–सरोजराज पन्त
शिक्षा जीवन र राष्ट्र विकासको अभिन्न अङग मात्र नभई मेरुदण्ड हो । शिक्षा बिना कुनैपनि राष्ट्र समुन्नत बन्न सक्दैनन । गुणस्तरीय उच्च शिक्षा देशको सामाजिक, आर्थिक, विज्ञान, प्रविधि र सांस्कृतिक आदि विकासको लागि महत्वपुर्ण आधारशीला हो । शिक्षाले समग्र विकासको लागि महत्वपूर्ण रहेको छ । शिक्षा र प्रविधियुक्त गुणस्तरीय शिक्षा भएमा मात्र राष्ट्रको विकास सम्भब हुन्छ । शिक्षा र मानव जीवनका बीचको बहुआयामिक सम्बन्धको व्याख्या र विश्लेषण गर्दा मानव संरचनामा शिक्षा प्रदायक शैक्षिक संस्था एउटा महत्वपूर्ण इकाई हो । शिक्षा भन्नेबित्तिकै मानवीय जीवनमा परिवर्तन ल्याउने व्यवहारिकरुपमा निपूर्ण गराउने जीवनमा आइपर्ने विभिन्न समस्यालाई समाधान गर्न सक्ने योग्य क्षमतावान नैतिक बाण प्रभावशाली जनशक्ति उत्पादन गर्ने कार्यलाई बुझिन्छ नेपाली भाषाको क्षमतावान ब्यक्ति जन्माउने भन्ने बुझिन्छ । यसैगरी शिक्षा मस्तिष्कको विशिष्टीकरण गर्ने, उत्सुकता जगाउने, सामाजिक शिष्टाचार कायम गर्ने, आदर्श दृष्टिकोण, असल आचरण काम र क्रियाकलापमा सक्रिय सहभागिता जनाउने, विश्वसनीयता र सत्यवादी विचारका साथै विश्वव्यापी ज्ञान भएका शान्त स्वभावका व्यक्तिको निर्माण गर्नु हो । यसरी मानव जीवनलाई सरल, सहज, परिणाममुखी, व्यावहारिक, सीपपूर्ण बनाउनका लागि शिक्षालाई अनिवार्य शक्ति मानिन्छ । त्यसैले शिक्षाको व्याख्या गर्दै परापूर्व कालमा विद्या धनम् सर्व धनम् प्रधानम् भनी व्याख्या गरेको पाईन्छ ।
शिक्षाको शाब्दिक अर्थलाई हेर्ने हो भने संस्कृत भाषा अनुसार सिक्नु, सिकाउनु, व्यक्तिमा ज्ञान र सीपको व्यवहारिक विकास गराउनु वा शिक्षा दिनु हुन्छ । हरेक व्यतिmमा अन्तरनिहित क्षमता बाहिर निकाल्नु, तालिम दिनु भन्ने हुन्छ । यसरी शिक्षा भनेको व्यक्तिका अन्तर्निहित प्रतिभाहरुलाई बाहिर निकाल्नु, तालिम दिनु, अगुवाई गर्नु, विकसित गर्नुलाई बुझिन्छ । शिक्षा भनेको विद्यालय वा महाविद्यालयमा निश्चित समयमा, निश्चित पाठ्यक्रम अनुसार अध्यापन गराउनु मात्रै नभई शिक्षा एक व्यापक प्रक्रिया हो । जुन जीवनभर चलिरहन्छ र यो एकपछि अर्को गर्दै अनुभव बढ्दै जान्छ । त्यसैले शिक्षा गर्भदेखि चित्तासम्म चलिरहने प्रक्रिया हो । शिक्षा मानवीय जीवनको सर्वाङिण विकासको एक महत्वपूर्ण साधन हो । शिक्षा केवल किताबी ज्ञानमा मात्र सीमित नभई जीवनपर्यन्त, परिणाममुखि र ब्यवहारमा परिणत गर्न सक्ने हुनु पर्दछ ।
