कैयौँ आगन्तुक शब्दहरुको नेपाली स्वरुपको प्रयोग भएका छैनन् ती शब्दमा फोटोकपी (छाँया कपि) मोबाइल (भनसुन यन्त्र), कम्प्युटर (सुसाङ्ख्य) आदि छन् । यसैगरी नेपाली शब्दमा रुपान्तरण नभएका शब्दहरुमा टेलिभिजन, रेडियो, किट्ली, लाइट, लाइटर, पाइन्ट, सर्ट, स्कर्ट (कमिज, मिडी भन्न छाडियो) स्वीटर, कोट, कम्प्युटर, पेनड्राइभ, फेसबुक, म्यासेञ्जर, टुइटर, ब्लुटुथ आदि जस्ता शब्दको नेपालीकरण हुन नसक्दा नेपालीभाषा लोप हुने खतरा बढेको छ ।
सरोजराज पन्त
आज समाज परिवर्तनसँगै मौलिकपन, मौलिक संस्कृति, परम्परा, ज्ञान र यथार्थता विस्तारै विस्तारै हराउदै गएको छ । हेर्दा, भन्दा र सुन्दा सामान्य लाग्ने यो विषयले हाम्रो परम्परामा ठुलो प्रश्न उठाएको हुन्छ तथापि नयाँ पुस्ता र पुरानो पुस्तो विचको खाडलको रुपमा यसको व्याख्या गर्ने गरिन्छ । जीवनका हरेक पलमा यो खाडल देख्न सकिन्छ । जन्मदेखि मृत्युसम्मका १६ संस्कारहरुमा अहिले मौलिकपन, पूर्वीय दर्शन र चिन्तन हराएको छ । खानपान, रहन सहन, रीतिरिवाज, बोलचाल, चाडपर्वको मेला, घरायसी मेलापाताको काम आदिमा आफ्नो मौलिपन गुम्दै जानु राष्ट्र र समाजका लागि गम्भीर चिन्ताको विषय हो । वसुधैव कुटुम्बकममा आधारित पूर्वीय दर्शन र चिन्तनलाई विश्वव्यापीकरणले सकाउन थालेको छ । वैज्ञानिक अल्वर्ट आइस्न्टाइनले पूर्वीय सभ्यताप्रति गणित र ज्योतिष सिकाएकोले चीर ऋणी छौँ भन्नुले विज्ञान पूर्वीय सभ्यताबाट पश्चिमाहरूले सिकेको र जर्मनीका कवि तथा समालोचक अगस्ट विलहेल्म भोनस्लेगलले विज्ञानको खोजीको विन्दु वा प्रस्थान विन्दु पूर्वीय दर्शन हो भन्नुले यसकुराको प्रमाणित हुन्छ । टाल्कोट पार्सनले सस्कृती सिस्टमबाट चल्दछ र मालिनोस्किको मानिसले सन्तुष्टिको लागि सस्कृतिको बिकास गर्दछ भनेका छ्न ।
आज नेपाली भाषा, धर्म, कला, सगीत, साहित्य र संस्कृति सवै खतरामा परेका छन । हिजो हाम्रा पूर्खाहरु गायत्री मन्त्र सहित नियमित रुपमा ध्यान (जप) पुजा–आजा गर्ने र यसबाट मन, वचन र ध्यानमा सन्तुलन राख्ने, धोती फेरेर खाना खाने, खानामा दालभात,आटो, मकै,रोटी, ढिडो, गुन्दु्रक, भट्ट, खट्टे, पुवा, सातु, रोटी, चना, केराउ, भुजा, चिउरा, लिटो, फलफूल आदि तयार पारेर खाने र स्कूलमा पनि यस्तै परिकारहरु पठाउने, खुर्मा, निमकिन, समोसा, भन्दा अहिलेका पुस्ताले मम, छोइला, कचिला, रोष्ट,तास, चाउमीन, थुप्पा, पिजा आदिले प्रश्रय पाएका छन । जुम्ला,हुम्ला,मनाङ, मुस्ताङमा अर्गानिक, स्याउ, सिमी,ओखर फलाउन छाडेर चीनको स्याउ,भारतको स्वायबिन भटका छोक्रा किनेर खान पल्केका छौ । नेपाली अर्गानिक भिर मौरीको मह खान छाडी बिदेशी