कृषिता अधिकारी (निशा)
शिक्षा त्यो महत्वपूर्ण अस्त्र हो, जसले सम्पूर्ण ज्ञान भर्दछ । के राम्रो के नराम्रो ? के सही या के गलत सम्पूर्ण चेतनाको बोध गराउँछ । शिक्षाले नै मानिसमा चेतना भर्दछ भने हामी र हाम्रो समाज परिवर्तन गर्नेका लागि महत्वपूर्ण भुमिका खेलेको छ । साँच्चै नै शिक्षाले समाजमा ज्योती छर्ने काम गरेको छ । भनिन्छ, एउटा परिवारमा कुनै व्यक्ति शिक्षित भयो भने परिवार र समाज शिक्षित हुन्छ । शिक्षाले नै चेतनाको विकास गर्दछ र मानिसमा नयाँ विचार धारणा उत्पन्न हुन्छ, जसले गर्दा नयाँ–नयाँ आविष्कारहरु प्रतिपादन हुन्छन् ।
विस्तारै–विस्तारै हामी र हाम्रो देश पनि विकसित हुन्छ । विकासका आयामहरु तिव्र गतिमा अघि बढ्न थाल्छन् । ठूला–ठूला कलकारखाना, विद्युतिय उत्पादन वस्तुहरु नयाँ साधन स्रोत उपयोगमा आउने गर्दछन् । जसले गर्दा देशमा विकासको गति तिव्र रुपले अघि बढिरहेको हुन्छ । तिनै साधन स्रोत सञ्चालनमा ल्याई आर्थिक क्षेत्रलाई बढावा मिल्ने गर्दछ । ज्ञान सीप र कलालाई विशेष महत्व दिएर गरिबी हटाउन मदत गर्दछ । रोजगार शिक्षा, स्वास्थ्य देशका हरेक क्षेत्रमा आम मानिसहरुको पहुँच रहेको हुन्छ । र जहाँ शिक्षा चेतनाले चौतर्फी विकासमा सहयोग पु¥याउँदछ ।
साँच्चै नै भन्ने हो भने शिक्षाले नै चेतनाको विकास गर्दछ । मानिसले राम्रो सँग ज्ञान प्राप्त गरेर समाज परिवर्तन गर्नेको लागि उदाहरणीय काम गर्ने गर्दछन् । जसले गर्दा हाम्रो समाजमा परिवर्तनहरु आउँछन् । मानिस शिक्षित र चेतनशिल भएर उद्योग, कलकारखाना जस्ता विभिन्न कार्यमा सहभागी हुन्छन् । र आफ्नो जीवनशैलीमा सुधार लिएर खुसी र सुखी पूर्वक जीवन यापन गर्दछन् । यसैगरी शिक्षाले नै राजनीति, आर्थिक,सामाजिक पक्षहरुलाई समेटेर देश निर्माणमा विभिन्न नीति नियम ल्याउने गर्दछ । जब मानिस चेतनशिल हुने गर्दछन् । आफ्नो धारणा अभिव्यक्तिले व्यक्ति, परिवार,समाज हुँदै सिंगो देशको ढाँचा नै परिवर्तन गर्ने गर्दछन् ।
जसले हामी र हाम्रो देशको मुहान फेरिदै गएको छ । इतिहासकाल देखि नै विभिन्न संघर्ष, गरेर लोकतन्त्र गणतन्त्र आयो गरिब दिन दुखीको मुहारमा हाँसो खुसी ल्यायो तर केही हदसम्म सदियौ देखि अथवा भनौ न हिजोको समयमा शोषक र शासक वर्गहरु थिए । विस्तारै परिवर्तन भएर आज आधुनिक युगमा प्रवेश गरेकोे छ । जसलाई विज्ञान र प्रविधिको युग भनिन्छ ।
यसैगरी समय परिवर्तन सँगै मानिसका भौतिक साधन स्रोत उपभोग गरिरहेका छन् । मानिसले आफ्नो जिवनशैली परिवर्तन गरिसकेका छन् । खान लाउन, रहनसहन सम्पूर्ण कुराहरु आज परिवर्तन भएको छ । जसको उच्च श्रेय शिक्षा र चेतनाबाट विकसित हुन सफल भएको पनि हो । हिजोको गरुकुल शिक्षा देखि आज स्कुल कलेज विभिन्न बोर्डिङ स्कुल जस्ता पाठशालाहरु बनेका छन् । हिजो चुलोचौकोमा सिमित छोरीहरु पनि आज सक्षम भएका छन् । हिजो सामान्य बिरामी हुदाँ वैदे गुरुकोमा जाने नेपाली जनता आज अस्पताल पुगेर सेवा सुविधा लिइरहेको अवस्था छ । समय निकै नै परिवर्तन भएको छ शिक्षाले नै चेतनाको विकास ग¥यो । र त सकरात्मक धारणा विकास भयो । अहिलेको परिस्थितिमा हामी अभिभावकले पनि मेरो छोराछोरिलाई डाक्टर, पाइलट गराउँछु भन्ने धारणा लक्ष्य लिएका हुन्छन् । र तिनै धारणाले आज देशमा कोही डक्टर,पाइलट, इञ्जिनियर जस्ता विभिन्न क्षेत्रमा सहभागी भएका हुन्छन् । जसले बिरामी हँुदा उपचार पाएका छन् । यातायातको सेवा सुविधा तथा भौतिक स्रोतको सहजै उपयोग गर्न पाएका छौ । अर्को तर्फ शिक्षा चेतनाको कमी पनि अझै देखिएको छ भने गलत विचार, धारणा बदलिँदै आएको छ ।
यद्यपी विकास र प्रविधिको जति विकास हुँदै गए, त्यो सँगै हामी र हाम्रो समाज तथा देशमा शिक्षा चेतनाको अभावले हिंसात्मक घटनाहरु पनि भइरहेका छन् । जसले गर्दा आज देशमा अकल्पनीय घटनाका समाचार आइरहन्छन् ।
समाजमा अझै पनि व्याप्त रहेका गलत सोँच, चिन्तन, सँस्कार र गलत परिपाटीका कारण समाजमा बलत्कार, बिभेद, हत्या, हिसां जस्ता अपराध कायम छ । दिन प्रतिदिन दुखद घटनाहरु भइरहेका छन् । पछिल्लो समय जुन कोभिड–१९ को महामारीले हाम्रो जनमानसमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धेरै असर देखिन्छ । यस बीचमा देशमा निकै दुखद र डरलाग्दा घटनाहरु पनि देख्यौ र सुन्यौ पनि । वर्तमान संकटले बेरोजगार, भोकमरीको जोखिम सँगै र मानसिक तनाव पनि बढाएको छ । यसले समाजमा भोलीमा दिनमा अझ भयानक घटनाहरु हुन सक्ने जोखिम कायमै छ । यसका लागि आम मानिसमा आशा र उत्साहको सञ्चार, उच्च मनोवल, चेतना भर्न सबैले भुमिका खेल्नुपर्दछ । सदैव नकरात्मक सोच, चिन्तन, गलत धारणा र विचारले हामीलाई अपराधी बनाउँछ । हामी सोच्न र बुझ्न सक्ने चेतनशिल, विवेकशिल मानव भएर पनि यस्तै कारण तुच्छ पशु सरह बन्न पुग्छौं । त्यो मुल कारण नै हामीमा शिक्षा, चेतना, विवेकको व्यवहारिक प्रयोग गर्न चुक्छौ । हुन त सबै कुरा पढेर मात्र जानिदैन, धेरै कुरा परेर अर्थात व्यवहारले बुझाउँछ भनिन्छ । तर, हामी समय परिस्थितिले पनि शिक्षित बन्न सक्थ्यौ र सकरात्मक धारणाबाट समाज परिवर्तन पनि गथ्र्यौ । तर, आज भोली शिक्षा राम्रो हुँदाहुँदै पनि चेतना र विवेक गुमाउदा अप्रिय घटना हुने गरेको छ । काभ्रे जिल्लामा भएको भयानक घटनाले चेतनाको कमी र गलत धारणा कुन हद सम्म छ भन्ने प्रतित हुन्छ । आफ्नै घरपरिवार सँग डराउनुपर्ने स्थिति छ । यि र यस्ता घटनाले गर्दा हाम्रा छोरिहरुलाई विवाह गरिदिदा सयांै पटक सोच्नुपर्ने भएको छ । कतै यस्तै घटनाको शिकार त हुने हैनन् भनेर सोच्नुपर्ने बाध्यता छ । दुःख गरेर खाइ नखाइ पाले हुर्काएका छोराहरुबाट निकालिनु परेको छ । कतै जातीय हिंसाका कारण ज्यानै गुमाउनुपर्ने अवस्था छ ।
हुन त शिक्षा र चेतना भएका मानिसले पनि गलत काम गर्दैनन् भनेर भन्नै मिल्दैन गर्छन् । मानिस चेतनशील प्राणिबाट जब चेतनाहिन बन्छ । त्यो अवस्थामा सबथोक गर्न तयार हुन्छ, गर्दछ भन्ने उदाहरण बिभिन्न कहाली लाग्दा घटनाले देखाएको छ । अब सबै मिलेर अहिलेको महामारीलाई कसरी सामना गर्नुपर्ने हो ? यसमा लाग्नुपर्छ । नत्र यसकै कारण पनि समाजमा धेरै खालका विकृति, दुखद घटनाहरु भोग्नुपर्ने या देख्नु सुन्ने पर्ने दिन आउँन सक्छ । यो बेलामा सबै सचेत, संयमित भएर मानसिक रुपमा पनि आफु र आफ्ना परिवारलाई सुरक्षित गर्ने दिशामा अघि जानुपर्दछ । हामी भित्र रहेको नकारात्मक गलत सोच र चिन्तनहरुलाई त्याग्नु पर्दछ । यस सम्बन्धमा राज्य गम्भीर हुनुपर्छ र आम नेपाली पनि जिम्मेवार हुनुपर्छ ।