तुल्सीराम पाण्डे
नखेल जुवा र तास धनको नाश जीवनको वनवास । जुवाको विरोधमा सबैजनाले गाउँने गित यहि नै हो । पहिले पहिले जुवा खेल्ने मानिसहरुको सम्पत्ति सकियो । धेरैलाई ऋण लाग्यो । केहि मानिसहरु बसाँइ सरेर तराइ समेत गए । धेरै पहिलेको कुरा गर्दा महाभारत ग्रन्थमा पाण्डवहरुले जुवा हारेको कारणले वनवास जानु परेको थियो । राणाकालको समयमा राजा र भारदारमा सधै जुवा चलिरहन्थ्यो । उनीहरुलाई फुर्सद पनि हुने र पैसा पनि हुनाले सधै जुवा खेलेर, शिकार गरेर र अन्य सोखका कुराहरु गरेर समय बिताउँथे । रैतिहरुको लागि तिहारमा जुवा फुकाउँथे । तिहारमा जुवा खेल्दा कानुन लाग्दैनथ्यो । रैतिहरुमा समेत तिजमा महिलाहरुको एक फन्को भएपनि नाच्नुपर्ने, दशैंमा पिङ खेलेर भुई छोड्नुपर्ने र तिहारमा लोग्ने मान्छेको पाशा हान्नुपर्ने मान्यता थियो । त्यसो गरेमा मात्र स्वर्गमा पुगिन्छ भन्दथे । धेरै जसो ठाँउमा भाइटिकाको दिन पछि जुवा बन्द हुन्थ्यो । केही ठाँउमा ठुला एकादशी सम्मनै चल्दथ्यो ।
गाँउमा रहेका जिम्माल मुखिया साहु र तालुकदारहरु सकेसम्म तालुकदारकै घरमा सधै जुवा खेल्थे । नभएमा अर्को गाँउमा गएर भए पनि आफ्नो सोख पुरा गर्दथे । हुनेखानेहरुले आफ्नो रवाफ देखाउन सधै जुवा खेल्ने, धेरै विवाह गर्ने, कमारा कमारी राख्ने र घोडामा चढेर हिड्ने गर्दथे । त्यसो नगरेमा रैतिहरुले समेत हिम्मत नभएको भनेर कुरा काट्थे । असारमा रोपाइँमा जाँदा समेत घोडा माथि चढेर हिलोमा दौडने र बाजा बजाउने गर्दथे । इज्जत राख्दा राख्दै धेरैको सम्पत्ति सकियो । जुवाडेले हारेको रकम कुनैबेला फर्कन्छ भन्ने सामाजिक मान्यता थियो । केही जुवाडेहरुले स्वास्नीसँग गहना मागेर समेत जुवा खेल्न जान्थे । फेरी पनि हारेमा दुख बिर्सनलाई गाँजा खान्थे । सबै सम्पत्ति जुवामा सकिएपछि गाँजा खाएर घर भित्रै वा अन्यत्र लुकि रहन्थे । साहुले आएर धेरैपछि मात्र बाहिर निस्कन्थे । सबै घर जग्गा अरुलाई बुझाएर तराइ झर्थे । जुवा नखेल्नेहरुले जुवाडेले कुनै बेला जितेर सम्पन्न बन्न पनि सक्छ । जँड्याहा र गँजेडी कहिल्यै बन्दैन भन्दथे ।
पुरानो समयमा २ पासा ३ पासा र कौडा प्रचलित थिए । त्यसपछि विस्तारै पैसाको हारजितलाई सर्त राखेर खेलिने सबै खेलहरु जुवा मानियो । त्यसमा तास, खड्खडे, बाजी, लक्की सेवेन, गाइचाल, वाघचाल, वुद्धिचाल, तारो हान्ने, खोपी खेल्ने, चाके थाप्ने, जोर ( विजोर, म्याच फिक्सीङ, फुटबल, भलिबल, क्रिकेट, टेवल टेनिस पर्दछन् । सबैले देखिने गरी खेल्न मिल्ने खेलमा हार र जित सबैलाई थाहा हुन्छ । थोरै जना बसेर खेलिने जुवामा जालझेल बढि हुन्छ । त्यसको लागि पहिल्यै जुवाको नियम पुराना खेलाडिबाट जानेर बेसरी चनाखो भएपछि मात्र जुवामा बस्नु पर्दछ । सामान्य जानकारी अनुसार र पासामा देखिएको फूल अनुसार ८/६ वटा गोटी चाल्ने । जसले पहिल्यै १६ गोटि केन्द्रमा पु¥याउँछ । उसले जुवा जित्छ । केन्द्रमा गोटि पु¥याउन नसकेमा र केन्द्र भन्दा बाहिर गोटी पुगेमा जुवा हार्छ ।
३ पासा खेल्दा चारजना आमने सामने बसेर पालैसित पासा हान्ने । पासामा देखिएको फुल अनुसार हार्ने जित्ने र थामिने हुन्छ । पासा हान्नेले १३, १७ र १८ परेमा जित्ने । जितेपछि अर्को दाउ हान्ने । ५ र ७ परेमा थामिने र अर्को दाउ हान्न पाउने । ३, ६ र ९ परेमा हार्ने । अर्कोलाई पालो दिने अर्कोलाई पालो दिने । १५ परेमा थामिने । १५ परेमा खालमा भएको सबै रकम घरवालाले पाउने । हान्नेले अर्को पटक जुवा हान्न पाउने । हेर्नलाई अरु मानिस बसेको भए हेर्नेले घरवालाले आधा आधा बाँड्ने । कुनै मानिसले धेरै रकम जितेमा र जुवाको खाल उठेमा हेर्न जाने सबैलाई जिताउरी भनेर बाँड्दछन् । कौडामा १६ वटा कौडा फालेर खेल खेलिन्छ । यो चार जना बसेर खेल्दछन् । यसमा तिया चौका पञ्जा र छक्का गरेर चार दाउ हुन्छ । खेल्नेले आफ्नो–आफ्नो दाउ रोज्नु पर्दछ । कौडा हान्दा आफुले रोजेको दाउ परेमा जितिने र फेरी हान्ने । अरुले रोजेको दाउ परेमा खालको रकम उठाउने र अर्कोलाई पालो दिने । १६ वटै कौडा ठाडो वा घोप्टो परेमा चौका हुन्छ । त्यस बाहेक, ४, ८ र १२ वटा ठाडो परेमा चौका हुन्छ । १, ५, ९ र १३ वटा ठाडो परेमा पञ्जा हुन्छ । ३, ७, ११ र १५ वटा ठाडो परेमा तिया हुन्छ । चौका दाउ रोज्नेले शुरुमा हान्न पाउछन् । तास खडखडे गाइचाल बाघचाल खोपी खेल्ने जस्ता खेलहरु केही मानिसले समय बिताउन र केही मानिसले जुवाको नसाको रुपमा खेल्दछन् । सामान्य मानिसहरुमा तिहारमा जुवा खेल्न जाँदा दिदिबहिनी सँग बोट मागेर गएमा जितिन्छ भन्ने विश्वास छ ।
सधै जुवा खेलीरहने असली खेलाडीहरुमा ठाँउ अनुसार फरक–फरक किसिमका जुवा जितिने विश्वासहरु छन् । कसैले भिमसेनको पुजा गरेर खालमा बसे जितिन्छ भन्दछन् । कसैले न्वारनमा लाएको आफ्नो भोटो वा टोपी सहित खालमा बसेमा जितिन्छ भन्दछन् । कसैले आइतबारको दिनमा जन्मेको कालो बिरालो साल लिएर बसेमा कहिल्यै हारिदैन भन्ने विश्वास गर्दछन् । जुवाका केही नियमहरु हुन्छन् । पैसा सकिएर सामान राख्नु परेमा मुल्य गरेर राख्ने । हारेर उठ्न पाउने, जितेर उठन नपाउने । खडखड खेल्दा खेल्नेले पैसा लिएर आउन्जेल पर्खनुपर्ने । जित्नेले उठ्न चाहेमा जितेको आधा रकम छोडेर उठनुपर्ने ।
केहि जुवाडेहरुले अनौठो ब्यवहारहरु समेत देखाएका छन् । गुल्मीमा एक ठाउँमा जुवा खेल्दा एक जनाले धेरैले रकम हारेछन् रकम माग्ने बहाना खोजेछन् । धेरै समय खेलियो भात खानु प¥यो भनेछन् । अरुले यहाँबाट उठने भएमा सबै रकम खालमा छोडेर उठने र भात खाएपछि खेल्ने सहमती भएछ । पछि बाट आएमा धेरै रकम तिर्नुपर्ने भएपछी दिशा गर्ने बहाना गरेर त्यहाँबाट निस्केछन् र आफ्ना सहयोगी सँग जंगलै जंगल घरतिर लागेछन् । स्याङजामा एकजना धेरै रकम हारेपछि एक्कासी खालबाट उठेर हिडेछन् । उनले कहिले पानीमा चोवलिने कहिले ढिकबाट फालहाल्ने, कहिले दगुर्ने र कहिले यो कुन ठाउँ हो र म कहाँ आए ? भन्दै बर्बराउने थालेछन् । त्यस्तो देखेपछी अरु मानिसले यो मान्छे जुवा हारेर बहुलायो भनेछन् । सँगै खेल्नेहरुले समातेर बेसरी हप्काएछन् । हारेको रकम नतिर्नलाई बहुलाएको बाहाना गर्ने । बहुलाएको भए गुहुँ खा त्यसपछि मात्र छोडिदिन्छौ भनेछन् । त्यसपछि गुहुँखाएको कुरा उनको गाँउ सम्म फैलिएछ ।
बागलुङमा एक जनाले जुवा खेल्दा आफ्नी श्रीमतीलाई दाउमा राखेछन् । उनकै घरमा जुवा खेलेको हुनाले हेर्नेले तत्कालै तिमीलाई त साहुले दाउमा राखे भनेर सुनाइ दिएछन् । ल्याइते श्रीमती बेसरी ज्याद्री भएको हुनाले एउटा खुर्पा समातेर चिच्चाउदै मलाई दाउमा राख्ने कसले जित्यो कसले हा¥यो सबैलाई काटछु भनेर जुवाको खालतिर गइछन् । त्यसो गरेपछि सबैको भागाभाग भएछ । त्यसपछि त्यो घरमा जुवाको खाल कहिलै बसेनछ । पाल्पामा एक जनाले जुवा खेल्दा जितेछन् र मारा भनेर उफ्रेछन् । हार्नेले तेरो पैतालाको धुलो हाम्रो शिरमा प¥यो भनेर निहुँ झिकेछन् र पैसा नतिरी उठेछन् । म्याग्दीमा एकजना मानिसले ४० साल तिर जग्गा बेचेर २० हजार लिएर हिडेका रहेछन् । राजिनमा गरेपछि जुवा खेलेको हेर्न खालमा गएछन् । आफु पनि खेल्न बसेछन् खेल्दा खेल्दै सबै रकम हारेपछि गण्डकीमा फाल हालेर मरेछन् ।
आजभोली शहरमा जुवा खेल्नलाई क्यासीनोमा जान्छन् । विदेशीको लागि जुवा खेल्ने ठाउँ भएपनि नेपालीहरु समेत जान्छन् । जुवा खेलेर कसैले पनि घर जग्गा जोडेको छ्रैन् । हुनेखानेहरु शोखले खेलेपनि देखासिकी गर्नेहरु सबैको घरवार बिथोलिएको छ । लोक बहादुर क्षत्री जैमिनि र अग्नी कुमार श्रेष्ठ बागलुङ नगरपालीकाका जानकारहरु सँगको कुराकानीमा आधारित । पर्वतमा जुवाको लत भएका एक जना साहुले धेरै ऋण लाएपछी गण्डकीमा नुहाउन जाँदा श्रीमती र छोराछोरी मिलेर अब कहिल्यै जुवाको खालमा बस्नेछैन र पासा समेत छुनेछैन भनेर गण्डकीमा हात चोवेर कसम खुवाएछन् । अर्को बर्षको तिहारमा उनलाई जुवा खेल्न साह्रै मन लागेछ । अरु जुवाडे सँग सल्लाह गरेर अर्को मानिसलाई खेताला खोजेर जुवा खेल्न पठाएछन् । आफु घरमानै सुतेछन् । खेतालाले जितेमा जिाउरी भनेर केह िरकम दिने र हारेमा यती हारियो भनेर सुनाएपछी आफुले तिर्ने गरेछन् । त्यो कुरा थाहा पाउनेहरुले रमाइलो मान्दै अरुलाई सुनाउँथे ।