मानव बेचबिखन विरुद्ध हाम्रो दायित्व

शुभेच्छा पन्त

मानव साँस्कृतिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक सबैको धरोहर हो । मानवले नै हिमाली भेगमा सेताम्मे परेका हिरा जस्तै टल्कने हिमालहरु, पहाडमा जडिबुटीको खानी र तराईमा सुन जस्तै धन फल्ने सम्म परेका वस्तीहरुको संरक्षण गर्न सक्दछ । यति हुदाँ–हुदै पनि मानव भित्रको व्यवहार एकरुपता नहुदा कहिले आर्थिक अवस्था, रोजगारीको न्यून अवसर, राजनीतिक अवस्था, अज्ञानता, आर्थिक विपन्नता, भेदभावपूर्ण सामाजिक संरचना आदिले गर्दा मानव जीवनमा कष्ट पुर्याेएको छ । यिनै मानिसका क्रियाकलापले मानवका हक, अधिकार, अस्मिता लुटिने र हिंसा बढाउने गरेको पाइन्छ । यी क्रियाकलापबाट यो सुन्दर भूमि नेपाल र हाम्रो गाउँ समाज पनि अछुतो रहन सकेको छैन । मानव बेचविखन दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

संसारको सबै भन्दा सर्वश्रेष्ठ प्राणी मानव हो । प्रकृतिले संघर्ष गरेर बाँच्न सिकाउने मानव एक प्रमुख प्राणी हो । अरु प्राणीहरुलाई जन्मजात सिप र क्षमता प्रदान गर्ने प्रकृतिले मानवलाई सधै भरी सघंर्ष गरेर बाँच्ने शक्ति दिएको छ । त्यही शक्तिलाई पछ्याउदै मानवले अनवरत संघर्ष गरिरहनु पर्दछ । मानव जीवनका हरेक पाइला–पाइलामा संघर्ष अनिवार्य नियम बनेको छ । चाहे त्यो प्राचिन कालदेखि आधुनिक बैज्ञानिक काल सम्म पनि यो निरन्तर चलिरहेको छ । पहिला प्रकृतिसँग लड्न विवश हाम्रा पुर्वजहरु अहिले प्रकृतिसँगै मानव समुदायसँगै विभिन्न समस्या समाधानका लागि लडिरहनु परिरहेको छ । ती समस्याहरु मध्ये मानव बेचबिखन अहिले जल्दोबल्दो समस्याका रुपमा देखिएको छ । मानवले आफ्नो स्वार्थ पूर्तिका लागि अमानवीय ढङ्गले मानव शरिर र विभिन्न मानविय अंगहरु बेचबिखन गर्ने गरेको पाइन्छ । यस विरुद्ध चालिने अभियान नै मानव बेचविखन विरुद्धको अभियान हो ।

मानव बेचबिखन जघन्य अपराध हो । मानव बेचबिखन भनेको कुनै पनि उद्देश्यले मानिसलाई बेच्ने वा किन्ने भन्ने बुझिन्छ । अर्को अर्थमा कुनै पनि व्यक्तिलाई जर्बजस्ती तथा धोका दिएर शोषण गर्नु, घरेलु काममा लगाउनु, मानव अंग झिक्नु वा अन्य प्रकारका यौन शोषणमा प्रयोग गर्नु र झुक्याएर अन्यत्र लैजाने कार्यलाई नै मानव बेचबिखन तथा ओसार पसार भनिन्छ । मान्छेले मान्छेलाई नै बेच्ने दुस्साहस धेरै छन् । यस्ता काम हुनुका कारणहरु पदको दुरुपयोग, पैसाको विषयमा चेतनाको कमी, रोजगारीको अवसर कम हुनु आदि हुन् । यसबाट मानिसलाई बेचिने, ठगिने र बिचल्लीमा पारेका छन् । यसबाट अनेक प्राणघातक रोगहरु फैलिएका छन् । र विसङ्गति बढ्दै गएको हुनाले, यसले गर्दा मानिसको शारीरिक तथा मानसिक रोग बढ्ने गरेको र छरछिमेकबाट पनि हेपिनु पर्ने भएको छ । यस्ता क्रियाकलाप कहिले धेरै ठाँउमा फैलिएको छ । त्यसैले यसलाई जल्दोबल्दो विषय पनि भन्ने गरिन्छ । स्वतन्त्रता आधुनिक कालको प्रमुख राजनीतिक दर्शन हो । कुनै प्रकारको शासकिय बाधा, रोकावट, बन्धन आदि नभई उचित तथा सङ्गत काम र व्यवहार स्वयम् गर्न पाउने अधिकार वा शक्तिलाई नै स्वतन्त्रता भन्ने गरिन्छ । जस्तैः स्वतन्त्र रचना, स्वतन्त्र मतदान आदि हुन् । अर्को अर्थमा स्वतन्त्रता भनेको अरु कसैको बन्धन, दबाब, अधिन आदिमा नरही आफ्नै तन्त्र वा शासनमा रहने र त्यसै माध्यमले स्वयम् सोची बुझी काम गर्न सक्ने वा पाउने भन्ने बुझिन्छ । स्वतन्त्रता भनेको मानिसको अभिन्न अङ्ख हो । स्वतन्त्रता विना मानिस सफलता पूर्वक बाच्न सक्दैन् । जुनैसुकै अधिकार चाहे मानव अधिकार होस् वा बाल अधिकार, महिला अधिकार होस् वा श्रमको अधिकार यिनीहरु सबैमा स्वतन्त्रताको कुरा आइ नै हाल्छ । मानिसहरु चाहे साँस्कृतिक वातावरणमा हुर्केको होस् वा चाहे राजनीतिक वातावरणमा, उनीहरुलाई जे काम गर्न र गराउनका लागि पनि स्वतन्त्रता चाहिन्छ । मानिसको आशा नै स्वतन्त्रताका आधारभूत कुरा परिपूर्ति हुनु हो । स्वतन्त्रता मानिसलाई आवश्यक छ । तर, अहिले स्वतन्त्रताको निहुँमा दिनँहु मानव बेचविखन, हिंसा बढ्दै गएको छ । मानिसले मैले जे पनि गर्न पाँउछु भन्ने सोच भएकाले प्रति दिन यस्ता क्रियाकलापहरु बढिरहेका छन् । मानिस भएर जन्मेको कारण विश्वको जुनसुकै पनि मानिसलाई स्वतः प्राप्त हुने अधिकारलाई मानव अधिकार भनिन्छ । मानवलाई न्यूनतम मानविय मर्यादा सहित हुर्कन, बाँच्न र जीवनयापन गर्ने अधिकार सम्पूर्ण मानिसहरुलाई कानूनले नै दिएको हुन्छ ।

मानव बेचबिखन र ओसार पसार राम्रो काम दिने प्रलोभनमा पारेर, विदेश लैजाने भनि ढाटेर वा जीवनस्तरमा पनि परिवर्तन आँउछ । र सँधै गरिबीको भुमरीमा नपरी उज्यालो भविष्य बनाइ दिन्छौ भन्ने आदि योजना बनाएर वैदेशिक रोजगारका लागि वा ऊ भएको ठाँउदेखि टाढा लगेर उनीहरुलाई उहीँ बेच्ने काम अथवा उनीहरुको अस्मिता लुट्ने र उनीहरुको अङ्खहरु बेच्दिने आदि गरेको पाइन्छ । यसरी जाने व्यक्तिहरु कुनै न कुनै रुपबाट मानव बेचबिखन तथा ओसार पसारको शिकार भइरहेका छन् । महिलाहरुले झनै निच काम गर्नुपर्ने, उनीहरुको स्थिति झनै संवेदनशील छ । यस्ता अपराधलाई न्यूनिकरण गर्न हरेक वर्ष जुलाई ३० मा मानव बेचबिखन तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । महिला र बालबालिका धेरै बेचबिखन र ओसार पसारमा पर्ने भए पनि अहिले पुरुषको संख्या पनि बढ्दै गएको छ । अहिले महिला वा बालबालिका मात्र नभई अब जो–कोही बेचबिखन तथा ओसार पसारको शिकार भइरहेका छन् । मानव बेचबिखन एक अपराध मात्र नभएर, यो मानव अधिकारको हनन तथा मानिसको स्वतन्त्रता पूर्वक बाँच्न पाउने अधिकारको गम्भीर उल्लंघन हो । मानब बेचबिखन र ओसार पसारबाट भएका पीडितहरुको उद्दार, संरक्षण, सहयोग र समन्वय गर्न आवश्यक छ । मानब बेचबिखन विरुद्द जनचेतनामुलक र सशक्तिकरणका कार्यक्रम संचालन गर्नुपर्छ । विदेशमा बसेर मानव बेचबिखन र अपराध गर्नेहरूलाई समातेर ल्याउन विभिन्न कानुन, सन्धि, वैदेशिक सम्बन्ध लगायतका जटिलताका कारण कठिनाइ छ । बेचबिखनमा परेका व्यक्तिको उद्धारमा पनि स्पष्टता छैन । मानिसको किनबेचमा संलग्नलाई बढीमा बीस वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना हुने व्यवस्था ऐनले गरेको छ । यो कानुनको महत्वपूर्ण पक्ष उजुरीको कुनै हद म्याद तोकिएको छैन र जो सुकैले पनि उजुरी गर्न सक्छ ।

यस्ता कार्यलाई नियन्त्रण गर्ने उपायहरु नेपालमा नै रोजगारीको अवसर दिलाउने, पारिवारिक पुर्नमिलन गराउने, समाजमा समायोजन गराउने, राज्यका संयन्त्रलाई सशक्त बनाउने, सबै सामु शिक्षा र चेतनाका लहरहरु पु¥याउने, शैक्षिक पाठ्यक्रमलाई व्यवसायिक र रोजगारमूलक बनाउने, गरिबी निवारण अभियानमा लाग्ने, सबै एकजुट भएर यस कार्यलाई नियन्त्रणमा लिनु पर्छ । कानूनी प्रावधान बलियो बनाउने र उचित कार्यान्वयन गर्नुपर्छ । यस्ता अपराधलाई नियन्त्रण गर्न परिवारदेखि सामाजिक संघ संस्था, स्थानीय तह, सरकारको सहयोग आवश्यक पर्दछ । यस्ता समस्याबाट मुक्ति दिलाउने संघ संस्था, व्यक्ति आदिलाई समाज तथा राज्यले प्रोत्साहन दिनुपर्दछ । मानव बेचविखन र ओसार पसार तस्कर गर्ने व्यक्तिलाई सामाजिक बहिष्कार र कडा सजायको व्यवस्था गर्नुपर्छ । कोही मानिस पनि दलाल व्यक्तिसँग नजिक हुने, ललाई, फकाईमा पर्ने गर्नु हुदैन । सामाजिक, साँस्कृतिक क्रियाकलापमा पनि रवाफ देखाएर अरु माथि हिंसा गर्ने व्यवहारको अन्त्य हुनु पर्दछ । अर्काको देखासिकी गर्ने र भ्रमको खेती गर्नेहरु देखि सदैव टाढा रहनु पर्दछ ।

यो पनि पढ्नुहोस्

मानव बेचबिखन विरुद्ध हाम्रो दायित्व

  1. लेखेको गारो शब्दको अर्थ पनि दिए राम्रो हुनेथियो. Sana ठूलो सबैले बुझने थिए

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *