तुल्सीराम पाण्डे
इस्वी संम्वत २०१९ को डिसेम्बरमा चिनमा पत्ता लागेको कोरोना भाइरसलाई ऋइख्क्ष्म्(ज्ञढ भनेर नाम राखियो । त्यो भाइरस चमेरा र सर्पबाट मानिसमा, फैलिएको अनुमान गरिएको छ । अमेरिका र चिनले एक अर्कालाई यो रोग फैलाएको दोषारोपण गर्दैछन् । चीनले अमेरिकी वैज्ञानिकहरुले प्रयोगशालामा यो भाइरस बनाएर अमेरिकी सैनिक मार्फत चिनको वुहानमा छोडेको र त्यहाँबाट फैलिएको आरोप लगाएको छ । चीनमा यो भाइरस पहिलो पटक पत्ता लगाउने डाक्टरलाई जनतामा त्रास फैलाएको आरोपमा कारवाही भयो । पछि कोरोनाकै कारणबाट सो डाक्टरको मृत्यु भयो ।
अरु देशमा कोरोनाले मान्छे मर्दा रोग फैलिरहँदा नेपालमा न त सरकारबाट, न त नागरिकबाट कुनै तयारी भयो । केवल अन्तको समाचार सुन्ने, नेपालीलाई केही हुँदैन, यहाँ यो रोग आँउदैन, नेपालीको प्रतिरोध क्षमता बलियो छ । गर्मीमा यो भाइरस आफै मर्छ भन्ने जस्ता कुरा गर्दै दिन काट्ने काम भयो । विदेशबाट आएका एकजनालाई माघमा यो रोग देखिएपनि सरकारले गोप्य राख्यो र सन्चो भएपछि मात्र सार्वजनिक ग¥यो ।
चैत्रको शुरुमा २ जनालाई यो रोग देखिएपछि मात्र केही गम्भीर बन्यो । चैत्र ११ बाट लकडाउन शुरु भयो । भारतले ५ दिन पहिले लकडाउन गरिसकेको थियो । दुवै देशमा लकडाउन भए पनि भारतमा रहेका नेपालीहरु भए पनि भारतमा रहेका नेपालीहरु कलकताबाट समेत पैदलै हिँडेर नेपालको सिमामा आए । केही मानिसहरु १६÷१७ सय किलोमिटरको यात्रा गर्दा, बाटैमा ३ जोडा जुत्ता फारेको र खान र आराम गर्न नपाएर बिरामी परेका थिए । मरे पनि नेपालमै गएर परिवार भेट्ने र नेपालमै मर्ने उनीहरुको चाहना थियो । सबै सीमा नाकाहरुमा फर्कनेको भिड बढेपछि नेपाल र भारतले मानिसहरु जुन देशर्मा छन् । त्यही देशले व्यवस्थापन गर्ने सम्झौता भयो । नेपालले राम्रो व्यवस्था ग¥यो तर भारतले राम्रो व्यवस्था नगर्दा रोग सर्ने र भोकले मर्ने अवस्था आयो । एक जना मानिस महाकाली नदीमा पौडेर नेपाल प्रवेश गरे । अन्य देशमा रहेका नेपालीले पनि रुँदै गुहार माग्न थाले । धेरै दुतावासले फोन नउठाउने र इमेलको पनि जवाफ नदिने गर्न थाले । जवाफ दिएमा पनि यो हाम्रो काम हैन, हामीलाई केही निर्देशन छैन र हामीले केही गर्न सक्दैनौं जस्ता जवाफ दिए ।
धेरै ढिला भइसकेपछि मात्र उपचार र रोकथामको तयारी शुरु भयो । त्यसको लागी सिमाबाट फर्कनेहरुलाई क्वारेन्टाइनको व्यवस्था गर्ने । रोगीलाई उपचार गर्नका लागी औषधी र स्वास्थ्य साम्रगी खरिद गर्ने र निरोगी मानिसहरुलाई जोगिन चेतना र स्वास्थ्य सल्लाहको निर्देशिका जारी गर्ने काम भयो । सबै क्षेत्रमा पहिलेदेखि रहेको ढिलासुस्ती कमिसन लापरवाही र ओठे जवाफ यस्तो संकटको समयमा समेत देखियो । कुनै ठाँउमा राहतमा कुहेको चामल र दाल दिने, खाद्य संस्थानले म्याद सकिएको नुन बेच्ने, एम्बुलेन्समा गाँजा ओसार्ने, काठ र वन्यजन्तुको तस्करी गर्ने, पसल चोरीका घटना बढ्ने र २ वटा फ्रुटी राहत दिएर फेसबुकमा राखे ।
सिमामा रहेका क्वारेन्टाइनमा धेरै जनालाई एकै ठाँउमा राख्ने, ५–६ दिन पछि नयाँ मानिस आएमा पनि त्यसैमा मिसाउने खाना पानी र शौचालयको राम्रो व्यवस्था नहुने महिला र केटाकेटीलाई सुरक्षित तरिकाले नराख्ने गर्दा केही क्वारेन्टाइनमा महिला माथि दुव्र्यवहार र १,२ ठाँउमा बलात्कार समेत भयो । क्वारेन्टाइनबाट सबै मानिसको परीक्षण नै नगरी घर पठाइयो । रोगको लक्षण देखिएकाको मात्र जाँच भयो । रोगीलाई पनि तत्कालै अर्को ठाँउमा नसार्दा रोग सर्ने जोखिम बढ्यो ।
स्वास्थ्य सामग्री खरिदमा समेत त्यस्तै लापरवाही भयो । शुरुमा स्वास्थ्य मन्त्रालयले पास गरेको टेण्डरमा महँगो मूल्य परेको भनेर धेरै ठाँउबाट विरोध भए पछि रद्द भयो । त्यसका जानकारहरुले महँगो सामग्री ल्याउँदा तलदेखि माथि सम्म कमिशन आउने कुरा बताएका थिए । त्यसपछि त्यो काम सेनालाई जिम्मा दिइयो । नेपाली सेनाले एउटै गुणस्तरको सामान फरक–फरक मूल्यमा ल्यायो । त्यसपछि सेना समेत विवादमा प¥यो । अरु कुरामा समेत धेरै रकम लेख्नेको टेण्डर पास भयो ।
जेठ सम्ममा कोरोनाको व्यवस्थापनमा १० अर्ब खर्च भएको कुरा आयो । त्यसको पारदर्शिताको कुरा गर्दा ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्ररेलले यसमा ६० अर्बसम्म लाग्न सक्छ, १० अर्बको हिसाब माग्ने भन्ने जवाफ दिए । प्रधानमन्त्रीले समेत बेसार र अदुवाको रस खाएमा र चिसोपानी खाएमा कोरोना लाग्दैन भनेर जनतालाई सम्बोधन गरे । त्यसो गरे रोग लाग्दैन भनेर कसले भन्यो र त्यसरी रोग नलाग्ने भए १० अर्ब किन खर्च भयो भनेर सांसद गगन थापाले प्रश्न गर्दा मैले भर्खरै भने यहाँ रहेका मानिसलाई रोग लाग्दैन विदेशबाट आएकालाई उपचार गर्दा खान दिदा र राहतमा खर्च भएको ओठे जवाफ दिए । आयुर्वेदका विज्ञहरुले यहाँको औषधीले १ हप्तामा रोग निको हुने बताए पछि बिकास गर्न पहल गरिएन ।
केही स्वतन्त्र नागरिक पत्रकार, वृद्धिजिवी कर्मचारी र सरुवा रोगका विज्ञहरुले स्वतन्त्र रुपमा रोगको व्यवस्थापनमा भएको कमजोरीको जानकारी गराएमा र समाधानका उपाय बताएमा उल्टै हामीलाई सिकाउने हामीलाई हेप्ने जान्ने हुने सधैं विरोध मात्र गर्ने भन्दै जागिर खाइदिने र कारवाही गर्र्ने धम्की दिए । लकडाउनले गर्दा प्रत्यक्ष मार व्यापारमा र उत्पादनमा प¥यो ।
माल उत्पादन गर्न नपाउने । उत्पादन भइसकेको माल बिक्री नहुने । कच्चा माल सडेर जाने । पसलको भाडा र बैङ्कको ब्याज तिर्नुपर्ने कामदारको तलब दिनुपर्ने गर्दा सबै व्यापारीहरु भारमा परे । कुखुरा पालकहरुले मासुबाट समेत रोग सर्ने हल्लाले बेच्न तयारी भएका कुखुरा समेत नष्ट गरे । केही मानिसले लुकिछिपी १ सय रुपैयाँ र २ सय रुपैयाँ मा सिंगै कुखुरा बेचे । केही मानिसले जोखिम मोलेर हुर्केका कुखुरा पाल्ने र नयाँ चल्ला राखेर पाल्दा खेरि पछि अभाव भयो र लकडाउन खुकुलो भए पछि धेरै नाफा खान पाए । हरियो तरकारी समेत यहाँ उत्पादन भएको नबिक्ने र भारतबाट सिर्धै ट्रकमा आउने भयो । पोखरामा चितवनको तरकारी खाल्टोमा पुरेर भारतबाट आएको बजारमा बेचे । सिधा कुरा जनतासंगमा मन्त्रीलाई फोन गर्दा समेत कानुन अनुसार हामीले व्यापारीलाई रोक्न सक्दैनौ, हामीले यहाँको किनिदिन अनुरोध मात्र गर्न सक्छौं भन्ने जवाफ दिएका थिए ।