जाम किनेर दैनिकी चलाएका छौँ । नेपाली भेडाको ऊन फालेर चीनको जुटको गलैचा, स्वीटर किन्ने, जुम्ला÷मुस्ताङको स्याउको स्वाद छाडेर केमिकल हालेको क्यान जुस खाने पल्केका छौ । दुध,दही,मही छाडेर बियर पिउने, घरवारी, खेत बेचेर खाडी जाने र गाउँमा बुढाबुढी बाबा, आमालाई छाडी बजारमा लगेर श्रीमती राख्नुमा आनन्द ठान्ने गर्दछौ । जग्गा र लैनो भैंसी बेचेर महङ्खो सेल फोन बोक्ने र अरुलाई रवैया देखाउन मज्जा ठान्दछौँ । दुध, दही, मही, ध्यू खान छाडी रक्सी, वियर, फेन्टा, कोकाकोला, मिरिन्डा आदि खान थालिएको छ । छुर्पि बेचेर गुट्का खाने अहिले दुध, मही, ध्यू खादा कहिले कहिले हो लाग्ने, तर रक्सी खादा तुरुन्तै लाग्छ भन्दै त्यस्ता पेय पर्दाथहरु सेवन गर्नुले आयातमा बृद्धि भई स्वदेशी रकम विदेशीएको छ । लोकल रक्सी पोखेर बिदेशी रक्सी भित्राउदा व्यापारिक असन्तुलन बढदै गएको छ र परनिर्भरता बढी नेपाली पन गुम्दै गएको छ । अहिले गुरुभक्त,मातृ, पितृभक्त हुन छाडेका र समयले त्यसमा बदलाव ल्याएको छ । हरेक कामको शुरुवात गर्दा बत्ती बालेर गर्ने संस्कृतिको विपरित पश्चिमाहरुको बत्ती निभाएर गर्ने संस्कृति भित्रिएको छ । अहिले यही संस्कृतिको हावी नेपाली समाजमा रहेको छ । जन्मोत्सव मनाउँदा अहिलेका बच्चाहरु देखि युवापुस्ताले त्यही सिकेका छन् यद्यपि यो गलत छ । यी त केही प्रतिनिधि उदाहरणमात्र हुन । त्यसैले संस्कृतिलाई जोगाउन नसक्दा नेपाली पनसगै राष्ट्र कायम नरहने खतरा बढेको छ किनकि नेपाल एउटा राज्य हो भने यहाँका भाषा संस्कृतिहरुले नेपाल राष्ट्र बनाएको र चिनाएको छ । त्यसलाई जोगाउन नसक्ने हो भने हाम्रो राष्ट्र पनि मर्न सक्दछ ।
बहुलता नेपाली समाज र संस्कृतिको विशेषता हो । यसको संरक्षण अनिवार्य रहेको छ । हाम्रो सानो भूगोलभित्र १२३ भाषा बोलिन्छन् यी भाषाको सरक्षण आवस्यक छ । भाषा र लिपिले मानिसको पहिचानलाई उजागर गर्दछ । कतिपय भाषा लोप हुँदै जानु र कतिपय लोपोन्मुख हुँदै जानुले भाषाकै कारणबाट पठनपाठन र अन्य अवसर प्राप्त गर्न नसकेको अवस्था छ । यसतर्फ समयमै गम्भीर ध्यान दिन नसक्ने हो भने भोलि बहुभाषा, बहुसंस्कृति भएको राष्ट्र भन्न पाइने छैन । राष्ट्रको विकास, नीतिनिर्माण, रोजगारी शिक्षा, समानता र समग्र पक्ष र अवसरमा समावेशी ढंगले समन्याय प्रदान गर्न सबै लिपि र भाषाको सम्मान कागजमा उल्लेख गरेर मात्र हुँदैन यथार्थतामा सबैलाई समान ढंगले व्यवहार गर्न अत्यन्त आवश्यक छ । यसैगरी आफ्नो भाषा, लिपि, संस्कृति, सभ्यता, सम्पदाको संरक्षण र सम्वद्र्धन गर्न आवश्यक छ । अहिलेका बालबालिकालाई दूध कहाँबाट आउँछ भन्दा डेरीबाट दाल, चामल कहाँबाट आउँछ भन्दा पसले अंकलको नाम भन्ने गर्दछन् । अहिले पढाइ अंग्रेजी भइदिँदा नेपालीपन र नेपाली संस्कृति, संस्कार क्रमशः हराउँदै गएका छन् । व्यावसायिक पढाइको कमी छ त्यसैमा पनि सीप सिकाइ कम हुँदै जाँदा नेपालीपन मात्र हराएको छैन परनिर्भरता बढाएको छ । युवायुवतीमा पश्चिमी संस्कृति हावी हुँदा नेपाली संस्कृति ओझेल पर्दै मृतप्रायः बन्दै गएको छ । विदेशी संस्कार, सिद्धान्त, भाषादिको कारण समाज र राष्ट्रमा नकरात्मक प्रभाव बढ्दै जाँदा बौद्धिक पलायन र गरिवी बढ्दै गएको छ ।
खानपान, लवाइ–खवाइ, ऐश–आराम, मनोरञ्जन बढी गर्न चाहने तर आयस्रोत कमजोर हुँदै जाँदा परनिर्भरता बढेको छ । सानो काम नगर्ने, अपेक्षा र आवश्यकता थपिदै जाँदा नेपाली मौलिकपन, संस्कृति, जनजीवन भाषा संकटमा मडारिनुकासाथै पहिचान विस्तारै गुम्दै गएका छन । बृद्धबृद्धाहरुलेसमेत अस्पताललाई हस्पताल, डाङ्डर, मोबिल, टीपी, हल्लो आदि शब्दहरु बढी प्रयोग गर्दा हाम्रा रैथाने÷स्थानीय भाषा क्रमशः हराउँदै गएको पाइन्छ । त्यसो त कैयौ आगन्तुक शब्दहरुको नेपाली स्वरुपको प्रयोग भएका छैनन् ती शब्दमा फोटोकपी (छाँया कपि) मोबाइल (भनसुन यन्त्र), कम्प्युटर (सुसाङ्ख्य) आदि छन् । यसैगरी नेपाली शब्दमा रुपान्तरण नभएका शब्दहरुमा टेलिभिजन, रेडियो, किट्ली, लाइट, लाइटर, पाइन्ट, सर्ट, स्कर्ट (कमिज, मिडी भन्न छाडियो) स्वीटर, कोट, कम्प्युटर, पेनड्राइभ, फेसबुक, म्यासेञ्जर, टुइटर, ब्लुटुथ आदि जस्ता शब्दको नेपालीकरण हुन नसक्दा नेपालीभाषा लोप हुने खतरा बढेको छ ।
यसैगरी हाम्रा मौलिक संस्कृतिहरु जन्मदा कतै रुने देखि कतै खुशी हुने, विवाहमा टाउको ठोकाउने देखि सिन्दुर साटासाट गनर्,े दाईजोमा चिउरीको रुख दिने देखि बिषको कचौरा दिनेसम्मका मौलिकपन र मान्छे घरको भित्ता फोरेर शव निकाल्ने देखि मर्दा माटोमा गाड्ने देखि जलाउन,े शव काटेर चराचुरुङगीलाई खुवाउनेसम्मका चलनको वैज्ञानिक व्याख्या, विश्लेषण गर्न आवश्यक छ । विज्ञान र प्रविधिको विकासले विश्वलाई नजिक ल्याए पनि आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नु हामी सबैको कर्तव्य हुन्छ । नेपालको समृद्ध सांस्कृतिक विरासत कयौं संस्कृति, वैदिक सनातन एवं प्राकृतिक धर्म र देशको राष्ट्रियता, स्वतन्त्रता, अखण्डतालाई अक्षुण्ण राख्न संस्कृति महत्वपुर्ण छ । मौलिक संस्कृतिको रक्षाविना राष्ट्रियता बलियो हुनसक्दैन । त्यसकारण नेपाली मौलिक सांस्कृतिक पहिचान भनेका विभिन्न भाषा, धर्म, संस्कृति, रहनसहन, सदाचार, नैतिकता, चाडपर्व, भेषभूषा, रीतिरिवाज, खानपान, कला, साहित्य, संगीत, इतिहास, शिक्षा, चालचलन, रहनसहन, श्रम, वीरतापूर्ण इतिहास, राष्ट्रिय एकता, राष्ट्रिय झण्डा, राष्ट्रिय प्रतीक, विभूति, मूर्तिकला, चित्रकला, ललितकला आदि हुन् जसको हामीले सदैव जगेर्ना गर्नु राष्ट्र र राष्ट्रियताप्रतिको माया, ममतामात्र नभई ठूलो कर्तव्य र दायित्व हो ।
