यति प्रचलनमा रहेको पाईदैन ।