कोरोना संक्रमणको अवधिभर होम आइसोलेसन र घरायसी उपचारको अनुभव

धेरै जना साथिहरुको अनुरोधमा मैले आफ्नो उपचारको अनुभवको सार सन्क्षेप यहाँ लेखेको छु । उपचारको लागि प्रमाणित केही मापदण्डहरु पनि होलान् । कतिपए स्थानीय तहहरुबाट सिफारिस गरिएको आइसोलेसनमा रहँदाको खानपान र दैनिक ब्यवहारको तालिका सामाजिक सञ्जालहरुमा पनि आइरहेका छन् । तिनैको आधार लिएर र साथी शुभचिन्तकहरुको सुझाब अनुसार यो २३ दिनको बसाईमा मैले बुझेको र अपनाएको मापदण्ड (adapted standard) यहाँ लेखेको छु ।

विशाल घिमिरे
कार्यालय प्रमुख
डिभिजन वन कार्यालय मोरङ

यो रोगको प्रकृति र लक्षण ब्यक्ति अनुसार फरक–फरक हुने गरेको पाइएको (अन्य सन्क्रमित ब्यक्तिहरुसँगको अनुभव आदान प्रदानबाट थाहा भए अनुसार) ले सबैलाई यहि ठिक हुन्छ भन्न सकिन्न । बिरामिको प्रकृति अनुसार आफ्नो नजिकको स्वास्थ्यकर्मीको सल्लाह बमोजिम गर्नहुन अनुरोध छ । बिराटनगर महानगरपालिकासँग समन्वय गरेर म आफ्नो आवासमै आइसोलेसनमा बसेको हुँ । समय समयमा स्वास्थ्यकर्मी सँग सम्पर्कमा रहेर आफ्नो अवस्थाको बारेमा बताउँदै परामर्श लिइरहेको थिए ।

१. एकान्तबासमा पूर्णतः एक्लो बसाइ, खुला हावादार कोठामा आफ्नो सामान, भाँडा, कपडा, बाथरूम बिरामीको मात्र प्रयोगमा, अरुले उपयोग शेयर नगर्ने ।

(क) बिहान तातो कागती पानी र पसिना ननिस्कने समय सम्म जुम्बा डान्स । केहिबेर तातोपानीको बाफको उपचार । स्वास्थ्यकर्मी लिने र छोड्ने अभ्यास । अदुवा मरिच सहितको कागती चिया । गुर्जोको डाँठ, मरिच, तेजपत्ता, दालचीनी, अदुवा, बेसार, सक्खर, ज्वानो, टिमुर, तुलसी नीम र पारिजातको पात, अश्वगन्धाको पाउडर, जेठिमधुको पाउडर मिसाएर पकाएको तातो सुप पटक–पटक । आफुलाई रुच्ने तातो खाना (मैले शाकाहारी अपनाए) । सुरुको १० दिन जति त दैनिक ६ लिटर सम्म तातोपानी सेवन गरेँ ।

(ख) दिनभरमा ३ पटक कागती र अदुवा मरिच चिया वा माथी लेखिएको तातो सुप । सुरुको ८÷१० दिनसम्म दिनको १ दाना अमला खाएँ । परिवार, साथि शुभचिन्तकहरु सँगको सकारात्मक फोनवार्ता ।

(ग) साँझमा पसिना ननिस्कदा सम्म जुम्बा डान्स, केहिबेर तातोपानीको बाफको उपचार । स्वास प्रस्वास लिने र छोड्ने अभ्यास । रुचि अनुसारको खाना । माथी लेखिएको तातो सुप । त्यो तातो सुप एकैपटक ठुलो भाँडामा पकाइराख्ने र समय समयमा निकालेर पिउने गरेको ।

(घ) बिहान र राती सुत्ने बेलामा एक चिम्टी धुलो बेसार राखेर एक गिलास तात्तातो दूध । शरिरलाई पूर्ण आराम पुग्नेगरी निन्द्रा प्राप्ती ।

(ङ) इच्छानुसारको गीत सङ्गीत र भजन श्रवण । आफ्नो कोठा बाथरूम प्यासेजलाई स्यानिटाइजर झोल स्प्रे गरी साँझ बिहान डिसिन्फेक्सन सफाई ।