नेपालको मौलिक संस्कृति साम्राज्यवादी सस्कृतिको हस्तक्षेपमा परेको छ । यस्ता हस्तक्षेपको प्रभावले हाम्रा मौलिक सस्कृति, मूल्य,मान्यतामा निरन्तर ह्रास आइरहेको छ । भ्यालेन्टाइन डे १५ दिन अगाडि, होली ७ दिन अगाडि, अंग्रजी नयाँ वर्ष १५ दिन अगाडी, तीज तीन महिना अगाडि , शिवरात्री वर्ष भरि मनाइन्छ । तीज ३ महिना मनाँउदा थोरै समय भयो सबैकोमा भलाउन पाइएन भन्ने दुखेसो छ । आधुनिक तीज गीतले नेसालीपन गुम्दै गएको छ । शिवजीको प्रसाद हरेक वर्ष शिववुटी भन्दै शिवरात्रीको दिन चाख्ने प्रचलन रहेकोमा वर्तमान शिव र पार्वतीहरु वर्षभरि झ्याम परिरहन्छन् । आधुनिक शिव र पार्वतीहरुले शिववुटी खाएर ग्याङ्ग फाइट खेल्दा, अश्लील, छाडा, नग्न, विसर्जनवादी संस्कृति प्रसारगरी हस्तक्षेप गरिरहेको महसुस हुन्छ । अमेरिकी र युरोपेली संस्कृतिले नेपालजस्ता विकासोन्मुख र तेस्रो विश्वका मुलुकहरूमा सांस्कृतिक साम्राज्यवादले पश्चिमा साम्राज्यवादी छाडा, अश्लील, विवेकहीन, मानवताहीन बाइबल, होल्ली वाइन संस्कृति भित्राएकामात्र छैनन छाडा संस्कृतिले नेपाली मौलिक संस्कृतिको अपव्याख्या, थिचोमिचो गर्ने, दबाबमा पारी समाप्त गर्ने र विकृतीकरण गर्ने काम गर्दे सांस्कृतिक साम्राज्यवाद लाददै आएको छ ।
उनीहरूले आफ्नो स्वार्थकालागि सूचना, सञ्चार, प्रविधिको भूमण्डलीकरण भइरहेको छ । यसलेगर्दा आर्थिक, राजनीतिक, रणनीतिक रुपमा जरो गाडन क्यासिनो, च्यारिटी सो, संगीत मेला, महात्सव, मनोरञ्जन मेला, कन्सर्ट, नाइट क्लव, डिस्को डान्समा छाडा र नांगो संस्कृति भित्राउनेमात्र नभई विभिन्न किसिमका खाद्यय, पेय पदार्थहरु प्रयोगमा ल्याइएका छन् र तिनीहरु क्रमश नेपालीकरण बन्दै हाम्रो राष्ट्रिय संस्कृति माथि खतरा उत्पन्न गरिरहेका छन । नेपाली समाजमा तिनीहरुले गर्दा मौलिक परम्पराको खिल्ली र उपहास गरिरहेका छन भने हाम्रा रैथाने बाजागाजा, सगीत, भाडावर्तन, रहन सहन, खानपान आदिमा यसको नकरात्मक प्रभाव दिनहँु बढदै गएको छ ।
अमेरिकी र पश्चिमा सांस्कृतिक साम्राज्यवाद र बिस्तारबादले इसाई धर्म, संस्कृति, संस्कार भित्राउदै, भाषा, भेषभूषा, गीत, संगीत, साहित्य, सभ्यता, चिन्तन आदिमा र राष्ट्रिय, स्वतन्त्रता, अखण्डता, सार्वभौम सत्तामाथि निरन्तर हस्तक्षेप गरिरहेका छन । यसैगरी शिक्षा, स्वास्थ्य, चलचित्र, गीत संगीत, नृत्य, सूचना, सञ्चार, भाषा, साहित्य, कला, संस्कृति, रहनसहन, भेषभूषा, अर्थतन्त्र, दर्शन आदिसँगै राजनीतिमा प्रत्यक्ष प्रभुत्व जमाउँदै आएको छ । अहिले हाम्रो संस्कृतिमा साम्राज्यवादको प्रभावले उपभोक्तावादी र उपयोगीतावादी संस्कृति भित्राएको मात्र छैन परनिर्भरता बढाएको छ । मौलिकपन गुमेको कारण थपिएका समस्याहरुमा दैनिक त्रिभुवन विश्वविमानस्थलमा ७—१५ जना वैदेशिक रोजगारमा गएका नेपाली दाजुभाइ दिदीबहिनीहरु बन्द बाकसमा फर्किने कहाली लाग्दो अवस्था आउनुमा देशको शिक्षा प्रणाली, शासनव्यवस्था, राजनीतिक अवस्था, गरिवी लगायत सामाजिक, आर्थिक, सांस्कृतिक कारणहरु जिम्मेवार छन् ।
नेपाली मौलिक संस्कृति दिनप्रतिदिन लोप हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै संस्कृति मरेमा नेपाली समाज मरेतुल्य हुनेछ भन्ने आवाज आजकल सुनिन थालेको छ । नेपाली संस्कृतिलाई जोगाई राख्न युवापुस्तामा संस्कृति हस्तान्तरण गर्नु अनिवार्य छ यद्यपि नेपाली संस्कृतिलाई युवापुस्तामा हस्तान्तरण गर्न अनेकौ चुनौतिहरु रहेका छन । हो, संस्कृति समयानुकुल परिमार्जन हुने विषय भएपनि त्यसको मौलिकता र नेपाली मौलिकपन मर्न अहिलेको संस्कृति वैदिक र पौराणिक दुवै नभई मिसमास हो । । नेपाली संस्कृतिको प्रकृति बढी समन्वयात्मक र अरुको संस्कृतिभन्दा भिन्न र ऐतिहासिक छ । नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्नु आज थप चुनौति बनेको छ । त्यसैमा पनि नेपाली संस्कृतिलाई युवापुस्तामा हस्तान्तरण झनै आवश्यक छ यद्यपि यो अपेक्षित सहज छैन । संस्कृति पहिचानसँग जोडिएको विषय भएकाले त्यसको संरक्षण अपरिहार्य रहेको र हाम्रो संस्कृति म¥यो भने हामी पनि मरेतुल्य हुन्छौं भन्ने सोच र चिन्तन अब सबै नेपालीमा हुनु अनिवार्य र अपरिहार्य छ किनकि यो हाम्रो पहिचान हो । त्यसो त हाम्रा संस्कृतिका पनि केही नराम्रा पक्ष नभएका र नरहेका होइनन तिनलाई समय, अवस्था र परिस्थिति अनुरुप परिमार्जन गर्दै जानुपर्ने आवस्यकता छ ।
यसरी मौलिक संस्कृतिको रक्षा र संवद्र्धन गर्न हाम्रो राष्ट्रिय संस्कृतिको सरक्षण गर्नु आजको माग हो । विकेशील मानिस र जातिले आफ्नो ज्ञान, सीप, शिक्षा र क्षमताको उपयोग गरी रचना गरेका जीवनशैली रक्षासँगै परम्पराहरूमा सुधार गर्नु पर्दछ । पुरातात्विक, ऐतिहासिक वस्तुहरुको सरक्षण पुरातात्विक, ऐतिहासिक सङ्ग्रहालयमा लगेर राख्नेमात्र होइन सुरक्षित ढङ्गले युवापुस्तामा प्रसार गर्नु पर्दछ । भाषा, शब्द, लिपी र मौलिक सस्कारको सरक्षण,सम्वद्ध गर्न सरोकार सबै निकायले बेलैमा कार्ययोजना बनाएर लाग्नै पर्दछ ।