शिक्षा लिने र दिने प्रक्रियाहरु शिक्षाको प्रकृति प्रकारहरु, माध्यमहरु, समय सन्दर्भ, देश, काल अवस्थाअनुसार फरक फरक रहेको पाईन्छ । हाम्रो मानव जीवन दिनप्रति दिन सरलबाट जटिल बन्दै गएको छ । प्राचीन सोच, चिन्तन, विचार, भावना, व्यवहारहरुमा दिनप्रति दिन परिवर्तन हुदैँ आएका छन् ती सबै शिक्षाकै कारण सम्भव भएका छन् जस्तै औपचारिक शिक्षा, अनौपचारिक शिक्षा, अनौपचारिक शिक्षा, प्रत्यक्ष र अप्रत्यक्ष, साधारण वा विशिष्ट र सामुहिक शिक्षा आदिबाट जीवनलाई अगाडी बढाउन सफल भएको पाईन्छ । शिक्षालाई मुख्य तथा दुई प्रकारबाट हासिल गर्न सकिन्छ । शिक्षा अध्ययन गरेर वा पढेर, भोगेर, विश्लेषण गरेर आफुले अनुभव,अनुभूति गरेर के ठीक के बेठीक हो छुटाउने हुनु पर्दछ । त्यसैले प्राचीन मानिसहरुले शिक्षा अनुभवबाट लिने गरेको, बुझ्ने गरेको पाइन्छ । जेहोस् त्यसबेला पनि शिक्षालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आत्मसाथ गर्ने गरेको पाइन्छ ।
आजको समाज, संस्कृति, सामाजिक रीतिरिवाज, अवस्था, भाषा, संरचना, धर्म, परम्परा सबै एकपछि अर्को रुपमा परिवर्तन हुदै सरलदेखि जटिल बन्दै गएका छन् । यसै क्रममा अहिलेको शिक्षा पनि एकपुस्तादेखि अर्को पुस्तामा प्रवेश गर्दा नयाँ चुनौति र सम्भावना बोकेर अगाडि बढ्ने गरेको छ । तर पनि देशको सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक, राजनीतिक, संरचना, अवस्था अनुसारको व्यवसायी, स्वरोजगारमूलक, सीपमूलक, प्रतिपर्धी, शैशिक्षा प्रदान गर्ने लक्ष्य अनुरुप सफल भएको पाइदैन । त्यसका लागि शिक्षा प्रदान गर्न विभिन्न रणनीतिहरु अवलम्बन गर्नुपर्ने देखिन्छ । सामान्यतया रणनीति शब्द सैन्य विज्ञानबाट आएको हो, जुन लक्ष्यमा पुग्न अनिनवार्य हुन्छ । यस्तै शिक्षण सिकाइ प्रक्रियामा पनि रणनीति शब्दको प्रयोग आजको २१ औँ शताब्दीमा हुदैँ आएको छ । यो एक पूर्व योजना हो । शिक्षणको मुूलभूत उद्देश्य विद्यार्थीहरुको व्यवहारमा क्रमिक रुपमा परिवर्तन ल्याउनु, वैकल्पिक शिक्षाविधि, सामग्रीहरु, साधन स्रेतको समुचित प्रोग गरी सिकाइको अवस्थामा सुधार गर्नु, राम्रो नतिजा हासिल गर्नु र यी सबै विषयसँग सम्बन्धित पूर्वयोजनाका साथ अगाडी बढ्नु शैक्षणिक रणनीति हो । वास्तवमा शैक्षिणक उद्देश्यहरु हासिल गर्नका लागि बनाइएको एक विशेष योजना हो, साधन हो । यसले शिक्षण र सिकाइबीच सम्बन्ध स्थापित गर्ने काम गर्दछ । शैक्षणिक रणनीतिको केन्द्रविन्दुमा शैक्षणिक उद्देश्यहरु हुन्छन् जसलाई पूरा गर्न विभिन्न विकल्पहरु खोजिन्छ र जसरी भए पनि पूरा गर्ने रणनीति अवलम्बन गरिन्छ । विधाथीहरुले सिक्नैपर्छ शिक्षकले जसरी पनि सिकाउनै पर्छ विज्ञानमा नौ महिनाको तालिम पछि एउटा सिपाहीले तोकिएका कुराहरु हासिल गर्नै पर्छ भन्ने वाध्यात्मक विशिष्ट उद्देश्य अनुरुप शिक्षण सिकाइमा पनि एक कक्षाको विधाथीले तोकिएको विषयवस्तुहरु एक वर्षको समयावधिमा जान्नै पर्छ भन्ने मान्यता यसले राख्दछ । यस प्रकारको रणनीतिको उद्देश्य र सिकाइको अवस्थालाई छर्लङ्क पार्दछ । सुक्ष्म उपागमनमा पुगेर शिक्षण गर्नका लागि शैक्षणिक रणनीतिले सहयोग पु¥याउँछ । शैक्षणिक अवस्थाको समूचित उपभोगबाट सिकाइका लक्ष्यहरुको पूर्णतया प्राप्ति गर्नमा शैक्षणिक रणनीतिले महत्वपूर्ण भूमिका खेल्दछ । शिक्षण रणनीतिले शिक्षण सिकाइ प्रक्रियालाई एक महत्वपूर्ण विज्ञानको रुपमा अगाडि बढाउँछ । शैक्षणिक रणनीति शिक्षण विधिभन्दा फरक प्रक्रिया हो । शैक्षणिक प्रक्रियाले विधाथीहरुमा सिकाइको असल वातावरण सिर्जना गरी आवश्यक प्रक्रियाको रुपरेखा तयार पार्दछ । यसले योजनाबद्व, विशिष्ट लक्ष्य उन्मूख, सीपमूलक, व्यवस्थित लक्ष्यहरु अगाडि बढाएर लक्ष्यहरु पूर्ण रुपमा प्राप्ति भए वा भएनन् भनी लेखाजोखा गर्ने काम समेत शैक्षिणिक रणनीतिमा गरिन्छ । शैक्षणिक रणनीतिमा सर्वप्रथम विशिष्ट उद्देश्यहरु तय गरिन्छ । तिनै उद्देश्यहरुको आधारमा विषयवस्तुलाई योजनाबद्व रुपमा, विभिन्न सामग्रीहरुको प्रयोग गरी क्रियाकलापहरु सन्चालन गरिन्छ । हरेक कक्षामा रहेका तीन किसिमका विधार्थीहरु उच्च, मध्यम, न्युन वा कमजोर गरी विधाथीहरुको मूल्याङ्कन गरिन्छ । समग्र शिक्षण प्रक्रियाको मूल्याङ्कन गरिन्छ ।
शैक्षणिक रणनीतिले समयसन्दर्भ अनुसार विधाथीहरुलाई गल्ती गर्दे सिक्दै, गर्दे सिक्दै, खेल्दै सिक्दै प्रक्रिया अवलम्बन गरी शिक्षण प्रक्रिया अगाडि बढाउँनु पर्दछ । शिक्षक र अभिभावकले आफ्ना बालबालिकालाई अध्ययन अध्यापन गर्दा आत्मविश्वास कमजोर बनाउने र हीनताबोध थपिदिन कुनैपनि काम नगरी वालमैत्री वातावरण सृजना गरी मनका भावना, पिडा, दुख, बह र अप्ठ्याराहरूसगैँ मनोरन्जन गर्न र भावनाहहरु अभिव्यक्त गर्न सहज एवं सुरक्षित वातावरण बनाउनु जरुरी हुन्छ ।
कोरोना भाइरस कोभिड १९ कारण बिद्यालय भौतिक रुपमा उपस्थित भएर बालबालिकाहरुको दैनिक कक्षा सञ्चालन गर्न सक्ने अबस्था छैन । घरमा बस्दा विद्यार्थीहरु/युवायुवतीहरु सञ्चारका साधनहरुमा झुम्मिएर हैरान पारेको देखि मोबाइल, कम्प्युटरलगायतका साधनको प्रयोगले आफ्ना नानी बाबु चलाख भएको पढाइमा सुधार भएको सुन्न पाइन्छ । उनीहरुको ती सामग्रीहरु प्रति सकारात्मक धारणा रहेको पाइन्छ । तर जसका नानीबाबु कमजोर छन्, ती पढाइमा भन्दा अन्य कुराको खोजीमा व्यस्त रहने गरेका छन् । यद्यपि सूचना प्रविधिको प्रयोग गरी शिक्षण सिकाई गर्नु पर्नेमा जोड दिएर सोहीबमोजिम अनलाइन कक्षाहरु सञ्चालन भैरहेका छन् । यसबाट ‘मैले सुनें भुलें, मैले देखें सम्झें र मैले गरें बुझें ’भन्ने भनाइलाई प्रयोग गर्दै सिक्दै, गल्तीबाट सिक्दै गर्नमा मद्दत पु¥याएको छ । उनीहरुको ध्यान ती साधन पाउनेबित्तिकै सानो उमेरका बालबालिकाको कार्टुन, गेममा जाने गरेको छ । त्यसै उमेरले भर्खर जिज्ञासु बनाएको टिन एजमा युवायुवतीहरुको ध्यान खेलमा र मनोरञ्जनात्मक गेमसँगै यौन जन्य भिडियो हेर्ने गरेको विभिन्न अध्ययनले प्रष्ट्याएका छन् । घरभित्र बसेर पढेका छन् भन्ने बनाएर मनोरञ्जन कार्यमा संलग्न हुँदा पनि घरबाहिर ननिस्कने, आजकल सरल भएको भान बाबुआमालाई पारेर आफू बिग्रिंदै गएका उदाहरण पनि हामी सामु छन् । युवायुवतीहरुमा पढ्न पर्दछ भन्ने भावनाको विकास नभएसम्म कहिले खेल, संगीत, नाचगान, फिल्म, भिडियो हेर्ने घरमा ल्यापटप, मोबाइल, कम्प्युटर नपाए, साथीसँग जान कापी, कलम, पुस्तक नभएको निहुँ झिकेर घर बाहिर निस्किने, समयमा घर नर्फकिने, साथीसँग भएका त्यस्ता सामग्रीको प्रयोग गर्ने गरेको पाइन्छ ।
जेहोस शिक्षण प्रक्रियामा श्रव्य दृश्य सामग्रीको माध्यमबाट सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ । सुनेर १४ प्रतिशत श्रव्य दृश्य सामग्रीबाट ८४ प्रतिशत विषयवस्तु सिकाउन सकिन्छ । यसले शिक्षकहरुलाई बढीभन्दा बढी शैक्षणिक सामग्रीहरु प्रयोग गर्न प्रोल्साहन गर्नु पर्दछ । यसले एक फोटो वा चित्र एकहजार शब्दभन्दा बढी शक्तिशाली हुन्छ भन्ने कुरा प्रमाणित भएको छ । जस्तै ः मैले सुने मैले भुले, मैले देखे मैले सम्झे र मैले गरे मैले बुझे यसैगरी नौ दिनमा नौलो, विस दिनमा विर्सो ,सय दिनमा सकियो भन्ने भनाइलाई आत्मसाथ गरी असल शिक्षण सामग्रीले विधार्थीहरुलाई छलफलमा सहभागी हुन बाध्य बनाउँछ । जसले शिक्षण सिकाइ प्रक्रियामा दोहोरो सञ्चार कायम हुन गई विषयवस्तुलाई स्पष्ट पार्ने काम गर्दछ । विधाथीहरुलाई नबुझेको विषयमा अवधारणा स्पष्ट गर्न सहयोग पु¥याउँछ । सिकाइलाई दिगो बनाउँछ । शैक्षणिक रणनीतिले शिक्षकहरुलाई प्रशस्त मात्रामा कक्षाको भित्रबाटै आकृति बनेर उदाहरण दिई पढन वा सिकाउन सहयोग पु¥याउँछ ।
उनीहरूलाई ‘के’ पढने ‘किन’पढने र ‘कसरी’पढने भन्ने बिषयमा रुचि पैदा गराउनु पर्दछ । अहिलेको पढाइ व्यावहारिक जीवनमा कसरी उपयोग गर्न सकिन्छ । अहिले अभिभावक र बालबालिकाको बिचमा असमान खाडल रहेको छ किनकि अभिभावकहरुको नजरमा सफल व्यक्ति जागिर खाने,धनकमाउने हुन्छन भने बालबालिकाहरुको नजरमा कुनै प्रसिद्ध खेलाडी, चलचित्रको हिरो हिरोइन वा ‘सेलिब्रिटी’हरू हुने गर्छन् । यसरी शिक्षालाई अर्थपूर्ण परिणाममुखी, व्यवहारिक, सीपपूर्ण, समयसापेक्ष, परिर्वतनमुखी बनाउन अवश्य पनि यसलाई लामो समय स्मरण गर्न सक्ने, व्यवहारमा उतार्न सक्ने, सीपले पूर्ण बनाउनु पर्दछ । यसका लागि शिक्षण सिकाई प्रक्रियामा नवीन रणनीतिको विकास गर्नु अति आवश्यक छ । यस्तै नयाँ धारणा चिन्तन विधि प्रविधिअनुसार शिक्षण कार्यलाई अगाडि बढाउनु पर्दछ । उदाहरणका लागि सानो कक्षामा ‘क’ ‘ख’ वर्णहरु सिकाउँछ । आकृति र अबधारणाको माध्यमबाट सिकाउने परापूर्वकालमा क लाई सिकाउँदा कपुरी ‘क’, खरायो ‘ख’ गाइगोडे ‘ग’, घरजस्तो ‘घ’ आदिको बिधिमा आजकल कलम ‘क’, खरायो ‘ख’, गमला ‘ग’, घडी ‘घ’ आदि नेपाली वर्णमा र अङग्रेजी वर्ण, गणित वा म्याथमा अङ्कहरु सिकाउँदा पनि सरलबाट जटिल तर्फ समन्वय गरी सकाउन सकिन्छ जस्तैः ‘क’ ‘ख’ लेखाउँदा ‘क’ बाट सुरु नगरी पहिला अङ्ग्रेजी small I, c, o सिकाएर गणितको १, २ म्याथको 1, 2 सिकाएर एक अर्कामा अङ्क वर्ण सिकाउन सकिन्छ । यस्तै १ र p,d,b,m,np,d,b,m,n आदि ।
1, 2 ,q, p, c ,o ,e सिकाएर क ख A, B ,R ,Q, Maths को 3,6,8,9 एकैपटक सिकाउन सकिन्छ । यस्तै : MN, F, E, T,I, L, P,R, B, V, W, O,Q आदि सँगै पढाउन र लेख्न सिकाउन सकिन्छ । यसैगरी सुनाइ, बोलाइ, पढाइ र लेखाइ यी चारवटै सीपलाई समान ढगले लैजानु पर्दछ । साना कक्षाका वालवाकिाहरूमा परीक्षा, नतिजाभन्दा पनि अध्ययन र सिकाइ प्रक्रियामा जोड दिएर उत्प्रेरित गर्ने र सिर्जनात्मक क्षमतामा जोड दिन सकेमा विधाथीलाई जिज्ञासु बनाएर सिकाउन सकिन्छ । यसबाट वालवालिकामा पढाइ बोझ मात्र हो भन्ने आभाष हुदैन र शिक्षण सिकाइ विधाथीका लागि बोझ नभई खेल जस्तै हुन जान्छ र सहज रुपमा सिकाउन सकिन्छ । यसको अर्को उदाहरणमा सानो कक्षामा विज्ञान विषय शिक्षण गर्दा सजीव र निर्जीव वस्तुको विशेषताहरु उनीहरुलाई नै खोजी गर्न लगाएर सिकाउन सकिन्छ । क्षेत्र भ्रमण विधि, परियोजना कार्य विधि, पात, फल, फूल आदि सङ्कलन गरेर छलफल विधिको प्रयोग गरेर शिक्षण गर्न सकिन्छ । गणित शिक्षण गर्दा स्थानीय सामग्री जस्तै सिक्का, काठका टुक्रा, जम्मा गरेर जस्तै कुनै कक्षामा २० जना विधाथी भए सबैलाई ५/५ वटा ढुङ्गा खोज्न पठाई एकै ठाउँमा जम्मा गराउन लगाई पुनः गन्न लगाउने र जोडेको अबधारणा स्पष्ट पार्ने फेरि ५ जना विधाथीको बराबर बाँड्न लगाई भागको अबधारणा स्पष्ट यस्तै थोरै संख्यालाई दिएर गुणन र घटाउको अबधारणा स्पष्ट पार्न सकिन्छ । यसलाई कक्षा, विधाथीको स्तर अवस्था अनुसार प्रयोग गर्न सकिन्छ । अहिले घरमा रहेका नानीबाबुलाई अल्छी, अटेरी भए भन्ने गुनासो बढिरहेका बेला अभिभावकले यसैगरी उनिहरुलाई सिकाएर हेर्न सकिन्छ । पढाइ बोझ नभई रमाइलो खेल हो र भविष्य राम्रो बनाउने बाटो हो भन्ने छाप बालबालिकामा पार्नु पर्दछ भने यसको लागि असल वातावरण निर्माण गरी सहकार्य गर्नु पर्दछ ।
यसैगरी वर्तमान समयमा शिक्षा व्यवहारिक नभएको सुगा रटाई शिक्षण विधि प्रयोग हुने गरेको जनगुनासो रहेको छ । वास्तवमा विधाथी स्वयंलाई सक्रिय बनाएर शिक्षकले केवल सहज कर्ताको रुपमा उभिन नसके आगामी समयमा विधाथीहरुलाई आफ्नोपन कायम हुन सक्ने अवस्था देखिदैन । यसको सम्भावनाका लागि विधाथी केन्दि«त शिक्षणविधिलाई विभिन्न विषयहरुमा पूर्ण रुपमा लागू गर्न सकिन्छ । जस्तैः समूह छलफल, आफै प्रश्न निर्माण र उत्तरलेखन, गाह्रा शब्दको छनौट र अर्थ लेखन प्रतिस्पर्धा जान्ने विधाथीहरुबीच स्वच्छ प्रतिष्पर्धाका लागि छिटो जान्ने विधाथीलाई अगाडि सारेर शिक्षण प्रक्रियामा सहभागी बनाउने प्रक्रिया आदि ।
यस्तै शिक्षणमा व्यवहारिक महत्वलाई विशेष ध्यान दिन विधाथीहरुमा व्यक्तिगत सरसफाइ, अनुशासन, नैतिक शिक्षा, खानपान, आफ्ना सरसमानहरुको जतन, प्रयोग आदि विषयमा विशेष ख्याल गनुपर्ने देखिन्छ । किताबी ज्ञानले भन्दा यस्ता नैतिक शिक्षाको कारण विधाथीहरुमा व्यापक परिवर्तन गर्न सकिने प्रशस्त आधारहरु छन् । मनोविज्ञान अनुसार व्याख्या विश्लेषण गर्ने हो भने हरेक विधाथीमा एक न एक प्रतिभाहरु हुन्छन् ती प्रतिभाहरुको सही पहिचान गरी प्रोत्साहन गर्न नसक्ने हो भने शिक्षा केवल ‘खाए खा नखाए घिच्’ भन्ने बाध्यात्मक् अवस्थामा पुग्दछ । शिक्षा बाध्यता बसको सिकाई नभई रमाइलो गरी सिक्ने अवधारणा सिकाइ अनुसार अगाडि बढ्नुपर्ने हुन्छ । यसका लागि शिक्षकहरुलाई समय सन्दर्भ अनुसार तालिम दिएर पढाइमा सहजता थप्नु आवश्यक छ ।
.