(च) सुरुको २ दिनसम्म ज्वरो आउदा र शरिरको ढाड जोर्नीहरु दुख्दा बिहान बेलुकी ँभिहयल १÷१ चक्कि, करिब ७÷८ दिनसम्म खोकि लाग्दा पोलेको बोझोको जरा टुक्रा र जेठीमधुको डाँठको टुक्रा मुखमा राखी रस चुसिरहने । मह पनि उपयोगी हुने, परिवारमा अरुले खाए, मेरो एलर्जिको कारण मह खाइन । खोकी लाग्न सक्ने हुनाले दहि महि र चिसो पानी वर्जित गरियो ।

(छ) कोरोना संक्रमण भएको २ दिन पछि देखि करिब १ साता नाकमा गन्ध र जिब्रोमा स्वाद हराउदो रहेछ, शून्य बराबर, केही नै थाहा नहुने । यतिसम्म कि मैले सन्चोको बिर्को खोलेर नाकैमा पसाउदा समेत कत्तिपनी गन्ध थाहा नहुने अनि खानाको त स्वादै थिएन । मात्र अलिअलि नुनिलो महसुस हुने । यतिबेला अलि अलि नुन र बिरेनुन, कागती र अकबरे खुर्सानी अचारको रुपमा चाट्ने गरे । अनि बल्ल केही स्वाद मससुस हुन्थ्यो । पछि सन्चो हुँदै गएपछी गन्ध र स्वाद फिर्ता आयो ।

(ज) बिचमा १ दिन पखाला लागेको, तर औषधि नखाइ सन्चो भयो ।

(झ) ज्वरो, खोकी र पखलाले गर्दा होला, करिब ३÷४ दिनसम्म शरीर एकदम कमजोर र आलश्य भएको महशुष गरे । कमजोरिले गर्दा होला, केही नगरी बस्दा पनि पसिना आइरहने । हुनत त्यो समयमा शरिरमा तातोपानीको आपूर्ती पनि धेरै थियो । पछि संक्रमणले छोड्दै गएपछी यो सबै नर्मल हुँदै गयो ।

(ञ) यस अवधिभर म, श्रीमती अञ्जु जी (यसबिचमा टेष्ट नगराएपनि संक्रमणको लक्षणहरु देखिएर करिब १२ दिन बिरामी परेको) र कर्मचारी अच्युतमजी (आफु पनि संक्रमित हुनुभएको) ले मिलेर यी ब्यवस्थापन गरेर सबैले यसै अनुसार सङ्गै उपचार गरायौ ।

(ट) बजारको थप औषधि : बिहान बेलुकी एक एक चम्चा च्यावनप्रास, भिटामिन सी (बअभतष्अ बअष्म) ट्याब्लेट र जिन्क (शष्लअ) ट्याब्लेट एक एक चक्की बिहान बेलुकी । आयुर्वेदिक पसलबाट अश्वगन्धा र जेठी मधुको पाउडर । खोकी सञ्चो गर्न आयुर्वेदिक कस्तुरी भूषण र कासामृत सिरप । जडिबुटी कम्पनिको सञ्चो ।

(ठ) आफुसँग शरिरमा अन्य रोग बिराम छैन् भने धेरै डराउनु पर्ने रहेनछ । मैले आफ्नो अन्य कुनै रोगबिराम भएको महशुष गरेको छैन । मैले ओक्सिमिटर र थर्मामिटरबाट आफ्नो मापन नियमित गरिरहेको थिए ।

(ड) यो मेरो ब्यक्तिगत अनुभव हो । सबैमा यो उपचार, विशेष गरी बजारको औषधीको प्रकार र मात्रा, लागू नहुन सक्छ । आफ्नो समस्याको प्रकृति एवम डाक्टरको सल्लाह अनुसार गर्नुहुन अनुरोध गर्दछु ।

मेरो साउन २३ गते कोरोना संक्रमण पुष्टी भएर २३ दिनपछि भदौ १२ गते संकलन गरिएको स्वाबको रिपोर्ट नेगेटिभ आएको हो । संक्रमित भएर होम आइसोलेसनमा बस्दा पनि म छिट्टै निको हुन्छु भन्ने आत्मविश्वास थियो । कोरोना संक्रमितले घरायासी उपचार संग संगै सबैभन्दा महत्वपूर्ण आफ्नो आत्मवल बलियो बनाउनु पर्छ । यसबिचमा मेरो सुस्वास्थ्यको कामना गर्नुहुने सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दछु । हजुरहरु सबैमा सुस्वास्थ्यको शुभकामना ।

घिमिरेले कोरोना संक्रमण अविधिभरको आफ्नो अनुभव सामाजिक सञ्जाल फेसबुकमा राख्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *