कुशे औंशी र बाबा प्रतिको सच्चा भक्ति

शुभेच्छा पन्त

जन्मदेखि मृत्युसम्मका हरेक पल आफना माता,पिता सबैको लागि प्रिय हुन्छन । संसारका जन्मिएका हर प्राणीका लागि उनका बाबा आमा नै सर्वस्व हुन् र हुनु पर्दछ । आज हामी जे छौ, जहाँ छौँ त्यो केबल हाम्रा आमा, बाबाको उपहार स्वरुप हो । जसले अनेकौँ कठिन परिस्थितिको सामना गरेर हामीलाई यो सुन्दर भूमिमा जन्म दिनुहुन्छ । बाबा, एक शब्द मात्र नभएर खुसी, माया, निरन्तर संघर्ष गर्न सक्ने एक अमर नाम हो । बाबाले हाम्रो इच्छा, चहानालाई पुरा गर्नको लागि धेरै पसिना चुहाउनुहुन्छ । तरपनि उहाँले कहिल्यै आफ्नो दुःख देखाउनु हुर्दैन् । जति संघर्ष गर्न परेपनि सधैँ खटि नै रहनु हुन्छ । हर कोहीले बाबाको माया, आशिष पाँउदैन्, बाबाको माया, आशिष पाएकाले त्यो बुझ्न सक्दैन् तर बाबाले सधँैभर आफ्ना सन्तानलाई निस्वार्थ माया दिइरहनु हुन्छ । जब बाबा साथमा हुनुहुन्छ, तब कुनै क्षण पनि हामी दुखी हुनु पर्दैन । बाबा घरको गौरव हो । बच्चामा हामीलाई हिड्न सिकाउदा जीवनको बाटो देखाइदिने, हाम्रो हिम्मत, हौसला बढाइदिने व्यक्ति नै हाम्रो बाबा हो ।

आज हिन्दुहरुको पर्व कुशे औँशी हो । जुन दिन बाबालाई सम्मान, आदर गर्ने दिनको रुपमा मनाइन्छ । यसलाई बाबाको मुख हेर्ने दिन अथवा गोर्कण औसीका नामबाट चिनिन्छ । भाद« कृष्ण पक्ष औंसीको दिनमा यो पर्व मनाईन्छ । यो दिनमा बाबा हुनेहरुले बाबाको मुख हरेर दर्शन गरी आर्शिवाद लिने र मिष्ठान्न परिकार बनाएर खुवाउने, उपहार दिने गर्छन् । बाबा नहुनेहरुले मन्दिरमा गई बुबालाई सम्झी श्रद्धा अर्पण गर्छन् । हिन्दु परम्परा अनुसार घरलाई सधैँ भरी चोखो बनाउने कुशपनि घरमा यहीँ दिन भित्राइने गरिन्छ । बाबासँगका सबैदिन विशेष हुन्छन् तरपनि यो दिन झन् विशेष लाग्छ । बाबा जीवन दतामात्र नभई भविष्य र्दस्ता पनि हुनुहुन्छ । उहाँले आफू जटिलतामा डुबेरपनि छोराछोरीको उज्ज्वल भविष्यका लागि सँधैभरी पसिना बगाउनुहुन्छ । यसैगरी जीवन मार्गमा सधासर्वदा सदमार्गमा डोराउन, दुःख, सुखमा पढ्न, पढाउन, रमाउनमा बाबाको भूमिका अतुलनीय हुन्छ । हाम्रो हिन्दु दर्शन अनुसार जन्मदिने बाबा, आमा र शिक्षादिने गुरु भग्वानका रुप हुन् । त्यसैले मातृ देवो भवः, पितृ देवो भवः, गुरु देवो भवः भन्ने गरिन्छ । बाबाले छोराछोरीको लागि जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । प्रत्येक बाबाका लागि आफ्ना सन्तान उत्तिकै महत्वपूर्ण हुन्छन् । परिवारको आर्थिक अवस्था सम्हाल्ने जिम्मा बाबाको पनि हुन्छ । बाबाले सन्तानले भनेका कुरा कहिल्यै पनि नाई भन्नु हुदैन् । प्रत्येक बाबाको चहाना नै सन्तान मेहेनती, अनुशासित भैदिए हुन्थियो भन्ने हो । जीवनमा हामी जति नै सफल भएपनि आमा बाबा र गुरुसँग कहिलै घमण्ड गर्नु हुदैन्, किनकि उहाँहरुले मात्र चाहानुहुन्छ कि आफुले भन्दा आफ्नो सन्तान, शिष्यले सधैँ धैरे प्रगति गरुन र सत्य मार्गतर्फ अगाडी बढुन् । आफ्नो बोलीको तिर कहिलै पनि आमा बाबालाई चलाउनु हुदैन् किन कि तिनै आमा बाबाहरुले हामीलाई बोल्न सिकाउनु भएको हो । बाबाले हामीलाई हर कुरामा सहानुभुती, हौसला बढाउनु हुन्छ ।

बाबा सबै भन्दा राम्रो हुनुहुन्छ किनकी उहाँ हाम्रो जन्मदाता मात्र नभएर जीवन देखाउने र उज्जवल भविष्यको लागि हामीलाई सधैँ साथ दिनुहुन्छ । उहाँ हाम्रो जीवनको मेरुदण्ड हुनुहुन्छ । उहाँले हाम्रो खुशी र खुशीको लागि समय र पैसा योगदान गर्नु हुन्छ । उहाँ हाम्रो खुशीमा मात्र खुशी हुनु हुन्छ । त्यसैले, उहाँ आफ्नो आवश्यकताहरू भन्दा सन्तानहरुको खुशी र क्यारियरको लागि जिउँनु हुन्छ । बाबा हाम्रो जीवनको मालिक हुनुहुन्छ । उहाँ हाम्रो जीवनको हरेक चरणमा मार्गदर्शन, ख्याल, प्रेरणा, सुझाव र शिक्षा दिने गर्नु हुन्छ । उहाँ हाम्रो सीढी हा,े जहाँ हामी क्रमशः दिनदिनै हाम्रो लक्ष्य हासिल गर्न कदम चाल्छौँ । हाम्रो सन्तुष्टि, खुशी र हाम्रो आवश्यकताहरूको पूर्तिका लागि उहाँ सँधै विविध पीडा भोग्न पनि तयार पर्नु हुन्छ । त्यसकारण उहाँ, बाबा यो संसारमा सबै भन्दा राम्रो हुनुहुन्छ, उहाँ मेरो लागि एक सूर्य हौ ।

बाबासँग समयले अलग बनाएपनि, उहाँको दिशानिर्देशन, सल्लाह र प्रेम हर माध्यमले हाम्रो साथमा हुन्छ । हामी उहाँ बिना अधुरो हुन्छौँ । उहाँले हामीलाई सधैँ स्नेह र आर्शिवाद दिनुहुन्छ । उहाँले आफ्ना सन्तानलाई हर कुरा सिकाउनु हुन्छ, अप्रत्याशित प्रेमको महत्वलाई अझ प्रगाढ बनाउनुहुन्छ र हामीलाई एक असल व्यक्ति बन्न प्रोत्साहन गर्नुहुन्छ । उहाँ सन्तानको जीवनलाई उज्ज्वल बनाउने सराहनीय व्यक्ति हो । जब हामी बच्चा थियौँ उहाँले हाम्रो हरेक कार्यमा साथ दिनुभयो र जब मलाई केही चाहिन्छ, आफु खान छोडेर, निद«ा बिर्सेर हाम्रो चाहाना पुरा गर्न लाग्नु हुन्छ । उहाँले महान् परिस्थिति र भयानक परिस्थिति दुबैमा हामीलाई साथ दिनुहुन्छ । हरेक दिन उत्कृष्ट चीज माया र हेरचाह दिनुहुन्छ । बाबा आफ्ना सन्तानलाई कसरी बाच्न भनेर होइन, बाटो देखाएर हिड्न सिकाउने व्यक्ति हो, जसको हिदृय धेरै ठूलो हुन्छ । उहाँले असिमित कर्तव्य पुरा गरेपनि कहिल्यै थकित हुनुहुदैन् । प्रेम, बलिदान र कडा कामको दोस्रो नाम नै बाबा हो, जसले हामीलाई बाधाहरुको समाधान कसी गर्ने भनेर प्रोत्साहन गर्नु हुन्छ । बाबा भनेको भग्वान पछिको आध्यात्मिक शक्ति हो । सन्तानको लागि सबै थोक भनेको बाबा छाँया र प्रेम हो । हामीले संसारको दुर्लभ र महत्वपूर्ण ज्ञान केवल बाबाबाट मात्र प्राप्त गर्न सक्छौँ । उहाँ नै सन्तानको लागि पहिलो गुरु र साथी हो । बाबासँग पृथ्वीको सहनशीलता र आकाशको गहिराई छ । बाबा नै सन्तानको पहिचान हो र ईश्वरको जीवित छवि हो, जसले हामीलाई सिर्जना गर्नुहुन्छ ।

भगवान् गणेशले आफ्ना आमा बाबालाई सर्वस्व ठानेका थिए तर आज मलाई दुःख लाग्छ किन आमा बाबालाई आश्रममा लागेर राख्छन्, कस्तो कठहोर मन, कस्तो स्वार्थी भावना छ आजकलका मानिसमा । आमा बाबाले छोराछोरीलाई आफूलाई भन्दा बढि माया दिएर जन्माउने, हुकाउने, शिक्षदीक्षा दिने गर्छन् तर विडम्बना निरन्तरता, संघर्ष, मायाको अर्थ सिकाउने आमा बाबाहरु आज कसैको माया नपाएर सडक पेटीमा डुल्दै र बृद्राश्रममा छोराछोरीको यादले तडर्पिएर बाच्न विवश छन् । आजकल नेपाली समाजमा विभिन्न चाडपर्वहरु फेसनका लागि मात्र मनाइन्छ । त्योमध्ये बुबाको मुख हेर्नेदिन पनि एक हो । यसैमा वर्षभरी जन्मदाता बाबा आमालाई हेला गर्ने तर फेसबुकमा बाबा आमाको मुख हेर्ने दिन सामाजिक सन्जालमा फोटाहरु राख्ने प्रतिष्पर्धा गर्ने गरिएको पाईन्छ । यो कस्तो लज्जा हो सबैले मनन गर्ने पर्दछ । यसैगरी बाचुन्जेल एक छाक खान र एक सरो लगाउन सहयोग नगर्ने छोराछोरीहरुले मृत्युपछि खिरको पिण्ड दान दिने र एकाहा, सप्ताहा लाउने चलन बढ्दै गएको छ । मरेपछि पिण्ड दान गरेर खुशीहुनु भन्दा पनि बाचुन्जेल बाबा, आमालाई खानपान, स्याहार, सुसारको व्यवस्था, सरसहयोग गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *