गर्भपतन, नेपालमा यसको कानुनि व्यवस्था

लक्ष्मण ढकाल

गर्भलाई जिवित भएर जन्मीनुपुर्वनै अन्त्य गरिने प्रकृयालाई गर्भपतन भनिन्छ  गर्भपतन २ तरिकाले हुन सक्छ, पहिलो सरिरको फिजियोलोजिकल कारणले, दास्रो मानव सृजित (मेडिकाल वा सर्जिकल प्रकृया प्रयोग गरि) । नेपालमा गर्भपतन सेवालाई कानुनिरुपमा मान्यता दिदै स्विकृति प्राप्त स्वास्थ्य सस्थावाट निशुल्क रुपमा यो सेवा प्रदान गर्ने गरिन्छ । नेपालमा सन २००२ वाट सिमित अवस्थामा गर्भपतनलाई कानुनि मान्यता प्रदान गरेका छ । नेपालको संविधानको धारा ३५ स्वास्थ्य सम्वन्धि हक मा र धारा ३८(२) मा महिला सम्वन्धि हकमा प्रत्येक महिलालाई सुरक्षि मातृत्व र प्रजनन् स्वास्थ्य सम्वन्धि हक हुनेछ भनि व्यवस्था गरिएको छ । नेपालमा सन २०१६ देखि मान्यता प्राप्त स्वास्थ्य सस्थावाट १८ हप्ता सम्मको गर्भलाई निशुल्क गर्भपतन सेवा उपलव्ध हुन थालेको छ  । मेडिकल गर्भपतन सेवा मान्यता प्राप्त स्वास्थ्य सस्थावाट औषधिको प्रयोग गरि ९ हप्तासम्मको गर्भलाई गर्भपतन गर्ने गरिन्छ । सर्जिकल गर्भपतनमा १२ हप्ता सम्मको गर्भलाई औजार तथा उपकरणको प्रयोग गरि गर्भपतन गर्ने गरिन्छ । यि दुवै प्रक्रियावाट गर्भपतन गराउनको लागि महिलाको मञ्जुरि अनिवार्य गरिएको हुन्छ । सरकारले गर्भपतन सेवालाई विस्तार तथा सुरक्षि वनाउन २६ सेप्टेम्वरका दिन सुरक्षित गर्भपतन दिवस मनाउने घोषण गरि प्रत्येक वर्ष मनाउदै आएको छ । यो वर्ष छैठौं सुरक्षि गर्भपतन दिवस “सुरक्षित गर्भपतन सेवा प्रतिको हाम्रो प्रतिबद्धता कोभिड १९ को महामारीमा पनि सेवाको सुनिश्चितता’’ भन्ने मुल नाराको साथ देशभरका ७५३ वटै स्थानिय तहमा मनाइदै छ ।

सुरक्षित गर्भपतन सेवा दिवस मनाउनुका मुख्य उद्धेश्यहरुमा असुरक्षित गर्भपतन बाट हुने मृत्यू र रुग्णतालाई न्यून गरेर महिलाको प्रजनन् स्वास्थ्यमा सूधार गराई गुणस्तर जीवन यापन गर्न सहयोग गर्ने हो । साथै यसका सहायक उद्धेश्यमा अनिच्छित गर्भलाई कम÷न्यून गर्न सहयोग गर्ने, यदि अनिच्छित गर्भको कारणले गर्भपतन गर्नु परेमा असुरक्षित हुन नदिने र सुरक्षित तरिकाले सेवा प्रदान गर्ने वातावरण तयार गर्ने, सुरक्षित गर्भपतन सेवा लिए पछि महिला तथा किशोरीहरुलाई पुन अनिच्छित गर्भ हुन नदिनलाई परिवार नियोजन सम्बन्धि सल्लाह र सेवाको सुनिश्चितता गर्ने,अन्य प्रजनन् स्वास्थ्य सम्बन्धि समस्या भएमा त्यसको पहिचान गरी त्यसको उपचार र प्रेषणमा सहयोग गर्ने आदि रहेका छन ।

विश्वको तथ्याङक हेर्ने हो भने विश्वमा लगभग बार्षिक २ करोड ५० लाख महिलाले असुरक्षित गर्भपतन गराउने गरेका छन् । यसमा अधिकांश बjकासोन्मुख देशमा हुने गर्दछन् । प्रतिवर्ष करीव ४४ हज्जार महिलाहरुको असुरक्षित गर्भपतनका कारण ज्यान जान्छ ।जम्मा मातृ मृत्यूको ७.९ प्रतिशतदेखि १३ प्रतिसतसम्म मृत्यु असुरक्षित गर्भपतनको कारणले हुने गर्दछ । (स्रोत विश्व स्वास्थ्य संगठन २०१४) । नेपालको अवस्थालाई हेर्दा प्रति घण्टा २१ जना महिला÷किशोरीले असुरक्षित गर्भपतन गर्ने गरेको देखिन्छ ।

नेपालमा सुरक्षित गभपतन सेवा पाउनको लागि देहायको अवस्थामा गर्भवती महिलालाई सुरक्षित गर्भपतन गर्न पाउने अधिकार हुनेछ

  • गर्भवती महिलाको मञ्जुरीले बाह्र हप्तासम्मको गर्भ,
  • गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्ती महिलाको  मञ्जुरीले अठ्ठाइस हप्तासम्मको गर्भ,
  • जवर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवती महिलाको मञ्जुरीले अठ्ठाइस हप्तासम्मको गर्भ,
  • रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आई.भी.) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागे को महिलाको मञ्जुरीमा अठ्ठाइस हप्तासम्मको गर्भ,
  • भ्रूणमा कमी कमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको, वंशाणुगत (जेनेटीक) खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम गर्भवती महिलाको मञ्जुरीमा अठ्ठाइस हप्तासम्मको गर्भ ।

गर्भपतन गर्न नमिल्ने अथवा दण्डनीय अवस्थाहरु (क) गर्भवती महिलाको मञ्जुरी बिना (करकाप, धम्की, ललाईफकाई, झुक्याई वा प्रलोभन देखाई)  (ख) भ्रुणको लिङ्ग पहिचान गरी लिङ्गको आधारमा ।

नेपालमा गर्भपतनलाई काननिLमान्यता दिई सेवाको दायरा वढाउदै गएपनि असुरक्षित गर्भपतन गर्ने महिला तथा किसोरिको संख्या उल्लेखनयि रुपमा घट्न सकेको छैन । गर्भपतनलाई सामाजिक रुपमा सर्हस स्विकार गर्ने अवस्था सृजना हुन नसक्नस तथा अझैपनि अवैधानिक रुपमा सुचिर्कत नभएका स्वास्थ्य सस्थावाट असुरक्षित रुपमा गर्भपतन हने हुनाले यसको नियन्त्रण चुनौतीको विषय बन्दै गएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *